Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एउटा पाटो, एउटा बाटो – (विषय प्रवेश)

nepal_readers nepal_readers
साउन ९, २०७४
- मुख्य समाचार, रिडर्स डिस्कोर्स, विषय प्रवेश
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् २०१३ मा चिनिया राष्ट्रपति सी जीन पिङले ‘एउटा पाटो, एउटा बाटो’  (one belt, one road) नामक एक विशाल पहलको घोषणा गरेका छन् । ‘एउटा पाटो’ मा चीनको पश्चिमी भागबाट मध्य एसिया हुँदै युरोप, मध्यपूर्व तथा, दक्षिण एसियासम्म नै रेलमार्गले जोड्ने परिकल्पना गरिएको छ। ‘एउटा बाटो’ को मनशाय पूर्वी एसियाबाट सामुद्रिक आवतजावतमा वृद्धि गर्न बन्दरगाह तथा अन्य सुविधाहरूको विकास गर्नु र यी मुलुकहरूलाई एउटा पाटोसँग जोड्नु रहेको छ ।

    यस परियोजनामार्फत् चीन आफ्नो मुलुकभन्दा बाहिर औद्योगिक क्षमता तथा उपभोग्य वस्तुहरूको माग बढाउन चाहन्छ । अरु मुलुकको कच्चा पदार्थ दोहन गर्न होइन, चीन आफ्ना ठुला उद्योगहरूलाई कम विकसित मुलुकहरूमा सार्न चाहन्छ, ता कि ती मुलुकहरू अझ सम्पन्न बनुन् र चिनिया उत्पादनहरूको माग बढोस् । तर, यो परियोजना पश्चिमाका लागि झस्काउने विषय बनेको छ ।

    प्रायः पश्चिमा विश्लेषकहरू चीनले आफुलाई विश्वमा प्रभावकारी शक्तिका रुपमा विकास गर्छ कि, त्यसले पश्चिमाको प्रभुत्वमाथि चुनौति देला कि भन्ने कोणबाट चासो राखिरहेका हुन्छन् । एकातिर यिनीहरू चीन पनि पश्चिमा राजनीतिक प्रणालीमा समाहित होओस्, पश्चिमा औद्योगिकरणका सिद्धान्तहरूबाट निर्देशित होओस् भन्ने चाहन्छन् । अर्कातिर त्यसरी पनि चीनले विकास गर्यो भने पश्चिमलाई दवाव दिन्छ भन्नेमा चिन्तित देखिन्छन् । यस्तो चिन्ता चीनको विकास रणनीतिका रुपमा चर्चित ‘एउटा पाटो, एउटा बाटो’को सन्दर्भमा पनि देखिएकोछ ।

    पश्चिमाहरूको यस्तो परम्परागत चिन्तालाई प्रष्ट्याउनका लागि दुई आलेखहरू ज्यादै महत्वपूर्ण छन् । जुन आआफ्ना समयका पश्चिमा प्रणालीका पक्षमा वकालत गर्ने प्रख्यात विश्लेषकहरूका हुन् । एकजना एल्लिन आयरलेण्ड (१८७१–१९५१) विँसौ शताव्दीको प्रारम्भका हुन् । जसले आज भन्दा करीव १ सय १४ वर्ष अघि (सन् १९०२ मा) लेखेको “चीन र शक्तिशाली मुलुकहरू”  (China and Powers) नामक पुस्तक अझैपनि पश्चिमाहरूका लागि मार्गनिर्देशक जस्तै नै छ । यो पुस्तक पश्चिमा र चिनिया मामला बुझ्नका लागि जो सुकैलाई अभैmपनि महत्वपूर्ण छ । त्यसैले यहाँ हामीले ‘एउटा पाटो, एउटा बाटो’को अर्थराजनीतिबारे कौतुहलता जगाउन सो पुस्तकको पहिलो भाग चिनिया समस्याहरुको सारांश पेश गरेका छौँ । अर्का विश्लेषक हुन् फ्रान्सिस फुकुयामा । उनीलाई एक्काइसौ शताव्दीको आरम्भका भन्न सकिन्छ । हामीले यहाँ उनको project-syndicate.org अनलाइनमा जनवरी १२, २०१६ मा पोष्ट गरिएको “चिनिया मोडलको निर्यात” (Exporting the Chinese Model)  नामक लेखलाई संलग्न गरेका छौँ । फुकुयामाका बारेमा प्रबुद्ध पाठकहरूलाई जानकारी नै छ, उनी ‘ईण्ड अफ हिष्ट्री एण्ड द लास्ट म्यान’ नामक पुस्तक लेखेपछि सन् १९९० को दशकदेखि चर्चामा छन् । तर  एल्लिन आयरलेण्ड र उनको पुस्तकबारे केही पाठकहरूलाई मात्र जानकारी होला । उनको सोे पुस्तक सन् १९०२ मा तोकिएका सीमित व्यक्तिहरूले मात्र पढ्न पाउने गरी जम्मा १५० प्रति प्रकाशित गरिएको थियो । यस पुस्तकको प्रकाशनपछि प्रकाशक र लेखकबीचको शर्तअनुसार प्लेटहरू नष्ट गरिएका थिए । लेखकका बारे विस्तृत जानकारी विभिन्न वेभपृष्ठहरूबाट लिन सकिन्छ ।

    एल्लिन बेलायति साम्राज्यका उपनीवेश र चीन मामिलाका विज्ञ थिए । ती मामलाहरूमा उनका सोच, विश्लेषण र निष्कर्ष पश्चिमा मुलुकहरूका लागि असाध्यै महत्वपूर्ण हुन्थे । र, हाल पनि पश्चिमा विश्लेषकहरू चिनिया मामलामा उनकै सोचको अनुयायी हुन् भन्न सकिन्छ । यसमध्ये एक्काइसौँ शताव्दीका फुकुयामाले पनि विसौँ शताव्दीका एल्लिनको सोचलाई नै निरन्तरता दिएको प्रष्ट हुन्छ । पश्चिमाहरू तथा चीनबीचको सभ्यता र विकास रणनीतिबीच अझै अन्तरविरोधी प्रतिष्पर्धा भइरहेका छन् । यस्तो प्रतिष्पर्धाबारे कौतुहलता जगाउन मैले ती दुई शताव्दीका दुई विश्लेषकहरूका माथिउल्लेखित दुई आलेखहरूका केही सन्दर्भलाई यहाँ प्रस्तुत गरेको छु ।

    पश्चिमाहरू “हामी” भन्नाले “मुख्य रुपमा अमेरिकी वा बेलायती पाठकहरूलाई सम्बोधन” (एल्लिन) गर्छन् । फुकुयामाले पनि “हामी” भनेर यी दुवै मुलुकहरूप्रति इङ्गित गरेका छन् । एल्लिनले रुसी, जर्मन वा फ्रेन्चलाई “हामी” भनेका छैनन् तर तिनीहरूलाई चिनिया भन्दा नजिकका ठानेका छन् । हाल पनि “हामी” पश्चिमा भन्नेहरूले रुसी, जर्मन वा फ्रेन्चलाई दूरीमै राखेको बुझ्न सकिन्छ । यी मुलुकहरूसँग “पश्चिमा” हरूको सहकार्य त छ, तर सतर्कताका साथ ।

    एल्लिनले केही उदाहरणसहित चिनियाहरूलाई ज्यादै मेहनती, ज्याद्रा र चलाख भएको पुष्टि गरेका छन् । चिनियाहरू आगोको भुङ्ग्रोमा परेर पनि बाँच्न सक्ने सलामन्दार जातको छेपारो र अत्यन्त चिसो सहनसक्ने हिउँ भालुसँग तुलना गरेका छन् । उनीहरू गलगिद्ध खाएर वा एक कचौरा मात्र भात खाएर पनि बाच्नसक्ने भनी उल्लेख गरेकाछन् । उनी भन्छन् –“चिनियाहरूलाई भारतीय र निग्रोजातिसँग तुलना गर्ने भूल पश्चिमाहरूले गर्नु हुँदैन” । फुकुयामाको सार पनि यस्तै नै देखिन्छ, तर उनको आलेख अतिनै संक्षिप्त भएकाले यसको व्याख्या गर्ने उनलाई सुविधा भएन । फुकुयामाले ‘एउटा पाटो, एउटा बाटो’ परियोजना सम्पन्न गर्न प्रस्तावित एशियाली पूर्वाधार लगानी बैंकको लगानीले सम्भव नहुने कुरा छ्वास्स छोएका छन् । तर स्रोतको अभाव नहुने कुरामा पनि स्पष्ट छन् । एल्लिनले चीनको अपार स्रोतको उल्लेख गरेका छन् । चीनका बारेमा उनले उदाहरण दिएका छन् “हरेक प्रान्तहरूको माटो मलिलो छ र खनीज स्रोतमा विविधता छ । अनि अरु कुनै पनि मुलुकमा भएको खनिज स्रोतको तुलनामा चीनमा सबैभन्दा बढी कोइला र फलामको भण्डार छ । जर्मन भूगर्भशास्त्री फोन रिख्त ओफनको आकलन अनुसार, एक्लो सान्सी प्रान्तले, वर्तमान खपत दरमा, सारा विश्वको कोइला र फलामको आवश्यकता तीन हजार वर्षसम्म पूर्ति गर्न सक्छ” ।

    एल्लिनले “चिनियाहरू पश्चिमा औद्योगिकरणका सिद्धान्तहरूबाट नियन्त्रित तथा निर्देशित भएका खण्डमा, चीनको अतुलनीय श्रम आपूर्ति हुने र यसले हरेक क्षेत्रमा उत्पादन मूल्यलाई न्यून गर्ने” आकलन गरेका छन् । यसो भनिरहँदा एल्लिनले चिनिया जनशक्तिको विस्तार वा निर्यातको कुरा गर्दै थिए भने हाल फुकुयामाले चिनिया विकासको मोडलको निर्यातको कुरा गर्दैछन् । हाल चिनिया जनशक्तिको विस्तारले उत्पादन मूल्य न्यून भएकोमा पश्चिमाहरू गम्भीर भइनै सकेका छन् ।

    एल्लिनको चिनिया जनशक्तिको निर्यात र फुकुयामाको चिनिया विकासको मोडलको निर्यातको परिणामबारे एकैनाशका चिन्ताहरू छन् । एल्लिनले “चीनका अनगिन्ति जनसमुदाय बाँकी सारा संसारसँग स्वतन्त्र औद्योगिक प्रतिष्पर्धा गर्न थाले भने त्यस्को प्रभावले युरोप र अमेरिकाका श्रमिकहरूको जीवनस्तरमा उल्लेखनीय गिरावट हुने” कुरा व्यक्त गरेका छन् । फुकुयामाले ‘युरोशिया र मध्य एशियाको वातावरणीय क्षति, सुरक्षा तथा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड तोडिने’ आशङ्का गरेका छन् । उनी अमेरिका एशियाली पूर्वाधार लगानी बैंकको संस्थापक सदस्य नबनेकोमा चिन्तित छन् र उसलाई सहभागी हुन सुझाव दिन्छन् । र यसमा “अमेरिकाको सहभागिताले चीनलाई वातावरणीय, सुरक्षा तथा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्न दवाव दिन” सकिने पक्षमा देखिन्छन् ।

    एल्लिन चीनले स्वतन्त्ररुपमा विकास गर्न सक्छ भन्नेमा विश्वास गर्दथे । तर उनी “सेता जातिहरूलाई बेफाइदाजनक स्थितिमा पु¥याउनेगरी हुने चीनको विस्तारलाई शक्तिशाली राष्ट्रहरूले एकिकृत प्रयासबाट अवरुद्ध” गर्ने कुरामा पनि विश्वस्त थिए । फुकुयामाको आग्रह छ कि विकाशशील मुलुकहरूमा मात्र होइन, आफ्नै मुलुकमा पनि पूर्वाधारको निर्माण गर्न किन यति कठिन भयो ? भन्ने प्रश्न “हामीले” आपैmलाई सोध्नुपर्छ । “हामीले यसो गरेनौ भने, चीन र यसको विकासको मोडलका सामू हामीले युरेशीया र संसारका अरु महत्वपूर्ण भागहरूलाई सुपर्दगी गर्नुपर्ने खतरामा” पर्नुपर्नेछ भन्ने उनको निष्कर्ष छ  ।

    के पश्चिमाका यस्तो निष्कर्ष चिन्ताजनक हुन् ? या पश्चिमाहरूको चीनप्रतिको दुराग्रहमात्र हुन् ? यी बारे हामी चासो राख्नैपर्ने र स्पष्ट हुनैपर्ने अवस्था तथा अवस्थितिमा छौँ । किनकि हामी (नेपाली) पनि ‘एउटा पाटो, एउटा बाटो’मा प्रत्यक्ष या अप्रत्यक्ष खडा हुन आइपुगेका छौँ । खासगरी हाम्रा प्रधानमन्त्री के. पी ओलीको चीनको भ्रमणमा व्यक्त गरिएका सन्दर्भले सो परियोजनामा नेपाल संलग्न हुने प्रतिबद्धता जाहेर भएको छ । गैरसरकारी पक्षबाट समेत ‘एउटा पाटो, एउटा बाटो’ ले नेपालको भविष्यलाई पार्ने प्रभावका बारेमा अध्ययन हुँदैछ । यी सन्दर्भहरुका आधारमा चीनको यस परियोजना सफलता असफलताले पार्ने प्रभावका बारेमा राष्ट्रिय बहश चलाउन आवश्यक ठानेका छौँ । यसका लागि यस पटक हामीले योगेन्द्र शाहीको व्यापक अध्ययनसहितको बहसको पहिलो कडीकाे रुपमा सिल्क रोड आर्थिक विकास र नेपाल प्रस्तुत गरेका छौँ। अबको दुई हप्तामा दोस्रो कडीका रुपमा यसको अर्थराजनीतिबारे उहाँकै अध्ययन प्रस्तुत गर्नेछौँ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: चीनरेशम मार्गवान बेल्ट वान राेडसिल्क राेड
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

      तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

      रोहेज खतिवडा
      कार्तिक २१, २०८०

      जेरूसलेम नजिकैको गाउँ एन करेममा जिसस क्राइस्टको जन्म हुँदा जेरूसलेम र सम्पूर्ण प्यालेस्टाइन युद्ध र हिंसाले त्राहिमाम थियो। विभिन्न साम्राज्यहरूको...

      इजरायल-प्यालेस्टाइन युद्ध – १

      इजरायल-प्यालेस्टाइन युद्ध – १

      रोहेज खतिवडा
      कार्तिक १७, २०८०

      सम्पूर्ण इजरायल यहुदीहरूको धार्मिक पर्व सुक्कोतमा रमाइरहेको थियो। विभिन्न स्थानमा सांगितिक उत्सव (म्युजिक फेस्टिवल) चलिरहेका थिए। अचानक आकाशबाट विष्फोटक रकेटहरूको...

      मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

      मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

      नरेश ज्ञवाली र सागर चन्द
      अशोज १८, २०८०

      ४ असोज सर्लाहीको मलगंवामा गणेशको मूर्ति विर्सजन गर्ने कार्यक्रम थियो। मूर्ति विर्सजन वर्षेनी हुने नियमित धार्मिक कार्य भएपनि यसपटक भने...

      मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन

      मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन

      जास्मिन मिक्रानी
      अशोज १७, २०८०

      म जास्मिन मिक्रानी, अम्जद अली मिक्रानीकी पत्नी। यो देशका सम्पूर्ण नेपालीलाई सर्लाहीको मलंगवामा २० भदौ र ४ असोजमा के भएको...

      मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव

      मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव

      नेपाल रिडर्स
      अशोज १७, २०८०

      सर्लाही सदरमुकाम मलंगवामा २० भदौमा पहिलो र ४ असोजमा भएको दोस्रो दंगाका कारण बजार अझै पूर्ण रुपमा खुल्न सकेको छैन।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.