Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

निर्वाचनका लागि देखिएका चुनौती र समाधान

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर ४, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने सहज वातावरण निर्माण भएका वेलामा विगत एक सातादेखि केही चुनौती देखिएका छन् । सुरक्षाका कारणले निर्वाचनका विषयमा केही समस्या निम्तिएका छन् । एक साताभित्र दर्जनभन्दा बढी स्थानमा उम्मेदवार लक्षित बम प्रहार गर्ने, शंकास्पद वस्तु ठाउँठाउँमा राख्नेलगायत क्रियाकलाप देखिनुले सुरक्षा चुनौती देखिएको छ । यदि यो सुरक्षा चुनौतीलाई समयमै नियन्त्रण गर्न सकिएन भने यसले निर्वाचनको वातावरण बिगार्छ । मतदातामा हुनुपर्ने सुरक्षाको प्रत्याभूति नदेखिए त्रासको वातावरण पैदा हुन्छ । उम्मेदवारले आफ्ना प्रत्येक मतदातालाई भेट गर्न पाउने र मतदाताले उम्मेदवार र ऊसँग सम्बन्धित दलको घारणा सुन्न पाउने विषय मतदाताको नैसर्गिक अधिकार हो । यस विषयलाई अहिले निर्वाचन बहिष्कार गर्ने नाममा उम्मेदवारमाथि बम प्रहार गर्ने, विस्फोटन गराउने र आमनागरिकलाई आतंकित गर्ने जुन कार्य भइरहेको छ, यसले निश्चय पनि निर्वाचनका लागि भइरहेको वातावरण बिगार्छ । तसर्थ, निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचन पक्षधर सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने वेला आएको छ ।

    निर्वाचन सुरक्षा र जिम्मेवारी

    निर्वाचनका लागि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने मुख्य जिम्मेवारी सरकारको हो । सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन गर्नुपर्ने सबै किसिमका काम गर्न अब ढिलाइ गर्नु हुँदैन । किनकि, मतदान अधिकृतहरू मतपत्र बोकेर तोकिएको मतदान केन्द्रमा पुग्ने वेला भइसक्यो । निर्वाचन पर्यवेक्षक र मिडियाले आमनागरिकमा देखिएको निर्वाचनप्रतिको मोह र लहरलाई प्रचारप्रसार गरी निर्वाचनको वातावरण निर्माण गर्ने कार्य गरिरहेका छन् । यस्तो वेला निर्वाचन बिथोल्ने जुन खालका हर्कत भइरहेका छन्, तिनलाई नियन्त्रण गर्ने प्रयास गरिएन भने निर्वाचनको दिनमा हुनुपर्ने मतदानमा कमी आउने प्रबल सम्भावना हुन्छ । तसर्थ, सरकारले निर्वाचनविरोधी यस्ता गतिविधि जति सक्यो छिटो नियन्त्रण गर्न आवश्यक भइसकेको छ ।

    सुरक्षा राणनीति

    राज्यमा दुई प्रकारको सुरक्षा हुन्छ, एउटा सार्वजनिक सुरक्षा र अर्को राष्ट्रिय सुरक्षा । सार्वजनिक सुरक्षा भनेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिने सुरक्षा र गर्ने कार्य होे । राष्ट्रिय सुरक्षा भनेको नेपाली सेनाले सुरक्षाका विषयमा गर्ने कार्य हो । सुरक्षा दुई–तीन प्रकारले भंग हुने सम्भावना रहन्छ । एउटा उम्मेदवारबीचको अस्वस्थ प्रतिस्पर्धाले, अर्को निर्वाचनमा बहिष्कारवादीले देखाउने हर्कतले र तेस्रो आतंककारीले गराउन सक्ने हमलाले । अहिलेको स्थितिमा यस निर्वाचनमा सार्वजनिक सुरक्षा र राष्ट्रिय सुरक्षासँग मात्रै सरोकार देखिन्न । निर्वाचन सम्पन्न गर्न नेपाली सेनासमेत तेस्रो घेरामा सुरक्षा दिन परिचालन भइसकेको छ ।

    तसर्थ, जसरी हुन्छ सन्तोषजनक रूपमा निर्वाचन सम्पन्न गराउनु सबै सुरक्षा निकायको जिम्मेवारी र दायित्व हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसमेतले आफ्नो जिम्मेवारी सम्झेर निर्वाचन कसरी सम्पन्न गर्न सकिन्छ भन्ने रणनीति बनाएर अघि बढ्न सक्नुपर्छ । राजनीतिक दलबीच हुने अस्वस्थ प्रतिस्पर्धालगायत अन्य विविध कारणले संवेदनशील मानिएका जिल्लामा त सुरक्षा सतर्कता अपनाउनैप¥यो, साथमा तीबाहेक अन्य जिल्लामा समेत नयाँ ढंगले दुई तरिकाले (एउटा निर्वाचनको पाटोबाट, अर्को निर्वाचन बिथोल्ने जुन तत्व छन् तिनीहरूप्रतिको सतर्कताबाट) निर्वाचन सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।

    निर्वाचन सम्पन्न गर्ने मुख्य दायित्व निर्वाचन आयोगको भएकाले उसले सरकारलाई आवश्यक पर्ने सामग्री र गर्नुपर्ने व्यवस्था छिटोभन्दा छिटो पुरा गर्न स्पष्ट रूपमा आग्रह गर्नुपर्छ । सरकारले आयोगको अनुरोधबमोजिमका व्यवस्था छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्छ । निर्वाचन आयोगको कार्यमा राजनीतिक दलहरूले समेत पूर्ण रूपमा सहयोग गर्नुपर्छ । त्यससँगै दलहरूले आफ्ना निर्वाचन प्रचारका रणनीतिलाई पनि समयानुकूल परिवर्तन गर्दै अघि बढ्ने र भवितव्य रूपमा आइपर्न सक्ने समस्याका रूपमा सतर्क हुनुपर्छ । अहिले देखिएका निर्वाचनविरोधी हर्कतलाई विस्तृत सुरक्षा योजना तय गरी संयुक्त रूपमा अग्रिम सूचना लिएर, घटना भइसकेपछि कारबाही गर्नेभन्दा घटना घट्नै नदिनेतर्फ सचेत हुन आवश्यक छ । मतदातालाई सुरक्षा प्रत्याभूति दिनका लागि प्रत्येक गाउँगाउँ र टोलटोलमा सुरक्षा प्रबन्ध मिलाइनुपर्छ । आयोगले दलहरूलाई पनि बोलाएर भएका गतिविधिको जानकारी दिने, सुझाब लिने र सहयोगका लागि अपिल गर्ने कार्य गर्नुपर्छ । र, सबैको अर्जुनदृष्टि निर्वाचन सम्पन्न गर्ने विषयमा केन्द्रित हुनुपर्छ, त्यसको विकल्प छैन ।

    अहिले निर्वाचनविरोधी तŒवको निसानामा उम्मेदवार परेको देखिएकाले उनीहरूको भरपर्दो सुरक्षा व्यवस्था सरकारले तत्काल गरिहाल्नुपर्छ । अझ कतैकतै त सर्वसाधारणलाई पनि आतंकित बनाउने हर्कतसमेत देखा परेका छन् । निर्वाचन सामग्रीको सुरक्षा र कर्मचारीको मनोबल बढाउने कार्यमा सरकार र आयोगले तदारुकतासात लाग्नुपर्छ । मतदातालाई बुथसम्म पुगेर मत दिई घरसम्म सुरक्षित रूपमा पुग्ने ग्यारेन्टी सरकारले गर्नुपर्छ । अहिलेसम्म भएका व्यवस्थाले नपुगेर घटना घटिरहेका छन्, त्यसलाई सुधारेर सुरक्षा व्यवस्था विश्वसनीय भरपर्दो र चुस्तदुरुस्त बनाउनुप¥यो । नभएमा मतदाता घरबाट मतदानस्थलमा पुगेर मत दिन हिच्किचाउने अवस्था निर्माण हुन सक्छ । जसले निर्वाचनमा मतदाताको सहभागिता कम हुन सक्छ ।

    मतदाताले मौलिक र नैसर्गिक अधिकार प्रयोग गर्न नपाउने अवस्था सिर्जना हुन सक्छ । निर्वाचनलाई एउटा महत्वपूर्ण चाडका रूपमा लिने नेपालीको बानी छ । यसअघिका निर्वाचनमा पनि विभिन्न किसिमका चुनौती देखिएका थिए, तर नागरिकले ती चुनौती चिरेर उत्साहजनक सहभागिता देखाई निर्वाचन सम्पन्न गराएका थिए । निर्वाचनविरोधी तत्वलाई जनताले जहिले पनि तिरस्कार गरिरहेका छन् । तसर्थ, जस्तोसुकै अवस्थामा पनि आमनागरिकले आफ्नो मौलिक अधिकार प्रयोग गर्छन् भन्ने पूर्ण विश्वास हो ।

    सुरक्षा कमजोरी सुधार्न गर्नुपर्ने कार्य

    हुन त लुकिछिपी गर्ने कार्य नियन्त्रण गर्न एकदमै कठिन हुन्छ । कुन कुनामा कहाँ बसेर आक्रमण गर्ने योजना बनेको हुन्छ, त्यो अग्रिम पत्ता लगाउन सक्नु चानचुने कुरा होइन । तसर्थ, यस्ता कार्य गर्ने सम्भावित व्यक्तिलाई पहिल्यै नियन्त्रणमा लिइनु आवश्यक छ । जुन स्थानमा चुनावी आमसभा छ, त्यहाँ उम्मेदवार आउने कार्यक्रम निश्चित भएको छ, त्यहाँ मतदाताको ठूलो मास आउँदै छ भन्ने निश्चित भएपछि आमसभा स्थलमा मात्रै भरपर्दो सुरक्षा व्यवस्था बनाउने होइन, उनीहरू आउने र जाने बाटोको सुरक्षामा पनि ध्यान दिइनुपर्छ । उम्मेदवार पनि कार्यक्रमका लागि तोकिएको निश्चित समयमा पुग्ने गरी भन्दा केहीअघि नै पुग्ने र आक्रमण गर्ने व्यक्ति वा समूहले भेउ नपाउने गरी आफ्नो सुरक्षा आफैँ व्यवस्थापन गर्न सक्नुपर्छ ।

    सकभर समयको भेउ नदिई हिँडेमा विरोधीले आफूविरुद्ध प्रयोग गर्ने हर्कतको रणनीति बनाउन गाह्रो हुन्छ भन्ने विषयको हेक्का उम्मेदवारले राख्नुपर्छ । त्यससँगै आफू हिँड्ने बाटोको रुट पनि आवश्यक परेमा बदल्नु आवश्यक हुन्छ । उम्मेदवार हिँड्ने बाटोमा प्रहरीले पेट्रोलिङ गर्नुपर्छ । कुनै स्थानमा भएको हर्कतमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएपछि अन्य स्थानमा हर्कत गर्ने योजना बनाइरहेकाहरूको समेत मनोबल गिर्छ । अहिले निर्वाचनका लागि सुरक्षाको तीन घेरा भनिएको छ, त्यसले मात्र पुगेन । अब राज्यले निर्वाचनविरोधी हर्कत गर्ने व्यक्ति पत्ता लगाउन छद्मभेषी सुरक्षाकर्मी पनि छाड्नुपर्छ । सुराकी परिचालन गर्नुपर्छ । आममतदातालाई पनि शंकास्पद व्यक्ति र पदार्थ भेटिएमा जानकारी दिन आग्रह गर्नुपर्छ । जिम्मेवारी दिएमा नेपालको सुरक्षा निकाय सक्षम छ, आफूलाई दिएको जिम्मेवारी पूरा गरेरै छाड्छ ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.