वामपन्थी अान्दाेलनमा क्रियाशील युवा विध्यार्थीहरूका लागि संचालित तीन दिवशीय ‘अाधारभूत मार्क्सवादी स्कूल’ अाइतवार सम्पन्न भएकाे छ।
नेपाल अध्ययन केन्द्रकाे अायाेजनामा चितवनकाे भरतपुरमा असाेज २७-२९ गतेसम्म संचालन भएकाे उक्त स्कूलमा ४५ बढी प्रशिक्षार्थीहरूकाे सहभागीता रहेकाे थियाे। उक्त स्कूलमा ‘द्वन्द्वात्मक भाैतिकवाद’, ‘एेतिहासिक भाैतिकवाद’, ‘मार्क्सवादी दशर्न’ , मार्क्सवादी अर्थशास्त्र लगायतका बिषयमा अन्तक्रियात्मक ढंगले कक्षाहरू भएका थिए।
अाधारभूत मार्क्सवादी स्कूलमा नेकपा एमालेका नेता डा. विजय पाैडेल, बेदुराम भुसाल, डा. खगेन्द्र प्रसार्इं र माअाेवादी केन्द्रका नेता हेमराज भण्डारी लगायतले प्रशिक्षण दिनु भएकाे थियाे। कक्षामा सहभागी भएर अध्ययन गर्दा मार्क्सवाद सम्बन्धी अाधारभूत ज्ञान पाउन सफल भएकाे धारणा प्रशिक्षार्थीहरूले व्यक्त गरेका थिए।