खजुराका कृषिमा आश्रित १०४ किसानले पाए पावर ट्रेलर

0
63

नेपालगन्ज। खजुरा गाउँपालिकाले पालिका भित्र कृषिमा मात्र आश्रित रहेका १०४ किसानलाई अनुदानमा पावर ट्रेलर उपलब्ध गराएको छ । पालिकाको कृषि शाखा मार्फत ५० प्रतिशत अनुदानमा किसानहरुलाई पावर ट्रेलर उपलब्ध गराएको हो ।

खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य पेशा नभएका १०४ जना किसानलाई गाउँपालिकाको केन्द्र बि गाउँमा आयोजित एक कार्यक्रममा मिनी पावर ट्रेलर हस्तान्तरण गरिएको थियो ।

पावर ट्रेलर वितरण कार्यक्रममा बोल्दै खजुरा गाँउपालिका प्रमुख किस्मत कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउन अनुदानमा प्रबिधी उपलब्ध गराईएको बताए । उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंक संग सहकार्य भैरहेको पनि जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताए । ५२ हजार मुल्य पर्ने पावर ट्रेलरको आधा मुल्य गाँउपालिकाले ब्यहोर्ने गरि पालिकाले अनुदान दिएको पालिकाको कृषि शाखाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया