Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एक वर्षमा अख्तियारमा भ्रष्टाचारका १२ हजार उजुरी, शिक्षा क्षेत्र सबैभन्दा विकृत

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर २९, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष (आव) २०७३/७४ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।

    अख्तियारले नेपालको संविधानको धारा २९४ बमोजिम २७औं वर्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो । विहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा अख्तियारका प्रमुख आयुक्त दिप बस्न्यातले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

    राष्ट्रपतिले आयाेगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न रणनीति अपनाउदै सदाचार र निष्पक्षता कायम  गरी सुशासन गर्न अायाेगले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सकाेस् भनि शुभकामना व्यक्त गर्नुभयाे । साथै अायाेगले दिएका सुझाव रहरू नेपाल सरकाले गम्भिरतापूर्वक कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्दै प्रतिवेदन तयार गरी पेश गरेकाेमा धन्यवाद समेत दिनुभएकाे थियाे ।

    १९ हजार उजुरीको छानविन

    प्रतिवेदनका अनुसार गत आवमा आयोगमा १९ हजार पाँच सय ८० उजुरी उपर अनुसन्धान तथा तहकिकात भएको छ । गत आवमा मात्रै सार्वजनिक निकायहरूमा हुने भ्रष्टाचारजन्य तथा अनियमितताका ११ हजार ७०४ वटा उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ । ७ हजार ८७६ वटा उजुरी भने अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको थियो ।

    गत आवमा प्राप्त तथा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका कुल उजुरीमध्ये सात हजार ६५ वटा उजुरी प्रारम्भिक छानविनबाट तामेलीमा राखिएको अख्तियारले जनाएको छ । त्यस्तै, ३ सय ६ उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय अख्तियारले लिएको थियो । चार हजार चार सय ९० उजुरीका सम्बन्धमा भने आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा लेखि पठाइएको अख्तियारको भनाइ छ ।

    शिक्षा क्षेत्र सबैभन्दा विकृत

    गत आवमा अख्तियारमा प्राप्त उजुरीलाई आधार मान्दा शिक्षा क्षेत्र सबैभन्दा बढी विकृत देखिएको छ । उक्त समयमा कुल उजुरीमध्ये २० दशमलव ३० प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित उजुरीको हिस्सा १५.५४ छ भने भूमिसुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित ६.८५ प्रतिशत उजुरी अख्तियारमा प्राप्त भएका थिए ।

    त्यस्तै, स्वास्थ्य सेवासँग सम्बन्धित उजुरी ४.६०, गृह मन्त्रालयसँग सम्बन्धित उजुरी ४.५७ र वन तथा भू -संरक्षण मन्त्रालयसँग सम्बन्धित उजुरीको हिस्सा ३.८७ छ । गत आवमा ७६ वटा बैठकबाट ८६० वटा निर्णय लिइएको अख्तियारले जनाएको छ ।

    कर्मचारीको हानीनोक्सानी सच्याएरै साढे ८ करोड असुल

    अख्तियारका अनुसार गत आवमा सार्वजनिक पद धारण गरेका कर्मचारीहरूबाट हानीनोक्सानीहरू सच्याएरै ८ करोड ५५ लाख ८४ हजार रुपैयाँ असुल भएको छ । यस्तै मुद्दामा २ करोड १ लाख रुपैयाँ असुल उपर गर्न सम्बन्धित निकायमा लेखि पठाएको अख्तियारले जनाएको छ।

    सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गरी भ्रष्टाचार गरेको पुष्टि भएको खण्डमा त्यसउपर मुद्दा दायर गर्ने संवैधानिक अधिकार आयोगलाई छ ।

    अनुसन्धानलाई निष्पक्ष र तटस्थ बनाउन, नीतिगत, संस्थागत र कार्यप्रक्रियागत सुधारका कार्यहरू आयोगको प्राथमिकतामा रहेको प्रमुख आयुक्त बस्न्यातले बताए । सुशासन प्रवर्द्धनका लागि अनुचित कार्यमाथिको अनुसन्धान र कारवाही अख्तियारको कार्यक्षेत्र बाहिर पर्नु भ्रष्टाचार नियन्त्रणको प्रमुख चुनौती रहेको उनले औंल्याए ।

    साढे ११ अर्वको बिगो मागदाबी

    अख्तियारले गत आवमा विस्तृत अनुसन्धानपश्चात एक सय ५४ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दाहरूमा दुई सय ६७ जना प्रतिवादीउपर ११ अर्ब ५२ करोड बिगो माग दावी लिइएको प्रतिवेदनमा उल्लेख छ । आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामध्ये सबैभन्दा धेरै घूस/रिसवतका छन् । गत आवमा अख्तियारले ५४ वटा घूस/रिसवत सम्बन्धी, ४० वटा झुटा शैक्षिक योग्यता प्रमाणपत्रसम्बन्धी, १८ वटा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी र ११ वटा गैरकानूनी सम्पत्ति आर्जनसँग सम्बन्धित छन् ।

    त्यस्तै, ११ वटै मुद्दा गैरकानूनी लाभ वा हानी पुर्‍याएकोसँग सम्बन्धी, चार वटा राजश्व चुहावटसँग सम्बन्धित र ६ वटा विविध मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

    आयोगबाट विगत वर्षहरूमा विशेष अदालतमा दायर भएका मुद्दाहरूमध्ये गत आवमा १६० मुद्दाको फैसला भएको थियो । ७३.१३ प्रतिशत मुद्दाहरूमा पूर्ण वा आंशिक रुपमा आयोगको मागदावी बमोजिम नै विशेषबाट फैसला भएको अख्तियारको दावी छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.