प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा नेपाल वायुसेवा निगमको उडानमार्फत बुधबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा देउवा भारत भ्रमणमा निस्केका हुन् । देउवाको यो भ्रमण प्रधानमन्त्री भएपछिको पहिलो हो । भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

भारत प्रस्थान गर्नुअघि देउवालाई बिदाइ गर्न सभामुख अाेनसरी घर्ती,  सरकारका मन्त्री, सरकारी अधिकारीहरुलगायत विमानस्थल पुगेका थिए । हामीले याे अनलाइनखबरबाट लिएका हाैं

फेसबुकबाट तपाईको प्रतिक्रिया