Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

छाउपडी प्रथाबाट कालिकोटका ९७ प्रतिशत महिला प्रभावित

by नेपाल रिडर्स
April 28, 2018
- समाचार
Share on FacebookShare on TwitterEmail

कालीबहादुर मल्ल/सामाजिक विकृतिको रूपमा रहेको छाउपडी प्रथाबाट कालिकोटका ९७ प्रतिशत महिला प्रभावित भएका तथ्याङ्क सार्वजनिक भएको छ । महिला तथा बालबालिका कार्यालय कालिकोटको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको कालिकोटमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो ।

सो कार्यालयले कालिकोटको खाँडाचक्र र तिलागुफा नगरपालिकाका १६ वटा वडामा ०७५ वैशाख महिनामा गरेको सर्वेक्षणबाट ९७ प्रतिशत महिला छाउपडी प्रथाबाट प्रभावित भएको पाइएको महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सविता राणाले जानकारी दिइन् ।

अहिले पनि समाजमा छाउपडी भएका महिलाले पुरूष, गाईबस्तु, फलफुलका विरूवा, बालीनाली छुन नहुने घर तथा भान्सामा र मन्दिरमा प्रवेश गर्न, धार्मिक तथा सामाजिक क्रियाकलापमा भाग लिन, पारिवारीक शौचालय र धारा प्रयोग गर्न तथा विद्यालय जान समेत नपाउने गरेको जनाइएको छ । महिला विकास अधिकृत सविता राणाका अनुसार कालिकोटका सबै समुदायका प्रतिष्ठित व्यक्ति, महिला, पुजारी र धामी झाँक्रीले सो प्रथा कायम राख्न सहयोग गरेका छन् ।

सर्वेक्षण अनुसार ३३ दशमलव ९ प्रतिशतले महिनावारी हुनु भनेको अपवित्र, २७ दशमलव २ प्रतिशतले महिनावारी भएको बेला महिला छुट्टै कोठमा बस्नु पर्ने, ४३ दशमलव २ प्रतिशत महिला र १९ प्रतिशत पुरूषले छाउपडी प्रथा गलत रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै जातिगत आधारमा ब्राहृमण ५५ दशमलव ९५ प्रतिशत, क्षेत्री ५ दशमलव २५ प्रतिशत, दलित ४१ दशमलव ५५ प्रतिशत, ठकुरी २९ दशमलव ७५ प्रतिशत महिला अहिलेपनि छाउगोठमा बस्ने गरेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार कालिकोटमा साधारण कपडाको सेनेटरी प्याड प्रयोग गर्ने ७५ दशमलव ३, घरमा बनाएको सेनेटरी प्याड प्रयोग गर्ने ३१ दशमलव २ प्रतिशत, पसलमा पाइने सेनेटरी प्याड प्रयोग गर्ने २७ दशमलव ९ प्रतिशत र कुनै पनि प्याड प्रयोग नगर्ने १७ दशमलव ७ प्रतिशत रहेका छन् ।

यस्तै महिनावारी भएको बेला ७५ दशमलव ५ प्रतिशत किशोरी र महिलाले घरमा प्रवेश नगर्ने, ९१ दशमलव १ प्रतिशत भान्सामा नजाने र खानेकुरा नछुने ८८ दशमलव ७ प्रतिशत महिलाले दुध र दुधजन्य पदार्थ नखाने पाइएको छ । यसैगरी ७१ दशमलव १ प्रतिशत महिलाले छुट्टै बसेर स्वास्थ्य समस्या भोग्नुपरेको, ७७ दशमलव ८ प्रतिशत महिला बच्चा जन्माएको बेला छुट्टै छाप्रोमा बस्ने गरेको, ९७ दशमलव ५ प्रतिशत महिला छुटै कोठामा बस्ने गरेको, ३८ दशमलव ७ प्रतिशत महिलाले महिनावारी भएको बेला एउटा न एउटा स्वास्थ्य समस्या भोग्न बाध्य हुनुपरेको सर्वेक्षणले देखाएको छ ।

महिनावारी भएको बेला असामान्य रगत बग्ने ७२ दशमलव ७५ प्रतिशत, ढाड दुख्ने समस्याबाट ७२ दशमलव ७५ प्रतिशत, असामान्य दुखाई ५४ दशमलव ५५ प्रतिशत, टाउको दुखाइको समस्याबाट २६ दशमलव १५ प्रतिशत, चक्कर आउने समस्याबाट ३ दशमलव ३५ प्रतिशत, शरीर दुखाइबाट १४ दशमलव ८५ प्रतिशत र ज्वरो आउने समस्याबाट २ दशमलव १५ प्रतिशत महिला पीडित हुनु परेको तथ्याङ्कमा उल्लेख छ ।

अध्ययन अनुसार २ दशमलव २५ प्रतिशत महिलाले महिनावारी भएका बेला कुनै न कुनै दुर्घटना भोग्नुपरेको, जङ्गली जनावरको आक्रमण, सर्प टोकाई, अन्य शोषण खेप्नु परेको उल्लेख गरिएको छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

4 years ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.