Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनबाट पेट्रोलियम पदार्थ ल्याउने नेसनल ट्रेडिङको तयारी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ३१, २०७४
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनबाट इन्धन आयात गरी आयल निगमलाई बिक्रीको जिम्मेवारी दिने नेसनल ट्रेडिङको रणनीति

    सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट इन्धन आयात गर्ने योजना अघि सारेको छ । चरम नोक्सानीबाट गुज्रेपछि सबै कर्मचारीलाई बिदाइ गरी नयाँ स्वरूपमा सञ्चालन अघि बढाएको संस्थानले यस्तो योजना अगाडि ल्याएको हो ।

    आपूर्ति मन्त्रालयले उपसचिव लवदेव जोशीलाई महाप्रबन्धक बनाएर संस्थानलाई नयाँ तरिकाबाट अगाडि बढाउने जिम्मेवारी प्रदान गरेको थियो । आफूले प्राप्त जिम्मेवारीका आधारमा चीनबाट इन्धन ल्याएर बिक्री गर्ने योजना बनाएको उनले बताए । ‘चीनसँग यसअघि नै इन्धन खरिद गर्ने समझदारी भइसकेको छ,’ उनले भने, ‘सोही समझदारीलाई कार्यान्वयन गरी तेल आयात गर्ने योजना बनाइरहेका छौँ ।’ आपूर्ति मन्त्रालयमा नेसनल ट्रेडिङलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने विषयमा एक साताभित्र योजना पेस गर्ने उनले जानकारी दिए ।

    चीनसँग आयल निगमले ११ कात्तिक, ०७२ मा इन्धन आयात गर्ने समझदारी गरेको थियो । नेसनल टे«डिङले चीनबाट इन्धन आयत गरी आयल निगमलाई बिक्रीको जिम्मेवारी दिने रणनीति बनाएको छ । यही मोडालिटी कार्यान्वयन भए आयल निगमले गरेकै समझदारीअनुसार आयात हुन सक्छ । तर, नेसनल ट्रेडिङले भण्डारण गृह बनाउने र पम्प पनि आफैँ सञ्चालन गर्ने अवधारणा अघि बढाए चीनसँग नयाँ समझदारी गर्दै आयात सम्झौता गर्नुपर्ने हुन्छ । महाप्रबन्धक जोशीले सरकारबाट स्वीकृति पाए धमाधम काम सुरु गर्ने बताए ।

    भारतको एकाधिकार तोडिने

    हाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । आइओसीले भारतमा माग बढेका वेला नेपाललाई कम दिने गरेको छ । ३ वर्षअघिसम्म तेल खरिद गरेको बक्यौता समयमै नदिँदा आइओसीले निगमलाई कम तेल दिएर अभाव सिर्जना गराउँदै आएको थियो । चीनबाट इन्धन आयात सुरु भए भारतको एकाधिकार तोडिने र बजारमा प्रतिस्पर्धी मूल्य काम हुनेछ । हाल निगमले महिनामा ३० करोडभन्दा बढी नाफा राखेर पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ । दुई कम्पनी भए अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनअनुसार मूल्य निर्धारण हुन सक्छ ।

    भारतमा सरकारकै तीन कम्पनी

    भारतमा तेल कारोबार गर्ने सरकारी स्वामित्वका तीन कम्पनी छन् । नेपालले इन्धन आयात गरिरहेको आइओसी सरकार स्वामित्वकै हो । यसका अलवा भारत पेट्रोलियम कर्पोरेसन र हुन्दुस्तान पेट्रोलियम कर्पोरेसन छन् । तीन कम्पनीले आपसमा प्रतिस्पर्धा गरी कारोबार गरिरहेका छन् । त्यसैले नेपालमा दुई कम्पनीले तेल कारोबार गर्नु स्वाभाविक हुने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

    निर्यात कम्पनीको पनि योजना

    नेसनल ट्रेडिङले निर्यात कम्पनीका रूपमा काम गर्ने योजनासमेत बनाएको छ । अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्न निर्यात बढाउने काम गर्नुपर्ने महाप्रबन्धक जोशीले बताए । ‘हामीले निर्यातजन्य वस्तु किसान र व्यवसायीबाट खरिद गर्छौैं,’ उनले भने, ‘त्यसपछि सम्भावना भएका देशमा निर्यात गर्न सक्छौँ । यसका लागि पनि योजना बनाइरहेका छौँ ।’ विदेशी बजारको खोजी गर्न नसक्दा धेरै नेपाली उत्पादन निर्यात हुन नसकिरहेको उनको भनाइ छ । सरकारी निकायबाट अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी पहल गर्न सजिलो हुने भएकाले निर्यात कम्पनीका रूपमा काम गर्ने योजना बनाएको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.