नेपालमा कोरोनाभाइरस – मृत्यु हुनेको संख्या ११ सय ८९ पुग्यो, चौबीस घण्टामा २३ सय ४९ जना सङ्क्रमित निको भएर घर फर्के

0
81

नेपालमा कोरोनाभाइरसका एक हजार ९१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ३४९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएकोमा दुई हजार ३४९ जना निको भएको जनाएको छ । हाल ३८ हजार ४६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म एक लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म पन्ध्र लाख ८४ हजार ७१५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार पाँच सय जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोराना संक्रमणका कारण मृत्युहुनेको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया