Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, मन्त्रीहरु सुनका पारखी (पूर्ण विवरणसहित)

by नेपाल रिडर्स
May 23, 2018
- समाचार
प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, मन्त्रीहरु सुनका पारखी (पूर्ण विवरणसहित)
Share on FacebookShare on TwitterEmail

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । प्रायः सबै मन्त्रीहरूकाे सुनमा अाकर्षण भएकाे उक्त विवरणले देखाउछ ।

नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसँग ६० ताेला सुन छ। खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग ५० तोला रहेकाे छ। यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठसँग ५२ तोला सुनका मालिक हुन्।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग ६ तोला सुन रहेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग १८ तोला सुन छ भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो सम्पत्ति श्रीमती प्रमिलादेवी यादवसँग १६ तोला सुन रहेको उल्लेख गरेका छन्।

पहिलाे पटक मन्त्री भएका अर्थमन्त्री डा युवराज खतिवडासँग १० तोला सुन छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग ७ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनसँग पनि १५ तोला सुन छ। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित १० तोला सुन छ। रक्षामन्त्री ईश्वर पोखरेल ९ तोला सुन रहेको सम्पति विवरणमा उल्लेख छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग ३० तोला, खानेपानी मन्त्री बिना मगर ५ तोला र युवा तथा बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापासँग १ तोला सुन छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेकाे मन्त्रीहरूकाे सम्पति विवरणसँगै सुनकाे विवरण पनि सार्वजनिक भएकाे हाे। नेपाली परम्पराअनुसार सुन दैनिक एवं सांस्कृतिक पर्व उत्सवमा गहनाकाे रूपमा प्रयाेग हुन्छ। कतिपयले भने पहेँलाे धातुलाइ लगानीकाे रूपमा हेर्नेगर्छन्।

मन्त्रीहरुको सम्पत्ति विवरण विस्तृतमा हेर्न तलको लिङ्क क्लिक गर्नुस्:

 

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago
बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.