Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रजाराजका शत्रु वाङ्गचुक वंशीय राजाहरूको परिचय

देवीभक्त लामीटारे देवीभक्त लामीटारे
पुस १४, २०८०
- पुस्तक, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इस्वी सन् १९०७ मा अङ्ग्रेजहरूका फुर्क्याइँमा लागेर सर उग्येन वाङ्चुकले घोर षड्यन्त्र रचेर जनतालाई नसोधिकनै स्वयमेव आफूलाई भूटानको राजा घोषित गरे।

    कानूनका दृष्टिबाट विचार गर्ने हो भने भूटानका वाङ्चुक वंशीय प्रथम राजा उग्येन वाङ्चुक स्वयं नै असंवैधानिक राजा भए। जब मूल जरो नै असंवैधानिक भएपछि त्यहीँबाट चल्दै आएको प्रजाराजको शत्रु भोटे राजतन्त्र कसरी कानूनी राजतन्त्र हुन सक्दछ? यो सत्य हो, एकदम सत्य कुरो छ कि भूटानमा भोटे राजतन्त्र र त्यसका जीहजुरियाहरूको इच्छा नै कानून हुन्छ। भूटानी कानूनलाई महान् ब्रिटिश कानून जस्तो मान्नु केवल मूर्खता देखाउनु हो। ब्रिटिशहरूको जस्तो राजनैतिक उदारता र न्यायलाई भोटेहरूले एक हजार वर्षमा पनि सिक्न सक्तैनन्।

    सर उग्येन वाङ्चुकले आफ्ना परिवार पोषणतन्त्रलाई बलियो बनाउने धेरै कोसिस गरे। सर उग्येन वाङ्चुकको छोरो जिग्मे वाङ्चुक भूटानका दोस्रा प्रजातन्त्रद्रोही राजा भए। यस प्रजातन्त्रका दुश्मन भोटे राजाको राज्याभिषेक सन् १९२७ मा भएको थियो।

    जब भोटे राजा जिग्मे वाङ्चुकको अन्यायी राज भूटानमा चल्दै थियो, उता भारत पनि अङ्ग्रेजहरूको दासताबाट मुक्त भएर महान् प्रजाराजवादी गणतन्त्र देश बन्यो। प्रजाराजलाई भूटानमा सदा नै मेटाउने इच्छाले प्रेरित भएर नै राजाले देशको विदेश नीति संचालन गर्ने हकहरू भारतलाई सुम्पँदै १९४९ इस्वीमा दार्जीलिङ्‍मा एउटा अपराधले भरिएको राजनीतिक दृष्टिले अत्यन्त दुष्टतापूर्ण सन्धि गरे।

    आज-भोलि पनि महान् आश्चर्यको कुरो त यो छ कि भारत जस्ता महान् देशले भूटानी जनतालाई राजतन्त्रका बूटमुनि दबाएर राख्ने यस्ता खालका अपराधी सन्धिपत्रमा हस्ताक्षर गर्‍यो र अङ्ग्रेजहरूद्वारा पहिलेबाटै दिइँदै आएको भिख वार्षिक १ लाख रूपयाँलाई बढाएर ५ लाख प्रतिवर्ष गरिदियो। साथै अङ्ग्रेजहरूद्वारा छिनिएको ३२ वर्गमिलको देवानगिरि एरिया भूटानलाई फर्काइदियो।

    तबदेखि भोटे राजतन्त्रका कमारा-कमारीहरूले भारतबाट भिख दिइएको ५ लाख रूपियाँ खर्च गरेर चैन गर्दै प्रजाराजको घाँटी निमोठ्नका लागि कम्मर कस्दैछन्। यिनै अपराधीहरूसँग भूटानी तरूणशक्तिको घोर सङ्ग्राम हुने तयारी हुँदैछ। १९५२ मा जिग्मे वाङ्चुक मरेपछि उनको जेठो छोरा प्रजाराजको हत्यारा जिग्मे दोर्जी वाङ्चुक भूटानको तेस्रो भोटे जातीय दुष्ट राजा भयो। तेस्रा राजाको राज्याभिषेक २७ अक्टोबर १९५२ मा भएको हो। यो राजा घोर शोषक र चरित्रहीन थियो, यसैले चिटिङ्बाजी गर्नका लागि भूटानी छोग्दु संसदको पाखण्ड उभ्याएको हो।

    भूटानका चौथा राजा जिग्मे सिङ्गे वाङ्चुकको जन्म १९५५ मा प्रजाको शोषणबाट अतुल सुखसुविधाले भरिएको राजमहलमा भएको हो। लाखौंलाख भूटानी साना नानीहरू भूँडीभरि दूध खान पाउँदैनथे तर जिग्मे सिङ्गेलाई दूध र घीउले नुहाइन्थ्यो किनकि ठूला पापीको जन्म नै राजाका घरमा हुन्छ।

    राजाका महलमा कुनै पनि पुण्यात्माको जन्म हुँदैन। पुण्यात्माको जन्म निश्चय नै गरीबका घरमा हुन्छ किनकि राजाका घरमा जन्मिनुको अर्थ हो– गरीबहरूका पसिनाले कमाएको धन तथा वैभवको बिना परिश्रमले नै चैन गर्नु। अपराधपूर्ण ढङ्गले शोषण गर्न नसक्ने मानिसले आफूलाई राजा र महाराजा घोषित गर्न सक्दैन। आफूलाई राजा, महाराजा र सम्राट घोषित गर्नका लागि भयड्‍कर शोषण र मानवताको दमन गर्नसक्ने मनोवृत्ति भएको हुनु पर्दछ। यस्तो परिवारमा कसरी पुण्यात्माले जन्म लिन सक्ला?

    प्राचीन समयमा राजाले केवल आफ्ना स्वार्थका लागि आफूलाई सूर्यवंशी र चन्द्रवंशी हौं भन्ने गफ ठोक्तथे। त्यस्ता बोक्रे गफको लामो लेखाजोखा प्राचीन पौराणिक ग्रन्थहरूमा पाइन्छ तर वर्तमान युगले अब राजालाई भगवान मान्न सक्दैन तर यौटा शोषकहरूको सरदार चाहिँ मान्नेछ।

    भूटानका तेस्रा राजा जिग्मे दोर्जी वाङ्चुकको विवाह १९५१ मा सिक्किमको राजा टाशी नाम्ग्यालकी बहिनीकी छोरी अनि भूटानको पुरानो भोटे अत्याचारी प्रधानमन्त्री राजा सोनाम तोब्गे दोर्जीकी छोरी आशी केसाङ्सँग भएको थियो। र, अन्यत्र पनि उल्लेख गरिएको छ कि भूटानमा प्रजातन्त्रको घोर दुश्मन दुइटा परिवारहरू हुन्- एक हुन्, वाङ्चुक राजपरिवार र अर्का हुन्, दोर्जी परिवार। यी दुवै परिवारले भूटानी जनताको सर्वोच्च अधिकारलाई दबाउँदै आएका छन्। भूटानी प्रजाराजले यिनीहरूको मान गर्न सक्तैन।

    वर्तमान भूटानका राजा जिग्मे सिङ्गे वाङ्चुकको मावली बुढो बाबु सोनाम तोब्गे यौटा अत्याचारी मानिस थियो। भूटानको प्राचीन दोहोरो राज्य व्यवस्थालाई मेटाउन सर उग्येन वाङ्चुकसँग मिलेर सोनाम तोब्गेले भयड्कर षड्यन्त्र रचेको हो। तिब्बतमा अङ्ग्रेजहरूले तिब्बतीय घमण्डी भोटेहरूको गजबले चुटाइ गर्दै थिए, त्यसलाई बन्द गराउन सोनाम तोब्गेले अङ्ग्रेजहरूको धेरै खुशामदी गरेको हो। यसपछि सोनाम तोब्गे अङ्ग्रेजहरूको चम्चा मानिन थाल्यो। अतः अङ्ग्रेजहरूले आफ्ना पुच्छरे सोनाम तोब्गेलाई ‘राजा’ को उपाधि दिएका हुन्। सोनाम तोब्गे कालिम्पोङ्‍मा बसेर भूटानका लागि अङ्ग्रेजहरूको एजेन्टी गर्दथ्यो। यसैको अत्याचारी छोरो सोनाम तोब्गे दोर्जी अर्थात् राजा दोर्जीका नामले कुख्यात भयो। यही नै आफ्ना बाबुको मृत्युपछि भूटानमा अङ्गे्जहरूको एजेन्ट नियुक्त भयो। यस्तो भयड्‍कर अपराधी भूटानमा अहिलेसम्म कुनै मानिस जन्मेकै छैन।

    यस प्रजातन्त्रका शत्रु भोटे जातीय मान्छेलाई भूटानको हा उपत्यकाको जोडपोन राज्यपाल बनाइएको हो। यसले राम्रो गरेर मुत्न पनि जान्दैन थियो। जबकि, अर्कापट्टि यस अङ्ग्रेजहरूका चम्चालाई सिक्किमका तत्कालीन ब्रिटिश राजनैतिक अधिकारीको सहयोगी पनि बनाइएको थियो। यस प्रजातन्त्रका घोर शत्रुले कालिम्पोङ्‍मा बसेर नै भूटान र सिक्किमका मामलामा अनुचित रूपले दखल दिन्थ्यो। प्रजातन्त्रका साथै यो गोरखा जातिका हकको पनि घोर शत्रु थियो।

    सन् १९५३ मा यो यमराजका घरको पाहुना भएपछि, यसको जेठो छोरो जिग्मे पाल्देन दोर्जी आफ्ना बाबुका उत्तराधिकारको अधिकारी भयो। यो आफ्नू बाबुभन्दा ठूलो अपराधी थियो। यसले १९५७ देखि नै भूटानी राजा जिग्मे दोर्जी वाङ्चुकको मुख्य सल्लाहकारको पद सम्हालेको हो।

    भारतका अखबारहरूले त्यस पापीलाई भूटानको प्रधानमन्त्री दोर्जी भनेर उल्लेख गर्दथे। यो उही निर्दयी एवम् नीच नरपिशाच राक्षसहृदयी भोटे प्रधानमन्त्री थियो, जसले मानवाधिकारको पक्षधर भूटानी काङ्ग्रेसका नेता महासुर क्षत्रीलाई जिउँदै हात र खुट्टामा ढुङ्गाहरू बाँधी सुनकोश नदीमा फ्याँकिदिएको हो। यस अधर्मीले कैयौं आइमाईहरूको सतीत्व पनि जबरजस्ती नष्ट गर्‍यो। ती आइमाईहरू अझै पनि भूटानमा धेरै संख्यामा जीवित छन्। यो अति नीच भोटे जातिको मान्छे कात्तिकमा बौलाएको कुकुरझैं आइमाईहरूका पछाडि लाग्थ्यो।

    अन्त्यमा पापको गाग्री भरियो। फलःस्वरूप सन् १९६४ मा फुन्छोलिङ्‍को गेस्ट हाउसमा यौटा देशभक्त वीर भोटे युवकले कुकुर मारे झैं यस पापीलाई मारिदियो। यस्ता किसिमका सबै अपराधीहरूलाई भूटानले कुकुर मारेझैं मारिदिनेछ। अपराधीलाई भूटानले सहन गर्दैन। भविष्यमा पनि भूटानमा प्रजातन्त्रका दुश्मनहरू त्यसरी नै मारिनेछन्, जसरी प्रजातन्त्रको ज्यानमारा रेग्मे दोर्जीले कुकुर मरेझैं मर्नु पर्‍यो। अपराधीका सत्यानाशमा आनन्दित हुनैपर्दछ। साँचो प्रजाराज जबसम्म देशमा ल्याइँदैन, तबसम्म गोली चलाउने राजनीतिलाई रोक्न पनि सकिँदैन। भूटानमा मात्र नभएर संसारको कुनै पनि देशमा किन नहोस्, जहाँ लाखौं–लाख जनताले निवास गर्दछन् र तिनका बोल्ने, लेख्ने र सोच्ने हकको दुर्दशा गर्ने सबै अपराधीहरूको उस्तै दुर्गति हुनेछ, जस्तो फुन्छोलिङ्‍मा रेग्मे दोर्जीको भयो। रेग्मे दोर्जीलाई जसले मार्‍यो, भोलि त्यसको पूजा हुनेछ किनकि दोर्जी अपराधी थियो।

    यो साँचो कुरा हो कि हिंसाको राजनैतिक परिवर्तन राम्रो कार्य होइन, किन्तु जब घाँटी समाउने राजनीतिको परिवर्तनका लागि अरू कुनै बाटो रहँदैन भने हिंसाको राजनीतिलाई पनि रोक्न सकिँदैन। तब हिंसा नै एक मात्र राजनीतिको बाटो हुन्छ। भूटानमा हिंसाको राजनीति रोक्नका लागि यौटै उपाय छ, भूटानी जनता नै देशको सर्वोच्च शक्ति होस्। देशमा प्रजाराज आएन भने प्रजातन्त्रका दुश्मनहरूप्रति आफ्ना हातमा भएका हतियारको प्रयोग जनताले गर्नेछन्।

    जिग्मे पाल्देन दोर्जी, जसलाई रेग्मे दोर्जी पनि भनिन्थ्यो, मरेपछि उसको भाइ लेण्डुप दोर्जी राजाको सम्बन्धी हुनाले भूटानको अर्को प्रधानमन्त्री बन्यो। यो फटाहा–फटाहा किसिमको मानिस थियो। कुरा भने प्रजाराजको गर्दथ्यो तर आफैँ राजा बन्ने सुरमा थियो। पक्का प्रजातन्त्रको समर्थक मानिस कहिल्यै पनि आफ्नू सिद्धान्तबाट पछि फिर्दैन; आफ्ना आदर्शहरूलाई छोड्दैन। ३०० वर्षसम्म प्रजाराजवादीहरूका पुस्ताले रूस देशमा संघर्ष गरे अनि ४० लाखको विशाल सेना भएका राजालाई कुकुर मारेझैं मारे। सिक्किममा छोग्यालसँग २५ वर्षसम्म जनताले संघर्ष गरे र भोटे राजनीतिको सत्यानाश गरेका हुन्। प्रजाराजको सिद्धान्तलाई कमजोर दिल भएका मानिसले स्वीकार गर्न सक्दैन, लेण्डुप दोर्जी जस्तो मान्छे कहिल्यै पनि प्राजाराजवादी हुन सक्दैन। अर्काको प्रतिभा र व्यक्तित्वलाई नसम्झिने मान्छेले प्रजाराजको कुरा गर्नु नै अनुचित छ।

    साँचो प्रजाराजमा जनता नै सर्वोच्च शक्ति हुन्छ। लुटेरा शोषक सामन्तका सन्तानहरू जनताको सर्वोच्चतालाई स्वीकार गर्न मन पराउँदैनन्। यसै कारणले गर्दा जनताले सामन्ती राजतन्त्र र त्यसको राजनीतिसँग विद्रोह गर्नु परेको छ।

    यदि भूटान र नेपालमा ठूला–ठालु मानिएका वर्गलाई दबाइएन भने यी देशहरूमा कम्युनिज्यमलाई रोक्न पनि सकिँदैन। लेण्डुप दोर्जीपछि वैधानिक रूपमा धैरै दिनसम्म कुनै मान्छे भूटानको प्रधानमन्त्री बनेन। तर यस पदको कार्य संचालन दोस्रो वाङ्चुकले गरे। यिनी पारोका पेन्लोप पनि थिए। दोस्रो वाङ्चुक पनि भूटानी प्रजाराजका शत्रु नै हुन्। उनले आई.ए.एस.सम्मको पढाइको दुरुपयोग प्रजातन्त्रलाई भूटानमा मार्नका लागि गर्दैछन् र गोरखाली जनतालाई गुलाम बनाउनमा चतुर छन्।

    भूटानमा आज पनि केही बुद्धिमान अफिसरहरू प्रजातन्त्रको भावी प्रभावलाई स्पष्ट जान्न र हिसाब पनि लगाउन सक्छन् तर यिनीहरू राजतन्त्रको जी–हजुरी बजाउन बाध्य भएका छन्। त्यसैले गर्दा जनहितमा केही बोल्न सकेका छैनन्।

    आर्थिक दृष्टिकोणले हेरौं भने भूटानमा मात्र दुई वर्ग पाइन्छन्। एक, ठुला–ठालु भनाउँदा अत्याचारी शोषकहरूको समूह र अर्को, विशाल संख्यक शोषित वर्ग। शोषक वर्गले बहुसंख्यक दबाएका वर्गमाथि यस्तो अत्याचार गरेको छ कि यिनीहरूका बीचमा कुनै पनि बुद्धिजीवीलाई जिउन पनि दिएको छैन। भोटे राजतन्त्र शासक वर्गमा छ। गरीब जनताहरूलाई दबाउनु नै त्यसको बौद्ध धर्म भएको छ। भूटानको स्वतन्त्रता र बौद्ध धर्म रक्षाको नाममा भूटान सरकारले सबै प्रकारको पाप गरिरहेको छ।

    सबै सरकारी अफिसरहरू कानूनप्रति बफादार नभई राजाको खुशामदमा नै आफ्नू बफादारी मान्दछन्। कानून र न्यायलाई पर राखेर भए पनि ती खुशामदीहरूले राजालाई खुश गराउने प्रयत्न गर्दछन्। जुन–जुन देशमा कानूनको शासन र संवैधानिक सरकार हुँदैन, त्यस–त्यस देशमा यस्ता प्रकारका धेरै कुराहरू भइरहेका हुन्छन्। ठूला मान्छेलाई खुश राख्नका लागि खुशामद गर्नेहरू देशद्रोही हुन्, तिब्बत र सिक्किमको स्वतन्त्रतालाई यस्तै लठुआहरूले मारेका हुन्।

    सरकार सञ्चालनका लागि राजा जिग्मे दोर्जी वाङ्चुकका समयमा ८ वटा राजाका जी–हजुरिया खुशामदे टट्टुहरूको यौटा परिषद् थियो। त्यसमाथि पनि राजाको अर्डर चल्दथ्यो। यस ८ सदस्यीय परिषद्का प्रमुखलाई भूटानको प्रधानमन्त्री भनिन्थ्यो।

    असलमा भूटानका र पञ्चायती प्रजातन्त्र नेपालका प्रधानमन्त्री जनता या संसद् (छोग्दु या राष्ट्रिय पञ्चायत) प्रति उत्तरदायी नभएर राजाप्रति उत्तरदायी भएका हुनाले यी राजाहरूका यौटा नोकर जस्तै हुन्छन्। पूर्वोक्त व्यवस्थाअन्तर्गत कसैले भूटान र नेपालका प्रधानमन्त्रीलाई प्रजाराजवादी भारत, जापान या ब्रिटेनका प्रधानमन्त्रीको अधिकारसँग दाँज्‍नु भ्रममा पर्नु हो। राजाका बूटमुनि दबिएका नेपाल र भूटानका प्रधानमन्त्रीहरूको राजनीतिक प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावशाली हुन पनि सक्तैन।

    प्रजाराजका विरोधीहरूले भूटानमा पनि संसद् (छोग्दु) को स्थापना गरेका छन् तर यसको चुनाव पद्धतिले नै यसको महत्वलाई समाप्त गरिदिन्छ। साँचो प्रजातन्त्रको दुश्मन व्यवस्थालाई यस भूटानी संसद्ले मान्यता दिएको छ। भूटानी संसद्का सदस्यहरूलाई सिधा भूटानी जनताको वालिग मतदानद्वारा निर्वाचित गराइँदैन तर गाउँ-गाउँका शोषक फटाहाहरूका कानेखुसी गर्ने व्यवस्थाले परोक्ष रूपमा धुरीका हिसाबले उनै शोषकहरूका एजेन्ट तथाकथित भूटानी संसद् सदस्यहरूको भर्ती गराइन्छ। यदि यौटा परिवारमा १० जना वालिग नागरिकहरू छन् भने पनि यौटा परिवारको भोट दिने अधिकार यौटै मानिएको छ। योभन्दा अर्को ठूलो गुण्डागिरी प्रजातन्त्रका नाममा हुन पनि सक्तैन। संसद् र प्रजातन्त्रका नाममा वालिग व्यक्तिले मत दिन नपाउनु ! यसभन्दा ठूलो दमन अर्को केही हुन पनि सक्दैन। भोटे भाषालाई राष्ट्र भाषा बनाएर विशाल संंख्यक गैरभोटेभाषी प्रजालाई नागरिक अधिकारबाट पर राख्ने तैयारी हुँदैछ। भन्न त यो भनिन्छ कि भूटानमा प्रत्येक तीन वर्षमा ५ हजार जनताद्वारा गाउँका मुखियाको चुनाव हुन्छ तर व्यवहारमा कुनै पनि यस्तो प्रभावी राजनैतिक काम भएको छैन। जे पनि हुँदैछ, त्यसले भूटानी जनताको राजनैतिक अभिव्यक्ति भएको छैन।

    ‘भूटानी संसद् सदस्यहरू अनपढ र मूर्ख भएका हुँदा वर्तमानमा सबै अधिकार राजाका हातमा छन्’ भन्ने कुरा विदेशमा भोटे राजतन्त्रले आफ्नू समर्थनमा प्रस्तुत गरेको छ। भूटान भूमिमा खुट्टा राख्दै संसारका लाटो मानिसलाई पनि थाहा हुन्छ कि यो देश राजाको गुलाम छ।

    -१९७२ जुलाई २ मा भूटानको चौथो राजा जिग्मे सिङ्ग्ये वाङचुकले स्वैच्छिक रूपमा राजगद्दी परित्यागको घोषणा गरी चारमध्येकी तेस्री श्रीमती आशी छिरिङ याङ्दोनबाट काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा १९८० फेब्रुअरी २१ मा जन्मेका २६ वर्षका जेठा छोरा जिग्मे खेसार नाम्ग्येल वाङचुकलाई सन् २००६ डिसेम्बरमा राजा बनाएका छन्। 

    -सन् १९६४ को अप्रिल ५ मा दाजु जिग्मे पाल्देन दोर्जीको हत्या भएपछि सोही वर्षको जुलाई २५ देखि नोभेम्बर २७ सम्म कार्यवाहक प्रधानमन्त्री भएका लेन्डुप दोर्जी राजासँग भएको शक्तिसंघर्षका कारण असुरक्षा महसुस गरी भागेर नेपालमा शरण लिएर बसेका थिए। सन् १९६५ देखि १९७४ सम्म नेपालमा शरण लिएका उनको अधिकांश समय रविभवन र सोल्टी होटलमा बितेको थियो। नेपालमा रहँदा उनले आफू बेलायत गएको र त्यहाँको अखबारमा आफूलाई भूटानले प्रधानमन्त्रीको हत्याराको रूपमा लिएको खबर पढेपछि नेपालमा आएर अधिराजकुमार (राजा महेन्द्रका भाइ) वसुन्धराको पहलमा राजनीतिक शरण लिएर बसेको बताउने गरेका थिए। स्मरण रहोस्, लेन्डुप दोर्जी भागेपछि सन् १९९८ मा जिग्मे यिसे थिन्लेलाई नियुक्त नगर्दासम्म राजाले प्रधानमन्त्री पद नै खारेज गरेका थिए।

    -जोङ्खा शब्द पेन्लोपलाई करीब–करीब गभर्नर वा क्षेत्रपाल वा क्षेत्रीय प्रशासक भन्न सकिन्छ। एकीकरणअघि भूटानी पेन्लोपहरूले देशका केही जिल्लामा नियन्त्रण राख्दथे। अहिले भने उनीहरूको कुनै प्रशासनिक कार्यालय छैन, पूर्णरूपमा वाङचुक दरबारको अधीनमा छन्।

    -नेपालमा १९९० फेब्रुअरी १८ (२०४६ साल फागुन ७ गते) आइतवारदेखि शुरू भई ४९ दिनसम्म चलेको जनआन्दोलनको बलमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएपछि बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको बहाल भएको थियो।

    -सन् २००८ मार्चमा सम्पन्न भूटानको पहिलो आम निर्वाचनभन्दा अघि भूटानमा ‘एक घर, एक मत प्रणाली’बाट जनप्रतिनिधिहरू निर्वाचित गरिन्थ्यो। त्यसका लागि गोप्य नभएर खुला मतदानको विधि अपनाइएको थियो। त्यसअनुसार प्रायःजसो हात उठाएर कुनै पनि उम्मेदवारप्रति समर्थन वा विरोध जनाइने गरिन्थ्यो, अनि समर्थन गर्ने हातहरू गन्ती गरेर जनप्रतिनिधि निवाचित भएको घोषणा गरिन्थ्यो। सन् २००८ को निर्वाचन नै सबै भूटानी नागरिकले गोप्यरूपमा आफ्नो वालिग मताधिकार प्रयोग गर्न पाएको पहिलो निर्वाचन हो।

    (‘दन्किँदो भूटान’ पुस्तकको अंश। लेखक: स्व. देवीभक्त लामीटारे। संशोधित तथा अद्यावधिक चौथो संस्करणका सम्पादकः विनोद ढुङ्गेल। प्रकाशकः भूटान मिडिया सोसाइटी। पुस्तकको मूल्यः रू.७००।-)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      देवीभक्त लामीटारे

      देवीभक्त लामीटारे

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.