निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचनबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएको छ। आयोगले बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व भएका १८ दललाई बैठकका लागि बोलाएको हो। आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निर्वाचनको मिति तोक्ने विषयमा दलहरूलाई छलफलका लागि बोलाइएको हाे । आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्थाअनुसार आयोगले छलफल सुरु गरेको हो।
०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन
नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...