Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

आइसोलेसनमा बस्न पनि सि.टी. भ्यालु जानकारी हुनु आवश्यक छ

by डा सव्रण कुमार मिश्र
November 15, 2020
- कोभिड–१९, समाचार
‘स्वास्थ्यमा समस्या छैन, तर संक्रमण पुष्टि’
Share on FacebookShare on TwitterEmail

अब हामी कोरोनासँग बाँच्ने हो। तर यसबाट बच्न हामीले तरिका पनि सिक्दै जाने हो। हामीले यसको संक्रमणबाट बच्न मास्क लगाउनु पर्ने, भौतिक दूरीलाई अति कडाइका साथ पालन गर्नु पर्ने साथसाथै सावुनपानीले हात धुने कुरालाई जीवनको अभिन्न दिनचर्या बनाउनु पर्ने कुरा थाहा पाइसक्यौं।

तर हामीले थाहा पाएका कुरा राम्ररी अपनाउन सकिएन वा कहीं भूलचुक भएका भाइरसले आक्रमण गर्न सक्छ। यस्तो शंका लागेमा वा लक्षण देखिएमा पिसिआर टेस्ट गराउनु पर्छ। पिसिआर टेस्टले कोरोना भाइरस-२ ले तपाईंलाई संक्रमण गरिसकेको वा नसकेको निदान गर्छ। पिसिआरको यस्तो उपयोगिताबारे तपाईंहामीलाई जानकारी भइसकेको छ।

तथापी पिसिआरका बारेमा व्यक्तिहरुमा एक प्रकारको नकारात्मक धारणा बन्न लागेको बुझिन्छ। आखिर पिसिआरमा पोजिटिभ देखिएपनि यस भाइरसको उपचार पनि छैन र अस्पतालबाट कुनै उपचार सेवा पाइदैन भन्ने धारणा व्यापक बन्न लागेको पाइन्छ। कुरा त्यसो होइन, पिसिआरले भाइरस भएको मात्र होइन कति स्तरमा यो भाइरस  छ भन्ने जानकारी दिन्छ। जुन सूचनाले कोरोना-२ सकारात्मक भएपछि कति दिन आइसोलेसनमा बस्नु पर्ने थाहा पाइन्छ।

पिसिआर टेस्टको रिपोर्टमा ३ प्रकारका कोरोनाहरुको सिटि भ्यालु दिइएको हुन्छः जस्तै  ORF 1ab gene, N gene र E gene। हालको कोरोना-२ को सन्दर्भमा हामीले ORF 1ab gene को सिटि भ्यालु कति छ भनेर हेर्नु पर्छ। यो भ्यालु जति कम भयो त्यति नै बढी स्तरमा संक्रमण भयो भन्ने बुझ्नु पर्छ। जति धेरै सिटी भ्यालु छ त्यति नै स्तरमा भाइरस संक्रमण कम छ भन्ने बुझ्नु पर्छ।

प्रथम पटक पिसिआर पोजिटिभको रिपोर्टमा देखाइएको सिटी भ्यालुले सामन्यतया कतिदिनमा नेगेटिभ आउन सक्छ भन्ने संकेत दिन सक्छ। यहाँ हामीले डा श्रवण कुमार मिश्रले बताउनु भएका केही कुराहरु उल्लेख गरेका छौं। जसले हामीलाई पोजिटिभ भएपछि आइसोलेसनमा रहनु पर्ने सामान्य जानकारी दिन्छ (नेरि)।

प्रारम्भिक पी.सी आर.को सी.टि. भ्यालु अनुसार आइसोलेसनमा बस्ने समय अवधि :
१. प्रारम्भिक सी.टि. भ्यालु १५-१६ हुँदा : आइसोलेसन अबधि चार हप्ता
२. प्रारम्भिक सी.टि. भ्यालु २०-२१ हुँदा : आइसोलेसन अबधि तीन हप्ता
३. प्रारम्भिक सी.टि. भ्यालु २४–२५ हुँदा : आइसोलेसन अबधि दुइ हप्ता
४. प्रारम्भिक सी.टि. भ्यालु ३०-३१ हुँदा : आइसोलेसन अबधि एक हप्ता।

पी.सी आर. को रिपोर्टमा भाइरसको मात्रा सी.टि. भ्यालु ले जनाउदछ। सी.टि. भ्यालु थोरै हुँदा भाइरसको मात्रा धेरै हुन्छ; सी.टि. भ्यालु धेरै हुँदा भाइरसको मात्रा थोरै हुन्छ ।

सामान्यतया सी.टि. भ्यालु १२ देखि ४० सम्म हुन्छ। पी.सी आर. को रिपोर्ट पोजिटिभ हुनलाई सामान्यतया धेरै भाइरल लोड भएको बेला १२- १५ सम्म हुन्छ, किट अनुसार पनि फरक पर्दछ।

पी.सी आर. को रिपोर्ट निगेटिभ हुनलाई सी.टि. भ्यालुको कट ऑफ़ बिन्दु जांच गरिने किट अनुसार ३६ देखि ४० सम्म हुन्छ। सामान्यतया सी.टि. भ्यालु ३०-३२ हुँदा भाइरसको मात्रा घटिसकेको हुन्छ।

शरीरको प्रतिरक्षात्मक शक्तिले काम गर्दा एक सप्ताहमा सामान्यतया पाँच युनिट सी.टि. भ्यालु घट्छ र यसरि सुरुमा जाँचको रिपोर्टमा सी.टि. भ्यालु २०-२१ भएको खण्डमा पहिलो हप्ता पछि २४-२५ हुन्छ, दोस्रो हप्तामा ३०-३१ र तेस्रो हप्तामा ३५-३६ हुन जांच र २१ -२२ दिनमा पी.सी आर. को रिपोर्ट निगेटिभ आउँछ।

यहाँ सामान्यतया भन्नाले केही अपबादमा यो समय घटबढ हुन सक्छ, त्यो उमेर, लिंग, शरीरको प्रतिरक्षात्मक शक्ति, एन्टी भाइरल औषधिको प्रयोग, फोक्सोको स्थीति, अरु रोगहरु इत्यादिमा भर पर्दछ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
डा सव्रण कुमार मिश्र

डा सव्रण कुमार मिश्र

Connect with us

Recommended

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago
कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.