Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home मत-अभिमत

त्रिदेशीय सहकार्यमा नेपाल– (श्रृङ्खला ३)

by उपेन्द्र यादव
September 21, 2016
- मत-अभिमत
त्रिदेशीय सहकार्यमा नेपाल– (श्रृङ्खला ३)
Share on FacebookShare on TwitterEmail

त्रिदेशीय सहकार्यको बारेमा सबैभन्दा पहिला कुरा के हो भने नेपालको आन्तरिक राजनैतिक अवस्थालाई अरु मुलुकसँग जोडेर पन्छाउने प्रवृत्ति विकास भयो भने हामी कहीँ पनि पुग्न सक्दैनौ। चैतन्य मिश्रले मल्लकालको कुरा गर्नु भएको छ, मल्ल को थिए ? हरिसिंह देव मल्ल कहाँबाट आएका थिए ? उनका सन्तानहरु को थिए ? यी इतिहासका विषयहरु छन्। अहिले यतातिर धेरै नजाऔं, नेपालको हालकाे अवस्थाको कुरा गरौं।

तत्कालीन अवस्थामा,नेपालको तराइमा समस्या छ। राजनीतिक, आर्थिक र समाजिक समस्याहरु छन्। त्यसमा पनि धेरै चाहिँ राजनीतिक र साँस्कृतिक छन्। पहाडमा पनि छ। नेपालको तराइमा समस्या छ। राजनीतिक, आर्थिक र समाजिक समस्याहरु छन्। त्यसमा पनि धेरै चाहिँ राजनीतिक र साँस्कृतिक छन्। पहाडमा पनि छन। म अस्ति लिम्बुवानमा गएकाे थिए। त्यहाँ  लिम्बुवानका केही नेताहरूले उदाहरण दिदैँ भने कि– हामीहरुलाई ठगठाग गरेर जसरी हाम्राे जमीन हडपियो र यस्ताे दुर्दशामा पुर्याइयो, अब किन हामी आफ्ना लागि नबोल्ने? किन नलड्ने।  यस्ता भावना त्यहाँ विकसित भएको छ । त्यस्तै सोलुमा जादाँ त्यहा शेर्पाहरुको ठूलो जमात भेट्न आए। उनीहरुले के भने भन्दा– होइन कहाँ तराइ र पहाडमा मात्रै विभेदको कुरा छ र ? हामीलाई त यो भोटे, तिब्बतियन भनेर नागरिकता लगायत अरु कुराबाट समेत बञ्चित गरेर राखिएको छ। पश्चिम खसानतिरका खसहरु दाजुभार्इहरुको पनि भनाइ यसै रहेछ– हामीले त सबैकुरा गुमाइसकेका छौं जब कि काठमाडौंमा हाम्रै नामले राज्य गर्छन् भन्ने उहाँहरुकाे कुरा थियाे। त्यसकारण यस्ता प्रश्नहरु नेपालमा छन् र त्यसलाई नेपालले समाधान गर्नुपर्छ। यसरी भोटेहरु तिब्बतियन भइदिने, मधेशीहरु भारतीय हुने, त्यो उता यो यता भनेर गयौं भने हामी समाधानमा पुग्न सक्दैनौ।

र, अर्काे कुरा के भने खासगरि यो काठमाडौंमा बस्ने साथीहरुको लागि मैले भन्र खाेजेकाे हाे–यो काठमाडौं मात्रै नेपालको इतिहास होइन। यो काठमाडौं बनाउने पनि त बाहिरबाटै ल्याइएको हो। तिनीहरुका पनि त इतिहास थिए नि! चाहे त्यो मिथिला होस्, चाहे त्यो कोचिला होस्, या त्यो कोलीयाको होस्। यो काठमाडौं मात्रै नेपालको इतिहास होइन। यो काठमाडौं बनाउने पनि त बाहिरबाटै ल्याइएको हो। तिनीहरुका पनि त इतिहास थियाे नि! चाहे त्यो मिथिला होस्, चाहे त्यो कोचिला होस्, या त्यो कोलीयाको होस्। धेरै साँस्कृतिक पक्षहरू अत्यन्त प्राचीन र अत्यन्त समृद्ध सभ्यतासँग सम्बन्धित रहेका छन्। तिनलार्इ पनि हामीले नेपालकै इतिहासको रुपमा लिन सक्यौं भने मात्र त्यसले एउटा उदार र फराकिलो भावना ल्याउँछ। त्यसैले नेपालको इतिहास काठमाडौं मात्रै होइन।

अब अर्को कुरा आयो, सम्बन्धको कुरा । यसमा दृष्टिकोण पनि राम्रो छ र भावना पनि राम्रो छ । आजको युग भनेको सहकार्यको युग हो। मर्कासुरको ल्याटिन अमेरिकामा, अरबहरुको अरबलीग वा युरोप, त्यत्रो काटमारको इतिहास भएको ठाउँमा एउटै मुद्रा चल्दैछ । खुल्ला सिमाना छ, कुन बेला कुन देशमा छिरियो थाहा नै हुदैन। त्यसरी उनीहरु क्षेत्रीय सहकार्यमा अगाडी बढिरहेका छन् । तर हामी कहाँ त्यस्ताे प्रयासकाे विकास भएन । राष्ट्रिय र अन्तर्राष्ट्रिय मन्त्रीहरुको बीचको छलफलमा एकपटक सार्ककाे कुरा उठेको थियो । उनीहरुको जस्तो क्षेत्रीय सहकार्य सार्कमा किन विकास नगर्ने ? त्यो सम्भव छ। यसरी सार्कको बिस्तार गर्ने र बिस्तार गर्दा चीनलाई पनि समेटौं भन्ने कुरा आयो। जसले द्विदेशीय, त्रिदेशीय र बहुदेशीय सम्बन्ध अझ बलियो भएर जान्छ भन्ने कुरा थियो। तर मेरो विचारमा, यो सार्क पनि घाँडो नै भएको हो कि? भलै त्यस्तो नहोला।  सार्कको बिस्तार गर्ने र बिस्तार गर्दा चीनलाई पनि समेटौं भन्ने कुरा आयो । जसले द्विदेशीय, त्रिदेशीय र बहुदेशीय सम्बन्ध अझ बलियो भएर जान्छ भन्ने कुरा थियो। तर मेरो विचारमा, यो सार्क पनि घाँडो नै भएको हो कि? भलै त्यस्तो नहोला।

त्यसको विकल्प हेर्ने हो भने बिमस्टेकको कुरा थियो, त्यसमा पाकिस्तानलाई अलग राखेर सजिलो हुन्छ कि भनेर तयार गरियाे तर त्यो पनि भएन, फेल भयो। हाम्रो क्षेत्रीय सहकार्यमा धेरै अप्ठ्यारो छ, भौगोलिक र आर्थिक कारणले गर्दा पनि। तरपनि जुन यो त्रिदेशीय सहकार्यको कुरा छ, यसमा भारत, नेपाल र चीन, यो भौगोलिक रुपले जोडिएको छ। भुगोलका साथै लामो इतिहास सँगसँगै जोडिएको छ। अलिकति चीनको पुरानो होला अरु सँगसँगै जोडिएको छ। एक जमाना थियो, तिब्बत, काठमाडौं हुदै पाटलीपुत्र पुग्ने ठुलो व्यापारिक मार्ग थियो। आवत–जावत गर्ने ठुलो आर्थिक बेल्ट नै थियो। अब त्यो समयको आर्थिक अवस्था र अहिलेको औद्योगीकरणलाई तुलना गर्न सकिदैन।एक जमाना थियो, तिब्बत, काठमाडौं हुदै पाटलीपुत्र पुग्ने ठुलो व्यापारिक मार्ग थियो। आवत–जावत गर्ने ठुलो आर्थिक बेल्ट नै थियो। अब त्यो समयको आर्थिक अवस्था र अहिलेको औद्योगीकरणलाई तुलना गर्न सकिदैन। यो युग नै परिवर्तन भइसक्यो तर त्यो एकदमै फाइदाजनक र सहकार्य पनि थियो। चन्द्रगुप्त मौर्यको कालमा पनि यो सहकार्य महत्वका साथ बढेको थियो। र अहिले पनि यो महत्वपूर्ण छ। यो सहकार्य शान्ति, स्थायित्व सँगसँगै आर्थिक विकासको लागि पनि महत्वपूर्ण छ। अबको बदलिँदो युग भनेको एसियन युग भनेर जसरी भनिरहेका छौं, यसमा चीन, जापान, कोरिया, भारत जसरी विकास हुँदै आएको छ र यो फैलँदो अवस्थामा पनि छ। मलेसियाले ठाँउ लिँदैछ। सिङ्गापुर अगाडि आइसक्यो। बिस्तारै बिस्तारै भियतनाम अगाडि आउदैछ, त्यहाँ दुई अङ्कमा आर्थिक विकास छ। कम्बोडिया, जो ध्वस्त भएको देशको अहिले दुई अङ्कमा आर्थिक विकास भइरहेको छ। यस्तो समयमा हाम्रो आर्थिक विकास भने ०.७ प्रतिशत मात्र छ। कुनै समयमा ७ प्रतिशतसम्म थियो। गिरिजाप्रसाद कोइराला प्रथम पटक प्रधानमन्त्री हुदाँ झन्डैझन्डै ८ छुनै लागेको थियो। त्यो घटेर अहिले १ भन्दा तल झरेको छ। तर यही समयमा भारत, चीन निकै अगाडि र अन्य राष्ट्रहरु, आफुभन्दा पछाडिका, युद्धमा ध्वस्त भएका मंगोलिया जस्ता देशहरु पनि अहिले अगाडि छन्। तर हामी न कहिले त्यस्तो युद्धमा परेको न त कुनै ठुलो समस्या झेलेको देश आज यति पछाडि पर्‌याे । यसको कारण पनि खाली विदेशीलार्इ मात्रै दाेष दिने हो भने कहिले पनि समस्याको हल हुदैन।

दोस्रो कुरा के छ भने, अल्पविकसित मुलुकहरुको पीडा संसारभर बेग्लै छ। चाहे त्यो नेपाल चाहे अफगानिस्तान होस् वा अन्य कुनै। उनको आफ्नै संसार र पीडा छ। ऊ अलिकति बलियोबाट नराम्रोसँग प्रभावित नै छ। अल्पविकसित मुलुकहरुको पीडा संसारभर बेग्लै छ। चाहे त्यो नेपाल चाहे अफगानिस्तान होस् वा अन्य कुनै। उनको आफ्नै संसार र पीडा छ। ऊ अलिकति बलियोबाट नराम्रोसँग प्रभावित नै छ। तर पनि नेपालमा एउटा विशेषता छ। त्यो के  चाहे राजा–महाराजा, चाहे काङ्ग्रेस वा कम्युनिष्ट पार्टी नै हुन् सबैकाे क्रियाकलापमा के देखियो भने नेपालको राजनीतिलाई नै भारतीयकरण गरिएको छ। सम्पुर्ण राजनीतिलाई। पार्टीको अध्यक्ष बन्न पर्यो भने उतै दौडने । प्रधानमन्त्री बन्न उतै दौडने । पार्टी, पद्धति, संघ, संस्था सम्पूर्णलाई भारतीयकरण गरिदिएको छ। अझ, नागरिक समाजका केही क्षेत्रहरु जहाँ उसलाई नसोधेर यहाँ केही पनि हुँदैन। उताको आशिर्वाद नभए यता केही पनि नहुने, सरुवा, बढुवा, मन्त्री, प्रधानमन्त्री बन्न पनि नपाइने उतैबाट सूची पनि आउछ कि क्या हो ! यो कसरी भयो त ? 
पार्टीको अध्यक्ष बन्न पर्‌याे भने उतै दौडने । प्रधानमन्त्री बन्न उतै दौडने। पार्टी, पद्धति, संघ, संस्था सम्पूर्णलाई भारतीयकरण गरिदिएको छ। अझ, नागरिक समाजका केही क्षेत्रहरु जहाँ उसलाई नसोधेर यहाँ केही पनि हुँदैन । उताको आशिर्वाद नभए यता केही पनि नहुने, सरुवा, बढुवा, मन्त्री, प्रधानमन्त्री बन्न पनि नपाइने उतैबाट सूची पनि आउछ कि क्या हो ! यो कसरी भयो त ? कसले गर्‌याे ? हाम्रो राजनीति यतिसम्म भयो कि यसको ससङ्कित उत्तर पनि छ, हाम्रो आफ्नो राजनीतिक गतिविधिबाट।

अर्को कुरा, चीन र भारतको जसरी आर्थिक अवस्था बढेको छ, शक्ति बढ्दै गइरहेको छ । यस्तै उनका दुईवटा कुरामा त्यत्तिकै रुचि पनि बढिरहेको छ, जुन पहिला थिएन, त्यो हो आर्थिक र सुरक्षा। जसरी आर्थिक वृद्धि र बिस्तार बढेको छ त्यत्ति नै सुरक्षाको विषयपनि सघन भएर गएको छ। सुरक्षाको हिसाबमा दुवैको एउटा बिन्दु नेपाल पनि हो। कसरी भने, नेपालको सुरक्षा अवस्था एकदम कमजोर छ भन्ने छ, पछिल्लो समय सारा धन्दा गर्नेहरु नेपालमै अाश्रय लिइरहेका छन् भन्ने छ, त्यस्ताहरु यहाँ फेला परेका पनि छन्। , पक्रेको पनि घटना छ।

दोस्रो के छ भन्दा, चीनका लागि तिब्बतियनको विषय यहीं छ। भारतका लागि, अपराधी, नक्कली नोट कारोबारी, आतंककारी, कहिले झुटो पनि होला, कहिले साँचो पनि होला तर सबथोक यही छ। भारतको लागि खुल्ला सिमाना चुनौतीकै रुपमा समेत छ, तर त्यसलाई व्यवस्थापन गर्नुपर्ने अनिवार्यता छ। चीनका लागि के छ भन्दा नेपालको अस्थिर राजनीतिले गर्दा कतै पश्चिमा र तिब्बतियनहरुको कारणले हामीलाई दुख दिने त होइन ? भन्ने सन्देह उसको मनमा छ। भारतको लागि खुल्ला सिमाना चुनौतीकै रुपमा समेत छ, तर त्यसलाई व्यवस्थापन गर्नुपर्ने अनिवार्यता छ। चीनका लागि के छ भन्दा नेपालको अस्थिर राजनीतिले गर्दा कतै पश्चिमा र तिब्बतियनहरुको कारणले हामीलाई दुख दिने त होइन? भन्ने सन्देह उसको मनमा छ । यी सबलाई हल नगरिकन यो त्रिदेशीय सहकार्य सँगसँगै अगाडि बढ्ला र? भारत र चीनको सँगसँगै हामी अगाडि बढौंला त? त्यस्ताे सम्भावना देखिन्न। किनकि भारतको पनि सुरक्षा पहिलो त्यसपछि बाँकी कुराहरु प्राथमिकतामा पर्दछन्। हुन त, भनिन्छ, अन्तर्राष्ट्रिय सम्बन्धमा न सिद्धान्त हुन्छ न त नैतिकता नै यसमा त खाली स्वार्थ मात्र हुन्छ। भारतको स्वार्थ आर्थिक र सुरक्षा हो। भनिन्छ, अन्तर्राष्ट्रिय सम्बन्धमा न सिद्धान्त हुन्छ न त नैतिकता नै यसमा खाली स्वार्थ मात्र हुन्छ। भारतको स्वार्थ आर्थिक र सुरक्षा हो। त्यसमध्येमा पनि सुरक्षा पहिलो हाे।

यी कुराहरूलार्इ सन्दर्भ राख्दा नै नेपालको दुई, तीनवटा कुराहरुले परराष्ट्र नीति बन्न नसकेकाे बारे बुझ्न सकिन्छ। जस्ताे कि एक, वैदेशिक नीति कुनै पार्टी वा कुनै नेताको हुदैन यो त राष्ट्रको हुन्छ। त्यसलाई लागु गर्ने तरिका फरक होला तर राष्ट्रको वैदेशिक नीति एउटै हुन्छ, हुनुपर्छ। वैदेशिक नीति कुनै पार्टी वा कुनै नेताको हुदैन यो त राष्ट्रको हुन्छ। त्यसलाई लागु गर्ने तरिका फरक होला तर राष्ट्रको वैदेशिक नीति एउटै हुन्छ, हुनुपर्छ। दोस्रो, हाम्रो सुरक्षा नीति र तेस्रो आर्थिक विकास कसरी गर्ने? यो नीति भएन। हामीले मुलुकको नै नीति बनाउन सकेनौं। मुलुक भित्रको मूल समस्या भनेको नै यही हो र अर्को कुरा भनेको छिमेकी मुलुकहरूकाे अविश्वास हो। अहिलेको अवस्था पनि नेपालप्रति न भारतकाे विश्वास छ न त चीनकाे नै। छिमेकी हुन्, दुखमा साथ दिन्छन् तर नेपालले विश्वास जित्न सकेको छैन। हामी ठुला ठुला कुरा गर्छौ। आश्वासन दिन्छौं तर काम गर्दैनौं। अहिलेको नेपालको अवस्था भनेको भारत र चीनको सन्दर्भमा विश्वास आर्जन गर्न नसकेको अवस्था हाे।

अर्को कुरा भनेको, चीन र भारतबीच सन् ६०को जस्तो अवस्था छैन। अहिले लगातार भ्रमण, छलफल र वार्ताहरु कुटनीतिक तहमा, मन्त्री स्तरीय, प्रधानमन्त्री स्तरीय तहमा भइरहेका छन्। कैयन कुराहरूमा सहकार्य भइरहेको छ। ६० को दशकमा लगभग ४० मिलियन डलर बराबरको व्यापार हुन्थ्यो। अहिले ९० बिलियन भन्दा बढीको छ। चीन र भारतबीच सन् ६०को जस्तो अवस्था छैन। अहिले लगातार भ्रमण, छलफल र वार्ताहरु कुटनीतिक तहमा, मन्त्री स्तरीय, प्रधानमन्त्री स्तरीय तहमा छलफल र वार्ता भइरहेका छन्। कैयन कुराहरूमा सहकार्य भइरहेको छ। ६० को दशकमा लगभग ४० मिलियन डलर बराबरको व्यापार हुन्थ्यो । अहिले ९० बिलियन भन्दा बढीको छ। र अबको चार पाँच बर्षमा अझै धेरै बढ्नेछ। दुई देशको सम्बन्ध धेरै अगाडि बढिसकेको छ। तर अहिले पनि यहाँ के प्रयत्न भइरहेकाे छ भने राजा महेन्द्रको जस्तो कार्ड प्रयोग गर्ने, कहिले चाइना कार्ड, कहिले इण्डिया कार्ड खेल्न खाेज्ने। यसले त अझ विश्वासनीयता गुमाउँछ र त्यो सफल हुन्न। चीन र भारतको धेरै क्षेत्रमा, सन् ६२ भन्दा अगाडि चाउ एन लाई भारतमा आउँदा र नेहरु चीन जाँदा जनस्तरमा ‘हिन्द–चीन भाइभाई’ भन्ने नारा लागेको थियो। तर ६२ को त्यो घटनालाई दुवै देशले दुर्भाग्य भनेका छन्। त्यो कुरा बाहेक उनीहरु बीचमा बाँकी सबै कुरा अगाडि बढेको छ।

त्यसकारण हामीले विश्वास जित्दै सहकार्य गर्नु पर्छ। भारत र चीनको सहकार्य धेरै फराकिलो छ। यस समयमा दुवैको विश्वास जितेर हामीले विकास गर्नुपर्छ। उनीहरुको आर्थिक र प्राविधिक विकास मार्फत हामीले पनि फाइदा लिने स्थान बनाउनुपर्छ र सफल भइन्छ। यसको सम्भाव्यता राम्रो छ। उनीहरुको आर्थिक र प्राविधिक विकास मार्फत हामीले पनि फाइदा लिने स्थान बनाउनुपर्छ र सफल भइन्छ। यस्ताे सम्भाव्यता राम्रो छ। र धेरै अवसरहरु पनि छन्। कुनै एक भारतीय नेताले चीन र भारतको सम्बन्धको बारेमा भनेका थिए– भुगोलले हामीलाई छिमेकी बनायो, इतिहासले मित्र बनायो र अब अर्थतन्त्रले साझेदार  बनाउनु पर्छ। यो अवस्थामा अब नेपालले गर्नुपर्ने कुराहरू के छन् भने पहिलो– आन्तरिक राजनीतिलाई मजबुत बनाउने, दोस्रो– आफ्नो देशको वैदेशिक नीति प्रष्ट बनाउने, तेस्रो– विश्वासनीय वातारण बनाउने।
नेपालले गर्नुपर्ने कुराहरू के छन् भने पहिलो– आन्तरिक राजनीतिलाई मजबुत बनाउने, दोस्रो– आफ्नो देशको वैदेशिक नीति प्रष्ट बनाउने, तेस्रो– विश्वासनीय वातारण बनाउने। तर अहिले नेपाललार्इ उत्तर र दक्षिण दुबैले विश्वास गर्न सकेका छैनन्। यो अवस्थालाई अन्त्य गर्ने हो भने नेपाल, भारत र चीनको बीचको सहकार्यलाई सहज बनाउन सकिन्छ।

कुनै पनि मुलुक सानो र ठूलो भन्ने कुराले अर्थ राख्दैन बरु त्यो देशको नीति र नेतृत्वको क्षमताले तय गर्ने कुरा हो। भविष्यमा यो सहकार्य बढ्छ।  मैले राम्रो भविष्य देख्छु। त्यसमा हामी नेपाल र नेपालीले नै धेरै काम गर्नुपर्ने अवस्था छ।

(नेपाल अध्ययन केन्द्रले  ०७३ कात्तिक २६ गते आयोजना गरेको ‘नेपाल, भारत र चीन बीच त्रिदेशीय सहकार्य’ कार्यक्रममा उपेन्द्र यादवद्वारा प्रस्तुत विचारको सम्पादित अंश)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
उपेन्द्र यादव

उपेन्द्र यादव

उपेन्द्र यादव संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष हुन्। ‘मधेश आन्दोलन’का मुख्य नेताका रुपमा नेपाली राजनीतिमा उदाएका उनी नेपालको उपप्रधान तथा परराष्ट्रमन्त्री रहिसकेका छन्।

Discussion about this post

Connect with us

Recommended

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

1 year ago
हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.