राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबाविरुद्धको व्यापार प्रतिबन्धलाई अर्को एक वर्षका लागि थप गरेको घोषणा गरेका छन्, जुन यस अघिको अमेरिकी प्रशासनले पुन चालु गरेको लगानी र यात्रा नीतिको विरुद्ध छ।
यही शुक्रवार व्हाइट हाउसले क्यूबालाई दुश्मन ऐन अनुसार १४ सेप्टेम्वर, २०१८ सम्मका लागि व्यापारमाथि प्रतिबन्ध लगाउने एक राष्ट्रपतीय सूचना जारी गरेको छ।
जारी सूचनामा भनिएको छ “संयुक्त राज्यको राष्ट्रीय हितका लागि” पूर्व शीत युद्धको दुश्मनका विरुद्ध लगाइएको प्रतिबन्धको म्याद बढाइएकोछ, जसले अमेरिकी कम्पनीहरुलाई क्यूबाबाट माल आयात गर्न या त्यहाँ माल निर्यात गर्न रोक्नेछ ।
सन् १९६१ को अन्तमा फिडेल कास्ट्रोको अगुवाईमा सम्पन्न समाजवादी क्रान्तिपछि अमेरिकाले क्यूबासँग कूटनीतिक सम्बन्धलाई तोडेको थियो। यसपछिका दशकमा, वाशिङ्गटनले वारम्वार क्यूवामाथि अनेकन प्रतिबन्धहरुलाई निरन्तरता र विस्तार गरिरहेको छ। फ्लोरिडा भन्दा ९० किलोमिटर दक्षीणको मुलुकमा अमेरिकीहरुलाई यात्रा गर्न निषेध गर्नुकासाथै व्यापक क्षेत्रमा प्रतिबन्ध लगाएकोछ।
पूर्व राष्ट्रपति बराक ओबामाका पालामा, अमेरिका र क्यूबाबीचको सम्बन्धहरुमा केही न्यानोपन आउन थालेको थियो। त्यसै समयमा वाशिङ्गटनमा ५० वर्षपछि क्यूबाको दूतावास खुल्यो र क्यूबा सरकारसँग २६ वटा नयाँ समझौताहरुका साथै अमेरिकी व्यापारहरु संचालन हुन थाले, जसको कारण विमान र समून्द्री जहाजबाट दुई मुलुकवीच यात्रा गर्न सकिने अवस्था बनेको थियो।
आफ्नो कार्यकालमा ओबामाले कांग्रेसलाई क्यूवामाथिको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए। यसैका आधारमा सन् २०१६ को हवाना भ्रमणको भाषणमा” क्यूबामा काम वा व्यापार वा लगानी गर्ने जिम्मेवारी लिन” अमेरिकीहरुलाई आह्वान गरेका थिए।
तथापी, २०१६मा, ओबामाले नै क्यूबाविरुद्धको प्रतिबन्धलाई २०१७ सम्म थप गर्ने सूचना जारी गरे। उनले पनि त्यस सूचनामा प्रतिबन्ध लगाउने कारणमा “संयुक्त राज्यको राष्ट्रीय हित” का लागि नै भनेर उल्लेख गरेका थिए।
अमेरिका र क्यूबाका बीच तीन वर्षे न्यानो सम्बन्ध पछि, ट्रम्पले ओबामाका धेरै नीतिहरुलाई उल्ट्याई दिएका छन्, पुनः क्यूवा द्वीपलाई व्यापार र यात्रामाथि प्रतिबन्ध लगाइदिएका छन्। एजेन्सीकाे सहयाेगमा।