Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पश्चिम बंगालमा किन पतन भयो कम्युनिष्ट?

छिमेकको यो दुर्गति देखेर कुनै पाठ नसिक्ने, पार्टी पद्धतिभन्दा आफू, एक्लो व्यक्तिलाई सर्वेसर्वा ठान्ने र सबै बराबर भन्ने अन्तर्राष्ट्रिय कम्युनिष्ट मान्यतालाई तिलाञ्जली दिएर ‘जबज’को व्याख्या गर्नु वास्तवमा मदन भण्डारीप्रतिको अपमान नै हो।

सहयोगीबाट सहयोगीबाट
मंसिर २, २०७८
- यो हप्ता, राजनीति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वामपन्थी आन्दोलनमा लामो योगदान दिएको भारतको पश्चिम बंगाल राज्यका कम्युनिष्ट नेता सुभाष चक्रवर्तीले सन् २००६ मा दिएको विवादास्पद बयान धेरै अखबारहरुमा छापिएको थियो । उनले भनेका थिए– ‘म आज गर्वकासाथ भारतभर जहाँ गएर पनि भन्छु कि पहिला म हिन्दू हुँ । त्यसपछि ब्राम्हण । अनि कम्युनिष्ट ।’

    जीवनको सारा ऊर्जा कम्युनिष्ट आन्दोलनमा बिताएका, राज्यका मुख्य जिम्मेवारीहरु सम्हालेका र उच्च शिक्षा हासिल गरेका जिम्मेवार नेताको यो अभिव्यक्ति भारतीय सञ्चारमाध्यममा आगोझैं फैलियो।

    त्यतिबेला वामपन्थी विश्लेषकहरुले लेखे, ज्योति बसुले कहिल्यै नफेरेको हँसिया हथौडाको झण्डा बुद्धदेव भट्टाचार्यले पनि फेरेनन् । अब जनताले त्यो झण्डा उखेल्नेछन् । वैचारिकरूपमा मार्क्सवादीहरुको पतनको अभिव्यक्ति थियो चक्रवर्तीको भनाइ।

    यो कुनै अस्वाभाविक पनि थिएन । नभन्दै बुद्धदेव भट्टाचार्यको विरासतलाई ममता वेनर्जीको तृणमूल काँग्रेसले बढारिदियो । अहिले भारतीय जनता पार्टीको सियारामको झण्डा वेनर्जीको काँध पुगेको छ । सबैकी दिदी वेनर्जीको अगाडि कम्युनिष्टहरु पत्तासाफ भएका छन्।

    गणतन्त्र भारतको इतिहासमै सबैभन्दा लामो समय मुख्यमन्त्रीको रुपमा शासन गर्ने ज्योति बसु जसले, २३ वर्ष १७७ दिन पश्चिम बंगालमा शासन गरे । कम्युनिष्ट सरकार जसले लगातार ३४ वर्ष पश्चिम बंगालमा राज गर्यो । आज त्यो पत्तासाफ नै भएको छ।

    आफ्नै आँखा अगाडिको घटनाबाट पनि दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको चेत खुलेन । र, नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न संसद् विघटन गरे।

    लक्ष्मण देवकोटा

    पश्चिम बंगाल मात्र होइन, लामो समय शासन गरेको शिक्षित नागरिकको बसोबास रहेको केरल राज्यको पनि उही हविगत छ । युवा कम्युनिष्ट भन्ने शब्द सुन्न छोडेका छन्।

    पश्चिम बंगालमा त गाउँकागाउँ नागरिक भारतीय जनता पार्टीको ‘हरहर मोदी, घरघर मोदी’को नारा लगाउँदै मोदीपन्थमा लागिरहेका देखिन्छन्।

    किन यस्तो भइरहेको छ त ? लामो अध्ययनपछि राजनीतिशास्त्रका शोधकर्ताहरुले भनेका छन्, सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफू कम्युनिष्ट हुँ भन्ने बिर्सिए । उनीहरु साँघुरो घेरामा रमाउँदै जान थाले । जनतामा गरेका वाचाहरु बिर्सिए। जमिन र नेताबीचको तार टुट्यो । जब जमिन टुट्यो, उनीहरुसँग जनता टाढिए।

    जीवनमा धेरै वर्ष कम्युनिष्ट भएर गाउँगाउँमा धेरै वर्ष दुःख गरे तर, नेतृत्वले जमिनको वास्तविक समस्यालाई वास्तै गरेन । शिक्षा र जनताको स्वास्थ्यमा कुनै सुधार भएन । उपचार नपाएर नागरिक मर्न थाले । धनीहरुलाई सुलभ शिक्षा भयो, गरिबहरु जहाँको त्यहीँ भए । असमानता यथावत भयो । तैपनि सुध्रिन्छ कि भनेर जनताले कुरिरहे, अहँ केही परिवर्तन भएन । बरु भ्रष्टाचार बढ्दै गयो । बेथिति चुलिँदै गयो । अन्ततोगत्वा जनताको मोहभंग भयो र उनीहरुले कम्युनिष्टहरुलाई उठ्नै नसक्ने गरी पछारिदिए।

    त्यतिबेलाको पश्चिम बंगालको अवस्था र दुईतिहाइ बहुमतसहितको नेपाल कम्युनिष्ट पार्टीको शासन तुलना गर्दा समानता भेटिन्छ । पश्चिम बंगालमा कम्युनिष्ट उदयको पछाडि नेताहरुको स्वच्छ छवि, नागरिकसँग भिज्ने क्षमता र देश दुनियाँ बुझेका मानिसहरुको नेतृत्व नै प्रमुख कारण हो।

    शिक्षा र स्वास्थ्यबाहेक कम्युनिष्टहरुले अर्को महत्वपूर्ण मुद्दा उठाएका थिए, जसको जोत उसको पोत । जमिनदारहरुको हजारौं एकडका मालिक थिए भने कोही रेल पटरीको छेउमा रात गुजार्न विवश थिए । वेनर्जीहरुले यही नारालाई उछाले । कम्युनिष्टहरुले पनि सत्ताको स्वादमा यो मुद्दा बिर्सिसकेका थिए । अन्ततः जनता अझै कतिसम्म भ्रममा बाँचिरहने भनेर ब्यालेट बक्समा विद्रोह गर्ने निश्कर्षमा पुगे।

    सत्ताको खेलोमा लागेपछि चुनावी टिकटको किनबेच शुरु भयो । नेताहरुलाई चन्दा दिनेले टिकट हत्याउन थाले । चुनावमा अकूत धनको खर्च हुन थाल्यो । कम्युनिष्टको नाममा गैरकम्युनिष्टहरुको हालीमुहाली चल्न थाल्यो । संगठन विस्तार, सदस्यता वृद्धि, वैचारिक बहस, युवालाई प्रशिक्षण यी सबै कुरा नेताहरुले बिर्सिए । पार्टी पाटी भयो।

    तत्कालीन महासचिव प्रकाश करातले लेखे– ‘हामीहरुलाई जनताले उठबस गराए । अझै पनि हामी सच्चिएनाँै भने इतिहासमा हाम्रो नामोनिशान रहने छैन । गल्ती अन्यत्र होइन, हामीभित्रैबाट भएको छ । पराजयको कारक हामी नै हौँ ।’ सीताराम यचुरीसमेत यतिबेला जनतासँग जानको निम्ति कार्यकर्तालाई आह्वान गरिरहेका भेटिन्छन्।

    विज्ञान प्रविधिले यति ठूलो फड्को मारेको बेला आफू सत्तामा छँदा बितर्किएका कार्यकर्ता फेरि कहिले फर्कने हुन् ? हिन्दूत्वको नाममा लोकप्रियतावादको जहाजमा शंख, घण्ट बजाउँदै हिन्दू बाहुल समाजमा तामझामका साथ आएको मोदीपन्थको हिन्दू राष्टवादसँग छिन्नभिन्न भएका यी कम्युनिष्टहरु कसरी लड्ने हुन् ? यो पनि त्यति सजिलो र सहज देखिँदैन । सत्तामा छँदा बिर्सिएका जनताहरुले फेरि माफी कहिले दिनेहुन् ? यो बाटो कष्टैकष्टको हुने निश्चित प्रायः छ।

    प्रकाश करात, हरकिसन सिं सुरजितजस्ता भारतीय कम्युनिष्ट आन्दोलनका अगुवा, नेपाली कम्युनिष्टहरुका मित्रले नेपालमा कम्युनिष्ट पार्टीको संगठन विस्तार भएकोमा निकै खुशी व्यक्त गर्दथे । नेपालका कम्युनिष्टहरुको मुक्तकण्ठले प्रशंसा गर्दथे । भाइचाराको न्यानो प्रेम थियो दुवैतिर । तर, दूर्भाग्य भारतका जानेमाने कम्युनिष्ट नेताहरु यसबखत पराजयको धुलो टक्टक्याउँदैछन् । जनताद्धारा नपत्याइएपछि प्रायश्चित गर्दै वस्तीवस्तीमा जानु उति सहज छैन।

    साँध जोडिएको छिमेकमै कम्युनिष्टहरुको यो कन्तविजोग सत्ताधारी नेपालका स्वघोषित वीरपुरुष केपी शर्मा ओलीले देखेनन् । उनको मन मष्तिस्कमा बरु मोदीको लोकप्रियतावाद हावी भयो । देख्नुपर्ने ज्योति बसुहरुको पत्तासाफ थियो, ओली र उनको कोर टिमले मोदीको प्रभाव देख्यो।

    भारत, ब्राजिलदेखि विभिन्न अफ्रिकी मुलुकहरुमा उदय भइरहेको लोकप्रियतावादको रंगीन सपनामा ओलीले मार्क्सवाद, लेनिनवादलाई तिलाञ्जली दिएर असमयमै संसद्को हत्या गरे । उनी अझै आफूलाई मदन भण्डारीको सच्चा अनुयायीको रुपमा व्याख्या गरिरहेका छन्।

    छिमेकको यो दुर्गति देखेर कुनै पाठ नसिक्ने, पार्टी पद्धतिभन्दा आफू, एक्लो व्यक्तिलाई सर्वेसर्वा ठान्ने र सबै बराबर भन्ने अन्तर्राष्ट्रिय कम्युनिष्ट मान्यतालाई तिलाञ्जली दिएर ‘जबज’को व्याख्या गर्नु वास्तवमा मदन भण्डारीप्रतिको अपमान नै हो।

    बहुमतको शक्तिलाई वडा तहसम्मै छिन्नभिन्न पारेर, वल्लो घर र पल्लो घरमा मिलेर बसेका एउटै दलका कार्यकर्ताको बीचमा काटमार गराएर ओलीले यो मुलुकमा समाजवाद ल्याउँछन् भनेर कुन मुर्खले पत्याउँला?

    सत्ता, सेना र पुलिसको आडमा एकछिनको चमकधमक भए पनि नीति, सिद्धान्त र आस्था, जनताको अभिमत सबैलाई कुल्चिएर कुनै पनि व्यक्ति कम्युनिष्ट नेता हुन सक्दैन । त्यत्रो लामो राजनीतिक इतिहास, भारतीय नाकाबन्दीको बेलाको अडान सबैलाई उनको यो पछिल्लो कर्मले वाग्मतीमा बगाइदिएको छ ।

    ओलीको संविधानविरोधी कदमका पर्दाहरु विस्तारै खुल्दैछन् । राजावादी वकिलहरु ओलीको छनोटमा प्रतिनिधिसभा विघटनको पक्षमा बहस पैरवी गर्न खटाइएका छन् । राजावादी र ओलीवादीको एकै स्वर सुनिन थालेको छ।

    उत्तराञ्चल, विहार, उत्तरप्रदेश, पश्चिम बंगाल, असममा उर्लिएको भारतीय जनता पार्टीको लहर हेरिरहेका छन् । उनलाई लागिरहेको छ– ‘अब मार्क्सवाद लेनिनवादलाई बिदावारी गरेर रामनाम जप्दै राजावादी हिन्दूवादीहरुलाई समेटेर पनि उनी नेपाली राजनीतिको केन्द्रमा रहिरहन सक्दछन् ।’ त्यसो गर्न उनलाई छुट छ तर कम्युनिष्ट पार्टीको झण्डा ओडेर लोकप्रियतावाद, नवउदारवादी पूँजीवाद र धार्मिक राष्ट्रवादको व्यापार गर्ने छुट उनलाई छैन।

    जनतामाथिको विश्वासलाई घात गरेका ओली मार्क्सवादको नाममा दलाल पूँजीवाद र साम्राज्यवादीहरुको सेवा गरिरहेका छन् । कार्यकर्ताले पनि बुझ्नुपर्ने कुरा यो हो । पश्चिम बंगालको कम्युनिष्ट आन्दोलनको विघटनबाट सिकेनन् भने नेपालका कम्युनिष्टहरु पनि भोलि इतिहासको पानामा सीमित हुन कत्तिबेर लाग्दैन।

    -१८ माघ, २०७७ मा दृष्टि न्यूजमा प्रकाशित लक्ष्मण देवकोटाको लेख।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.