सरकारमा प्रतिनिधित्व गरेका माओवादी मन्त्रीहरुले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्।
सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा रहेका माओवादी मन्त्रीहरुको राजीनामा पत्र गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र बुझाए।
माओवादीका मन्त्रीहरुले बिहीबार नै राजीनामा बुझाउने बताए तापनि सार्वजनिक बिदा परेका कारण रोकिएको थियो।
यी हुन् सरकारबाट बाहिरिएका माओवादी मन्त्रीहरु
मन्त्रीहरु | राज्यमन्त्री |
कृष्णबहादुर महरा | मोहम्मद जाकिर हुसेन |
जनार्दन शर्मा | रामसिंह यादव |
शिवकुमार मण्डल केवट | श्यामकुमार श्रेष्ठ |
सन्तकुमार थारु | कर्णबहादुर विक |
प्रभु शाह | छमबहादुर गुरुङ |
आशा कोइराला | गोमा कुँवर |
महेन्द्रबहादुर शाही | वाङदी शेर्पा |
गिरिराजमणि पोखरेल | |
टेकबहादुर बस्नेत |
माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा थिए।
प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरुको जिम्मेवारी खोस्दै बिनाविभागीय हैसियतको बनाएका थिए।