Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हो ‘धर्म?’

धर्म के हो भन्ने प्रश्नमा कतिपय मान्छेहरू गोलमटोल उत्तर दिएर धर्मको प्रतिरक्षा गर्छन्। जस्तो किः आगोको धर्म पोल्नु हो। पानीको धर्म भिजाउनु हो। हतियारको धर्म काट्नु र मार्नु हो। यहाँ बहस गर्न लागिएको धर्म त्यस्तो होइन।

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
कार्तिक २८, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मानब सभ्यताको सबैभन्दा शक्तिशाली आविस्कार हो, धर्म। तर यो निर्विवाद विषय भने होइन। इतिहासको प्रथम खण्डबाटै धार्मिक सत्ताबिरुद्व अनेकौं दार्शनिकहरूले प्रतिवादी मतहरू प्रस्तुत गरेका छन। इतिहासमा धार्मिक सत्ताविरुद्ध कयौँ विद्रोहहरू भएका छन्। अझै पनि त्यस्ता विद्रोहहरू अनेक रूपमा जारी छन्, सुधार आन्दोलनहरू भएका छन्। तर तमाम आलोचना र विरोधका बावजूद धर्मको लोकप्रियतामा भने थोरै मात्र गिरावट आएको छ। बरु महात्मा र दार्शनिकका विचारहरू बिस्थापित होलान्, विद्रोह वा आन्दोलनले ल्याएका केही हलचलका बावजूद धार्मिक सत्ताले पुनः आफ्नो अधिपत्यतालाई मजबुत बनाउँछ र समाज पुनः पुरातनवादी सोचमा फर्कन्छ।लेखकः प्रशान्त ‘पुष्प’ रिजाल

    परम्परामोह

    समाज सधँै परम्पराको दबाबमा बाँच्ने गर्छ। भविष्यको चुनौतीबाट भयभित समाजले परम्परालाई आफ्नो आदर्श ठान्दछ। यसैले उ ज्ञान–विज्ञान र त्यसका आविस्कारहरूको प्रयोग गर्छ तर आधुनिक प्रणालीलाई उपेक्षा गर्न थाल्छ। अनि असुरक्षित मानसिकताले ग्रसित समाजले ज्ञान–विज्ञानलाई नै परम्पराकरण गर्न पुग्दछ। आफ्नो निर्णयहरूका बिचमा वास्तविक तथ्यहरूलाई नकार्दे अतितको सहारा लिन्छ समाज।

    यद्यपि समाजमा यस्तो वर्ग पनि अस्तित्वमा रहन्छ, जसले धार्मिक परम्परालाई आफ्नो वर्ग सत्ताको अधिपत्यको जमाउने अस्त्रका रूपमा प्रयोग गर्दछ। मानिसको अतित मोहको फाइदा उठाँउदै त्यो वर्ग समाजको निर्णयक स्थानमा पुग्छ। तदअनुसार उसले समाजको आर्थिक, राजनीतिक पक्षलाई आफ्नो स्वार्थ अनुकुल हाँक्न सफल हुन्छ।

    परम्परावादी–श्रमजीवी वर्ग भने सामाजिक अधिपत्यबाट क्रमिक रूपमा बञ्चित हुदै जान्छन्। उनीहरूलाई आफ्नो अस्तित्वप्रति नै शङ्का हुनपुग्छ। आस्थामा न प्रतिस्पर्धा हुन्छ न सहयोग। अर्थात् अन्ततः यो वर्गको समाजमा कुनै नैतिक एवम् सामाजिक मूल्य नै बाँकी रहँदैन। उनीहरू भिडभित्र हराउँछन्, भीडदेखि डराउँछन्। वास्तविक चुनौतीबाट यो वर्ग पलायन हुन्छन्। संकटमा परमात्मा साथ रहेको ठान्दछन्, आफ्नो नोक्सान हुनुलाई नियति ठान्दछन् र परम्आत्माको नाम पुकारेर अलाप–विलाप गर्न थाल्दछन्। अन्ततः समाजको एउटा उर्जाशील वर्ग एउटा कथित भ्रामक आस्थाको चङगुलमा फस्दछ र उसको कुनै पनि शासकले सजिलै राजनीतिक, सामाजिक र आर्थिक शोषण गर्न सक्छ।

    पुष्टि गर्नुनपर्ने धर्म

    धर्मको लोकप्रिय हुनुको कारण हो, जीवनका चुनौतिहरू। प्रत्येक मान्छेका अनेकौँ चुनौतीहरू छन्। र,सदियौंदेखि आम जनता अभिजात वर्गद्वारा शोषित हुँदै आएका छन्। आफ्नो स्थितिको फाइदा उठाउँदै अभिजात वर्गले समाजको सम्पूर्ण निर्णायक शक्ति आफ्नो अधिनमा राख्दछ। आम जनता चाहेर पनि अभिजात वर्गको चंगुलबाट मुक्त हुन सक्दैन।

    वास्तविक समस्यालाई लुकाउन अभिजात वर्गले आमजनतालाई ‘दुःख नै जीवनको मूल हो,’ ‘संसार मायाजाल हो,’ ‘भाग्य र कर्म हाम्रो वशमा छैन, सबै परमेश्वरको कृपा हो’ भन्नेजस्ता कर्मफलवादको सिद्धान्तलाई पढाउँछ। जसले गर्दा आमजनमा जीवनप्रति उत्साह घट्न पुग्छ। ‘आखिर जेजे गरेपनि सुख परमेश्वरकै खटन भोग्नुपर्ने भएपछि’ हतोत्साहका कारण तिनको कार्यक्षमतामा ह्रास आउँछ। पलायनवादी विचारको उत्पत्ति हुन्छ। अन्ततः जीवनका वास्तविक चुनौतिबाट विमुख भई समाज अवास्तविक र भ्रामक चुनौतीहरूमा रुमलिन्छ।

    धार्मिक सत्ताको अर्को रक्षाकवच यसको सुलभता र सरलता पनि हो। कुनै बिषयमा वैज्ञानिक अनुसन्धान गर्न वा तथ्यबारे समान्य आन्वेषण गर्न पनि मानिसले विश्वविद्यालयमा वर्षौँ बिताउनुपर्छ। वैज्ञानिक शोध र विचारहरूको गहन अध्ययन गर्नुपर्दछ। अनेकौँ पटक प्रयोग गरेर निचोडमा पुग्नुपर्छ। प्रयोगशालामा दशकौं बिताउनुपर्ने पनि हुन्छ। तर त्यसको ठीक विपरित ‘धार्मिक’ बन्न मात्र विश्वास गरिदिए पुग्छ।

    आफ्ना हरेक अनुसन्धान र खोजहरूलाई तथ्यको कसौटीमा पुष्टि गर्न विज्ञानलाई निकै दबाब हुन्छ। तर धर्मलाई ‘आस्था र भावना’सँग जोडिन्छ। धार्मिक बन्नका लागि कुनै स्पर्धा वा परीक्षा आवश्यक छैन। ईश्वरलाई परिवर्तन मन पर्दैन। एउटै स्तुति वा मन्त्र हजारौँ बर्षदेखि गाइरहँदा ईश्वरलाई ‘बोर’ हुदैन। स्तुति र आरतीको अर्थ नजाने पनि छुट हुन्छ। भिडमा ओठ हल्लाए मात्रै पनि व्यक्ति धार्मिक बन्न पर्याप्त हुन्छ। एक लोटा दुध ईश्वरको प्यास बुझाउन पर्याप्त हुन्छ। न कुनै तर्क न कुनै ज्ञान, मात्र नाम जप्दा मात्रै पनि व्यक्ति धार्मिक बन्छ। धार्मिक बन्न कुनै न्युनतम योग्यता वा सीपको आवश्यकता छैन। त्यसैले, जो व्यक्ति ‘केही’ बन्न सक्दैन, उ धार्मिक चाँहि जरुर बन्न सक्छ।

    समानताको पक्षपोषण

    धर्मलाई बलियो बनाउने अर्को कारण समानताको सिद्धान्त हो। धर्मले.समाजमा व्याप्त उच–निचको भावनालाई समर्थन गर्दछ। स्तरीकरणलाई जोगाईराख्न जात र वर्ण व्यवस्था गरिएको छ र त्यही व्यवस्थालाई धर्मले समर्थन गरेको छ। यस व्यवस्थाको पक्षपोषण गरी धर्मले समाजमा मजबुद ढङ्गबाट ‘हाइरार्की’ स्थापित गर्दछ।

    अर्कोतर्फ धर्मले सधैँ ‘ईश्वरको दरबारमा सब बराबर हुन्,’‘ईश्वर नै सच्चा न्यायकर्ता हुन्,’ ‘भगवानकि घर देर है, अन्धेर नहि’जस्ता भ्रमपूर्ण विचारहरू प्रस्तुत गर्दछ। अर्थात् एकातर्फ धर्मले शोषणकारी ब्यवस्थाको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन गर्दछ भने दोस्रो तर्फ शोषितहरूलाई ‘दुनियाँमा भएको अन्याय एक दिन ईश्वरले नै अन्त्य गर्नेछन्’ भन्ने आश्वासन समेत फैलाउँछ। यस्ता प्रलोभनहरू देखाएर धर्मले अभिजात वर्गले गर्ने शोषण–अन्यायलाई सामान्य ठान्न र निमुखा वर्गलाई त्यस्तो अत्याचार स्विकार गर्न सिकाइन्छ।

    आधुनिकताको आडम्बर

    धर्मको अस्तित्वलाई मजबुद बनाउने अर्को कारण यसको लचिलोपन पनि हो। भलै विज्ञानको अस्तित्वलाई धर्मले कमजोर ठान्दछ तर उसले विज्ञानका हरेक आविस्कारलाई नजिकबाट नियालिरहेको हुन्छ। धर्ममा आधुनिकताको खोल ओढाउन र नयाँ पिढीहरूमाथि आफ्नो आधिपत्य जमाउन वैज्ञानिक आविस्कारलाई आफु अनुकूल प्रयोग गर्न हरसम्भव प्रयासरत रहन्छ। पहिले टेलिभिजन र रेडियोबाट हुने धार्मिक प्रवचन र अचेल इन्टरनेटमार्फत गरिने प्रवचनहरू त्यसकै उदाहरणहरू हुन्। उपकरण बनाउँछ विज्ञानले, त्यही विज्ञानको आविस्कारमा टेकेर ‘विज्ञान बेकार हो, सबै उपरवालाको चमत्कार हो’ भन्दै कुर्लन्छ कुनै धार्मिक पण्डा।

    विज्ञानले लेखनका लागि विभन्न माध्यम तथा सुविधाहरूको आविस्कार ग-यो। तर आमजनका जनजीविका र वास्तविक समस्याका बारेमा ज्ञान–विज्ञान, तर्क र तथ्यका बारेमा लेख्नुको सट्टा धार्मिकग्रन्थ र शास्त्रहरू लेखियो। विज्ञानले कम्प्युटर बनायो, त्यही कम्युटरको प्रयोग गरेर अचेल कुण्डली र चिना हेर्ने गरिन्छ। ‘लौ हेर्नुस्, कम्प्युटरमै हेरिन्छ तपाईँको भाग्य’ भन्दै मान्छेलाई मुर्ख बनाइन्छ। अर्थात् धर्मले वैज्ञानिक खोज–अनुसन्धानलाई आफ्नो स्वार्थ मातहत प्रयोगको चेस्टा गरिरहन्छ।

    धर्म समाजका शासकवर्गद्वारा समाजिक नियन्त्रणको उद्देश्यले निर्माण गरिएको एउटा जब्बरजस्त राजनितिशास्त्र हो। जसले समाजमा बिभिन्न स्वरूपमा आफ्नो सांस्कृतिक अधिपत्यता स्थापित गरेको हुन्छ। यो एक समाज सञ्चालनको संयन्त्र हो। पछिल्लो शतक र दशकमा धर्मका बारेमा आलोचनात्मक दृष्टि राख्ने दार्शनिक र व्यक्तिहरूको शंख्या अवश्य नै बढेको छ, तर अहिले पनि धर्मले पँुजीवादी राज्यसत्तालाई आफ्नो आफ्नो वर्गरक्षक बनाएर समाजमा प्रभाव कायम राख्ने चेस्टा गरिरहेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रशान्त ‘पुष्प’ रिजाल

      प्रशान्त ‘पुष्प’ रिजाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.