निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचनबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएको छ। आयोगले बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व भएका १८ दललाई बैठकका लागि बोलाएको हो। आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निर्वाचनको मिति तोक्ने विषयमा दलहरूलाई छलफलका लागि बोलाइएको हाे । आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्थाअनुसार आयोगले छलफल सुरु गरेको हो।
मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने
मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...










