Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालले रच्याे इतिहास, नेदरल्याण्डलाई १ रनले पराजित गर्दै एकदिवसीय क्रिकेटमा विजयी शुरूवात

नेपाल रिडर्स नेपाल रिडर्स
साउन १८, २०७५
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालले इतिहास रचेको छ । नेपाल र नेदरल्याण्डबीचको दोस्रो एक दिवसीय क्रिकेट खेलमा जित हात पार्दै एकदिवसीय क्रिकेटमा विजयको इतिहास रचेको हो । नेपालले नेदरल्याण्डलाई १ रनले पराजित गर्यो । खेलमा नेपालका सन्दिप लामिछाने चम्किएका छन् । उनले एक्लै ३ विकेट लिएका छन् । ९ औ विकेट सन्दिप लामिछानेले लिए । ८ औ विकेट कप्तान पारस खड्काले लिएका छन् । यसअघि ललित भण्डारीले ७ औ विकेट लिएका थिए् । यसअघि दिपेन्द्रसिंह ऐरिले विकेट लिएका थिए । बिस्फोटक बलर सन्दिप लामिछानेले नेपाललाई ठूलो सफलता दिए । सन्दिप लामिछाने एक्लैले २ विकेट लिएसँगै अहिले नेदरल्याण्डको ९ विकेट पतन भएको छ । लामो समयदेखि क्रिजमा जमेका नेदरल्याण्डका टर ब्राक र त्यस लगत्तै आएका रिपोन आउट भएपछि नेदरल्याण्ड प्रेसरमा आएको छ । सन्दीप लामिछानेले ३१ औभर २ विकेट लिएभने ३२ औं ओभरमा बसन्त रेग्मीले अर्को विकेट झार्न सफल भए ।

    ब्राकपछि खेल्न आएका डे लीडेलाई पनि सन्दीपले २८ औं ओभरमा नै आउट गरेपछि नेदरल्याण्डको टोली दबाबमा परेको छ । नेदरल्याण्डले जीतका लागि २१७ रनको लक्ष्य नेपालले प्रस्तुत गरेको छ । ३२ ओभरको खेल सकिँदासम्म नेदरल्याण्डले ५ विकेट गुमाएर १२८ रन बनाएको छ । सोमपाल कामीले पहिलो ओभरको दोश्रो बलमा नै विकेट लिएपछि नेदरल्याण्डको टोली शुरुआतदेखि नै दबाबमा परेको थियो । दोश्रो विकेट भने ललित भण्डारीले लिएका थिए ।

    नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालले २ सय १७ रनको लक्ष्य दिएको थियो । नेपालले ४८ ओभर ५ बलमा २ सय १६ रन बनाउँदा सबै विकेट गुमायो । टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् । कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए । आठौं क्रममा ब्याटिङमा आएका सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए ।

    शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन । पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो । ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो ।

    २९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे । ३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औँ ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।

    एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहित कुमार पौडेलले पनि आफ्नो प्रभाव पार्न सकेनन् । १५ बल खेलेका उनी ६ रन बनाएर आउट भए । आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए । नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एक–एक विकेट लिए ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.