Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

कर्णालीमा ‘अविश्वास’ : बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर तयारी अवस्थामा

by पत्रपत्रिकाबाट
October 12, 2020
- समाचार
कर्णालीमा ‘अविश्वास’ : बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर तयारी अवस्थामा
Share on FacebookShare on TwitterEmail

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ । केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरुमा नियुक्ति, राजदूत सिफारिस लगायत विषयमा भागबन्डाको गृहकार्य चलिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपामा हलचल पैदा भएको हो । अविश्वासको प्रस्तावले नेकपामा थप विवाद बढ्ने संकेत देखिएको छ ।

यसअघि पटकपटक मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन खोजेका दलका सांसदलाई वरिष्ठ नेता माधव नेपाल लगायतले रोकेका थिए । तर, यसपटक नेपाललगायतलाई थाहै नदिइ उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको स्रोतको दाबी छ । ‘अहिले भने प्रधानमन्त्री केपी ओलीले प्रदेश सांसद आ–आफ्नो प्रदेशको सरकारलगायत विषयमा आफै निर्णय गर्न सक्षम छन् भनेर प्रदेश ५ का मुख्यमन्त्रीलाई भनेपछि कर्णालीका सांसद प्रदेश सरकारको नेतृत्व फेर्ने तयारी लागेका हुन्,’स्रोतले भन्यो ।

कर्णालीमा देखिएका विवादले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहालको परीक्षा सुरु भएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी लिएपछि विवाद मिलाउने जिम्मा पनि उनकै हो ।

कर्णाली प्रदेशबाट मुख्यमत्री हटाउने खेल वाग्मती र प्रदेश १ सम्म आइपुग्न सक्ने नेकपा उच्च स्रोत बताउँछ । दाहालले अब प्रदेश १ र वाग्मती प्रदेशमा हल्का साथ दिए भने त्यहाँका मुख्यमन्त्रीहरु पनि परिवर्तन हुन सक्छन् । कर्णालीमा मुख्यमन्त्री फरिने अवस्था आए बाग्मती प्रदेशका मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन ४५ सांसदको हस्ताक्षर र प्रदशेका ३१ सांसदको हस्ताक्षर तयारी अवस्थामा छ । ‘हामी माथिको ग्रिन सिग्नल कुरेर बसेका छौँ,’ एक सांसदले भने ।आजको नागरिक दैनिकमा समाचार छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

4 years ago
रुस र चीन : शुरुवाती जम्काभेटहरु

रुस र चीन : शुरुवाती जम्काभेटहरु

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.