Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कृषि मन्त्री घनश्याम भुसालले अर्थोडक्स चियाको ट्रेडमार्कको घोषणा गरे

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अब विश्व वजारमा नेपाली ट्रेडमार्कको चिया चिनिने भएको छ । चियामा आत्मनिर्भर रहेको नेपालले भारतलगायत विभिन्न देशमा आफ्नो चिया निर्यात गर्दै आइरहेको थियो तर आफ्नो ट्रेडमार्क नहुँदा विभिन्न देशमा आ–आफ्नै ट्रेडमार्क राखेर बिक्री वितरण हुने गर्दथ्यो । अब त्यो समस्या समाधान हुने भएको छ ।

    नेपाली अर्थोडक्स चिया अब ‘नेपाल टी क्वालिटी फर्म द हिमालयज’ को ट्रेडमार्कको नामले चिनिनेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आज इलामको फिक्कलमा एक कार्यक्रम गरी सो ट्रेडमार्कको घोषणा गरेका हुन् ।नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग तथा सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न कृषि मन्त्री भुसालले आज इजाजत प्रदान गरेका हुन्।

    ट्रेडमाकका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश दिएका थिए तर पहिलो चरणमा १२ वटा उद्योगले मात्र सो ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले दिएको जानकारी अनुसार इलामका सन्दक्फु टी प्रोसेसर्स प्रालि, हिमालयन सांग्रिला टी प्रोडयुसर्स प्रालि, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था लि, जस्बिर टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रिन टी एण्ड स्पेसियालिटी, ओएसिस टी इन्डस्ट्रिज, तारागाउँ टी स्टेट, साखेजुंग हिल रेञ्ज चिया प्रशोधन उद्योग, तेह्रथुमका बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था लि. र संखुवासाका सगरमाथा टी स्टेट प्रालिले ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेका छन् ।

    कृषिमन्त्री भुसालले ट्रेडमार्क कार्यान्वयनमा आएसँगै यसको गरिमा कायम राख्न सबै चिया कृषक, संकलनकर्ता, उद्योग, ढुवानीकर्ता, प्याकेजर, उपभोक्ता एवं सम्बद्ध सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्न जरूरी रहेको बताए । चिया क्षेत्रको एउटा प्रमुख समस्या समाधान भएको बताउँदै उनले नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएसँगै अब चियाको बजारीकरणमा त्यति समस्या नआउने दावी गरे ।

    विगत एक दशक देखिको निरन्तर प्रयासपछि बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएकोमा खुशी व्यक्त गर्दै मन्त्री भुसालले बोर्डले दिएको प्रतिवेदन अनुसार १२ वटा उद्योगले अनुमती पाएको बताए । नेपालको उत्पादित चिया विश्वमै अब्बल र गुणस्तर रहेको उल्लेख गर्दै उनले स्वच्छ हावापानी पाएर यस उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीहरूको मन जितेको बताए । ‘तर यति हुँदा हुँदै पनि आजसम्म हाम्रो चियाले आफ्नै पहिचान पाएको थिएन, आफ्नै नाम पाएको थिएन’ उनले भने, ‘हामीलाई थाहा छ, नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेश्रो देशमा लामो समयदेखि बिक्री भइरहेको थियो । यसलाई रोक्न नेपाली चियाले आफ्नै पहिचान स्थापित गर्न जरूरी थियो ।’

    नेपालमा चिया खेतीको सुरुवात भएको १५७ वर्ष भएको छ । वि.सं.१९२० मा इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराजसिंह थापाले इलाममा चिया रोपण गरेर शुरू भएको चिया खेती आज यहाँसम्म आइपुगेको छ । यति मात्रै हैन, आज देशको व्यापारघाटा ११ खर्ब पुगेको परिप्रेक्ष्यमा भारत लगायत तेश्रो मुलुकमा समेत चिया निर्यात गरी देशको अर्थतन्त्र उकास्न चियाको राम्रो भूमिका हुने मन्त्री भुसालको दावी छ ।

    ‘नेपाल टी क्वालिटी फर्म द हिमालयाज’ नामको ट्रेडमार्क उद्योग विभागमा २०७२ असार २२ गते नै दर्ता भएको थियो । तर यो ट्रेडमार्क प्रयोगमा ल्याउन केही कानुनी तथा प्राविधिक कठिनाइ थियो । ट्रेडमार्क दर्ता भएको थियो, तर यसको गरिमालाई कायम गर्नु चुनौतीपूर्ण विषय थियो ।

    ट्रेडमार्क प्रयोग गर्ने चिया उद्योग, सम्बद्ध चिया उत्पादक कृषक, संकलनकर्ता र चियाको मूल्य श्रृंखलामा क्रियाशिल सबैको लागि मापदण्ड तय गरी निर्देशिका बनाउन केही वर्ष लाग्यो । बोर्डले यसमा घनिभूत छलफल गरेर निर्देशिका तयार गर्यो । अहिले त्यो कर्यान्वयनको अवस्थामा पुगेको छ ।

    भिडियो-

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.