अब हामी कोरोनासँग बाँच्ने हो। तर यसबाट बच्न हामीले तरिका पनि सिक्दै जाने हो। हामीले यसको संक्रमणबाट बच्न मास्क लगाउनु पर्ने, भौतिक दूरीलाई अति कडाइका साथ पालन गर्नु पर्ने साथसाथै सावुनपानीले हात धुने कुरालाई जीवनको अभिन्न दिनचर्या बनाउनु पर्ने कुरा थाहा पाइसक्यौं।
तर हामीले थाहा पाएका कुरा राम्ररी अपनाउन सकिएन वा कहीं भूलचुक भएका भाइरसले आक्रमण गर्न सक्छ। यस्तो शंका लागेमा वा लक्षण देखिएमा पिसिआर टेस्ट गराउनु पर्छ। पिसिआर टेस्टले कोरोना भाइरस-२ ले तपाईंलाई संक्रमण गरिसकेको वा नसकेको निदान गर्छ। पिसिआरको यस्तो उपयोगिताबारे तपाईंहामीलाई जानकारी भइसकेको छ।
तथापी पिसिआरका बारेमा व्यक्तिहरुमा एक प्रकारको नकारात्मक धारणा बन्न लागेको बुझिन्छ। आखिर पिसिआरमा पोजिटिभ देखिएपनि यस भाइरसको उपचार पनि छैन र अस्पतालबाट कुनै उपचार सेवा पाइदैन भन्ने धारणा व्यापक बन्न लागेको पाइन्छ। कुरा त्यसो होइन, पिसिआरले भाइरस भएको मात्र होइन कति स्तरमा यो भाइरस छ भन्ने जानकारी दिन्छ। जुन सूचनाले कोरोना-२ सकारात्मक भएपछि कति दिन आइसोलेसनमा बस्नु पर्ने थाहा पाइन्छ।
पिसिआर टेस्टको रिपोर्टमा ३ प्रकारका कोरोनाहरुको सिटि भ्यालु दिइएको हुन्छः जस्तै ORF 1ab gene, N gene र E gene। हालको कोरोना-२ को सन्दर्भमा हामीले ORF 1ab gene को सिटि भ्यालु कति छ भनेर हेर्नु पर्छ। यो भ्यालु जति कम भयो त्यति नै बढी स्तरमा संक्रमण भयो भन्ने बुझ्नु पर्छ। जति धेरै सिटी भ्यालु छ त्यति नै स्तरमा भाइरस संक्रमण कम छ भन्ने बुझ्नु पर्छ।
प्रथम पटक पिसिआर पोजिटिभको रिपोर्टमा देखाइएको सिटी भ्यालुले सामन्यतया कतिदिनमा नेगेटिभ आउन सक्छ भन्ने संकेत दिन सक्छ। यहाँ हामीले डा श्रवण कुमार मिश्रले बताउनु भएका केही कुराहरु उल्लेख गरेका छौं। जसले हामीलाई पोजिटिभ भएपछि आइसोलेसनमा रहनु पर्ने सामान्य जानकारी दिन्छ (नेरि)।
प्रारम्भिक पी.सी आर.को सी.टि. भ्यालु अनुसार आइसोलेसनमा बस्ने समय अवधि :
१. प्रारम्भिक सी.टि. भ्यालु १५-१६ हुँदा : आइसोलेसन अबधि चार हप्ता
२. प्रारम्भिक सी.टि. भ्यालु २०-२१ हुँदा : आइसोलेसन अबधि तीन हप्ता
३. प्रारम्भिक सी.टि. भ्यालु २४–२५ हुँदा : आइसोलेसन अबधि दुइ हप्ता
४. प्रारम्भिक सी.टि. भ्यालु ३०-३१ हुँदा : आइसोलेसन अबधि एक हप्ता।
पी.सी आर. को रिपोर्टमा भाइरसको मात्रा सी.टि. भ्यालु ले जनाउदछ। सी.टि. भ्यालु थोरै हुँदा भाइरसको मात्रा धेरै हुन्छ; सी.टि. भ्यालु धेरै हुँदा भाइरसको मात्रा थोरै हुन्छ ।
सामान्यतया सी.टि. भ्यालु १२ देखि ४० सम्म हुन्छ। पी.सी आर. को रिपोर्ट पोजिटिभ हुनलाई सामान्यतया धेरै भाइरल लोड भएको बेला १२- १५ सम्म हुन्छ, किट अनुसार पनि फरक पर्दछ।
पी.सी आर. को रिपोर्ट निगेटिभ हुनलाई सी.टि. भ्यालुको कट ऑफ़ बिन्दु जांच गरिने किट अनुसार ३६ देखि ४० सम्म हुन्छ। सामान्यतया सी.टि. भ्यालु ३०-३२ हुँदा भाइरसको मात्रा घटिसकेको हुन्छ।
शरीरको प्रतिरक्षात्मक शक्तिले काम गर्दा एक सप्ताहमा सामान्यतया पाँच युनिट सी.टि. भ्यालु घट्छ र यसरि सुरुमा जाँचको रिपोर्टमा सी.टि. भ्यालु २०-२१ भएको खण्डमा पहिलो हप्ता पछि २४-२५ हुन्छ, दोस्रो हप्तामा ३०-३१ र तेस्रो हप्तामा ३५-३६ हुन जांच र २१ -२२ दिनमा पी.सी आर. को रिपोर्ट निगेटिभ आउँछ।
यहाँ सामान्यतया भन्नाले केही अपबादमा यो समय घटबढ हुन सक्छ, त्यो उमेर, लिंग, शरीरको प्रतिरक्षात्मक शक्ति, एन्टी भाइरल औषधिको प्रयोग, फोक्सोको स्थीति, अरु रोगहरु इत्यादिमा भर पर्दछ।