नेपालले इतिहास रचेको छ । नेपाल र नेदरल्याण्डबीचको दोस्रो एक दिवसीय क्रिकेट खेलमा जित हात पार्दै एकदिवसीय क्रिकेटमा विजयको इतिहास रचेको हो । नेपालले नेदरल्याण्डलाई १ रनले पराजित गर्यो । खेलमा नेपालका सन्दिप लामिछाने चम्किएका छन् । उनले एक्लै ३ विकेट लिएका छन् । ९ औ विकेट सन्दिप लामिछानेले लिए । ८ औ विकेट कप्तान पारस खड्काले लिएका छन् । यसअघि ललित भण्डारीले ७ औ विकेट लिएका थिए् । यसअघि दिपेन्द्रसिंह ऐरिले विकेट लिएका थिए । बिस्फोटक बलर सन्दिप लामिछानेले नेपाललाई ठूलो सफलता दिए । सन्दिप लामिछाने एक्लैले २ विकेट लिएसँगै अहिले नेदरल्याण्डको ९ विकेट पतन भएको छ । लामो समयदेखि क्रिजमा जमेका नेदरल्याण्डका टर ब्राक र त्यस लगत्तै आएका रिपोन आउट भएपछि नेदरल्याण्ड प्रेसरमा आएको छ । सन्दीप लामिछानेले ३१ औभर २ विकेट लिएभने ३२ औं ओभरमा बसन्त रेग्मीले अर्को विकेट झार्न सफल भए ।
ब्राकपछि खेल्न आएका डे लीडेलाई पनि सन्दीपले २८ औं ओभरमा नै आउट गरेपछि नेदरल्याण्डको टोली दबाबमा परेको छ । नेदरल्याण्डले जीतका लागि २१७ रनको लक्ष्य नेपालले प्रस्तुत गरेको छ । ३२ ओभरको खेल सकिँदासम्म नेदरल्याण्डले ५ विकेट गुमाएर १२८ रन बनाएको छ । सोमपाल कामीले पहिलो ओभरको दोश्रो बलमा नै विकेट लिएपछि नेदरल्याण्डको टोली शुरुआतदेखि नै दबाबमा परेको थियो । दोश्रो विकेट भने ललित भण्डारीले लिएका थिए ।
नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालले २ सय १७ रनको लक्ष्य दिएको थियो । नेपालले ४८ ओभर ५ बलमा २ सय १६ रन बनाउँदा सबै विकेट गुमायो । टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् । कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए । आठौं क्रममा ब्याटिङमा आएका सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए ।
शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन । पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो । ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो ।
२९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे । ३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औँ ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।
एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहित कुमार पौडेलले पनि आफ्नो प्रभाव पार्न सकेनन् । १५ बल खेलेका उनी ६ रन बनाएर आउट भए । आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए । नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एक–एक विकेट लिए ।