Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

ने‌पालीहरु उपचार‌का लागि भार‌ततिर‌ दौ‌डिरहँदा भार‌तीय बिर‌ामीको‌ र‌ो‌जाइमा ने‌पाली अस्पताल

by पत्रपत्रिकाबाट
October 30, 2017
- समाचार
Share on FacebookShare on TwitterEmail

अलिक गार‌ो‌सार‌ो‌ पर्दा ने‌पालीहरु उपचार‌का लागि भार‌ततिर‌ दौ‌डिहाल्छन् । तर‌, छिमे‌की मुलुक भार‌तको‌ विहार‌दे‌खि झार‌खण्ड र‌ाज्यसम्मका नागरि‌क ने‌पालकै‌ अस्पतालमाथि विश्वास गर्छन् ।

सिमावर्ती र‌ानीस्थित विर‌ाटनगर‌ आँखा अस्पतालमा दै‌निक आउने‌ बिर‌ामीमा ६० प्रतिशत भार‌त, बंगलादे‌श, भुटान, म्यानमार‌ र‌ लाओ‌सलगायतका मुलुकका हुन्छन् । कुल विदे‌शी बिर‌ामीमा पनि झन्डै‌ ९० प्रतिशत भार‌तकै‌ हुने‌ गर‌े‌को‌ अस्पतालको‌ र‌े‌कर्डबाट खुल्छ । उक्त अस्पतालमा दै‌निक औ‌सत आउने‌ १ हजार‌ ४ सय आँखाका बिर‌ामीमा ४० प्रतिशत मात्र ने‌पाली हुन्छन् ।

‘यो‌ एकखाले‌ ‘मे‌डिकल टुरि‌ज्म’ वा चिकित्सा पर्यटनले‌ महानगर‌को‌ व्यापार‌लाई पनि बढाएको‌ उक्त अस्पतालका प्रबन्धक कुमार‌ पृथुले‌ बताए । ‘यसबाट औ‌षधि पसल, वाहन, हो‌टल, मल र‌ खुद्रे‌ पसलको‌ ब्यापार‌मा बृद्धि भएको‌ छ, र‌ो‌जगार‌ीका अवसर‌हरु पनि सिर्जना भएका छन्’, उनले‌ भने‌ । गुणस्तर‌ीय, सस्तो‌ र‌ सबै‌खाले‌ सहजताले‌ गर्दा उपचार‌ गर‌ाउन आउने‌मा बढी भार‌तीय हुने‌ गर‌े‌को‌ उक्त आँखा अस्पतालका कार्यक्रम निदेर्‌शक एवं को‌र्निया विज्ञ डा.सञ्जयकुमार‌ सिंहले‌ बताए । सन २००६ सालमा ११ विघा क्षे‌त्रफलमा निर्मित यो‌ अस्पताल बिर‌ामीले‌ तिनेर्‌ न्यूनतम शुल्क एवं दातृ संस्थाहरुको‌ सहयो‌गले‌ चलिर‌हे‌को‌ छ ।

यस अस्पतालमा मुलुककै‌ २० उत्कृष्ट आँखा विज्ञसहित २५० चिकित्साकर्मी एवं प्रशासनिक कर्मचार‌ी कार्यर‌त छन् । अहिले‌सम्म कुनै‌ विवादमा नपर‌े‌को‌ यस अस्पतालमा वार्षिक जँचाउन आउने‌ बिर‌ामीको‌ संख्या ३ लाख १७ हजार‌ र‌ शल्यक्रिया गर‌ाउने‌हरुको‌ संख्या ६० हजार‌ १६४ पुगे‌को‌ छ ।

एक दसकअघिको‌ तुलनामा यो‌ निकै‌ बढी हो‌ । सन् २००६ मा यहाँ ८ हजार‌ ७८९ बिर‌ामीले‌ जाँच र‌ १ हजार‌ ६४५ ले‌ आँखाको‌ विभिन्नखाले‌ शल्यक्रिया गर‌ाएका थिए । पूर्वाञ्चल क्षे‌त्रीय आँखा उपचार‌ कार्यक्रम अर्न्तगत ने‌पाल ने‌त्र ज्यो‌ति संघद्वार‌ा सञ्चालित उक्त गै‌र‌ नाफामुलक अस्पतालमा आधार‌भूत दृष्टि जाँचदे‌खि विश्वको‌ अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ ।

मो‌तिया विन्दु, जल विन्दु, पर्दा (र‌े‌टिना) को‌ र‌ो‌ग, को‌र्निया (नानी) प्रत्यार‌ो‌पण, अकुलो‌प्लास्टी (कृत्रिम आँखा र‌ाख्ने‌), बालबालिकाको‌ मो‌तिया विन्दु र‌ आँखाको‌ डे‌ढो‌पन (स्वीकन्ट) सम्बन्धी शल्यक्रिया यहाँ हुन्छ । यहा चाँडै‌ पावर‌वाला चश्माको‌ ठाउँमा कन्टयाक्ट ले‌न्स र‌ाख्नलाई गरि‌ने‌ ‘रि‌फ्याक्टिभ सर्जर‌ी’ सुरु हुने‌ उक्त अस्पतालका प्रबन्धक पृथुले‌ जनाए ।

बस्न लाग्ने‌ खर्चसहित मात्र १ हजार‌ २ सय रुपै‌याँमा मो‌तिया विन्दुको‌ शल्यक्रिया यहाँ हुन्छ । प्रबन्धक पृथुका अनुसार‌ कुल र‌ो‌गीमा ७० प्रतिशत मो‌तिया विन्दुका र‌ अन्यमा को‌र्निया, र‌े‌टिना एवं जलविन्दुलगायतका हुन्छन् । ४८ रुपै‌याँ पूर्जी शुल्क तिर‌े‌पछि आँखाको‌ सम्पूर्ण पर‌ीक्षण हुन्छ । ‘संसार‌मै‌ सबभन्दा कम शुल्क १२ हजार‌ रुपै‌याँमा र‌े‌टिनाको‌ शल्यक्रिया गछौ‌र्ं’, प्रबन्धक पृथुले‌ भने‌ ।

यही उपचार‌ र‌ाजधानीको‌ तिलगंगा आँखा अस्पतालमा गर‌ाउँदा २५ हजार‌ रुपै‌याँमा पर्छ । ‘से‌वा र‌ सुविधाको‌ तुलनामा निकै‌ कम शुल्क र‌ाख्दा हर‌े‌क वर्गको‌ पहुँचामा हामी छौ‌ं’, उनले‌ भने‌ ।

मनग्यै‌ र‌कम खचेर्‌र‌ मात्र स्तर‌ीय उपचार‌ पाइन्छ भन्ने‌ जनमानसमा फै‌लाइएको‌ भ्रम र‌ हल्लाको‌ आफूहरुले‌ सशक्त जवाफ दिइर‌हे‌को‌ पृथुले‌ बताए । ‘उपलब्ध सुविधा, न्यून्तम शुल्क, विज्ञ र‌ गुणस्तर‌ीयताको‌ हिसाबले‌ एसियाको‌ मात्र नभएर‌ विश्वकै‌ यो‌ ते‌स्रो‌ सबै‌भन्दा उत्कृष्ट आँखा अस्पताल भएको‌ दाबी गछौर्‌ं,’ पृथुले‌ भने‌ ।

पहिलो‌ र‌ दो‌स्रो‌ स्थानमा भने‌ भार‌तकै‌ मध्यप्रदे‌शको‌ चित्रकुट एवं तमिलनाडु र‌ाज्यमा र‌हे‌का आँखा अस्पतालहरु छन् । र‌ाजधानीको‌ आँखा अस्पतालहरुले‌ समे‌त दिन नसक्ने‌ उपचार‌ यहाँ उपलब्ध र‌हे‌को‌ पृथुले‌ बताए । यहाँ दृष्टिविहीन ने‌पाली बिर‌ामीले‌ १० हजार‌ रुपै‌याँमा आँखाको‌ नानी (को‌र्निया) प्रत्यार‌ो‌पण गर‌ाउँछन् । अन्यत्र यो‌भन्दा दो‌ब्बर‌ पर्छ ।

यहाँ गतवर्ष २०६ जना र‌ यो‌ वर्ष अहिले‌सम्म १९५ ले‌ को‌र्निया प्रत्यार‌ो‌पण गर‌ाएको‌ अस्पतालका को‌र्निया विशे‌षज्ञ डा. सिंहले‌ जानकार‌ी दिए । पाँच वर्षअघिसम्म को‌र्निया (नानी) पाउन कठिन हुन्थ्यो‌ । विद्युतीय शवदाह गृह बने‌पछि आँखाको‌ नानी दान गनेर्‌ प्रवृत्ति बढे‌को‌ हुनाले‌ यसको‌ उपलब्धता अलिक सहज भएको‌ डा. सिंहले‌ विश्ले‌षण गर‌े‌ ।

आँखा डढे‌र‌ जानुभन्दा कसै‌लाई काम लागो‌स् भन्ने‌ दृष्टिको‌णले‌ यसमा महत्वपूर्ण भूमिका खे‌लिर‌हे‌को‌ हुन्छ । सन् २००७ मा आँखा प्रत्यार‌ो‌पण सुरु भएको‌ उक्त अस्पतालमा एक दशकभन्दा बढीको‌ अवधिमा झन्डै‌ ५ हजार‌ ५ सय जनाले‌ मृत्युपछि आँखाको‌ नानी दान इच्छापत्र भर‌े‌का छन् । ‘चे‌तनाको‌ बिस्तार‌सँगै‌ को‌र्निया दान गनेर्‌ प्रवृत्ति बढ्दै‌ छ’, सिंहले‌ भने‌ ।

पूर्वी ने‌पालमा सन् २००२ दे‌खि र‌ उक्त अस्पतालमा सन २००६ दे‌खि को‌र्नियाको‌ प्रत्यार‌ो‌पण सुरु भएको‌ हो‌ । उक्त अस्पतालमा यस एक दशकको‌ अवधिमा ८७५ जनाभन्दा बढीमा को‌र्निया प्रत्यार‌ो‌पण भइसके‌को‌ खबर विवेचना दैनिकमा समाचार छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.