Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १०, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा अझै पनि करिव ५८ प्रतिशत महिलाहरुले असुरक्षित गर्भपतन गराउने गरेको एक तथ्यांकले देखाएको छ।

    असुरक्षित गर्भपतन गर्नेमध्य पनि ५६ प्रतिशत विवाहिता महिला तथा दुई प्रतिशत अविवाहित रहेको महाशाखाले जनाएको छ।

    ‘सुरक्षित गर्भपतन सेवाः महिलाको प्रजन अधिकारलाई टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा विभागले यस वर्ष तेश्रो ‘राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस-२०७४’ मनाएको छ।

    २०५९ सालमा मुलुकी एनेको एघारौ संसोधन मार्फत नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको दिनको सम्झना गर्दै परिवार स्वास्थय संस्थाले हरेक वर्ष यो दिवस आयोजना गर्दै आएको छ।

    यही दिवसको अवसरमा परिवार स्वास्थ्य महाशाखाले बुधवार राजधानीमा आयोजना गरेको सुरक्षित गर्भपतन सम्बन्धि कार्यक्रममा बोल्दै महाशाखा प्रमुख डा. नरेश प्रताप केसीले नेपालमा करिब ५८ प्रतिशत महिलाहरुले सरकारले मान्यता नदिएको स्वास्थ्य संस्थाबाट वा असुरक्षित गर्भपतन गराउने गरेको बताएका छन् । त्यस्तै, २० वर्ष मुनीका करिब १३ हजार २२९ले गर्भपतन गर्ने गरेको तथ्यांकमा उल्लेख छ।

    ‘नेपालका ग्रामीण भेगहरुका महिलालाई गर्भपतन सेवा निशुल्क छ भनेर जानकारी नहुनु र नेपालको कानुनले गर्भपतनलाई कानुनी मान्यता दिएको छ भन्ने थाहा नहुनुले पनि नेपालमा असुरक्षित गर्भपतन गर्नेकोे संख्या ५८ प्रतिशत रहेको देखिन्छ’, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा. नरेश प्रताप केसीले भने,’ यसको न्युनीकरणको लागि सुरक्षित गर्भपतनबारे जनचेतना फैलाउन आवश्यक छ’।

    नेपालमा १२ हप्तासम्मको गर्भपतनलाई कानुनले नै मान्यता दिएको अवस्थामा नेपालमा सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजारको हाराहारीमा चिकित्सक, नर्स तथा अनमीलाई तालिम प्रदान गर्नुका साथै करिब ११०० स्वास्थ्य सँस्थाहरुबाट सुरक्षित गर्भपतन सम्बन्धी सेवा सञ्चालन भइरहेको महाशाखाले जनाएको छ।

    विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा वर्षेनी करिब २ करोड २० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ।

    त्यस्तै, नेपालमा प्रत्येक वर्ष झण्डै तीन लाख २२ हजारले गर्भपतन गराउने गरेकोमा त्यसमध्य करिब ५८ प्रतिशत अर्थात एक लाख ८६ हजारले असुरक्षित गर्भपतन गराउने गरेका छन्।

    असुरक्षित गर्भपतनकै कारण विश्वमा करिब ४७ हजार महिलाको मृत्यु हुने गरेकोमा नेपालमा करिब ७ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्यांकमा उल्लेख छ।

    नेपालमा सुरक्षित गर्भपतन गराउनेको संख्या ९६ हजार

    परिवार स्वास्थ्य महाशाखाकै तथ्यांक अनुसार नेपालमा तालिम प्राप्त चिकित्सक, नर्स तथा अनमीद्धारा अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेको संख्या दश लाख भन्दा बढी रहेको छ।

    त्यसमध्य यस आर्थिक वर्षमा मात्र झण्डै ९६ हजार भन्दा बढी महिलाहरुले अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिइरसकेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार नेपालमा सुरक्षित गर्भपतन सेवा सुरु गर्नकै लागि यस आर्थिक वर्ष करिब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

    विश्व स्वास्थ्य संगठन (२०१२)का अनुसार तालिम प्राप्त चिकित्सक तथा नर्सद्धारा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ।

    तालिम प्राप्त चिकित्सक तथा नर्सद्धारा गर्भपतन गराएमा त्यस्ता गर्भपतन ९८ प्रतिशत सुरक्षित रहन्छ भने त्यसबाट हुन सक्न जोखिम दुई प्रतिशत भन्दा कम अर्थात शून्य दशमलव ४ प्रतिशत रहने चिकित्सकहरु बताउँछन्।

    जबकी असुरक्षित तवरले गरिएको गर्भपतनमा विभिन्न कारणले गर्भ नरहने तथा संक्रमणका कारण गर्भ तुहिने सम्भावना उच्च रहन्छ।

    नेपालमा हाल १२ हप्ता सम्मको गर्भपतनलाई सुरक्षित मानिन्छ। सरकारी मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट १२ हप्तासम्मको गर्भपतन निशुल्क रुपमा गराउन सकिन्छ।

    त्यस्तै, जर्बजस्ती करणी वा बलात्कारको हकमा भने १८ हप्तासम्मको गर्भलाई जुनसुकैबेला गर्भपतन गर्न सकिने व्यवस्था छ । त्यस्तै, गर्भमा रहेको शिशु विंकलाङ्ग भएमा, आमाको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएमा पनि जुनसुकै बेला गर्भपतन गराउन सकिन्छ।

    त्यसबाहेक, अनिच्छित गर्भ रहेको खण्डमा नौ हप्तासम्मको गर्भपतन गर्दा त्यसको जोखिम कम रहन्छ भने १२ हप्ता भन्दा माथिका गर्भपतनमा जोखिम हुने सम्भावना बढी रहने चिकित्सकहरु बताउँछन् भने लिंङ्गकै आधारमा गर्भपतन गराउन भने नेपालको कानुनले बाञ्छनीय मानेको उनीहरुको भनाइ छ।

    महाशाखाकै एक तथ्यांक अनुसार नेपालमा आधारनिक गर्भनिरोधका साधनहरुको प्रयोग दर ४३ प्रतिशत रहेकोमा नेपालमा किशोरी समूहमाझ त्यसबारे सुचना तथा पहुचको सिमितता जम्मा १७ प्रतिशत रहेको छ।

    जसका कारण आधा जसो गर्भ अनिच्छित रहन गई गर्भ निरोधक साधन, त्यसको पहुँच तथा त्यसबारे जनचेतनाको अभावमा विभिन्न पहलका बाबजुद असुरक्षित गर्भपतनको दर उच्च रहने गरेको महाशाखाले जनाएको छ।अनलाइनखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.