Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली सहमत भएनन्, अबको रणनीति तय गर्न प्रचण्ड-नेपाल पक्ष बस्दै

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २५, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि सचिवालयको बैठक डाकेका छन्।

    सचिवालयका बहुमत सदस्यले लिखित आग्रह गर्दा पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न नमानेपछि प्रचण्डले नै बैठक बोलाउने भएका हुन्। ‘बैठक बोलाउन दिएको दुईदिनको समय सकिएको छ, अहिलेसम्म बालुवाटारबाट केही पनि ठोस प्रस्ताव आएको छैन,’ सचिवालय एक सदस्यले भने ‘भोलि हामी बस्छौं र के गर्ने भन्ने विषयमा निर्णय गछौं।’

    ‘आज रातिसम्म पर्खिने कुरा हो,’ ती नेताले थपे, ‘उताबाट केही आएन भने बैठकको लागि पत्र बुझाउने हामी पाँच जना बसेर निर्णय गर्छौँ।’ बैठकमा सबै सचिवालय सदस्यलाई बोलाइने उनले बताए।

    ‘सचिवालयका सबैलाई बोलाउँछौँ,’ उनले भने, ‘उहाँहरु (ओली पक्षका सचिवालय सदस्य) आउनुभएन भने हामी पाँच जना त बस्नैपर्‍यो सल्लाह गर्नको लागि।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने रातिसम्म प्रधानमन्त्री ओलीको कदमको प्रतीक्षा गरिने बताए। ‘उहाँले बैठक बोलाउनुहुन्छ कि बेलुकासम्म कुर्छौँ,’ श्रेष्ठले भने, ‘उहाँले बैठक बोलाउनुहुन्छ भन्ने अपेक्षा गरेका छौ, भएन भने भोलि हामी सल्लाह गर्छौँ।’

    प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच सहमति नभई बैठक नराख्ने अडान लिएका छन्। नेकपा विधानले दुवै अध्यक्षको सहमतिमा पार्टीका बैठक राख्ने उल्लेख छ। सोमबार बिहान महासचिव विष्णु पौडेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। तर, उनले पनि बैठकका विषयमा ठोस प्रस्ताव नल्याएपछि प्रचण्डले बैठक राख्न लागेका हुन्।

    शुक्रबार पनि प्रचण्डले सचिवालयको अनौपचारिक बैठक राखेका थिए। तर, प्रधानमन्त्री ओलीले आफ्नो सहमतिबिना बैठक राखे पार्टी फुटाइदिने चेतावनी दिएका थिए। सो बैठकमा सचिवालयका सबै नेताहलाई उपस्थितिको लागि खबर गरेपनि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका थिए। शनिबार उनीहरुले ओलीलाई बैठक माग गर्दै पत्र बुझाएका थिए।

    ४८ घण्टामा घटेन दुरी
    बैठक बसाल्न नेताहरुले ओलीलाई दिएको ४८ घण्टाको अवधिमा खुमलटार र बालुवाटारबीच दुरी घटाउने ठोस् पहल नै भएन।

    यो अवधिमा प्रधानमन्त्री ओलीले एक टेलिभिजलाई अन्तर्वार्ता दिँदै कार्यकारी अध्यक्ष प्रचण्डप्रति तीव्र असन्तुष्टि जनाए। उनले यो संयुक्त सरकारजस्तो भएको, सरकारलाई घेराबन्दी गरिएको, भागबण्डा खोजेर काम गर्न नदिएको, समीकरण र समूह बनाउँदै बहुमतको बलमा दबाब बढाइएको लगायतका असन्तुष्टि जनाएका थिए।

    प्रधानमन्त्री ओलीले आइतबार माधव नेपालसहित ४ जना नेताहरुसँग छलफल गरे। बैठकमा राख्ने विषयको टुङ्गो नलागी नबस्ने उनले अडान लिएका थिए। उता कार्यकारी अध्यक्ष प्रचण्डसहितका पाँच नेताहरुपनि आन्तरिक छलफलमा थिए।

    सोमबार प्रचण्ड, नेपाल, प्रवक्ता श्रेष्ठसहितका नेताहरुले आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गरेका थिए। ओलीनिकट नेताका अनुसार उनले बैठकको तयारी गर्न महासचिवलाई निर्देशन दिएका छन्। ‘बैठक बोलाउन प्रधानमन्त्रीले निर्देशन दिएको बुझेको छु, बैठकको लागि सबै प्रक्रिया मिलाएर तयारी गर्नू भनेर उहाँले भन्नुभएको छ,’ ओलीनिकट एक स्थायी समिति सदस्यले भने।

    सोमबार नै पार्टीभित्रको संकटका विषयमा छलफल गर्न भन्दै विघटित कार्यदलका नेताहरु प्रधानमन्त्री ओलीको समय लिएर बालुवाटार गएका थिए। तर, कार्यदलका सदस्यमध्ये जनार्दन शर्मा र पम्फा भुसाल उपस्थित नभएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई नभेटी फर्किएको स्थायी समिति सदस्य भीम रावलले बताए।

    शर्मा प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए भने भुसाल राज्य व्यवस्था समितिको बैठकमा सिंहदरबारमा थिइन्। नेपाल खबर/ सागर न्यौपाने, २४ कार्तिक २०७७।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.