प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणमा आइतबार ३२ जिल्लामा भएको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
३२ जिल्लामा ६५ प्रतिशत बढी मतदान
निर्वाचन आयोगले मतदाताको व्यापक सहभागितामा उत्साजनक मतदान भएको जनाएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक दुवै सभाको पहिलो चरणको निर्वाचन भएको हो । मतदान सम्पन्न भएसँगै पत्रकार सम्मेलन गरेर यादवले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले मुलुकमा राजनीतिक स्थायित्व दिन जनता प्रतिवद्ध देखिएको बताए । प्रतिनिधि र प्रदेश सभाको पहिलो चरण निर्वाचन अन्र्तगत ३२ जिल्लामा आज भएको मतदानमा ६५ प्रतिशत भन्दा बढि मत खसेको निर्वाचन आयोगले जनाएको छ । उक्त आँकडा प्रारम्भिकमात्रै रहेकाले अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबै भन्दा बढी ८० प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले बताउनुभयो । केही स्थानमा छिटफुट घटना भएपनि अधिकाशं स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उहाँले बताउनुभयो ।
यी हुन् पुनः मतदान हुने दुई स्थान
रुकुम पश्चिमको बांफीकोट गाउँपालिका वडा नम्बर ५ को रत्न मावि ‘क’ मतदान केन्द्रमा र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मा विको गतसैना मतदान केन्द्रमा आगोलागीका कारण मतदान प्रक्रिया स्थगित भएको आयोगले जनाएको छ । आयोगका अनुसार सो स्थानमा छिट्टै पुन मतदान गर्ने व्यवस्था मिलाइने छ ।