Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘देशको समृद्धिका लागि मेरो मत’ भन्दै ११४ वर्षीयाद्वारा मतदान

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर ११, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बैतडीकाे सुर्नया गाउँपालिका-८, कठमडाकी ११४ वर्षीया पशुपति साउदले आइतबार नवौं पटक मतदान गरिन्। पशुपतिले देशको समृद्धिका लागि मतदान गरेको बताइन्। भनिन्, ‘म यति बूढी मान्छेले पनि मतदान गरें। यसको अर्थ अबको पिंढीले दुःख नभोगोस् भन्ने हो। हाम्रो आउँदो पिंढी समृद्ध र समुन्नत होऊन् भन्ने मेरो चाहना छ।’

    भूमिराज आधारभूत ढोले केन्द्रमा बिहान मतदान गरेकी उनले आफ्नो मतले देशको विकासमा टेवा पुर्‍याउने बताइन्। भनिन्, ‘मैले २०४८ सालदेखिका निर्वाचनमा मतदान गर्दै आएकी छु। हाम्रो क्षेत्रका समस्या समाधान गर्ने नेताले जितोस् भन्ने मेरो कामना छ।’

    उनका कान्छा छोरा प्रतापले पिठ्युँमा बोकेर पशुपतिलाई मतदान केन्द्रमा पुर्‍याएका थिए। भनिन्, ‘हामी महिलाहरूले धेरै समस्या भोग्नुपरेको थियो। अब त्यस्तो नहोस्। यो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले हामी ज्येष्ठ नागरिकका लागि पनि केही गरून्।’ चार सन्तानकी आमा पशुपतिले ग्रामीण क्षेत्रमा अझै धेरै समस्या रहेकाले समाधान गर्ने नेतृत्व चयन होस् भनेर मतदान गरेको बताइन्। ‘२०४८ सालमा भर्खर बहुदलीय व्यवस्था आएको थियो। त्यो बेला भोट हालें। २०५१ सालको मध्यावधि निर्वाचन, २०५४ सालको स्थानीय निकाय निर्वाचन र २०५६ को आमनिर्वाचनमा पनि भोट हाले’, उनले भनिन्, ‘संविधान बनाउने निर्वाचनमा पनि भोट हालें। अब त नेताहरूले केही गर्लान् कि भनेर भोट हालेकी हुँ।’

    शारीरिक रूपमा गल्दै गएकी उनले विकास र समृद्धिको आशा भने गलाएकी छैनन्। भनिन्, ‘म एक सय चौध वर्षकी भएँ। यो उमेरसम्म आइपुग्दा धेरै परिवर्तन भएका छन्। अब विकास, समृद्धि अनि समुन्नतिको बाटोमा सबै लाग्नुपर्छ। हामीजस्ता बूढाबूढीलाई छाडेर छोराहरू विदेश जाने बाध्यताको अन्त्य हुनुपर्छ। मैले दिएको भोटले पनि राम्रो काम गर्नेले जितोस् भनेर दिएकी हुँ।’ स्थानीय तह निर्वाचनमा पनि मतदान गरेकी उनले यसपटक पनि मत दिने इच्छा व्यक्त गरेपछि बोकेर मतदान केन्द्र पुर्‍याएको छोरा प्रतापले बताए। भने, ‘आमाले मेरो एक भोटले सक्षम नेतृत्व चयन हुन्छ भनेपछि हामीले पनि उहाँलाई मतदान केन्द्रमा पुर्‍यायौं।’

    पुरचौंडी नगरपालिका-८ मल्लादेहीमा रहेको डिलासैनी केन्द्रबाट ८८ वर्षीया सरुली बोहराले मतदान गरेकी छन्। उनले बिहान ७ बजे मतदान गरेको स्थानीय राजेन्द्र लुहारले बताए। सरुलीले भनिन्, ‘हाम्रो भोट शान्तिका लागि हो। बुढेसकालमा देशमा शान्ति र विकास भएको हेर्न चाहन्छौं।’ सुर्नया गाउँपालिकाकै भुमेश्वर मावि पत्थरकोट केन्द्रबाट ९० वर्षीय गगनसिंह कुँवर र रौलेश्वर मावि मतदान केन्द्रबाट १०८ वर्षीया नन्दा लुहारले पनि मतदान गरे। त्यस्तै, सुर्नया-४, भौनेलीकी ९९ वर्षीया मानमतीदेवी चन्दले पनि मतदान गरिन्। राष्ट्रिय मावि फाटिगडा मतदान केन्द्रबाट मतदान गरेकी उनले अबको पुस्ताको सुखद भविष्यका लागि भोट दिएको बताइन्। भनिन्, ‘अहिलेसम्म विभिन्न राजनीतिक संघर्ष भए अब त्यसो नहोस्। हाम्रा छोरानातिले यही देशमा केही गरेर खान सक्ने वातावरण बनोस्।’पाटन नगरपालिका भुमेश्वरका ८४ वर्षीय जितबहादुर विष्टले ज्येष्ठ नागरिकको चाहना दिगो शान्ति रहेको बताए। भने, ‘हामी त डुब्न लागेका घाम हौं। अब उदाउने पुस्ताले स्वदेशमै केही गर्न सक्ने वातावरण बनोस्, जसले हाम्रो देशको समुन्नति पनि होस्।’

    बैतडीमा ६० प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। आइतबार नै मतपेटिका ढुवानीको काम सुरु गरेको र सोमबारसम्म सबै मतपेटिका सदरमुकाम पुगिसक्ने उनले बताए। मंसीर २१ गतेपछि मतगणना हुने भएकाले मतपेटिकालाई दशरथचन्द नगरपालिकाको हलमा भण्डारण गरिने भएको छ। त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने मुख्य निर्वाचन अधिकृत गौतमले बताए। अन्नपूर्ण पाेस्टमा समाचार छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.