Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

अन्तिम चुनावी प्रचार गर्दै दलहरू, मध्यरातबाट मौन अवधि

by नेपाल रिडर्स
December 4, 2017
- समाचार
अन्तिम चुनावी प्रचार गर्दै दलहरू, मध्यरातबाट मौन अवधि
Share on FacebookShare on TwitterEmail

मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको प्रचार गर्न पाइने आज अन्तिम दिन हो। चुनाव हुन लागेका ४५ जिल्लाका १२८ क्षेत्रमा आज दलहरूले अन्तिम चुनावी सभा र घरदैलो गरिरहेका छन्।

एमाले अध्यक्ष ओली भने अन्तिम प्रचारका लागि आफ्नो क्षेत्रमा नजाने भएका छन्। सोमबार उनी काठमाडौं – ५ मा महासचिव ईश्वर पोखरेलको चुनावी सभामा सहभागी हुनेछन् भने दिउँसो भक्तपुरको चुनावी सभालाई सम्बोधन गर्नेछन्।

सबै दलका शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्। प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर सात पुगेका छन्। देउवा  डडेल्धुरा उम्मेदवार छन् भने उनकी पत्नी अारजु देउवा कैलाली -५ मा उम्मेदवार छन्।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन् । उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली सोमबार बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन् ।

विराटनगर र चितवन ३ अन्तर्गत पर्ने माडीको चुनावी सभामा आइतबार सहभागी भएका ओलीले आफ्नो क्षेत्रको प्रचारका कार्यक्रम सिध्याइसकेका छन् । उनी मंगलबार मात्रै झापा पुग्नेछन् तर सोही दिन उनको काठमाडौं फर्कने कार्यक्रम छ । ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने भएकाले आफ्नो क्षेत्रमा हुने छैनन । उनले आइतबार र सोमबार विभिन्न मिडियालाई पनि समय छुट्याएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल भने चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछन् । उनलाई त्यहाँका चुनावी कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामबहादुर थापाले पनि सहयोग गर्नेछन् । थापा पनि तीन दिनयता चितवनमै केन्द्रित छन् । थापा सोमबार चितवन महानगरको वडा नम्वर १६, २६ र २२ का चुनावी कोणसभा, कार्यकर्ता भेटघाटलगायतमा सहभागी हुनेछन् ।

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि आफ्नै निर्वाचन क्षेत्र केन्द्रित हुँदै छन् । नेपालले सोमबार बिहान कागेश्वरी मनोहरा ७ मा घरदैलो कार्यक्रम राखेका छन् भने दिउँसो कोटेश्वरमा चुनावी सभाको कार्यक्रम राखेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँकै चुनावी कार्यक्रममा हुनेछन् । कांग्रेसले तनहुँको दमौलीमा सोमबार चुनावीसभा आयोजना गरेको छ । कांग्रेस नेता डा. रामशरण महत, नेता बालकृष्ण खाँण भने बुटवल र भैरहवाको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

4 years ago
संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.