Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

यदि कुनै पनि राष्ट्र साझा, व्यापक, सहयोगी, र दिगो सुरक्षा चाहान्छ भने जासुसी कार्य गर्नु ब्यर्थ छ र अमेरिका जस्तो भयानक राष्ट्रले मात्र गुप्त समाचार चोरी गर्ने गर्छ। त्यसकारण अब बाँकी विश्वले अमेरिकालाई बिना रोकावट जासुसी गर्न दिनु हुँदैन।

रुकिया अन्वर by रुकिया अन्वर
April 24, 2023
in विमर्शका लागि, समाचार, समाज राजनीति
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिकाको जासुसी संयन्त्रले लामो समयदेखि संयुक्त राष्ट्र संघ (यूएन) भित्रका हरेक गतिविधिलाई सुन्न लोभी र दुष्ट अक्टोपस जस्तै कान ठाठाडा पारिरहेको हुन्छ। यसले वाशिंगटनको जासुसी लिप्साको कुनै सीमा छैन भनेर बुझाउँछ। हालैमात्र विभिन्न मिडियाहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र अन्य अधिकारीहरूमाथि जासुसी गरिएको भन्दै संयुक्त राष्ट्र संघले अमेरिका विरुद्ध आधिकारिक उजुरी दायर गरेको खुलासा गरेका छन्। यसले बहालवाला महासचिव अमेरिकी जासुसीको निशानामा रहेको खुलस्त पार्दछ।

ती रिपोर्टहरुले अमेरिकी सरकारबाट यूएनका महासचिव र त्यहाँका अन्य अधिकारीहरूको सञ्चारस्रोतमा जासुसी गरेको औंल्याएका छन्। गुटेरेस र यूएनका अन्य अधिकारीहरु सम्बन्धी अति व्यवस्थित अमेरिकी एक अभिलेख/रिपोर्टहरू विभिन्न सामाजिक सञ्जाल साइटहरूमा हप्तौंसम्म प्रचारप्रसार भइरहेका थिए। ती रिपोर्टहरुमा युक्रेन संकटका साथै अमेरिकी सहयोगीहरूको बारेमा संवेदनशील जानकारी थिए।

यसअघि खुलासा गरिएका केही गोप्य कागजातहरूमा गुटेरेसले रुसी चिन्तालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छन् भन्ने अमेरिकाको धारणा थियो। युक्रेन संकटपछि, अमेरिकी अधिकारीहरूको आशंका के थियो भने गुटेरेसबाट अमेरिका र उसका सहयोगीहरूले उठाएका केही रुस विरोधी कदमहरूको समर्थन गर्ने छैनन्।

वाशिंगटनले यसअघि पनि संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारी जस्तै यूएनका महासिचव बान की मुन र भिटो शक्तियुक्त राष्ट्रहरु जस्तै चीन, रुस, फ्रान्स र बेलायतका राजदूतहरू विरुद्ध गोप्य जासुसी अभियान सञ्चालन गरेको थियो। यूएनलाई लक्षित गरी सञ्चालन गरिएको त्यस अभियानमा वाशिंगटनका सबै प्रमुख गुप्तचर निकायहरू संलग्न थिए।

वाशिंगटनले वर्षौंदेखि अरूमाथि निगरानी गर्ने कार्यलाई बढाएको छ। यसो गर्नुको कारण आफ्नो  राष्ट्रिय सुरक्षाको चिन्ता भन्ने गर्दछ। अमेरिकाका लागि जासुसी कार्य अमेरिकी सेना र खुफिया समुदायको हितमा होउन्जेल स्वीकार्य छ। धेरै पहिला देखि नै विश्व समुदायले अमेरिकी गुप्तचर संस्थाहरूलाई महामारीको रूपमा बुझ्दै आएको छ। अमेरिकी सेना र खुफिया समुदायले अमेरिकाका  प्रतिस्पर्धीहरू र विपक्षीहरू विरुद्ध बदला लिन जासुसी प्रयोग गर्छन्, जसबाट अमेरिकी आधिपत्यको सेवा पुग्छ। अझ भन्नु पर्दा, तिनीहरूले अन्य राष्ट्रहरूलाई राजनीतिक ब्ल्याकमेल गर्न डाटाको दुरुपयोग गर्छन्। कुनै नैतिक बाधा बिना, तिनीहरू एक तानाशाही जस्तै व्यवहार गर्छन्।

यदि कुनै पनि राष्ट्र साझा, व्यापक, सहयोगी, र दिगो सुरक्षा चाहान्छ भने जासुसी कार्य गर्नु ब्यर्थ छ र अमेरिका जस्तो भयानक राष्ट्रले मात्र गुप्त समाचार चोरी गर्ने गर्छ। त्यसकारण अब बाँकी विश्वले अमेरिकालाई बिना रोकावट जासुसी गर्न दिनु हुँदैन। र वाशिंगटनको प्रभुत्व जमाउनबाट रोक्न एकै श्वरमा आवाज उठाउनु आवश्यक छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

June 7, 2023
एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

May 26, 2023
ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

May 18, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023

जब अमेरिकी प्रभुत्ववादी प्रणाली पूर्ण रूपमा पतन हुनेछ तब मात्र अमेरिकी निगरानीबाट विश्व मुक्त हुनेछ। यद्यपि अमेरिकाको प्रभुत्व यही मुद्दाको भित्री तहमा छ। वाशिंगटन हैकम जमाउन यति अभ्यस्त छ कि उसको मानसिकता र व्यवहार परिवर्तन गर्न करीव करीव असम्भव नै छ। अन्तिम पटक अमेरिकी निगरानी गतिविधिहरूले चोरेका डाटा विश्वभर छरपस्ट भएपछि सहयोगी राष्ट्रहरूको तुरुन्त र कठोर प्रतिक्रिया आयो। तर वाशिंगटनको अक्टोपसजस्तो अर्काको चियोचर्चा गर्ने कामलाई निर्मूल गर्न, अमेरिकी प्रभुत्व विरुद्ध अझ धेरै काम गर्नु आवश्यक छ।

अमेरिकी जासुस संयन्त्रले कसरी आफ्ना नजिकका मित्रहरूको समेत सार्वभौमसत्ताको उल्लङ्घन गर्दछ भन्ने अमेरिकी रक्षा मन्त्रालयबाट भर्खरै जारी गरिएका गोप्य कागजातहरूले फेरि खुलस्त गरेका छन्। अमेरिकी गठबन्धनभित्रका सहयोगी मित्रहरू सुरक्षाको लागि अमेरिकासँग यति निर्भर छन् कि उनीहरूले अमेरिकी निगरानी र जासुसीको बारेमा केही पनि गर्न सक्दैनन्। यो अमेरिकासँगको सहयोगी मित्रहरूको असमान सम्बन्धको स्पष्ट दृष्टान्त हो। जबसम्म यी मित्रहरु आफ्नो सुरक्षामा अमेरिकामाथि निर्भर रहिरहन्छन्, तबसम्म यिनीहरु अमेरिकाको गलपासोबाट फुत्कन सक्दैनन्। अन्तर्राष्ट्रिय मामलाहरुमा अमेरिकाको यस्तो हैकमवाद प्रति अन्य राष्ट्रहरूले विरोध बढाइरहेका छन्। यसमा गठबन्धन साझेदारहरू चुप लागे पनि अमेरिकाप्रति उनीहरूको असन्तुष्टि बढ्दै गएको छ।

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई समर्थन गरेको दाबी गर्छ तर यूएनले आफ्नो जासुसी गरिरहेको आरोप लगाइरहेको छ। अझ अमेरिकाले यो पनि दाबी गर्छ कि उसले स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्छ तर माखेसाङ्गलोमा पार्न अत्याधुनिक प्रविधि प्रयोग गर्दछ। अमेरिकाका कार्यहरु संयुक्त राष्ट्र संघको बडापत्र र संयुक्त राष्ट्र संघको विशेषाधिकार र उन्मुक्तिसम्बन्धी महासंन्धिमा उल्लिखित दायित्वहरूसँग अनुरूप हुने गर्दैनन्। तसर्थ, अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिनुपर्छ र आफ्नो कर्तव्य तथा जिम्मेवारी पूरा गर्न ठोस कदम चाल्नुपर्छ।

साभारः २२ अप्रिल २०२३ को सिजिटिएनबाट।

(पाकिस्तानकी रुकिया अन्वर, मिडिया र कम्युनिकेशन स्टडीजमा विद्यावारिधी गरेकी एक शोधकर्ता र सामाजिक-राजनीतिक विश्लेषक हुन्।)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
रुकिया अन्वर

रुकिया अन्वर

Related Posts

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

by डा‍. अरुणा उप्रेती
June 7, 2023

पश्चिममा काम गरेको झण्डै २५ वर्षको मेरो अनुभवका क्रममा त्यहाँ तुलनात्मक परिवर्तनहरू भएको पाएको छु। तर, हामीले गर्नसक्ने अझै धेरै...

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

by म्यानुएल म्युनिज र समिर सरन
May 26, 2023

भविष्यमा इतिहासकारले २०२३ को मार्च महिनालाई आर्टिफिसियल इन्टेलिजेन्सको युग खास रुपमा सुरु भएको क्षणको रुपमा लिन सक्छन्। दुई हप्ताको अन्तरालमा...

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

by nepal_readers
May 18, 2023

ग्याँसलाइटिङ शब्द प्याट्रिक ह्यामिल्टनले सन् १९३८ मा लेखेको नाटकबाट आएको हो। सन् १९४४ मा यसमाथि फिल्म पनि बनेको थियो। यो...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

by सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित
May 15, 2023

‘हिमाल अर्थात् ‘संसारको छानो’, यो सुन्ने बित्तिकै हामी सबै चम्किलो, सेतो, निश्चल, कतै टाढाको र अर्को छुट्टै संसारको कल्पना गर्छौं।...

सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

by याङ नान
May 12, 2023

१७ अप्रिल, १९६१ को सबेरै  १४०० भन्दा बढी सशस्त्र समूह (क्युवाबाट निर्वासितहरूको समूह) क्युवाको दक्षिणी क्षेत्रमा पर्ने बे अफ पिगको...

Leave Comment
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist