Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कस्ताे हाेला चीनकाे नयाँ नेतृत्व चयन र राष्ट्र विकासको पाँच वर्षे खाका

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ३१, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यतिबेला सारा विश्वको ध्यान चीनतर्फ केन्द्रीत रहेको छ । कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) ले आफ्नो १९ औँ राष्ट्रिय कङ्ग्रेस आयोजना गर्दैछ जसले नयाँ नेतृत्वमात्र चयन मात्र गर्ने छैन राष्ट्र विकासको पाँच वर्षे खाका पनि तय गर्नेछ ।

    विश्लेषकहरु भन्छन् कङ्ग्रेसमा विस्तृत, रणनीतिक र दूरगामी दिशानिर्देशका विषयहरु उठाइनेछ । चीन यतिबेला विश्वकै केन्द्रविन्दुतर्फ अग्रसर भइरहेको ‘मध्यम समृद्ध समाज’ र आधुनिक समाजवादी देश निर्माणतर्फ लक्षित रहेको छ ।

    त्यही भएर पनि यो कङ्ग्रेस चिनियाँ विशेषतासहितको समाजवादको विकासका लागि निकै महत्वपूर्ण समयमा आयोजना हुँदैछ । यसैमा आधारित भएर नै चीनले आर्थिक चमात्कार हासिल गर्नुका साथै असम्भव देखिएका मिसनहरु समेत पूरा गरेको छ ।

    चिनियाँ विशेषतासहितको समाजवाद

    धेरै पश्चिमा देशहरु ‘ब्रेक लागेको’ अवस्थामा रहेको बेला चीन भने बृद्धि हासिल गर्दै स्थिरतातर्फ अग्रसर छ । यसको कारण भनेको चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवाद नै हो । यो पश्चिमेली व्यवस्थाभन्दा नितान्त फरक रहेको छ जहाँ एकभन्दा धेरै पार्टी आलोपालो नेतृत्व सम्हालिरहेका हुन्छन्, शक्तिका लागि लडिरहेका हुन्छन् ।

    ‘सन् १९८२ मा आयोजना भएको १२ औँ राष्ट्रिय कङ्ग्रेसदेखि चिनियाँ कम्युष्टि पार्टीले जहिले पनि चिनियाँ विशेषतासहितको समाजवादको नारालाई प्राथमिकता दिएको छ । यो कुरा पार्टीले विगतका चार दशकमा सिकेको छ,’ चिनियाँ कम्युष्निट पार्टीको केन्द्रीय कमिटीको पार्टी स्कूलका प्राध्यापक रहेका सिन मिङले भने ।
    दशकौँको तीव्र आर्थिक बृद्धिपछि चीन यतिबेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । सन् २०१३ देखि २०१६ को अवधिमा चीनको कुल ग्राहस्त उत्पादन औसत रुपमा ७.२ प्रतिशतले बृद्धि भएको छ जबकि विश्वको औसत २.६ प्रतिशत रहेको छ भने विकासशील राष्ट्रहरुको ४ प्रतिशत रहेको छ ।

    पार्टीको केन्द्रीय कमिटीको पार्टी स्कूलका अर्का प्राध्यापक चेन सुङआङले चिनियाँ राजनीतिक व्यवस्थाको सबैभन्दा मुख्य फाइदा दीर्घकालिन विकास योजना तर्जुमा गर्नसक्नु र त्यसलाई प्रभावकारी ढंगले त्यसलाई कार्यान्वयन गर्नसक्नु रहेको औँल्याए ।

    चिनियाँ कम्युनिष्ट पार्टीले परिवर्तन भइरहने राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थामा आफूलाई ढाल्दै आफ्नो प्रतिबद्धता र नीति निर्माणमा भने स्थिर रहँदै आएको चेन बताउँछन् ।

    अन्तर्राष्ट्रिय वित्त कोषले मंगलबार मात्र यो वर्ष चीनको आर्थिक बृद्धि ६.८ प्रतिशत हुने बताएको थियो यसले चीनको अनुमानभन्दा शक्तिशाली आर्थिक प्रदर्शन र आर्थिक सुधारको प्रयासलाई प्रतिबिम्बित गर्दछ ।

    वर्तमान परिस्थितिमा चिनियाँ विशेषतासहितको समाजवादको विकास नयाँ चरणमा प्रवेश गरेको सिन बताउँछन् । यसका लागि ‘चार विस्तृत योजना’ हरुलाई अघि सारिएको छ । यसमा चार दीर्घकालिन रणनीतिहरु रहेका छन् जसमा मध्यम समृद्ध समाजको निर्माण गर्नु, सुधारको कार्यक्रम लागु गर्नु, विधिको शासन कायम गर्नु र पार्टीको शासनलाई सुदृढ पार्नु रहेका छन् ।

    ‘चिनियाँ विशेषतासहितको समाजवादमा चीनले हासिल गरेको सफलताले विश्वका विकासशील राष्ट्रहरुलाई आधुनिकरणका लागि नयाँ बाटो बनाइदिएको छ,’

    चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष रहेका राष्ट्रपति सी जिनपिङले भने ।

    पछिल्ला ३० वर्षमा चीनले आफ्ना ७० करोड जनतालाई गरिबीको रेखाभन्दा उठाउन सफल भएको छ । आगामी ३ वर्षमा थप चार करोडलाई गरिबीको रेखाभन्दा माथि उठाइने भनिएको छ यसको अर्थ हरेक मिनेट २० जना जनता गरिबीको रेखाभन्दा माथि उठिरहेका छन् ।

    दुई दशकको लक्ष्य

    सन् २०२० सम्ममा एउटा मध्यम समृद्ध समाज निर्माण गर्ने चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना जनतासमक्ष वाचा गरेको छ ।

    जनताको जीवनशैली सुधार गर्नु केन्द्रीय अधिकारीहरुको प्रमुख एजेण्डा बनेको छ । सन् २०१६ मा प्रतिव्यक्ति आय ७,३११ युआन रहेकोमा वार्षिकरुपमा ७.४ प्रतिशतको औसत बृद्धिसहित सन् २०१६ मा यो २३,८२१ युवान पुगेको छ । सन् २०१७ को पहिलो ६ महिनामा यो ७.३ प्रतिशतले बृद्धि भएको छ ।

    पछिल्ला ३० वर्षमा चीनले आफ्ना ७० करोड जनतालाई गरिबीको रेखाभन्दा उठाउन सफल भएको छ । आगामी ३ वर्षमा थप चार करोडलाई गरिबीको रेखाभन्दा माथि उठाइने भनिएको छ यसको अर्थ हरेक मिनेट २० जना जनता गरिबीको रेखाभन्दा माथि उठिरहेका छन् ।

    केन्द्रीय अधिकारीहरुका अनुसार एउटा पनि परिवारलाई गरिबीको रेखामुनि राखिनेछैन ।

    सन् २०२० सम्ममा मध्यम समृद्ध समाजको लक्ष्य हासिल गरेपछि देशभरका जनता सन् २०४९ सम्ममा आधुनिक समाजवादी राष्ट्र निर्माणमा उत्प्रेरित हुनेछन् ।

    ‘पहिलो लक्ष्यभन्दा दोस्रो लक्ष्य हासिल गर्न गाह्रो छ किनभने कुनै पनि देशले समाजवादको शुरुवाती चरणमा अधुनिकिकरण हासिल गर्न सफल भएको छैन,’ सिनले भने ।

    पार्टीको कठोर शासन

    सन् २०१२ को १८ औँ राष्ट्रिय कङ्ग्रेसपछि चिनियाँ कम्युनिष्ट पार्टीले कठोर पार्टी शासन र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिइरहेको छ । विशेषज्ञहरु पार्टीले भ्रटाचारविरोधी अभियानलाई जारी राख्ने र यसको रोकथाम र सचेतनामा बढी ध्यान दिने बताउँछन् ।

    ‘आगामी पाँच वर्षका लागि चिनियाँ कम्युष्टि पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई जारी राख्नुका साथै भ्रष्टाचार नियन्त्रणलाई पनि उत्तिकै महत्व दिनेछ,’ सिनले भने । उनका अनुसार यसका लागि सैद्धान्तिक ज्ञानमा विशेष जोड दिइनेछ ।

    सन् २०१२ को डिसेम्बरमा केन्द्रीय अधिकारीहरुले सरकारी अधिकारीहरुका लागि अनिवार्यरुपमा पालना गर्नुपर्ने आठ बुँदे नियम जारी गरेका थिए । जसमा औपचारिकतावाद, नोकरशाही र असाधारणताजस्ता अनावश्यक कार्यशैली नपनाउन भनिएको थियो । उपहार किन्न वा विदामा जान सार्वजनिक कोषको प्रयोग निषेध गरिएको थियो ।

    अहिले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता दिइएको छ । देशभरका २८० भन्दा बढी शीर्ष अधिकारीहरुमाथि अनुसन्धान गरिएको छ जसमा झाउ योङकाङ, बो सिलाई, गुओ बक्सियोङ, सु काइहो, सन जेङकाई र लिङ जिहुवासमेत रहेका छन् ।

    ‘पार्टीको कठोर शासन जारी रहनेछ,’ राजनीतिक पार्टीको भविष्य जनताले चाहने वा नचहाने विषयसँग जोडिएको भन्दै सीले भने ।

    विन–विन सहकार्यमा आधारित कुटनीति

    चीन विश्वव्यापी शासन सुधारमा सक्रिय रुपमा सहभागी हुनेछ र चिनियाँ ज्ञान विश्वलाई दिनेछ ।

    विन–विन सहयकार्यमा आधारित भएर नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने नीति सीले अघि सारेका छन् ।

    सबै देश, साना वा ठूलो, को विकासको अधिकार र राजनीतिक हैसियत समान हुने धारणा चीनको रहेको छ  । समान विश्वको यो परिकल्पतासहित सहित बेल्ट एण्ड रोड पहलको अवधारणा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पमा सामेल गरिएको छ ।

    चीनले सन् २०१३ देखि २०१६ मा विश्वको विकासमा औसतरुपमा ३० प्रतिशत योगदान पुर्याएको थियो । जुन अमेरिका, युरोजोन र जापानभन्दा पनि सबैभन्दा ठूलो हो ।

    यतिबेला विश्वव्यापीकरणविरोधी शक्ति उदयमान रहेको छ भने केही पश्चिमा राजनीतिक व्यवस्थालाई धक्का लागिरहेको छ । यस्तो अवस्थामा चीनले व्यापार उदारीकरण र आर्थिक विश्वव्यापीकरणका साथै विश्व शासन र बहुपक्षीयताको विकासका लागि प्रमुख भूमिका खेल्ने प्रष्ट छ । राताेपटी डठकमबाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.