नेकपा एमाले पर्साको कार्यालयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बिचारी यादव नेतृत्वको असन्तुष्ट पक्षले तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना सुरु गरेको छ । टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालार्य प्राथमिकता नदिएकाले तालाबन्दी गरिएको सांसद यादवले बताए ।

वीरगन्ज महानगरपालिका वडा नं. २० को वडाध्यक्ष पदमा रामकिशोर सिंहलाई टिकट नदिएको भन्दै उनका समर्थकले तालाबन्दी गरेका हुन्। ‘पैसाको चलखेल भएको हुन सक्छ,’ सांसद यादवले भने, ‘अब टिकटको कुरामा मनोमानी सहने कुरा आउँदैन, त्यसैले संघर्षमा उत्रिएको हो।’

यसअघि जिल्लाबाट सिफारिसमा पनि नपरेका नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीलाई एमालेले वीरगन्जको मेयर पदमा उम्मेद्वार बनाउने घोषणा गरेसँगै पुराना नेता सुन्दर कुर्मीलगायतले पार्टी परित्याग गरेका थिए ।आजको नागरिक दैनिकमा खबर छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्