Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीन-नेपाल रेल छिट्टै चलाउने, भाैगोलिक र प्राविधिक अध्ययनहरू जारी: चीन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २३, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक अध्ययनहरू भइरहेको छ।’

    ‘परराष्ट्रमन्त्री महराले रेल हाम्रो आवश्यकता भइसकेको भन्दै आफ्नो धारणा राख्नेबित्तिकै प्रधानमन्त्री लीले चीनले नेपालसम्मै रेल पुर्‍याउन गृहकार्य गरिरहेको बताएका हुन्,’ सदस्यले टेलिफोनमा भने, ‘उनले रेलमात्र होइन, नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध साँच्चै आत्मीय रहेकाले यसलाई विकास गर्न पनि आपसमा यस प्रकारको सहकार्य आवश्यक रहेको बताए।’

    पप्रधानमन्त्री महराले नेपाल–चीन अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन मुख्य राजनीतिक दलहरूको धारणा समान रहेको जानकारी गराएका थिए। उनले आफू चीन आउनुअघि सबै दलका नेताहरूसँग भेटवार्ता गरेर समान धारणा बनाएको समेत बताएका थिए।

    चीनले पटक–पटक नेपाललाई ‘दक्षिण एसियाको ढोका’ भनिरहेको अवस्थामा रेल मार्ग आफैंले जोड्ने विषय उच्च तहबाटै बाहिर आएको हो। सिगात्सेबाट केरुङ ल्याउन लागिएको निर्माणाधीन रेलमार्गलाई पहिलो चरणमा काठमाडौं ल्याउनेबारे अध्ययन भइरहेको र त्यसपछि काठमाडौंबाट पोखरा र लुम्बिनीसम्म लैजानेबारे पनि तत्काल अध्ययन थालिने चीनको भनाइ छ।

    परराष्ट्रमन्त्री महराले चिनियाँ समकक्षी वाङ यीसँग तीन घण्टा लामो दुईपक्षीय लन्च वार्तापछि प्रधानमन्त्री लीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा लिले चीनले नेपाललाई प्राथमिकतामा राखेको र धेरै विषयमा सहयोग गर्न चाहेको स्पष्ट पारेका थिए । सडक सञ्जालदेखि व्यापार, पुनर्निर्माण, ऊर्जा र पर्यटनको क्षेत्रमा समेत सहयोग गर्न लागेको जानकारी दिएका थिए । उनले नेपालमा लगानी गर्न चिनियाँ जनता उत्साहित रहेको भन्दै त्यस्तो वातावरण बनाउनसमेत आग्रह गरेका थिए । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र तेस्रो चरणको निर्वाचनबारे समेत छलफल भएको थियो।

    चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत नै नेपालको राष्ट्रिय विकासलाई गति दिने गरी सहयोगहरू हुने जानकारी उनले दिएका थिए। बीआरआईमा नेपालले समर्थन गरेर चीनको ‘मोरल भ्यालु’ उच्च बनाइदिएकोमा समेत प्रधानमन्त्री लीले खुसी व्यक्त गरेको सहभागीले जानकारी दिए । चीनको मुख्य व्यापारिक पार्टनर रहेको छिमेकी भारतले बीआरआईमा असहमति राखिरहेको अवस्थामा नेपालले समर्थन गरेको थियो।

    दुवै भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उपप्रधानमन्त्री महराले बताए। यसअघि डेलिगेसनस्तरको वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपाल–चीन सम्बन्धको खुलेर प्रशंसा गर्दै बीआरआईमा नेपालले देखाएको सक्रिय सहभागिताले चीन निकै खुसी रहेको बताएका थिए। ‘नेपाल र चीन असल छिमेकी मात्र नभई सच्चा साझेदारसमेत हो,’ वाङले भने, ‘पछिल्ला वर्षहरूमा नेपाल राजनीतिक रूपान्तरणको चरणमा रहँदा पनि नेपाल–चीन सम्बन्ध निकै स्वच्छ रूपमा अघि बढेको छ।’ नेपाल र चीनको सम्बन्ध जनस्तरमै रहेको भन्दै यसलाई भाषाबाट समेत जोड्न चाहेको उनले बताए। भेटमा महराले नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध रहेको धारणा राख्दै नेपालको भूमि चीनको सार्वभौमविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    महराले लीसँगको भेट अघि नै चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्ने र त्यसको काम अघि बढाउने विषयमा समकक्षी वाङसँग दुईपक्षीय छलफल भएको जानकारी दिएका थिए। बीआरआईको अवधारणामा नेपालको भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रसबोर्डर सहकार्य, व्यापार, पर्यटन र लगानी वृद्धि हुने विश्वास नेपालले लिएको उनले बताएका थिए।

    नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल चीनले आफ्नो धारणासहित छिट्टै नेपाल सरकारलाई पठाउने जनाएको छ। उपप्रधानमन्त्री वाङ याङको चार साताअघि भएको नेपाल भ्रमणमै त्यो विषयमा छलफल भएको थियो। पारवहन सम्झौता भए पनि त्यो विषयलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने प्रोटोकलमा अझै हस्ताक्षर हुन सकेको छैन। अाजकाे कान्तिपुरमा समाचार छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.