Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाले एल सल्भाडोर समक्ष माफी माग्न ढिलो भइसकेकोछ

रेमण्ड बोनर रेमण्ड बोनर
भदौ ६, २०७६
- यो हप्ता, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विभिन्न समयमा अमेरिकाले ल्याटिन अमेरिकामा नियमित हस्तक्षेप गरेको छखासगरी वामपन्थी सरकारहरू विस्थापित गर्न र दक्षीणपन्थी तानाशाहरू स्थापित गर्न। जुन समय ओबामाले क्युवा र अर्जेन्टिनाको भ्रमण गरेका थिए। एक प्रकारले उन्ले रिसेट बटन थिचेका थिए भन्दा हुन्छ। त्यसैबेला उनले आकारमा सबैभन्दा सानो तर सम्भवत अमेरिकी हस्तक्षेपको धेरै ठूलो पदचिन्ह छोडिएको र सबैभन्दा ठूलो दाग लागेको एक ल्याटिन अमेरिकी देश एल साल्भाडोरको भ्रमण गर्ने समय आइसकेको थियो।

    “फोहोरी युद्ध” को थालनी गर्ने सैनिक कु को ४० औं वर्षगाँठमा, अर्जेन्टिनामा राष्ट्रपति ओबामाले ती “अध्यारा दिनहरू” का अमेरिकी नीतिहरूबारे पुनर्विचार गर्ने समय आएको छ भनेका थिए। कम्युनिष्ट बिरुद्धको युद्धका नाममा अर्जेन्टिनी सरकारले बामपन्थी भएको शंकामा खास मानिसहरू खोजी खोजी, यातना दिएर हत्यासम्म गर्‍यो । कहिलेकही उनीहरूका मृत शरीर हेलिकप्टरबाट समुद्रमा पनि फालियो। “हामी मानवअधिकारबारे बोल्न ढिलो गर्छौं यहाँ पनि त्यही भयो”, ओबामाले भनेका थिए ।

     सन् १९८० को दशकमा एल साल्भाडोरको “फोहोरी युद्ध” अमेरिकी सक्रिय भूमिकाको तुलनामा त्यो असफलता ज्यादै सानो लाग्छ,  जसले त्यहाँको मार्क्सवादी गुरिल्लाहरू विरुद्ध दक्षीणपन्थी सरकारलाई खडा गर्‍यो। एल साल्भाडोरको सेनालाई   उसको फोहोरी युद्धमा सहयोग पुर्‍याउन अमेरिकाले सैनिक सल्लाहकारहरूका साथै अरबौं डलरको सैनिक तथा आर्थिक सहयोग प्रदान गरेको थियो।

    हालैमा ओबामाले अर्जेन्टिनाको “फोहोरी युद्ध” मा आफ्नो सहयोग प्रति खेद ब्यक्त गरेका थिए। एल साल्भाडोरको दक्षीणपन्थीद्वारा मच्चाइएको आम नरसंहारमा आफूले गरेको सक्रिय सहयोग प्रति वासिङ्टनले त्यस्तै माफ माग्ने समय आइसकेकोछ। 

    अर्जेन्टिनामा सुरक्षा बलले ३० हजार आम नागरिकको हत्या गर्‍यो। एल साल्भाडोरमा सन् १९८० देखि सन् १९९२ को शान्ति सम्झौतासम्म चलेको गृह युद्धमा ७५,००० भन्दा बढि मानिसले आफ्नो ज्यान गुमाए। गुरिल्ल्लाहरूबाट अत्याचारका घटना भए तर संयुक्त राष्ट्र संघको सत्य निरुपण आयोगले हत्या, अपहरण र यातनाका ८५ प्रतिशत वारदात सरकारी सेनाका प्यारामिलिटरी (अर्ध सैनिक), हत्यारा दस्ता र अमेरिकाद्वारा तालिमप्राप्त सैनिक इकाइहरूद्वारा भएको प्रमाणीत गरेको छ।

     रेगन प्रशासनले प्रायस सबैभन्दा अक्ष्यम्य अपराधका अपराधीहरूलाई पनि ढाकछोप गर्ने प्रयत्न गर्‍यो।

    अमेरिकाले एल साल्भाडोरमा भएका मानवअधिकार उल्लंघनबारे चुप मात्र लागेन बरु स्टेट डिपार्टमेन्ट र ह्वाइट हाउसले प्रायस सबैभन्दा अक्षम्य अपराधका अपराधीहरूलाई पनि ढाकछोप गर्ने प्रयत्न गर्‍यो।

    मार्च १९८० मा धेरै आदर र माया गरिएका आर्कविसप ओस्कार अर्नुल्फो रोमेरोको हत्या भयो। गरीब र उत्पिडितहरूका आवाज, रोमेरोले आफ्नो अन्तिम धार्मिक प्रवचनमा सैनिक जुन्ताको नाममा एउटा याचना जारी गरे जो कालान्तरसम्म गुञ्जयमान भइरहेकोथियो: “इश्वरका नाममा, प्रतिदिन स्वर्गमा प्रतिध्वनित हुने ठूलो चित्कारका धनी यी पिडित जनताका नाममा, म तिमीहरूलाई आग्रह गर्छु, म भिख माग्छु, इश्वरका नाममा म आदेश दिन्छुः यो दमन बन्द गर”।  त्यसको ठिक अर्को दिन एक नीजी धार्मिक विधि सम्पन्न गरिरहेको अवस्थामा गोली हानी उनको हत्या गरियो। (सन् २०१५ मा पोप फ्रान्सिसले रोमेरोले एक शहिदको मृत्युवरण गरेको घोषणा गरे, सन्त बन्न अगाडिको अन्तिम कदम)

     हत्या भएको आठ महिनापछि एक सैनिकले एल साल्भाडोरको अमेरिकी राजदुतावासलाई आकर्षक र कुख्यात दक्षीणपन्थी नेता रोबर्टो डि आउबुइसनले एउटा बैठकको सभापतित्व ग्रहण गरेका थिए, जसमा आर्कविसपको हत्या गर्न सैनिकहरूर्ले चिठ्ठा तानेका थिए भन्ने तथ्य उपलब्ध गराए। जुनसुकै दक्षीणपन्थी हत्यारा दस्ताले पनि रोमेरोको हत्या गर्ने चाहना राखेको हुन सक्थ्यो तर डि आउबुइसन जस्तालेमात्र “उन्मत्त र धृष्ट” भएर सक्छ भन्ने सिआईएको रिपोर्ट थियो।

     तर पनि एल साल्भाडोरको अमेरिकी दुतावासले डि आउबुइसनलाई स्वागत गरिनैरह्यो र जब रेगन प्रशासन कालमा मध्य अमेरिकाका लागि तोकिएका स्टेट डिपार्टमेन्टका कुख्यात मानिस इलियट अब्राहमले कग्रेस समक्ष बयान दिए उनले आफूले डि आउबुइसनलाई अतिवादी नठानेको बताए। अब्राहमले कुनै ब्यक्तिले आफूलाई अतिवादी घोषणा गर्न अगाडि “उ हत्यामा संलग्न भएको हुनुपर्ने” बताए। तर डि आउबुइसन हत्यामा संलग्न थिए र वासिङ्टन त्यो जान्दथ्यो। (सन् १९९२ मा घाँटीको क्यान्सरबाट ४८ वर्षको उमेरमा उनको (डि आउबुइसनको मृत्यु भयो। सन् १९९१ निकारागुवामा सान्डानिस्टा विरोधी सैन्य दस्तालाई हातहतियार आपूर्ति गरेको विषयमा कंग्रेसलाई ढाँटेको आरोपमा अब्राहम दोषी ठहरिए (तथाकथित इरान/कन्ट्रा मामिला)। राष्ट्रपति जर्ज एच डब्ल्यु बुसले उनलाई क्षमादान गरे। पछि उनले राष्ट्रपति जर्ज डब्ल्यु बुसको प्रजातन्त्र र मानवअधिकार सल्लाहकार भई काम गरे र हाल उनी जि ओ यी का राष्ट्रपतिका उम्मेद्वार टेड क्रुजका वैदेशिक मामिला सल्लाहकार छन्।)

    प्रशासनलाई साल्भाडोरको सेनाले नै सन् १९८० मा चारजना अमेरिकी ननहरूको हत्या गरेको थियो भनेर थाहा थियो तर उसले त्यो तथ्यलाई अस्वीकार गर्‍यो।

    डिसेम्बर १९८० मा, रोनाल्ड रेगन राष्ट्रपतिमा निर्वाचित भएको ठिक एक महिनापछि एल साल्भाडोरमा त्यहाँका सैनिकहरूद्वारा चारजना रोमन क्याथोलिक ननहरू माथि गरिएको यौन हिंसा र हत्याको सन्दर्भमा अमेरिकी नीति जस्तो कपटको उदाहरण अर्को हुन सक्दैन।

    राष्ट्रिपति जिमी कार्टरद्वारा नियुक्त तात्कालिन अमेरिकी राजदुत रोबर्ट ह्वाइटलाई संलग्न ब्यक्तिहरूको नाम थाहा नभए पनि उक्त घृणित कार्यमा साल्भाडोरको सेना जिम्मेवार छ भनी तत्कालै थाहा पाए। तर आउँदो राष्ट्रपतिय प्रशासन त्यो सुन्न चाहदैनथ्यो।

    रेगनका प्रमुख विदेश नीति सल्लाहकार मध्ये एक जिन कर्कप्याट्रिकलाई यस घटनामा सरकार पक्षको पनि संलग्नता थियो कि भनि सोधिएका प्रश्नमा उनले, “मेरो विचारमा उक्त घटनामा सरकार जिम्मेवार थिएन”, भनिन् । त्यसपछि उनले पिडित महिलाहरूमाथि हिलो छ्याप्ने काम गरिन्। उनले टाम्पा ट्रिब्युनलाई “ती ननहरू ननमात्र थिएनन्, उनीहरू वामपन्थी मोर्चा समर्थित राजनीतिककर्मी पनि थिए”, भनि बताइन्।(कर्कप्याट्रिकको सन् २००६ मा मृत्यु भयो)

    अर्जेन्टिनामा राष्ट्रपति ओबामाले दुईजना अमेरिकी कुटनीतिज्ञहरू टेक्स ह्यारिस र प्याट डेरियनले अर्जेन्टिनामा भएका मानवअधिकार उल्लंघनका घटनाहरू समेटिएको दस्तावेज निर्माणमा देखाएको प्रतिबद्धताका निम्ति उनीहरूको प्रशंसा गरे।

    एल साल्भाडोरमा खटिएका त्यस्तै दुईजना अमेरिकी कुटनीतिज्ञहरू पनि त्यस्तै प्रशंसाका हकदार छन्। पहिलो, राजदुत ह्वाइट, एक क्यारियर डिप्लोम्याट, जसले अमेरिकी चर्चकर्मीहरूको हत्याको घटना ढाकछोप गर्न अस्वीकार गरे बापत आफ्नो जागिर गुमाए र तात्कालिन स्टेट सेक्रेटरी अलेक्ज्याण्डर हेगले उनलाई वैदेशिक सेवाबाट बर्खास्त गरिदिए। हेगले कग्रेसनल कमिटि सामू ती महिलाहरूले जबरजस्ती रोडब्लक तोड्न खोजेकाले उनीहरूको मृत्यु भएको हुनसक्छ भनी बयान दिए(हेगको २०१० मा मृत्यु भयो भने २०१५ मा ह्वाइटको मृत्यु भयो।

    दोस्रो, आफ्नो जागिरमा ठूलै जोखिम मोलेर अमेरिकी राजदुतावासका कनिष्ट कुटनीतिज्ञ एच. कार्ल गेट्टिङ्गरले, वासिङ्टनको छलकपटबाट विचलित नभई आफ्नो नीजि अनुसन्धान जारी राखे। त्यो ब्यक्ति गेट्टिङ्गर नै थिए जसले साल्भाडोरियन सेनाभित्रको सूचनादाताको मद्दतले आर्कविसप रोमेरोको हत्यामा आउबुइसनको भूमिका बारे पत्ता लगाए। र उनी फेरि त्यही मानिस, सेनाको लप्टनको मद्दतमा चर्चकर्मी महिलाहरूको हत्याको गाँठो फुकाउन तर्फ लागे। त्यो लप्टनले, जसका हातहरू फोहोरी युद्धमा जनताको रगतबाट रङ्गिएका थिए, जसलाई गेट्टिङ्गर “हत्यारो“ भन्दथे, गेट्टिङ्गर र अमेरिकालाई उक्त हत्याकाण्डको नाइके हवल्दार र उसका अन्य चार जना मतियारहरूको नाम उपलब्ध गरायो, जुन काण्डलाई साल्भाडारियन सेनाको उच्च तहले त्यस समयसम्म सफलतापूर्वक ढाकछोप गरिराखेको थियो।(सन् १९८४ मा उनहिरूलाई कसुरदार ठहर्‍याइयो।

    त्यो समयमा एल साल्भाडोरको अमेरिकी दुतावासमा सहायक जनसम्पर्क अधिकारी भएर काम गरेकी क्यारोल डोएरफ्लिनले “कार्ल एक बेनाम नायक हुन्” यो कुरा उनले मलाईं हालसालै भनिन्।

    ४ जना ननहरूको हत्या भएको एक वर्षपछि आधुनिक ल्याटिन अमेरिकी इतिहासकै विभत्स मध्ये अर्को एक नरसंहार भयो, जब अमेरिकी सेनाद्वारा तालिम दिइएको अट्लाकाट्ल बटालियनले उत्तरपूर्वी एल साल्भाडोरको पहाडी इलाकामा एउटा अभियान सञ्चालन गर्‍यो:  जसको कारण एल मोजोटे र त्यसवरिपरिका गाउहरूमा महिला, पुरुष र वालवालिका गरी ७०० भन्दा बढी मानिसको हत्या भयो।

    सन् १९८१ मा सेनाले एल मोजोटेमा ७०० भन्दा बढी मानिसको हत्या गर्‍यो । र रेगनका अधिकारीहरूले त्यसलाई “प्रोपोगाण्डा” भन्दै अस्वीकार गरे।

    रेगन प्रशासनले सेनाद्वारा त्यस्तो किसिमको आमहत्या भएको दृढतापूर्वक अस्वीकार गर्‍यो । उक्त हत्यासम्बन्धी न्यूयोर्क टाइम्स स्वयमं मैले लेखेको समाचार र अल्मा गुलेर्मोप्रेइटोले वासिङ्टन पोष्टमा लेखेको समाचारलाई प्रशासन र उसका दक्षीणपन्थी समर्थकले “गुरिल्ला प्रोपोगाण्डा” भन्दै अस्वीकार गरे।

    तर १९९० का सुरुवाती वर्षमा क्लिन्टन प्रशासनले सार्वजनिक गरेका केवलहरू र दस्तावेजहरूका साथै संयुक्त राष्ट्र संघको सत्य निरुपण आयोगले अघि सारेका तथ्यहरूले – विभत्स विवरणसहित उक्त हत्याकाण्ड भएकै हो भनि ठोकुवा गरेको छ। अमेरिकी स्टेट डिपार्टमेन्टले सत्य निरुपण आयोगमा पठाएको ८ पेज लामो प्रतिवेदनमा “१० – १३ डिसेम्बर १९८१ मा उत्तरपूर्वी एल साल्भाडोरको पहाडी इलाकामा एल साल्भाडोरीयन सेनाको अट्लाकाट्ल बटालियनले गरेका एउटा आक्रामक अभियानमा एल मोजोटे र त्यस वरिपरिका गाउँहरूमा महिला, पुरुष र वालवालिका गरी सयौंको सङ्ख्यामा मानिसहरूको हत्या भएको आरोप छ”, भनि बताइएकोछ। आयोगले “आरोप छ” भन्ने वाक्याश हटायो। आयोगअनुसार, “उक्त दिन एकाविहानै त्यो ठाउँमा पुगेपछि सेनाले पहिले पुरुषहरूलाई सोधपुछ पछि यातना दिएर हत्या गर्‍यो, मध्यदिनको समयमा महिलाहरूलाई उनीहरूका केटाकेटीबाट छुट्याएर समूहहरूमा विभाजन गरी मेसिनगनले भुटेर हत्या गर्‍यो । अन्त्यमा बालबालिकाहरूको हत्या गर्‍यो”।

    गृहयुद्ध समाप्त भएको २०औं वर्षगाठ, सन् २०१२ मा एल साल्भाडोका राष्ट्रपति माउरिसियो फ्युन्स् माफी माग्न एल मोजोटे क्षेत्रमा पुगे। त्यहाँ आफ्ना आँखाबाट बगिरहेका आसु पुछ्दै उनले, “एल साल्भाडोरियन राज्यका नाममा त्यो आम हत्या र मानवअधिकारको घोर उल्लंघनप्रति म पिडितहरूका परिवारजन समक्ष माफी माग्दछु”, भने। उनले त्यहाँ निर्मित स्मारकमा फुल अर्पण गरे।

    अर्जेन्टिनामा ओवामाले त्यस देशको फोहोरी युद्धबाट पिडितहरूको सम्झनामा स्थापित स्मारकको पानीमा सेतो गुलाफका फुल चढाए। कुनै पनि अमेरिकी अधिकारीले, मध्यम तहकै किन नहोस्, एल मोजोटेको स्मारकमा पुगेका छैनन् वा त्यो हत्या काण्डबारे खेद ब्यक्त गरेका वा माफी मागेका छैनन्। अझ ब्यापक अर्थमा एल साल्भाडोरको फोहोरी युद्धमा लगानी गर्न र प्रोत्साहीत गर्न वासिङटनले निभाएको सक्रिय भूमिकाका निम्ति माफी मागेको छैन।

    रेमण्ड बोनर १९८० देखि १९८२ सम्म न्यू योर्क टाइम्सका मध्य अमेरिका सम्वाददाता थिए। उनले विकनेस एण्ड डिसाइटः अमेरिका एण्ड एल साल्भाडोरस् डर्टी वार नामको पुस्तक लेखेकाछन्। उक्त किताब ओ आर बुक्सबाट पुनमुद्रित हुदैछ।  दि नेसन  मा प्रकाशित याे लेख नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले अनुवाद गर्नुभएको हो। 

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: अमेरिकाएल सल्भाडोर
      रेमण्ड बोनर

      रेमण्ड बोनर

      रेमण्ड बोनर १९८० देखि १९८२ सम्म न्यू योर्क टाइम्सका मध्य अमेरिका सम्वाददाता थिए। उनले विकनेस एण्ड डिसाइटः अमेरिका एण्ड एल साल्भाडोरस् डर्टी वार नामको पुस्तक लेखेकाछन्। उक्त किताब ओ आर बुक्सबाट पुनमुद्रित हुदैछ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.