Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यो गठबन्धन नामको वैचारिक तर चुनावी समीकरण हो।

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २५, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. सुखदेव मुनी (एसडी मुनी) नेपालको राजनीतिक घटनाप्रति गहिरो रुचि राख्छन् । नेपालमा हुने राजनीतिक घटनाक्रमको विषयमा मुनीका अभिव्यक्ति चर्चा र विवादमा पर्ने गरेका छन् । नेपालमा वामपन्थी गठबन्धन बन्दा दिल्ली आश्चर्यमा परेको टिप्पणी भइरहँदा मुनीसँग गिरएकाे कुराकानीको सम्पादित अंश : 

    नेपालको राजनीतिमा अहिले देखिएको ध्रुवीकरणलाई दिल्लीले कसरी हेरिरहेको होला ? 

    हेर्नुस्, नेपालमा यस्तो किसिमको राजनीतिक ध्रुवीकरण धेरै पहिले नै भइसक्नुपर्ने थियो । र अहिले जे ध्रुवीकरणहरू भइरहेका छन्, भन्नका लागि त वैचारिक, राजनीतिक तरिकाले भइरहेको छ, एक प्रकारले ठीक पनि हो । यसले गर्दा अन्य समुदाय, दल, समूहहरू पनि लामबद्ध हुनेछन् । एकातर्फ शेरबहादुर देउवाजीले लोकतान्त्रिक गठबन्धन बनाउने कुरा गर्नुभएको छ भने अर्कोतर्फ मधेसवादी दलहरू पनि एकताबद्ध भइरहेका छन् । र हुन सक्छ जनजातिहरू, दलितहरू पनि एक आपसमा एकताबद्ध हुने कोशिश गर्नेछन् । यसरी हेर्ने हो भने त ठीकै भइरहेको छ । तर यो ध्रुवीकरणमा जे गठबन्धन बनिरहेका छन्, त्यसमा धेरै नै तालमेल भएको छ जस्तो मलाई लागिरहेको छैन ।
    जसरी एमाले, माओवादी र नयाँ शक्ति एकआपसमा मिलेका छन्, अर्कोतर्फ देउवाजी, कमल थापा र अन्य शक्तिहरू एकआपसमा मिल्ने कुरा भइरहेको छ, त्यो एक किसिमले स्थायी हुने देखिँदैन किनभने तिनीहरू एकआपसमा मिल्ने शक्ति नै होइनन् । नेपाली कांग्रेसभित्र नै धेरै तनाव छन् । यसरी हेर्ने हो भने ध्रुवीकरण हुनु आफैंमा राम्रो कुरा हो किनभने ध्रुवीकरणले गर्दा नै वैचारिक स्तरमा कुराहरू स्पष्ट भएर बाहिर आउनेछन् ।

     

    नेपालका कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरण हुनुमा आन्तरिक कारण मात्र छ या बाह्य कारणहरू पनि छन् ?

    बाह्य कारण पनि हुन सक्छन् । यस्ता किसिमका ठूल्ठूला गठबन्धनहरूमा बाहिरका मानिसहरूको पनि रुचि रहन्छ । नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँमा ल्याउन सकियोस् भन्ने कुरामा चीनको समर्थन रहँदै आएको छ भन्ने गरिन्छ । चीनले नेपालमा सबै कम्युनिस्ट पार्टीहरूलाई एउटै मञ्चमा ल्यायो भने बाँकी अन्तर्राष्ट्रिय शक्तिहरू भारत, अमेरिका, युरोपेली युनियनले पनि बाँकी डेमोक्रेटिक जनतान्त्रिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन कोशिश गर्नेछन् । त्यसैले यी सम्भावनाहरूलाई पनि नकार्न भने सकिँदैन । र यो कुरा सम्भव पनि छ । तर मात्र यही कारणले ध्रुवीकरण सम्भव भएको हो, बाहिरको कारणले मात्रै यति कुराहरू भइरहेको छ भनेर सोच्नु पनि सही हुने छैन।

    नेपालको राजनीतिमा चीनको प्रभाव अत्यन्तै न्यून र भारतको ज्यादा थियो भन्ने गरिन्छ । यसपटक भारत कसरी चुक्यो ?

    भारत चुक्यो भन्ने कुरा छैन । हेर्नुस्, चीनले पनि धेरै कोशिश गरिरहेको छ भने भारतले पनि कोशिश गरिरहेको छ । मैले तपाईंलाई एउटा ठूलो कुरा बताऊँ, पूरै दक्षिण एसियामा नै भारत र चीनबीच प्रतिस्पर्धा भइरहेको छ । खास गरी यस्ता किसिमको ठूलो राजनीतिक समीकरणहरूमा त प्रतिस्पर्धा प्रस्ट रूपले देखिन्छ । त्यो चाहे श्रीलंकामा हेर्नुस्, बंगलादेश, माल्दिभ्स जहाँ पनि हेर्नुस्, प्रतिस्पर्धा तपाईंले हेर्न सक्नुहुन्छ । त्यो कुनै नयाँ कुरा पनि होइन।
    नेपालमा आज आएर मात्र प्रतिस्पर्धा भएको हो भन्ने कुरा पनि होइन । तपाईंलाई सम्झना होला, सन् १९६२ मा राजा महेन्द्रले जननिर्वाचित प्रधामन्त्री बीपी कोइरालालाई हटाएका बेलामा पनि चीनले राजतन्त्रलाई नै समर्थन गरेको थियो भने भारतले लोकतान्त्रिक शक्तिलाई । यस्तो किसिमको ध्रुवीकरणमा बाहिरका मानिसहरूलाई खास रुचि रहने गर्छ । त्यसमा पनि खास गरेर नेपाल जस्तो सामरिक महत्त्व बोकेको देशमा त रुचि रहन्छ नै । यस्तो किसिमको उलटपुलट चलिरहन्छ । कहिले एउटा त कहिले अर्को सफल हुने गर्छन्।

    चीनलाई नेपालको आन्तरिक राजनीतिसँग कुनै मतलब छैन भन्ने गरिन्थ्यो तर पनि चीन नेपालमा कसरी सफल हुन पुग्यो ? नेपालको वाम गठबन्धनबाट दिल्ली साँच्चिकै ‘सरप्राइज’ भएको हो ?

    यो वाम ध्रुवीकरणले नेपालका नीतिहरू परिवर्तन हुनेछन् भन्ने कुरामा तपाईं विश्वास गर्नुहुन्छ भने, म त्यो कुरा मान्दिनँ किनभने नेपालको आफ्नो राष्ट्रिय हितका जे कुराहरू छन्, त्यसका आफ्नै केही सीमाहरू पनि छन् । जुन कुरा भूगोलले बाँधेको छ, संस्कृति, राजनीतिक सम्बन्ध आदिले बाँधिएको छ, ती बन्धनहरू यस्ता ध्रुवीकरणले मात्र टुट्दैनन्।
    नेपालको राजनीतिमा तपाईंले ध्यान दिएर हेर्नुभयो भने माओवादीलाई भारतले नै सहयोग गरिरहेको छ भनेर पनि भन्ने गरिन्छ जबकि भारतको माओवादीसँग कुनै वैचारिक सम्बन्ध नै छैन । र त्यसैगरी के पनि भनिन्छ भने चीनले पनि नेपाली कांग्रेसका नेताहरू र अन्य पार्टीका नेताहरूलाई बोलाएर चीन भ्रमण गराउँछ । तिनीहरूलाई पनि चीनले समर्थन गर्छ । त, यो एक सामरिक समीकरण हो । यसलाई पूरै विचारधाराको हिसाबले भने नहेर्नुस्।
    त्यसैले, नेपालमा जस्तोसुकै ध्रुवीकरण नै किन नहोस्, नेपालमा जुनसुकै सरकार पनि बनोस्, त्यो सरकारले न त चीनलाई र न त भारतलाई नै बेवास्ता गर्न सक्छ।

    तपाईंले नै शान्ति प्रक्रिया र दिल्लीमा गरिएको १२ बुँदे सम्झौतामा भूमिका निर्वाह गर्नुभएको टिप्पणी हुने गर्छ । प्रचण्डसँग तपाईंको पुरानो चिनजान पनि छ । के अहिले आएर प्रचण्ड पूरै चीनतर्फ ढल्केका हुन् ?

    तपार्इंले पुरानो इतिहास हेर्नुभयो भने चीनको समर्थन जहिले पनि अवसरवादीको तर्फ नै हुने गर्छ । चीनलाई आफ्नो अनुकूल अवसर आउँदा माओवादीको विरुद्धमा राजतन्त्रलाई सहयोग गरेको छ अनि त्यसैगरी नेपाली कांग्रेसको विरुद्धमा एमालेलाई समर्थन गरेको छ । माओवादीको विरुद्ध एमालेलाई सहयोग गरेको पनि छ । जब उसलाई आफ्नो आवश्यकताका लागि माओवादीको आवश्यकता प–यो, माओवादीलाई पनि उसले सहयोग गरेको छ । तर भारतको कुरा गर्नुहुन्छ भने जनतासँग निहित रहेका शक्तिहरूलाई मात्र समर्थन गर्ने गरेको छ।
    माओवादी लोकतान्त्रिक शक्तिहरूसँगै मिलेपछि मात्र भारतले माओवादीलाई स्वीकार गरेको थियो । यसका अतिरिक्त माओवादीलाई कहिल्यै पनि स्वीकार गरिएन । माओवादीहरूलाई नेपालको सत्ता वा सरकारमा आउनुपर्थ्यो वा पर्दैनथ्यो भन्ने कुरा बुझ्नमा नै भारतलाई धेरै लामो समय लाग्यो । त, यस्ता सोचको पछाडि पनि भारतको सामरिक कारण छ । सामरिकभन्दा पनि ठूलो कुरा भारतको झुकाव जनतान्त्रिक शक्तितर्फ हुने गर्छ।
    तर चीन त पहिलेदेखि नै अवसरवादीकै साथ हिँडेको छ । म तपाईंलाई के पनि भन्छु भने वामपन्थीहरूको भोलि सरकार बनेन र डेमोक्रेटिकहरूकै फेरि पनि सरकार बन्यो भने चीन फेरि डेमोक्रेटिककै पक्षमा उभिन्छ। चीनलाई दक्षिण एसियामै आफ्नो प्रभावलाई बढाउनुछ । त्यसैले नेपालमा जुनसुकै सत्ता रहोस्, त्यसै समीकरणका पछाडि चीन आउने गर्छ।

    बाबुराम भट्टराई त तपाईंका विद्यार्थी पनि हुन् । माओवादी परित्याग गरेर समाजवादको बाटोमा वैकल्पिक राजनीतिक शक्ति बनाउन लागेका थिए । त्यसमा पनि भारतकै भूमिका रहेको टिप्पणी हुन्थ्यो । उनी कसरी एक्कासि वामपन्थी गठबन्धनमा फर्किए?

    यो राजनीतिक समीकरण मात्रै हो, वैचारिक समीकरण होइन । यो गठबन्धन नामको लागि मात्र वैचारिक बनाइएको छ, सत्ता समीकरणका लागि मात्र बनाइएको छ । आइडियोलोजीका कारण एक नभएर चुनावका लागि मात्र समीकरण बनेको हो।
     

    नेपालमा अहिले भएको वाम एकताप्रति भारत किन सशंकित ? यसले शान्ति प्रक्रियामा कुनै असर गर्छ ? 

    हेर्नुस्, यो वाम एकता पनि अवसरवादीकै एकता हो । केही महिनापहिले प्रचण्डले नै एमालेले उसको संसदीय क्षेत्रमा असर गरिरहेको छ भनेर भनेका थिए । बाबुराम भट्टराई र प्रचण्डका बीचमा कति दूरी बढेको थियो । एकले अर्कालाई सिध्याउनका लागि लागिपरेका थिए । अहिले जे समीकरण बनेको छ, त्यो माथिबाट मात्र सामरिक दृष्टिकोणले समीकरण बनेको छ तर तलसम्म आउनमा अहिले पनि धेरै नै समय लाग्नेछ ।

    यो एकीकरणलाई तपाईंले तिनीहरू एकजुट भइसके, एकताबद्ध भएर सबै कुराहरूलाई सामना गर्नेछन् भनेर व्याख्या गर्नुहुन्छ भने त्यो मान्दिनँ । त्यो कुरा हुनमा अहिले धेरै समय लाग्छ ।

    नेपालको सबै कम्युनिस्ट मुभमेन्टहरूलाई हेर्नुभयो भने पुष्पलाल श्रेष्ठदेखि मोहनविक्रम सिंहसम्ममा सधंैदेखि विवाद पाउनुहुन्छ। र त्यो विवाद वैचारिक भएपनि तल ग्रासरूटसम्म अन्तर्विरोध भने पुगेको हुँदैन । त्यसको विवाद संगठनको ग्रासरूटसम्म पुग्न सकेन। त्यसैले, अहिले त शुरुवात मात्र भएको छ । बिस्तारै बिस्तारै के के हुन्छ, हेर्दै जानुपर्ने हुन्छ । एकआपसमा विरोधाभास राजनीतिक स्वार्थ भएका दलहरू एकाएक रातोरात एकताबद्ध भइहाल्छन् र धेरै ठूलो शक्ति भएर अगाडि आइहाल्छन् भन्ने कुरामा मलाई पटक्कै विश्वास छैन।

    जसरी अहिले नेपालमा बृहत् वाम एकताको कुरा चलिरहेको छ त्यसले भारत लगायत दक्षिण एसियामा कस्तो प्रभाव पार्ला ?

    अहिले हेर्नुस् न, एकता कस्तो छ ? एकता एकदमै सुदृढ़ हुन्छ, संगठन धेरै बलियो हुन्छ भने मात्र त्यसको राजनीतिक असर हुने क्रम शुरु हुन्छ । तर अहिले त मात्र मिडियामा राजनीतिक रूपमा कुरा चलेको छ, सामाजिक स्तरमा कुरा आएकै छैन । त्यसैले, अहिले त्यो कुन दिशामा कसरी अगाडि बढिरहेको छ, त्यसलाई अत्यन्तै सावधानीपूर्वक हेर्नुपर्ने हुन्छ, त्यो मेरो बुझाइ हो । अहिले नै कुनै निष्कर्ष निकालिहाल्नु उचित हुने छैन।

    माओवादीबाट फुटेका पार्टीहरू जस्तै मोहन वैद्य र नेत्रविक्रम चन्द लगायतबीच पनि एकता भई अर्को कुनै सशस्त्र द्वन्द्वको सम्भावना देख्नुहुन्छ ?

    हेर्नुस्, उहाँहरूले आफ्नो तर्फबाट कोशिश गर्न सक्नुहुनेछ । तर त्यसमा उहाँहरू सफल हुन सक्नुहुन्छ जस्तो मलाई लाग्दैन । उहाँहरूले त पहिलेदेखि पनि कोशिश नगरेको होइन । धेरै मानिसहरूले कोशिश गरेका छन् तर सफल हुँदैनन् । हिंसाको बाटो सफल बाटो हुँदैन । खास गरेर अहिलेको राजनीतिमा चाहे त्यो नेपाल होस् वा भारत वा दक्षिण एसिया वा विश्वकै राजनीति किन नहोस्, हिंसाको माध्यमले धेरै ठूलो परिबर्तन ल्याउन सम्भव छैन।

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बनाउन थाल्नुभएको लोकतान्त्रिक गठबन्धन निर्माण हुन कति सम्भव छ ?

    उहाँले पनि त्यही कोशिश गरिरहनुभएको छ। अरू गुटका राजनीतिक दलहरूलाई एकताबद्ध गरी आउँदो चुनावको लागि तयारी गरिरहनुभएको छ । वैचारिक रूप के हुनेछ भन्ने कुराका लागि चुनावसम्म पर्खनुस् । अहिलेको दुवैतर्फको ध्रुवीकरण मात्र चुनावको अवसरका लागि हो । यसलाई ठोस राजनीतिक समीकरण भन्न सकिँदैन।

    नेपालको संविधान कार्यान्वयनको बाटोमा के अझै पनि चुनौतीहरू छन् ? 

    मेरो विचारमा संविधान कार्यान्वयन तथा संशोधनको विषयमा चुनावपछि प्रान्तीय सरकार र केन्द्रीय सरकारको रूपरेखा कस्तो हुनेछ, त्यसमा निर्भर गर्नेछ । फेरि प्रान्तहरूको सभामा सधंै परिवर्तन भइरहनेछन् । कुनै एउटा मात्रै समूह हाबी हुने स्थिति नेपालमा आइसकेको छैन । अहिले लोकतान्त्रिक र साम्यवादी दुवै ध्रुवीकरणमध्ये कुनै एकलाई धेरै बढ़ी मत आयो भने पनि फेरि तिनीहरू टुक्रिने क्रम शुरू हुनेछ किनभने अहिले जे जति झगडा छ, त्यो मात्र सत्ताको लागि हो।
    पूरै देशमा आमूल परिवर्तन ल्याउनका लागि झगडा हुनु हुँदैन। देशको प्रमुख नीतिहरूलाई बदल्न उनीहरूसँग त्यस्तो रूपरेखा छैन । मात्र के प्रयास हुनेछ भने जसरी पनि सत्ता हत्याउन सकियोस्। र सत्ता यिनीहरूको हातमा आउँदा यिनीहरूको झगड़ा प्रखर रूपले अगाडि आउनेछ । त्यसैले त्यो हेर्दै जाउँला । मेरो विचारमा कुनै पनि ध्रुवीकरणतर्फ ठूलो बहुमत आइरहेको छैन।

    मधेस आन्दोलनका क्रममा संविधान संशोधनका विषयमा भारतले जे अडान लिएको थियो र अन्तर्राष्ट्रिय रूपमा त्यसको पक्षमा पैरवी समेत गरिरहेको थियो , के त्यो अडानमा भारतको अडान अहिले पनि कायमै छ ?

    भारत अहिले पनि नेपाललाई त्यस्तो संविधान बनाउनुस् जसमा सबैलाई साथ लिएर हिँड्न सकियोस् भन्छ । अहिले पनि मधेसी, जनजाति र दलित समुदायका जे माग छन् त्यो पूरा भएको छैन । तिनीहरूले अहिले पनि त्यो माग उठाइरहेका छन् । संविधान संशोधनका मुद्दा अहिले पनि संसद्समक्ष रहेकै छ। अहिले जुनसुकै समीकरण बनेपनि प्रश्न त हल भइसकेको छैन नि !

    के भारत नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहन्छ ?

    भारत सरकार नेपाल हिन्दू राष्ट्र होस् भन्ने चाहँदैन तर हिन्दू राष्ट्रका पक्षमा सत्तारूढ दलका केही नेता अवश्य छन् । शायद उनीहरू राजतन्त्रलाई पनि फर्काउन चाहनेछन् । तर मेरो विचारमा यो बिल्कुलै असम्भव कुरा हो । उनीहरू त्यो दिशामा काम गर्ने कोशिश गर्छन् भने त्यसमा धेरै ठूलो समस्या हुनेछ । न त भारतको ठूलो हिस्साले त्यसलाई स्वीकार गर्नेछ न त नेपालकै ठूलो हिस्साले त्यसलाई स्वीकार गर्नेछ।

    नेपालका लागि भारतीय राजदूत मञ्जीब सिंह पुरी नेपाल आएपछि नेपाल सरकारका मन्त्रीहरू, विभिन्न दलका नेताहरूसँग भेट गर्दै थिए । त्यही मेसोमा तपाईंले एउटा ट्वीट गरेर हिन्दू राष्ट्रका लागि पुरीको भेटघाट चलेपनि त्यो लाइन भारतीय जनता पार्टीको मात्र रहेको, भारत सरकारको नरहेको भन्नुभएको थियो नि ?

    त्यो कुरा त म अहिले पनि भनिरहेको छु नि । त्यो बीजेपीको लाइन हो, भारतीय सरकारको होइन । त्यो भारत सरकारको नीति होइन । बीजेपी र हिन्दूवादी संगठनहरूको लाइन हो ।

     त्यसोभए भारत सरकार नेपालमा हिन्दू राज्य कायम गर्ने दिशामा अघि बढ्दैन ? 
    बढ्दैन । भारत सरकारको त्यस्तो कुनै नीति नै छैन ।

    नेपालबाट भारतले र भारतबाट नेपालले के अपेक्षा राखेका छन् ?
    भारतले नेपाल शान्त रहोस्, प्रगति गरोस् र सामरिक दृष्टिकोणले यस्तो कुनै काम नगरोस् जसले भारतको सुरक्षामा खतरा होस् भन्ने चाहन्छ। नेपाल आफ्नो अधिकार र विकासमा भारतको मद्दत चाहन्छ । नेपालको राजनीतिक अक्षुण्णतालाइ भारतले सम्मान गरोस् । यही कुरा दुवै देशले एक अर्कासँग अपेक्षा राखेका छन् । अब हुन्छ के भने दुवै देश आ–आफ्नो स्वार्थमा अगाडि बढ्दा दुवैका आकांक्षा पूरा हुन सकिरहेको छैन ।

    नेपालमा चीनको स्वार्थ चाहिँ के देख्नुहुन्छ ?

    चीनको स्वार्थ मात्र नेपालमा छैन, पूरै दक्षिण एसियामा छ । त्यसको लागि फेरि अर्को दिन कुरा गरौंला । नेपालभन्दा दशौैं गुणा बढ़ी उसको पाकिस्तानमा रुचि छ । अफगानिस्तानमा छ । तपाईं त्यसको इन्ट्रेस्ट नेपालमा मात्रै छ भनेर सोच्नु हुन्छ भने त्यो गलत हुनेछ । ऊ पूरा दक्षिण एसियामा आफ्नो प्रभाव बढाउन चाहन्छ । दक्षिण एसियामै ऊ आफ्नो आर्थिक र सामरिक जरा गाड्न चाहन्छ ।लोकान्तर डटकम
    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.