अलिक गारोसारो पर्दा नेपालीहरु उपचारका लागि भारततिर दौडिहाल्छन् । तर, छिमेकी मुलुक भारतको विहारदेखि झारखण्ड राज्यसम्मका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् ।
सिमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालमा दैनिक आउने बिरामीमा ६० प्रतिशत भारत, बंगलादेश, भुटान, म्यानमार र लाओसलगायतका मुलुकका हुन्छन् । कुल विदेशी बिरामीमा पनि झन्डै ९० प्रतिशत भारतकै हुने गरेको अस्पतालको रेकर्डबाट खुल्छ । उक्त अस्पतालमा दैनिक औसत आउने १ हजार ४ सय आँखाका बिरामीमा ४० प्रतिशत मात्र नेपाली हुन्छन् ।
‘यो एकखाले ‘मेडिकल टुरिज्म’ वा चिकित्सा पर्यटनले महानगरको व्यापारलाई पनि बढाएको उक्त अस्पतालका प्रबन्धक कुमार पृथुले बताए । ‘यसबाट औषधि पसल, वाहन, होटल, मल र खुद्रे पसलको ब्यापारमा बृद्धि भएको छ, रोजगारीका अवसरहरु पनि सिर्जना भएका छन्’, उनले भने । गुणस्तरीय, सस्तो र सबैखाले सहजताले गर्दा उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका कार्यक्रम निदेर्शक एवं कोर्निया विज्ञ डा.सञ्जयकुमार सिंहले बताए । सन २००६ सालमा ११ विघा क्षेत्रफलमा निर्मित यो अस्पताल बिरामीले तिनेर् न्यूनतम शुल्क एवं दातृ संस्थाहरुको सहयोगले चलिरहेको छ ।
यस अस्पतालमा मुलुककै २० उत्कृष्ट आँखा विज्ञसहित २५० चिकित्साकर्मी एवं प्रशासनिक कर्मचारी कार्यरत छन् । अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा वार्षिक जँचाउन आउने बिरामीको संख्या ३ लाख १७ हजार र शल्यक्रिया गराउनेहरुको संख्या ६० हजार १६४ पुगेको छ ।
एक दसकअघिको तुलनामा यो निकै बढी हो । सन् २००६ मा यहाँ ८ हजार ७८९ बिरामीले जाँच र १ हजार ६४५ ले आँखाको विभिन्नखाले शल्यक्रिया गराएका थिए । पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अर्न्तगत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित उक्त गैर नाफामुलक अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ ।
मोतिया विन्दु, जल विन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टी (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतिया विन्दु र आँखाको डेढोपन (स्वीकन्ट) सम्बन्धी शल्यक्रिया यहाँ हुन्छ । यहा चाँडै पावरवाला चश्माको ठाउँमा कन्टयाक्ट लेन्स राख्नलाई गरिने ‘रिफ्याक्टिभ सर्जरी’ सुरु हुने उक्त अस्पतालका प्रबन्धक पृथुले जनाए ।
बस्न लाग्ने खर्चसहित मात्र १ हजार २ सय रुपैयाँमा मोतिया विन्दुको शल्यक्रिया यहाँ हुन्छ । प्रबन्धक पृथुका अनुसार कुल रोगीमा ७० प्रतिशत मोतिया विन्दुका र अन्यमा कोर्निया, रेटिना एवं जलविन्दुलगायतका हुन्छन् । ४८ रुपैयाँ पूर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ । ‘संसारमै सबभन्दा कम शुल्क १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गछौर्ं’, प्रबन्धक पृथुले भने ।
यही उपचार राजधानीको तिलगंगा आँखा अस्पतालमा गराउँदा २५ हजार रुपैयाँमा पर्छ । ‘सेवा र सुविधाको तुलनामा निकै कम शुल्क राख्दा हरेक वर्गको पहुँचामा हामी छौं’, उनले भने ।
मनग्यै रकम खचेर्र मात्र स्तरीय उपचार पाइन्छ भन्ने जनमानसमा फैलाइएको भ्रम र हल्लाको आफूहरुले सशक्त जवाफ दिइरहेको पृथुले बताए । ‘उपलब्ध सुविधा, न्यून्तम शुल्क, विज्ञ र गुणस्तरीयताको हिसाबले एसियाको मात्र नभएर विश्वकै यो तेस्रो सबैभन्दा उत्कृष्ट आँखा अस्पताल भएको दाबी गछौर्ं,’ पृथुले भने ।
पहिलो र दोस्रो स्थानमा भने भारतकै मध्यप्रदेशको चित्रकुट एवं तमिलनाडु राज्यमा रहेका आँखा अस्पतालहरु छन् । राजधानीको आँखा अस्पतालहरुले समेत दिन नसक्ने उपचार यहाँ उपलब्ध रहेको पृथुले बताए । यहाँ दृष्टिविहीन नेपाली बिरामीले १० हजार रुपैयाँमा आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराउँछन् । अन्यत्र योभन्दा दोब्बर पर्छ ।
यहाँ गतवर्ष २०६ जना र यो वर्ष अहिलेसम्म १९५ ले कोर्निया प्रत्यारोपण गराएको अस्पतालका कोर्निया विशेषज्ञ डा. सिंहले जानकारी दिए । पाँच वर्षअघिसम्म कोर्निया (नानी) पाउन कठिन हुन्थ्यो । विद्युतीय शवदाह गृह बनेपछि आँखाको नानी दान गनेर् प्रवृत्ति बढेको हुनाले यसको उपलब्धता अलिक सहज भएको डा. सिंहले विश्लेषण गरे ।
आँखा डढेर जानुभन्दा कसैलाई काम लागोस् भन्ने दृष्टिकोणले यसमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । सन् २००७ मा आँखा प्रत्यारोपण सुरु भएको उक्त अस्पतालमा एक दशकभन्दा बढीको अवधिमा झन्डै ५ हजार ५ सय जनाले मृत्युपछि आँखाको नानी दान इच्छापत्र भरेका छन् । ‘चेतनाको बिस्तारसँगै कोर्निया दान गनेर् प्रवृत्ति बढ्दै छ’, सिंहले भने ।
पूर्वी नेपालमा सन् २००२ देखि र उक्त अस्पतालमा सन २००६ देखि कोर्नियाको प्रत्यारोपण सुरु भएको हो । उक्त अस्पतालमा यस एक दशकको अवधिमा ८७५ जनाभन्दा बढीमा कोर्निया प्रत्यारोपण भइसकेको खबर विवेचना दैनिकमा समाचार छ ।