Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ट्रम्पले हतियार बिक्री दोब्बर बनाए, अस्थिरता बढ्ने आशंका

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १५, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हतियार व्यापारमा रहेको प्रतिबन्ध खुकुलो बनाउँदै ट्रम्प

    अमेरिका विश्वमै सबैभन्दा बढी हतियार बेच्ने मुलुक हो। विश्वभर बेचिने हतियारको ५० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकाले नै बेच्छ। त्यसमाथि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेयता त हतियार बिक्री दोब्बर भएको छ। ट्रम्पले यो क्रमलाई अझ बढाउने भएका छन्।

    अमेरिकी गठबन्धनमा रहेका मुलुकहरुले लडाकु जेट, बख्तरबन्द गाडी, ट्यांक, युद्धपोत, क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, इत्यादि युद्ध सामग्री किन्दा अमेरिकी कम्पनीबाटै किनून् भन्ने उद्देश्यका साथ ट्रम्पले हतियार बिक्रीमा रहेका प्रतिबन्धहरु फुकुवा गर्न लागेको बताइएको छ।

    अमेरिकाको यो कदमबाट विश्वभर विद्यमान सैन्य तनावमा झनै वृद्धि हुने आशंका गरिएको छ।

    अमेरिकी विदेश मन्त्रालय र रक्षा मन्त्रालयले यस्ता हतियार सम्झौताहरुमा सक्रिय भूमिका खेल्ने रिपोर्टहरुमा जनाइएको छ। अमेरिकी नीतिमा आएको यो परिवर्तनले विश्वभर अमेरिकी स्वार्थलाई पनि प्रवर्द्धन गर्ने अपेक्षाका साथ यो कदम चालिएको विज्ञहरुले बताएका छन्।

    अमेरिकाले सैन्य गतिविधि र हतियारको बिक्री–वितरणलाई बढाउनुको मुख्य कारण अमेरिकी व्यापार र अर्थतन्त्रलाई बढाउनु रहेको बताइएको छ। तर यसले अमेरिकी व्यापार मात्रै बढाउने छैन, अन्य प्रतिस्पर्धी देशलाई पनि उत्तेजित तुल्याउनेछ। त्यसमाथि हतियार क्रेता देशहरुबीच देखिने द्वन्द्व त छँदैछ।

    राष्ट्रपति ट्रम्पले केही महिनाअघि साउदी अरबको भ्रमणको क्रममा समग्रमा एक खर्ब १० अर्ब डलरबराबरको रक्षा सम्झौता गरेका थिए। त्यसलगत्तै साउदी नेतृत्वमा चार राष्ट्रले कतारमाथि नाकाबन्दी लगाएपछि तनावमा वृद्धि भयो। कतारले पनि नाकाबन्दीका बीच अमेरिकाबाट १२ अर्ब डलरको सैन्य सामग्री किन्ने सम्झौता गर्‍यो।

    ‘हतियार बिक्रीमा भएको यो वृद्धि निश्चित क्षेत्रमा ट्रम्प प्रशासनको सुरक्षा चासो तथा अमेरिकी निर्यातलाई वृद्धि गर्ने उद्देश्यका कारण भएको देखिन्छ,’ सेन्टर फर द स्टडी अफ कंग्रेस एन्ड द प्रेसिडेन्सीका वरिष्ठ उपाध्यक्ष डान माहाफीको भनाइ सिन्ह्वाले उधृत गरेको छ।

    अमेरिकाले कतारलाई बेच्ने सम्झौता गरेको एफ-१५ लडाकु विमान

    अमेरिकाले कतारलाई बेच्ने सम्झौता गरेको एफ-१५ लडाकु विमान

    ‘मध्यपूर्वमा अमेरिकाले हतियार बेच्नुको उद्देश्य खाडीका गठबन्धनहरुलाई शक्तिशाली बनाएर इरानलाई रोक्नु रहेको छ,’ उनी भन्छन्, ‘त्यस्तै एसियामा पनि उत्तर कोरियालाई रोक्न हतियार बेचिन्छ। त्यसमाथि सो क्षेत्रमा बलियो सुरक्षा ढाँचा तयार गर्न अमेरिका चाहन्छ।’

    दक्षिण कोरियाले अमेरिकाबाट किनेको थाड क्षेप्यास्त्र प्रतिरोधी प्रणालीका कारण चीन रुष्ट बनेको थियो।

    ‘ट्रम्प अर्थतन्त्र वृद्धि गर्नका लागि हतियार बेचिरहेका छन्। हतियारलाई उनी बहुमूल्य निर्यात सामग्री मान्दछन्। ट्रम्प सैन्य समर्थक पनि भएकोले यो उनको आफ्नै दर्शनतर्फको झुकाव हो,’ ब्रुकिङ इन्टिच्युसनका सिनियर फेलो डारेल वेस्ट भन्छन, ‘तर बढ्दो हतियार बिक्रीले विश्वमा अस्थिरता पैदा गर्छ। विभिन्न सरकारको हातमा हतियार राखिदिँदा त्यसले द्वन्द्व र हतियारको प्रतिस्पर्धा बढाउँछ।’

    ट्रम्पले ह्वाइट हाउस सम्हालेयता हतियार बिक्रीलाई झण्डै दोब्बर बनाएका छन्। यस वर्षको गत ८ महिनामा उनले ४८ अर्बको हतियार बेचिसकेका छन्, जुन अघिल्लो वर्षको त्यही अवधिको तुलनामा झण्डै दोब्बर भएको पोलिटिकोले जनाएको छ।

    विश्वव्यापी हतियार किनबेच सम्झौतामा सन् २०१५ मा अमेरिकाले ५०.२९ प्रतिशत हिस्सा ओगटेको थियो। सो वर्ष अमेरिकाले ४०.२ अर्ब डलर हतियार बिक्रीबाट कमाएको थियो।

    दोस्रो स्थानमा रहेको फ्रान्सले १५.३ अर्ब डलरको हतियार बेचेको थियो।

    हतियार क्रेताहरुको सूचीमा भने कतार, इजिप्ट र साउदी अरब सबैभन्दा अगाडि देखिएका छन्। एजेन्सी/नेपालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.