Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

ओली सहमत भएनन्, अबको रणनीति तय गर्न प्रचण्ड-नेपाल पक्ष बस्दै

by पत्रपत्रिकाबाट
November 10, 2020
- समाचार
नेकपाको सर्कुलर : यस्तो छ ओली–प्रचण्डको कार्यविभाजन
Share on FacebookShare on TwitterEmail

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि सचिवालयको बैठक डाकेका छन्।

सचिवालयका बहुमत सदस्यले लिखित आग्रह गर्दा पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न नमानेपछि प्रचण्डले नै बैठक बोलाउने भएका हुन्। ‘बैठक बोलाउन दिएको दुईदिनको समय सकिएको छ, अहिलेसम्म बालुवाटारबाट केही पनि ठोस प्रस्ताव आएको छैन,’ सचिवालय एक सदस्यले भने ‘भोलि हामी बस्छौं र के गर्ने भन्ने विषयमा निर्णय गछौं।’

‘आज रातिसम्म पर्खिने कुरा हो,’ ती नेताले थपे, ‘उताबाट केही आएन भने बैठकको लागि पत्र बुझाउने हामी पाँच जना बसेर निर्णय गर्छौँ।’ बैठकमा सबै सचिवालय सदस्यलाई बोलाइने उनले बताए।

‘सचिवालयका सबैलाई बोलाउँछौँ,’ उनले भने, ‘उहाँहरु (ओली पक्षका सचिवालय सदस्य) आउनुभएन भने हामी पाँच जना त बस्नैपर्‍यो सल्लाह गर्नको लागि।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने रातिसम्म प्रधानमन्त्री ओलीको कदमको प्रतीक्षा गरिने बताए। ‘उहाँले बैठक बोलाउनुहुन्छ कि बेलुकासम्म कुर्छौँ,’ श्रेष्ठले भने, ‘उहाँले बैठक बोलाउनुहुन्छ भन्ने अपेक्षा गरेका छौ, भएन भने भोलि हामी सल्लाह गर्छौँ।’

प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच सहमति नभई बैठक नराख्ने अडान लिएका छन्। नेकपा विधानले दुवै अध्यक्षको सहमतिमा पार्टीका बैठक राख्ने उल्लेख छ। सोमबार बिहान महासचिव विष्णु पौडेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। तर, उनले पनि बैठकका विषयमा ठोस प्रस्ताव नल्याएपछि प्रचण्डले बैठक राख्न लागेका हुन्।

शुक्रबार पनि प्रचण्डले सचिवालयको अनौपचारिक बैठक राखेका थिए। तर, प्रधानमन्त्री ओलीले आफ्नो सहमतिबिना बैठक राखे पार्टी फुटाइदिने चेतावनी दिएका थिए। सो बैठकमा सचिवालयका सबै नेताहलाई उपस्थितिको लागि खबर गरेपनि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका थिए। शनिबार उनीहरुले ओलीलाई बैठक माग गर्दै पत्र बुझाएका थिए।

४८ घण्टामा घटेन दुरी
बैठक बसाल्न नेताहरुले ओलीलाई दिएको ४८ घण्टाको अवधिमा खुमलटार र बालुवाटारबीच दुरी घटाउने ठोस् पहल नै भएन।

यो अवधिमा प्रधानमन्त्री ओलीले एक टेलिभिजलाई अन्तर्वार्ता दिँदै कार्यकारी अध्यक्ष प्रचण्डप्रति तीव्र असन्तुष्टि जनाए। उनले यो संयुक्त सरकारजस्तो भएको, सरकारलाई घेराबन्दी गरिएको, भागबण्डा खोजेर काम गर्न नदिएको, समीकरण र समूह बनाउँदै बहुमतको बलमा दबाब बढाइएको लगायतका असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्री ओलीले आइतबार माधव नेपालसहित ४ जना नेताहरुसँग छलफल गरे। बैठकमा राख्ने विषयको टुङ्गो नलागी नबस्ने उनले अडान लिएका थिए। उता कार्यकारी अध्यक्ष प्रचण्डसहितका पाँच नेताहरुपनि आन्तरिक छलफलमा थिए।

सोमबार प्रचण्ड, नेपाल, प्रवक्ता श्रेष्ठसहितका नेताहरुले आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गरेका थिए। ओलीनिकट नेताका अनुसार उनले बैठकको तयारी गर्न महासचिवलाई निर्देशन दिएका छन्। ‘बैठक बोलाउन प्रधानमन्त्रीले निर्देशन दिएको बुझेको छु, बैठकको लागि सबै प्रक्रिया मिलाएर तयारी गर्नू भनेर उहाँले भन्नुभएको छ,’ ओलीनिकट एक स्थायी समिति सदस्यले भने।

सोमबार नै पार्टीभित्रको संकटका विषयमा छलफल गर्न भन्दै विघटित कार्यदलका नेताहरु प्रधानमन्त्री ओलीको समय लिएर बालुवाटार गएका थिए। तर, कार्यदलका सदस्यमध्ये जनार्दन शर्मा र पम्फा भुसाल उपस्थित नभएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई नभेटी फर्किएको स्थायी समिति सदस्य भीम रावलले बताए।

शर्मा प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए भने भुसाल राज्य व्यवस्था समितिको बैठकमा सिंहदरबारमा थिइन्। नेपाल खबर/ सागर न्यौपाने, २४ कार्तिक २०७७।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

1 year ago
कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.