Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रदेश २ का होटल र पेट्रोल पम्पलाई पनि लाग्यो चुनाव

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २४, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ।  निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियान पनि शुरु गरेका छन्।

    पार्टीका झण्डा, तुल, घोषणापत्र र चुनाव चिह्नसहित प्रत्येक शहर तथा ग्रामीण भेगका गाउँ, टोल र घर घरमा सम्बन्धित दलका उम्मेदवार र कार्यकर्ता पुगी मतदानका लागि महिला, वृद्धवृद्धा र युवालाई आग्रह गरिरहेका छन्। प्रत्येक चिया पसल, टोल र चोकमा सर्वसाधारण कसले जित्ने र हार्ने, कसलाई मत दिने र नदिनेजस्ता गफमा व्यस्त छन्।

    सुरक्षा निकाय भने जिल्लामा निर्वाचन बिथोल्ने कुनै किसिमको काम हुन नदिन पूर्ण सुरक्षाका साथ लागिपरेको प्रजिअ भागीरथ पाण्डेले बताए। जिल्ला सुरक्षा समितिको बैठक शुक्रबार बसी सुरक्षा गतिविधिबारे जिल्ला मुख्य निर्वाचन अधिकृत सप्तरीलाई जानकारी गराएको छ।  निर्वाचन प्रचारप्रसारका क्रममा पसल र होटलको बिक्री र व्यापार बढ्दै गएको छ भने पम्पहरुमा पेट्रोल र डिजेल लिनेको भीड लागेको छ। प्रचारप्रसारका क्रममा निर्वाचन आचरसंहिता विपरीत पार्टीको चिह्नसहित टिसर्ट र टोपी वितरण गरेको पाइएको छ भने पदयात्रामा बालबालिकाको प्रयोग भएको पाइएको छ। यसबारे सम्बन्धित निकाय भने मौन रहेको पाइएको छ।

    जिल्लामा स्वतन्त्रसहित कुल पाँच हजार ६८३ जना विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनावी मैदानमा भाग लिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका १८ स्थानीय तहमध्ये नौ नगरपालिकाका प्रमुख पदमा १०३ र नौ उपप्रमुख पदमा ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।  त्यस्तै नौ गाउँपालिका प्रमुखमा ११४ र उपप्रमुखमा भने ७४ जनाले उम्मेदवारी दिएका छन्। कुल १६४ वडाका लागि अध्यक्षमा भने एक हजार २१७ जनाले उमेदवारी दिएको बताइएको छ।

    यस्तै खुला वडा सदस्य ३२८ सदस्यमा दुई हजार ३०, १६४ दलित महिला सदस्यका लागि ९८२ र १६४ महिला सदस्यका लागि एक हजार ७४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।   जिल्लामा तीन लाख ३१ हजार ७९ मतदाता रहेकामा एक लाख ७० हजार ८८८ पुरुष, एक लाख ६० हजार ७७० महिला र २१ तेस्रोलिंगी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।

    निर्वाचनका लागि दुई हजार ७७२ कर्मचारी खटिएका छन् भने ४६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटिएका छन्।  जिल्लाका ४६२ मतदान केन्द्रमध्ये २२४ अतिसंवेदनशील र २३८ संवेदनशील तथा २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील मतदानस्थल रहेको जिल्लाका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए। निर्वाचनका लागि जिल्लामा चार हजार नेपाल प्रहरी, दुई हजार सशस्त्र प्रहरीलगायत राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारी र सैनिकसमेत परिचालन गरिएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.