Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

ट्रम्पले हतियार बिक्री दोब्बर बनाए, अस्थिरता बढ्ने आशंका

by पत्रपत्रिकाबाट
October 1, 2017
- समाचार
Share on FacebookShare on TwitterEmail

हतियार व्यापारमा रहेको प्रतिबन्ध खुकुलो बनाउँदै ट्रम्प

अमेरिका विश्वमै सबैभन्दा बढी हतियार बेच्ने मुलुक हो। विश्वभर बेचिने हतियारको ५० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकाले नै बेच्छ। त्यसमाथि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेयता त हतियार बिक्री दोब्बर भएको छ। ट्रम्पले यो क्रमलाई अझ बढाउने भएका छन्।

अमेरिकी गठबन्धनमा रहेका मुलुकहरुले लडाकु जेट, बख्तरबन्द गाडी, ट्यांक, युद्धपोत, क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, इत्यादि युद्ध सामग्री किन्दा अमेरिकी कम्पनीबाटै किनून् भन्ने उद्देश्यका साथ ट्रम्पले हतियार बिक्रीमा रहेका प्रतिबन्धहरु फुकुवा गर्न लागेको बताइएको छ।

अमेरिकाको यो कदमबाट विश्वभर विद्यमान सैन्य तनावमा झनै वृद्धि हुने आशंका गरिएको छ।

अमेरिकी विदेश मन्त्रालय र रक्षा मन्त्रालयले यस्ता हतियार सम्झौताहरुमा सक्रिय भूमिका खेल्ने रिपोर्टहरुमा जनाइएको छ। अमेरिकी नीतिमा आएको यो परिवर्तनले विश्वभर अमेरिकी स्वार्थलाई पनि प्रवर्द्धन गर्ने अपेक्षाका साथ यो कदम चालिएको विज्ञहरुले बताएका छन्।

अमेरिकाले सैन्य गतिविधि र हतियारको बिक्री–वितरणलाई बढाउनुको मुख्य कारण अमेरिकी व्यापार र अर्थतन्त्रलाई बढाउनु रहेको बताइएको छ। तर यसले अमेरिकी व्यापार मात्रै बढाउने छैन, अन्य प्रतिस्पर्धी देशलाई पनि उत्तेजित तुल्याउनेछ। त्यसमाथि हतियार क्रेता देशहरुबीच देखिने द्वन्द्व त छँदैछ।

राष्ट्रपति ट्रम्पले केही महिनाअघि साउदी अरबको भ्रमणको क्रममा समग्रमा एक खर्ब १० अर्ब डलरबराबरको रक्षा सम्झौता गरेका थिए। त्यसलगत्तै साउदी नेतृत्वमा चार राष्ट्रले कतारमाथि नाकाबन्दी लगाएपछि तनावमा वृद्धि भयो। कतारले पनि नाकाबन्दीका बीच अमेरिकाबाट १२ अर्ब डलरको सैन्य सामग्री किन्ने सम्झौता गर्‍यो।

‘हतियार बिक्रीमा भएको यो वृद्धि निश्चित क्षेत्रमा ट्रम्प प्रशासनको सुरक्षा चासो तथा अमेरिकी निर्यातलाई वृद्धि गर्ने उद्देश्यका कारण भएको देखिन्छ,’ सेन्टर फर द स्टडी अफ कंग्रेस एन्ड द प्रेसिडेन्सीका वरिष्ठ उपाध्यक्ष डान माहाफीको भनाइ सिन्ह्वाले उधृत गरेको छ।

अमेरिकाले कतारलाई बेच्ने सम्झौता गरेको एफ-१५ लडाकु विमान

अमेरिकाले कतारलाई बेच्ने सम्झौता गरेको एफ-१५ लडाकु विमान

‘मध्यपूर्वमा अमेरिकाले हतियार बेच्नुको उद्देश्य खाडीका गठबन्धनहरुलाई शक्तिशाली बनाएर इरानलाई रोक्नु रहेको छ,’ उनी भन्छन्, ‘त्यस्तै एसियामा पनि उत्तर कोरियालाई रोक्न हतियार बेचिन्छ। त्यसमाथि सो क्षेत्रमा बलियो सुरक्षा ढाँचा तयार गर्न अमेरिका चाहन्छ।’

दक्षिण कोरियाले अमेरिकाबाट किनेको थाड क्षेप्यास्त्र प्रतिरोधी प्रणालीका कारण चीन रुष्ट बनेको थियो।

‘ट्रम्प अर्थतन्त्र वृद्धि गर्नका लागि हतियार बेचिरहेका छन्। हतियारलाई उनी बहुमूल्य निर्यात सामग्री मान्दछन्। ट्रम्प सैन्य समर्थक पनि भएकोले यो उनको आफ्नै दर्शनतर्फको झुकाव हो,’ ब्रुकिङ इन्टिच्युसनका सिनियर फेलो डारेल वेस्ट भन्छन, ‘तर बढ्दो हतियार बिक्रीले विश्वमा अस्थिरता पैदा गर्छ। विभिन्न सरकारको हातमा हतियार राखिदिँदा त्यसले द्वन्द्व र हतियारको प्रतिस्पर्धा बढाउँछ।’

ट्रम्पले ह्वाइट हाउस सम्हालेयता हतियार बिक्रीलाई झण्डै दोब्बर बनाएका छन्। यस वर्षको गत ८ महिनामा उनले ४८ अर्बको हतियार बेचिसकेका छन्, जुन अघिल्लो वर्षको त्यही अवधिको तुलनामा झण्डै दोब्बर भएको पोलिटिकोले जनाएको छ।

विश्वव्यापी हतियार किनबेच सम्झौतामा सन् २०१५ मा अमेरिकाले ५०.२९ प्रतिशत हिस्सा ओगटेको थियो। सो वर्ष अमेरिकाले ४०.२ अर्ब डलर हतियार बिक्रीबाट कमाएको थियो।

दोस्रो स्थानमा रहेको फ्रान्सले १५.३ अर्ब डलरको हतियार बेचेको थियो।

हतियार क्रेताहरुको सूचीमा भने कतार, इजिप्ट र साउदी अरब सबैभन्दा अगाडि देखिएका छन्। एजेन्सी/नेपालखबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

5 months ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.