Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन चीन दोक्लाम गतिरोधबाट पछाडि हट्‍न सक्दैन?

यू दोङ्ग सियाओ यू दोङ्ग सियाओ
साउन २०, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बेजिङ्ग, श्रावण २० (सिन्हा) —   दोक्लाम क्षेत्रमा चीन र भारतबीचको कायम गतिरोध करीव दुई महिना भयो तर दुई मध्ये कुनैको सेना पछि हट्ने कुनै सङ्केत देखिदैन ।

    चीनले प्रष्ट पारेको छ कि सम्झौताको कुनै गुञ्जायस छैन । उसले भनेको छ -भारतले आफ्नो सेना जत्था निशर्त र तत्कालै हटाउनु नै एकमात्र समाधानको उपाय हो।

    परिस्थिती यसरी बल्झनु र चीन फर्कन नहुने तीन कारणहरुले गर्दा हो।

    पहिलो,  दोक्लाम चीनको भूभाग हो र यसबारे कुनै शङ्का छैन र यसबारे विवाद छैन। तर पनि दोक्लाम गतिरोध अघिअघिका सैनिक झपटहरुभन्दा फरक छ । किन भिन्न छ भने एकआपसमा सहमतिबाट भइसकेको चिनीया सीमामा भएको यो पहिलो आक्रमण हो।

    दोक्लाम क्षेत्र चीनको हो र धेरैअघिदेखि यहाँ चिनीया शासन छ । यो भाग चीनको स्वशासित प्रदेश तिव्वत र भारतको सिक्किम राज्यबीचको सीमा हो, जसलाई सन् १८९० मा सिक्किम र तिव्वतमामलामा वेलायत र चीनबीच भएको एक सम्झौताबाट प्रष्ट रेखाङ्कित गरिएको थियो।

    यो सीमा जेजस्तो अवस्थामा छ, त्यसलाई भारतको स्वतन्त्रता पछिका सबै सरकारले पुनर्पुष्टि गर्दै आएका थिए। यो बुझ्न कठीन भएको छ कि किन भारतले यसवेला आएर पहिलाका आफ्नो वाचालाई उल्लङ्घन गर्दैछ र सम्झौतालाई चुनौति दिदैंछ ।

    यदि चीन यसबेला पछि हट्यो भने,  भारतलाई भविष्यमा अनेकौं झमेला खडा गर्ने हौसला मिल्नसक्नेछ। बेजिङ्ग र नयाँ दिल्लीसँग कैयन सीमा नाकामा समाधान गर्न बाँकी रहेका समस्याहरु छन्,  तर ती मध्ये दोक्लाममा कुनै समस्या नै थिएन।

    दोस्रो,  भूटानको ” सुरक्षा सरोकार”  वा ” रक्षा” को बहानामा भारतले चिनीया भूभागमा सेनाहरु पठाउनु यो सरासर अवैधानिक हो। यो कुनै सन्देहास्पद भूभाग पनि होइन। भारतले हालसम्म आफ्ना कृत्यका लागि अहिलेसम्म कुनै कानूनी आधार उपलव्धसमेत गराएको छैन।

    भारतको तर्क छ कि त्यहाँ सडक बनाउँदा गम्भीर सुरक्षा परिणामहरुसँगसँगै हालको रणनीतिक यथास्थितिमा व्यापक हेरफेर ल्याउँछ भन्ने रहेको छ। यसै कारण भूटानको समन्वयमा , भारतका सेनाले सडक निर्माणमा बाधा पुर्‍याएको भन्छ।

    भारतले आफ्नो कृत्यलाई भारतको सुरक्षाखातिर भनेर पुष्ट्याईं गर्न खोज्दैछ,  उसको तर्क छ कि दोक्लाम भूटानको भूभाग हो। यदि त्यसै हो भनेपनि,  भारतलाई त्यस भूभागमा सेना पठाउने के अधिकार छ?

    थाहा छ, भारत र भूटानबीच ऐतिहासिक घनिष्ट सम्बन्ध छ,  भारतले भूटानलाई एक स्वतन्त्र सार्वभौम राज्य मान्यता दिन्छ। यसले प्रश्नहरु उव्जाएको छ, थिम्पूले आफ्नो सुरक्षाको चासोका लागि भारतलाई कुन दिन र किन आमन्त्रण गर्‍यो? तर अहिलेसम्म त्यस्तो खालको कुनै निमन्त्रणा गरेको जानकारीमा आएको छैन।

    हो, सिलगुडी करिडरको नजिकै भएकाले दोक्लाम भारतका लागि अतिनै रणनीतिक महत्व क्षेत्र हो, किनकि यो मुलुकसँग यसका उत्तरपूर्वी सात वटा राज्यहरु गाँस्ने भारतको एक सम्वेदनशील “कुखुरे घाँटी” करिडर हो।

    तथापी, भारतको आफ्नो सुरक्षा चासो भनेर कुनै छिमेकी मुलुकमा सेना प्रवेश गर्नसक्ने उसको अधिकार हुनसक्दैन। यस्तो हुने हो भने त, कुनै पनि मुलुकले आफ्नो विशुद्ध सुरक्षा चासो भएको भन्दै कुनै पनि छिमेकी मुलुकमा आमन्त्रण नगरिकनै सेना पठाउन सकिहाल्दथे।

    तेस्रो,  सीमा रेखा भनेको नाँघ्न नसकिने अन्तिम रेखा हो। चीनले बारबार भन्दैआएको छ कि कुनै व्यक्ति, संगठन, वा राजनैतिक पार्टीलाई चीनको कुनै पनि भाग चीनबाट कुनै पनि बेला कुनै पनि प्रकारले अलग गराउन अनुमति दिँदैन। यस मामलामा चीनको अडान घाम जस्तै प्रष्ट र अपरिवर्तनीय छ।

    केही भारतीय रणनीतिकहरु तथा नीतिनिर्मार्ताहरु ठान्छन् कि चीनमा भइरहेको सुधारमा बाधा पर्ने कारण; त्यसमा पनि जनमुक्ति सेनाको सुधार रोकिने; र चीनलाई रोक्ने अमेरिकी रणनीतिलाई भारतले उपयोग गर्नसक्ने कारण चीन ढिलो या चाँडो पछि हट्नेछ। उनीहरु भ्रममा छन्।

    चीनको आफ्ना छिमकीसँग युध्द गर्ने कुनै कारण वा इच्छा छैन। समग्रमा, चीनको आर्थिक वृद्धि र चालु सुधार हाँक्नका लागि शान्तिपूर्ण तथा स्थायी वातावरण आवश्यक छ। तर,  चीनले आफ्नो सार्वभौम र प्रादेशिक अखण्डतामा सम्झौता गर्ला भन्ने निष्कर्ष निकाल्नु हास्यापस्द हो। चीनले विदेशी सेनाको दवावको मुकाविला गर्न कहिल्यै पनि हट्ने छैन र कुनै पनि मूल्य तिरेर मातृभूमि रक्षा गर्नेछ।

    निस्कर्षमा,  भारतका लागि एक मात्र विकल्प भनेको विनाशर्त उसका सेनाजत्थालाई  चीनबाट फर्काउनु र संकटलाई विस्तार हुनबाट जोगाउनु हो। सर्वविदितै छ कि  चीनभारत सीमा क्षेत्रमा  शान्ति र अमनचैनको निरन्तरता सबैको आधारभूत चाहना हो भन्ने कुरालाई अस्वीकार गर्नै सकिदैन।

    (यस सन्दर्भका लेखक यू दोङ्ग सियाओ जनमुक्ति सेनाको नेशनल डिफेन्स यूनिभर्सिटीका इन्टरनेशनल कलेजका सहप्राध्यापक हुन्।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      यू दोङ्ग सियाओ

      यू दोङ्ग सियाओ

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.