Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

छाउपडी प्रथाबाट कालिकोटका ९७ प्रतिशत महिला प्रभावित

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख १५, २०७५
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कालीबहादुर मल्ल/सामाजिक विकृतिको रूपमा रहेको छाउपडी प्रथाबाट कालिकोटका ९७ प्रतिशत महिला प्रभावित भएका तथ्याङ्क सार्वजनिक भएको छ । महिला तथा बालबालिका कार्यालय कालिकोटको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको कालिकोटमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो ।

    सो कार्यालयले कालिकोटको खाँडाचक्र र तिलागुफा नगरपालिकाका १६ वटा वडामा ०७५ वैशाख महिनामा गरेको सर्वेक्षणबाट ९७ प्रतिशत महिला छाउपडी प्रथाबाट प्रभावित भएको पाइएको महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सविता राणाले जानकारी दिइन् ।

    अहिले पनि समाजमा छाउपडी भएका महिलाले पुरूष, गाईबस्तु, फलफुलका विरूवा, बालीनाली छुन नहुने घर तथा भान्सामा र मन्दिरमा प्रवेश गर्न, धार्मिक तथा सामाजिक क्रियाकलापमा भाग लिन, पारिवारीक शौचालय र धारा प्रयोग गर्न तथा विद्यालय जान समेत नपाउने गरेको जनाइएको छ । महिला विकास अधिकृत सविता राणाका अनुसार कालिकोटका सबै समुदायका प्रतिष्ठित व्यक्ति, महिला, पुजारी र धामी झाँक्रीले सो प्रथा कायम राख्न सहयोग गरेका छन् ।

    सर्वेक्षण अनुसार ३३ दशमलव ९ प्रतिशतले महिनावारी हुनु भनेको अपवित्र, २७ दशमलव २ प्रतिशतले महिनावारी भएको बेला महिला छुट्टै कोठमा बस्नु पर्ने, ४३ दशमलव २ प्रतिशत महिला र १९ प्रतिशत पुरूषले छाउपडी प्रथा गलत रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै जातिगत आधारमा ब्राहृमण ५५ दशमलव ९५ प्रतिशत, क्षेत्री ५ दशमलव २५ प्रतिशत, दलित ४१ दशमलव ५५ प्रतिशत, ठकुरी २९ दशमलव ७५ प्रतिशत महिला अहिलेपनि छाउगोठमा बस्ने गरेको सर्वेक्षणले देखाएको छ ।

    सर्वेक्षण अनुसार कालिकोटमा साधारण कपडाको सेनेटरी प्याड प्रयोग गर्ने ७५ दशमलव ३, घरमा बनाएको सेनेटरी प्याड प्रयोग गर्ने ३१ दशमलव २ प्रतिशत, पसलमा पाइने सेनेटरी प्याड प्रयोग गर्ने २७ दशमलव ९ प्रतिशत र कुनै पनि प्याड प्रयोग नगर्ने १७ दशमलव ७ प्रतिशत रहेका छन् ।

    यस्तै महिनावारी भएको बेला ७५ दशमलव ५ प्रतिशत किशोरी र महिलाले घरमा प्रवेश नगर्ने, ९१ दशमलव १ प्रतिशत भान्सामा नजाने र खानेकुरा नछुने ८८ दशमलव ७ प्रतिशत महिलाले दुध र दुधजन्य पदार्थ नखाने पाइएको छ । यसैगरी ७१ दशमलव १ प्रतिशत महिलाले छुट्टै बसेर स्वास्थ्य समस्या भोग्नुपरेको, ७७ दशमलव ८ प्रतिशत महिला बच्चा जन्माएको बेला छुट्टै छाप्रोमा बस्ने गरेको, ९७ दशमलव ५ प्रतिशत महिला छुटै कोठामा बस्ने गरेको, ३८ दशमलव ७ प्रतिशत महिलाले महिनावारी भएको बेला एउटा न एउटा स्वास्थ्य समस्या भोग्न बाध्य हुनुपरेको सर्वेक्षणले देखाएको छ ।

    महिनावारी भएको बेला असामान्य रगत बग्ने ७२ दशमलव ७५ प्रतिशत, ढाड दुख्ने समस्याबाट ७२ दशमलव ७५ प्रतिशत, असामान्य दुखाई ५४ दशमलव ५५ प्रतिशत, टाउको दुखाइको समस्याबाट २६ दशमलव १५ प्रतिशत, चक्कर आउने समस्याबाट ३ दशमलव ३५ प्रतिशत, शरीर दुखाइबाट १४ दशमलव ८५ प्रतिशत र ज्वरो आउने समस्याबाट २ दशमलव १५ प्रतिशत महिला पीडित हुनु परेको तथ्याङ्कमा उल्लेख छ ।

    अध्ययन अनुसार २ दशमलव २५ प्रतिशत महिलाले महिनावारी भएका बेला कुनै न कुनै दुर्घटना भोग्नुपरेको, जङ्गली जनावरको आक्रमण, सर्प टोकाई, अन्य शोषण खेप्नु परेको उल्लेख गरिएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.