प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । प्रायः सबै मन्त्रीहरूकाे सुनमा अाकर्षण भएकाे उक्त विवरणले देखाउछ ।
नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसँग ६० ताेला सुन छ। खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग ५० तोला रहेकाे छ। यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठसँग ५२ तोला सुनका मालिक हुन्।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग ६ तोला सुन रहेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग १८ तोला सुन छ भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो सम्पत्ति श्रीमती प्रमिलादेवी यादवसँग १६ तोला सुन रहेको उल्लेख गरेका छन्।
पहिलाे पटक मन्त्री भएका अर्थमन्त्री डा युवराज खतिवडासँग १० तोला सुन छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग ७ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनसँग पनि १५ तोला सुन छ। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित १० तोला सुन छ। रक्षामन्त्री ईश्वर पोखरेल ९ तोला सुन रहेको सम्पति विवरणमा उल्लेख छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग ३० तोला, खानेपानी मन्त्री बिना मगर ५ तोला र युवा तथा बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापासँग १ तोला सुन छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेकाे मन्त्रीहरूकाे सम्पति विवरणसँगै सुनकाे विवरण पनि सार्वजनिक भएकाे हाे। नेपाली परम्पराअनुसार सुन दैनिक एवं सांस्कृतिक पर्व उत्सवमा गहनाकाे रूपमा प्रयाेग हुन्छ। कतिपयले भने पहेँलाे धातुलाइ लगानीकाे रूपमा हेर्नेगर्छन्।
मन्त्रीहरुको सम्पत्ति विवरण विस्तृतमा हेर्न तलको लिङ्क क्लिक गर्नुस्:
प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण