Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

मोदीसँगको निकटताले अडानीको कम्पनी फाइदाजनक सरकारी ठेक्का सम्झौताहरू र घरेलु तथा विदेशी उद्यमका लागि सार्वजनिक तथा निजी क्षेत्रका ऋण हात पार्न सफल भयो। ती मध्ये कति विवादित पनि भए। सरकारले पटकपटक अडानीको कम्पनीलाई फाइदा पुग्नेगरी नियमहरू संशोधन गर्ने र फितलो बनाउने काम गरिरह्यो।

जयती घोष जयती घोष
फाल्गुन १०, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साँठगाँठका कारण भारतीय अर्बपति गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न पुगे। विश्वकै धनीहरू मध्येमा पर्ने अडानीको उदयले उनलाई भारतको आर्थिक वृद्धिका लागि ‘पोस्टर ब्वाई’ समेत बनाइदियो। तर उनको व्यवसायको साम्राज्य अहिले डगमगाएको छ। उनलाई यो अवस्थामा पुर्‍याएको होः अमेरिकी सर्ट सेलर हिन्डेनबर्गको रिपोर्टले। यो रिपोर्टले अडानीलाई ‘ठगी तथा स्टक म्यानुपुलेसन’ को आरोप लगाएपछि बजार मूल्यमा उनको ११० विलियन डलर गुमेको छ। अडानीको यो कहानीले ‘मोदीको भारत’मा नातावादबाट उत्पन्न खतरालाई छरपस्ट पारेको छ।

    मोदी र अडानीबीचको मित्रताले सन् २००२ देखि नै चर्चा पाएको हो। गुजरातका तत्कालिन मुख्यमन्त्री मोदीले मुस्लिम विरोधी भीडलाई रोक्न नसकेको आलोचना खेप्नुपरेको थियो। राज्यमा हजार भन्दा बढीको मृत्यु भएको यो घटनापछि मोदीलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो भने भारतीय व्यवसायीहरूले उनको साथ छोडेका थिए। त्यतिबेला उनलाई साथ दिने एकमात्र व्यवसायी थिए, ती हुन् गौतम अडानी। अडानीले मोदी र उनको पार्टी भारतीय जनता पार्टी (बीजेपी)लाई निरन्तर समर्थन गरे। यो वफादारितावापत् उनले शानदार इनाम पनि पाए। अर्को दशकमा अडानी ग्रुप तीव्र गतिमा माथि उठ्यो। यो समूहले बहुराज्य सरकारी ठेक्का, खाद्य आयात तथा निर्यात, खनिजको व्यापार तथा उत्खनन्, उर्जा, तेल र ग्यासको उत्खनन् र पूर्वाधारहरू लगायतका कामलाई अझै फराकिलो बनाउने मौका पाए।

    मोदी–अडानी सम्बन्ध वर्षौसम्म नङ र मासुको जस्तै भयो। सन् २०१४ मा प्रधानमन्त्री निर्वाचित भएपछि मोदी अडानीको प्राइभेट जेटमा दिल्ली आएका थिए। मोदीसँगको निकटताले अडानीको कम्पनी फाइदाजनक सरकारी ठेक्का सम्झौताहरू र घरेलु तथा विदेशी उद्यमका लागि सार्वजनिक तथा निजी क्षेत्रका ऋण हात पार्न सफल भयो। ती मध्ये कति विवादित पनि भए। सरकारले पटकपटक अडानीको कम्पनीलाई फाइदा पुग्नेगरी नियमहरू संशोधन गर्ने र फितलो बनाउने काम गरिरह्यो।

    उदाहरणका लागि सन् २०१७ मा सरकारले गोड्डामा रहेको अडानीको पावर प्लान्टलाई विशेष आर्थिक क्षेत्र बनाइदियो। यसका लागि समूहलाई ६० मिलियन(झण्डै ५ सय करोड रुपैयाँ) डलरको उपहार दिनका लागि नियमको संशोधन गरियो। सन् २०१९ मा मोदी सरकारले ६ वटा नयाँ विमानस्थललाई निजीकरण गर्दै अडानीको कम्पनीलाई सञ्चालनको अधिकार दियो। यो क्षेत्रमा कम्पनीको अनुभवको अभावका बावजूद यस कामको जिम्मा दिइएको थियो।

    एक दशक भन्दा कम समयमा अडानीको ७ विलियन डलरको सम्पत्ति बढेर १२० सम्म पुगेको थियो, जसले उनलाई विश्वकै तेस्रो धनी व्यक्ति बनायो। आर्थिक शक्ति बढेपछि अडानी आफ्नो व्यवसाय र मोदीमाथिको आलोचनालाई दबाउनका लागि झनै आक्रामक बन्न थाले। कम्पनीविरुद्ध लेख्ने पत्रकार तथा मिडियामाथि दबाब सिर्जना गर्नका लागि विभिन्न मुद्दाहरू लगाइन्थ्यो। गत साल अडानी समूहले मोदीको आलोचनाको थोरै प्ल्याटफर्म मध्येको एक एनडीटिभीमा शत्रुतापूर्ण अधिग्रहण गर्‍यो।

    सबैलाई लागेको थियो कि अडानी केही गलत गर्न सक्दैनन्। ऋणै ऋणले भरिएको आर्थिक उन्नति र अवास्तविक स्टक मूल्यांकनको बारेमा अनेक प्रश्नहरूका बावजूद उनको आर्थिक, राजनीतिक र मिडिया शक्ति र ‘अडानीको सफलता भारतको पनि सफलता हो’ भन्ने व्यापक धारणाले उनलाई गतिशील स्थापित गरिदियो।

    तर त्यो भ्रम २४ जनवरीमा तोडियो, जब हिन्डेनबर्ग रिसर्चले प्रकाशन गरेको रिपोर्टले यो समूहलाई कर्पोरेट इतिहासमै  सबैभन्दा ठूलो ठगी गरेको आरोप लगायो। संस्थाले दुईवर्षको अध्ययनपछि यो रिपोर्ट सार्वजनिक गरेको जनाएको छ। उसले अडानीलाई ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’ मा संलग्न भएको आरोप लगायो। रिपोर्टका अनुसार मरिससमा रहेका कम्पनीका ३८ वटा सेल कम्पनीहरू सेयर मूल्यहरू हेरफेर गर्न र पब्लिकबाट पैसा तान्नका लागि प्रयोग भएको पाइएको छ।

    यद्यपि अडानी ग्रुपले हिन्डेनबर्गको रिपोर्ट भारतीय स्वतन्त्रता, संस्था र वृद्धिमाथि नियोजित आक्रमण भएको बताएको छ। आफ्नो बचाउका लागि अडानी ग्रुपले राष्ट्रवादको साहारा लिएको स्पष्ट बुझिन्छ। तर उनको यो बचाउले बजारमा परेको असरलाई रोक्न सकेन। बजारमा देखिएको परिणाम तेज र घातक छ। फेव्रुअरीको सुरुवातमा मुडीजले अडानी समूहको केही कम्पनीहरूका रेटिंग आउटलुक डाउनग्रेड गरिदियो भने एमएससीआईले चार अडानी फर्मको भारमा कटौती गरिदियो। यसरी एकपछि अर्को झट्का व्यहोरेका अडानीले समय अगावै १.१ विलियन डलर ऋण तिर्ने, राजश्व वृद्धि लक्ष्यलाई आधा गर्ने र योजनाबद्ध पूँजीगत व्ययलाई रोक्ने काम गरेपनि यो श्रृंखलाबद्ध असफलतालाई टार्न सकेनन्।

    प्रधानमन्त्री मोदी भने यस विषयमा मौन छन्। विपक्षी पार्टीहरूले अडानीसँगको सम्बन्धलाई लिएर आरोप लगाइरहँदा मोदी यस विषयमा बोलेका छैनन्। भारतका नियामक एजेन्सीहरूले यस मामलामाथि छानबिन गर्ने सरकारको दाबी छ, तर तिनले अहिलेसम्म गरेका काम भने निराशाजनक छ। विधायकहरूले सेक्युरिटी तथा एक्सेन्च बोर्ड यस विषयमा मौन समर्थक बनेको आरोप लगाएका छन्। बोर्डले आरोपहरूमाथि अनुसन्धान गर्ने र अडानी ग्रुपलाई जवाफ दिनका लागि ६ महिनाको समय दिएको भन्दै प्रेस रिलिज जारी गर्नु बाहेक अरु उल्लेखनीय काम गरेको छैन।

    अडानी ग्रुप अहिलेको अवस्थाबाट फेरि माथि उठ्छ वा उठ्दैन भन्ने कुरा समयले देखाउला। तर अहिलेको अवस्था भने देशको आर्थिक विकासलाई अघि बढाउनका लागि सीमित राष्ट्रिय च्याम्पियनहरूसँगको निर्भरताको परिणाम मान्न सकिन्छ। यो रणनीति फराकिलो र समावेशी विकास ल्याउनका लागि असफल भएको छ, जसले भारतमा निराशाजनक रोजगार वृद्धि, घट्दो खपत, घट्दो लगानी दर र वातावरणीय ह्रास जस्ता समस्या सिर्जना भएका छन्। सरकारले अब रियलायन्स, टाटा र आदित्य विडला जस्ता उद्यमी समूहरूमा भर पर्नुको सट्टा अहिलेको क्षणलाई कोर्स परिवर्तन गर्ने एउटा मौकाको रुपमा लिनुपर्छ। साना तथा मझौला कम्पनीहरूलाई हौसला दिने र समाजिक सेवालाई फराकिलो बनाउनुले रोजगार बढाउँछ भने आर्थिक दिगोपनालाई बढाउने काम गर्छ।

    हुनत यो मामलाले मोदीको लोकप्रियतामा कुनै असर पर्दैन होला। राजनीतिक परिणामको बारेमा अहिले नै अनुमान लगाउनु भनेको हतार गर्नु हो। मोदी र विजेपीले अनेक भ्रष्टाचारका घटनाहरूको सामना गरेका छन् र मिडियामा गरेको नियन्त्रणका कारण ती सबैलाई काबुमा राख्न सफल भएका पनि छन्। अडानीको यो गिरावटले फरक नतिजा दिनसक्छ, यसले मोदीको आर्थिक दर्शनको मुख्य सिद्धान्तमाथि प्रश्न उब्जाएको छ। यसले एकल कुलिन वर्गमाथि अन्तरनिहित वित्तीय लाभ र विनियामक वितरण गर्नु विश्वसनीय विकास रणनीति होइन भन्ने कुरा पुष्टि गरेको छ।

    (प्रोजेक्ट सिन्डिकेटबाट भानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जयती घोष

      जयती घोष

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.