Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Tuesday, January 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

यदि कुनै पनि राष्ट्र साझा, व्यापक, सहयोगी, र दिगो सुरक्षा चाहान्छ भने जासुसी कार्य गर्नु ब्यर्थ छ र अमेरिका जस्तो भयानक राष्ट्रले मात्र गुप्त समाचार चोरी गर्ने गर्छ। त्यसकारण अब बाँकी विश्वले अमेरिकालाई बिना रोकावट जासुसी गर्न दिनु हुँदैन।

रुकिया अन्वर रुकिया अन्वर
बैशाख ११, २०८०
- राजनीति, विमर्शका लागि, विश्व, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त राज्य अमेरिकाको जासुसी संयन्त्रले लामो समयदेखि संयुक्त राष्ट्र संघ (यूएन) भित्रका हरेक गतिविधिलाई सुन्न लोभी र दुष्ट अक्टोपस जस्तै कान ठाठाडा पारिरहेको हुन्छ। यसले वाशिंगटनको जासुसी लिप्साको कुनै सीमा छैन भनेर बुझाउँछ। हालैमात्र विभिन्न मिडियाहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र अन्य अधिकारीहरूमाथि जासुसी गरिएको भन्दै संयुक्त राष्ट्र संघले अमेरिका विरुद्ध आधिकारिक उजुरी दायर गरेको खुलासा गरेका छन्। यसले बहालवाला महासचिव अमेरिकी जासुसीको निशानामा रहेको खुलस्त पार्दछ।

    ती रिपोर्टहरुले अमेरिकी सरकारबाट यूएनका महासचिव र त्यहाँका अन्य अधिकारीहरूको सञ्चारस्रोतमा जासुसी गरेको औंल्याएका छन्। गुटेरेस र यूएनका अन्य अधिकारीहरु सम्बन्धी अति व्यवस्थित अमेरिकी एक अभिलेख/रिपोर्टहरू विभिन्न सामाजिक सञ्जाल साइटहरूमा हप्तौंसम्म प्रचारप्रसार भइरहेका थिए। ती रिपोर्टहरुमा युक्रेन संकटका साथै अमेरिकी सहयोगीहरूको बारेमा संवेदनशील जानकारी थिए।

    यसअघि खुलासा गरिएका केही गोप्य कागजातहरूमा गुटेरेसले रुसी चिन्तालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छन् भन्ने अमेरिकाको धारणा थियो। युक्रेन संकटपछि, अमेरिकी अधिकारीहरूको आशंका के थियो भने गुटेरेसबाट अमेरिका र उसका सहयोगीहरूले उठाएका केही रुस विरोधी कदमहरूको समर्थन गर्ने छैनन्।

    वाशिंगटनले यसअघि पनि संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारी जस्तै यूएनका महासिचव बान की मुन र भिटो शक्तियुक्त राष्ट्रहरु जस्तै चीन, रुस, फ्रान्स र बेलायतका राजदूतहरू विरुद्ध गोप्य जासुसी अभियान सञ्चालन गरेको थियो। यूएनलाई लक्षित गरी सञ्चालन गरिएको त्यस अभियानमा वाशिंगटनका सबै प्रमुख गुप्तचर निकायहरू संलग्न थिए।

    वाशिंगटनले वर्षौंदेखि अरूमाथि निगरानी गर्ने कार्यलाई बढाएको छ। यसो गर्नुको कारण आफ्नो  राष्ट्रिय सुरक्षाको चिन्ता भन्ने गर्दछ। अमेरिकाका लागि जासुसी कार्य अमेरिकी सेना र खुफिया समुदायको हितमा होउन्जेल स्वीकार्य छ। धेरै पहिला देखि नै विश्व समुदायले अमेरिकी गुप्तचर संस्थाहरूलाई महामारीको रूपमा बुझ्दै आएको छ। अमेरिकी सेना र खुफिया समुदायले अमेरिकाका  प्रतिस्पर्धीहरू र विपक्षीहरू विरुद्ध बदला लिन जासुसी प्रयोग गर्छन्, जसबाट अमेरिकी आधिपत्यको सेवा पुग्छ। अझ भन्नु पर्दा, तिनीहरूले अन्य राष्ट्रहरूलाई राजनीतिक ब्ल्याकमेल गर्न डाटाको दुरुपयोग गर्छन्। कुनै नैतिक बाधा बिना, तिनीहरू एक तानाशाही जस्तै व्यवहार गर्छन्।

    यदि कुनै पनि राष्ट्र साझा, व्यापक, सहयोगी, र दिगो सुरक्षा चाहान्छ भने जासुसी कार्य गर्नु ब्यर्थ छ र अमेरिका जस्तो भयानक राष्ट्रले मात्र गुप्त समाचार चोरी गर्ने गर्छ। त्यसकारण अब बाँकी विश्वले अमेरिकालाई बिना रोकावट जासुसी गर्न दिनु हुँदैन। र वाशिंगटनको प्रभुत्व जमाउनबाट रोक्न एकै श्वरमा आवाज उठाउनु आवश्यक छ।

    जब अमेरिकी प्रभुत्ववादी प्रणाली पूर्ण रूपमा पतन हुनेछ तब मात्र अमेरिकी निगरानीबाट विश्व मुक्त हुनेछ। यद्यपि अमेरिकाको प्रभुत्व यही मुद्दाको भित्री तहमा छ। वाशिंगटन हैकम जमाउन यति अभ्यस्त छ कि उसको मानसिकता र व्यवहार परिवर्तन गर्न करीव करीव असम्भव नै छ। अन्तिम पटक अमेरिकी निगरानी गतिविधिहरूले चोरेका डाटा विश्वभर छरपस्ट भएपछि सहयोगी राष्ट्रहरूको तुरुन्त र कठोर प्रतिक्रिया आयो। तर वाशिंगटनको अक्टोपसजस्तो अर्काको चियोचर्चा गर्ने कामलाई निर्मूल गर्न, अमेरिकी प्रभुत्व विरुद्ध अझ धेरै काम गर्नु आवश्यक छ।

    अमेरिकी जासुस संयन्त्रले कसरी आफ्ना नजिकका मित्रहरूको समेत सार्वभौमसत्ताको उल्लङ्घन गर्दछ भन्ने अमेरिकी रक्षा मन्त्रालयबाट भर्खरै जारी गरिएका गोप्य कागजातहरूले फेरि खुलस्त गरेका छन्। अमेरिकी गठबन्धनभित्रका सहयोगी मित्रहरू सुरक्षाको लागि अमेरिकासँग यति निर्भर छन् कि उनीहरूले अमेरिकी निगरानी र जासुसीको बारेमा केही पनि गर्न सक्दैनन्। यो अमेरिकासँगको सहयोगी मित्रहरूको असमान सम्बन्धको स्पष्ट दृष्टान्त हो। जबसम्म यी मित्रहरु आफ्नो सुरक्षामा अमेरिकामाथि निर्भर रहिरहन्छन्, तबसम्म यिनीहरु अमेरिकाको गलपासोबाट फुत्कन सक्दैनन्। अन्तर्राष्ट्रिय मामलाहरुमा अमेरिकाको यस्तो हैकमवाद प्रति अन्य राष्ट्रहरूले विरोध बढाइरहेका छन्। यसमा गठबन्धन साझेदारहरू चुप लागे पनि अमेरिकाप्रति उनीहरूको असन्तुष्टि बढ्दै गएको छ।

    संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई समर्थन गरेको दाबी गर्छ तर यूएनले आफ्नो जासुसी गरिरहेको आरोप लगाइरहेको छ। अझ अमेरिकाले यो पनि दाबी गर्छ कि उसले स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्छ तर माखेसाङ्गलोमा पार्न अत्याधुनिक प्रविधि प्रयोग गर्दछ। अमेरिकाका कार्यहरु संयुक्त राष्ट्र संघको बडापत्र र संयुक्त राष्ट्र संघको विशेषाधिकार र उन्मुक्तिसम्बन्धी महासंन्धिमा उल्लिखित दायित्वहरूसँग अनुरूप हुने गर्दैनन्। तसर्थ, अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिनुपर्छ र आफ्नो कर्तव्य तथा जिम्मेवारी पूरा गर्न ठोस कदम चाल्नुपर्छ।

    साभारः २२ अप्रिल २०२३ को सिजिटिएनबाट।

    (पाकिस्तानकी रुकिया अन्वर, मिडिया र कम्युनिकेशन स्टडीजमा विद्यावारिधी गरेकी एक शोधकर्ता र सामाजिक-राजनीतिक विश्लेषक हुन्।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रुकिया अन्वर

      रुकिया अन्वर

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.