Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बा बितेपछि…

‘लड्न सजिलो छैन, त्यसैले म भाग्छु’ भन्ने कुरा सही होइन। बरु निरन्तर प्रयास गर्ने हो। र, मृत्युमात्रै नभएर अन्य संस्कारहरूलाई पनि समयोचित बदल्नेतर्फ लाग्ने हो। संस्कृतिलाई अझै वैज्ञानिक र मानवीय बनाउने हो।

रामबहादुर जिसी रामबहादुर जिसी
साउन ३०, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जीवन जति सत्य हो, उत्तिकै सत्य हो मृत्यु। र, जीवन सबैलाई प्रिय र रुचीकर लाग्दछ भने अत्यन्त दुर्लभ अपवादबाहेक कोही पनि आफू र आफन्तको मृत्युको कामना गर्दैन। र, आफन्तको मृत्युमा आफन्त र शुभेच्छुकले परिवार र समाजका सदस्यहरू सँगै रहेका शोक र समवेदना साट्न चाहन्छन। दिवंगत व्यक्तिसँग बिताएका सकारात्मक तथा नकारात्मक क्षणहरूको सम्झना गरिन्छ। र, बितेका व्यक्तिका राम्रा पक्षलाई पछ्याउने सुझाब दिइन्छ। मृत्युपछि मानिस होस् या पशु, मृतकको भौतिक शरीरलाई व्यवस्थापन गरिनु जरुरी ठानिन्छ। वातावरण दुषित र दुर्गन्धित नहोस् भन्नाखातिर शवलाई जलाउने वा गाड्ने परम्परा छ।

    विभिन्न जाति, जनजाति, वर्ग र समुदायले आ-आफ्नै परम्परा र रीतिथिती अनुसार नै मृत्यु संस्कारलाई मान्ने र मनाउने गर्छन्। मृत्यु संस्कारलाई सबैका आ-आफ्नै आस्था, विश्वास र दार्शनिक समझले काम गरेको हुन्छ। तर आफूले मानी आएको र आफूलाई सत्य लागेको कुरा अर्कोले पनि स्वीकार्नुपर्छ र त्यहीमात्र अन्तिम सत्य हो भन्ने हठदाबी बिल्कुलै गलत हो। वालिग नागरिकको विचार तथा आस्थामाथि धावा बोल्नु, तिनमाथि जवर्जस्त पुरातन विचार लाद्न खोज्नु, व्यक्तिको हुर्मत लिन खोज्नु र व्यक्तिको स्वनिणर्यलाई लिएर अपमान र निन्दाचर्चाको बिषय बनाइनु आफैँमा अल्पज्ञान र रोगी मानसिकताका उपज हुन्।

    ७३ बर्षका मेरा बुवा मुटुसम्बन्धी समस्याले ग्रस्त भई अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। र, उपचारकै क्रममा, गत जेष्ठ २५ गते उहाँ बित्नुभयो। र, बुबाको निधनपछि मैले परम्परागत कर्मकाण्डीय विधिविधान अन्तर्गतको मृत्यु संस्कारलाई नकारेँ। यसको मतलब मैले कपाल खौरिनँ, छाक छाडिनँ, नुन बारिनँ, कोरामा बसिनँ, ढिकुरो फुटाइनँ। गरुड पुराणको पीडक कथामा आधारित नरक-आतंक सुन्न मैले अस्विकार गरेँ। युगौँदेखि मानिआइएको यो परम्पराविरुद्ध के, किन र कसरीजस्ता प्रश्नहरू उठाउन चाहेँ मैले। यद्यपि, मैलेजस्तै ‘अनाधिकृत प्रश्न’ युगौँ पहिलेदेखि अनेकन् मान्छेहरूले गर्र्दै आएका छन्।

    मैले सो निणर्य कुनै भावावेश, आवेग, उत्तेजनामा लिएको होइनँ। कसैको धर्म तथा आस्थामाथि प्रहार गर्ने उदेश्यले पनि मैले त्यसो गरेको होइन। बरु मेरो लामो अध्ययन, अनुसन्धान र मेरो निश्चित दार्शनिक समझको निष्कर्षको परिणामस्वरूप मैले सो निणर्य लिएको थिएँ। र, मलाई यो पनि थाहा थियो, म परम्परागत किरियामा सहभागी नहुँदा मेरा आफन्तजनहरूले ममाथि गाली र निन्दा गर्नेछन्, धिक्कार्नेछन्। परम्परागत किरिया कर्म नगर्ने फैसला लिनुअघि नै मलाई थाहा थियो कि मेरो अपमान र तेजोवध हुनेछ। मैले ‘असामाजिक र अव्यवहारिक र धर्मछाडा’ भएको आरोप खेप्नुपर्ने छ भन्ने कुरा मलाई पहिलै थाहा थियो। नभन्दै, मैले त्यही ब्यहोरँे। रुढीवादविरुद्ध पहलकदमी लिँदा ममाथि आउनसक्ने सम्भावित गाली र अपमानलाइ झेल्ने र चिर्ने योजनासहित नै मैले सो कदम चालेको थिएँ। र, मेरा लागि भने रुढीवादविरुद्ध लड्ने कुरा नै मेरो आस्था र धर्म थियो।

    किनकि आफूलाई ऐतिहासिक-द्वन्द्वात्मक-भौतिकवादी-वैज्ञानिक विचारको भन्ने तर रुढीवाद, जडता र अन्धबिश्वासलाइ तोड्न आनाकानी गर्ने तथा मौनम् शरणम् गच्छामी गर्दै दोग्ला चरित्र अपनाउनेहरूप्रति म सधैँ प्रश्न उठाउँथेँ। कथनी र करनीबीचको बेमेल जिन्दगी जिएकाहरूको ढोँगी चरित्र देख्दा मलाई तिनीहरूमाथि साँच्चै दया लाग्थ्यो। म सोच्थेँ-दुनियाँ बदल्नुपर्छ भन्ने लाग्छ भने त्यसको हिस्सेदारी आफूले पनि लिनुपर्छ। परिवर्तनको चुनौती आफूले उठाउनुपर्छ। यसो गरेर मैले बहादुरीपूर्ण र साहसिक कर्म गरे भन्न खोजेको किम्मार्थ होइन। बरु लामो समयदेखि चलेका रुढीविरुद्ध लड्न कठिन हुन्छ भन्ने सूचना दिनमात्रै चाहेको हुँ।

    यहाँनिर म साहित्यकार खगेन्द्र सङ्ग्रौलाको शब्द सापट लिन चाहन्छु। उनले लेखेका छन्, ‘शोकाकुलजनका नाममा लुट्ने झेली र कपट कथा हो गरुडपुराण। मुद्रण इतिहासमा गरुडपुराणभन्दा लुब्ध, कुरुप र बिद्रुप कल्पना अन्त कतै छैन। तसर्थ, हिन्दू मृत्यु संस्कारमा गरिने सुधारको पहिलो पाइलो गरुड पुराणको नीति-निर्देशनलाई सदाका लागि त्याग्नु र त्यस कर्मलाइ नामन्जुर गर्नु नै हो।’ गरुड पुराण नेपाली हिन्दूहरूको मृत्यु संस्कारमा नछुटाइने एउटा कथा हो, जसमा मृत्युपछि व्यक्तिले डरलाग्दा पीप र रगतका महासागरहरू तर्नुपर्ने ख्यालका व्याख्या गरेको छ।

    संग्रौलाको उक्त निचोडलाई मनन गरी मैले परम्परागत मृत्यु संस्कारलाई नमान्ने घोषणा गर्दै कम्तीमा प्रगतिशील सांस्कृतिक रुपान्तरणको जगमा एक इँट्टा भए पनि थप्ने जमर्को गरेको हुँ, ताकि भबिष्यका सन्तति तथा युवापिढीले यस बारेमा सकारात्मक/नकारात्मक टिप्पणी गर्दै सन्देह, प्रश्न, आलोचना तथा समालोचना गर्न सिकुन्। तथ्यद्वारा सत्य पहिल्याउने कोसिस जारी राखुन्।

    जिवित स्वजन र आफन्तजनहरुले मृतकप्रति कृतज्ञता प्रकट गर्ने, नियतीसँग सम्झौता गर्दै शोकलाइ सान्त्वनामा बदल्ने संस्कार हो मृत्यु संस्कार। तर फेरि अर्को सत्य के हो भने व्यक्तिका लागि जीवन त बाँचेसम्म मात्रै हो। भन्नुको अर्थ व्यक्ति बाँचुन्जेल उसँग राम्रो व्यवहार गर्ने, अप्ठ्यारोमा सहयोग र साथ दिने कुरा सबैभन्दा महत्वपूर्ण हो। बाँचुन्जेल सामान्य भलाकुसारी, हेलो-हाइ गर्नसमेत झन्झट मान्ने, अशक्त बाआमा या आफन्तप्रति अनदेखा र छिछिदुरदुर गर्ने तर व्यक्तिको मृत्युपश्चात् लोकाचार र पापाचारका डरले गरिने कर्मकाण्ड आफैँमा हर्थहिन र केटाकेटी खेल हो।

    आफन्त या घरका अभिभावको मृत्युले स्वभाविकै रुपमा मानिसलाई मानसिक र शारीरिक दुबै रुपमा थाक्छ। त्यसमाथी गरुडपुराणको नीति निर्देशन र विधिअनुसार नुन छाड्ने, छाक छाड्ने, पारिलो ठाममा बस्न र पोषिलो खानपानमा बन्देज लगाउने कुरा सही होइनन्। त्यसमाथि स्वर्ग र नरकका त्रासका कथा सुन्दै आफन्तलाई पीडा दिने कुरा पनि गलत छ। किनकि स्वर्ग र नरकका कथा सबै काल्पनिक हुन्। समाज विकासको सुरुवाती चरणतिरका निश्चित टाठाबाठा र बलियाहरूले आफ्नो स्वार्थरक्षाका निम्ति कुटिलता र चलाखिका साथ पाप, धर्म, पुण्य, कर्म, भाग्य, भरोसा, स्वर्ग, नरक, ईश्वरजस्ता मनगढन्ते कथाहरू रचेका हुन्। यस्ता कथाहरूमार्फत उनीहरूले निर्धन, निर्बलिया र सिधासाधाहरूमाथि मनोवैज्ञानिक रूपमै कमजोर पार्न थाले। यस्ता कुराले त्यस समयमा जायज विद्रोह र क्रान्तिहरूलाई रोक्न सफल पनि भयो। किनकि दुखीया र गरिबहरूले आफ्नो नियतीलाई भाग्यको दोस या पूर्वजन्मको पापका रूपमा बुझ्न थाले।

    यस्था काल्पनिक कथाहरूले एक हदसम्म समाजलाई ‘अनुशासनहिन, अराजक’ हुनबाट जोगायो पनि भन्ने गरिन्छ। तर मूल रूपमा यस्ता कथाहरूले अत्यावश्यक र जायज विद्रोहहरूलाई रोकेर समाजलाई अँध्यारोमै राखिरह्यो। धर्मका पुराना कथाहरू गरिबहरुलाइ दबाउने, कज्याउने र हेप्ने भरपर्दो हतियार बन्न पुग्यो। र, आजपर्यन्त पनि पुराना कथाहरूको जगमा शोषण र अन्धविश्वास जारी छ।

    ताज्जुब त त्यति बेला लाग्दछ कि-तत्कालीन समाज र चेतनाका आधारमा बनेका धर्मग्रन्थ र शास्त्रीय मतहरूलाई आजको वैज्ञानिक र प्रामाणिक युगमा पनि बलजफ्ति लाद्न खोजिन्छ। तर अप्रमाणित कुराहरूमाथि प्रश्न र सन्देह गरिन्छ, त्यसप्रति आम मान्छेहरू टेढो आँखा लगाउँछन्। उस्तै पर्दा धाकधम्की पनि दिन्छन्। पढेलेखेका भनिएकाहरू समेत अन्धविश्वास र अन्धपरम्पराविरुद्ध प्रश्न गर्न डराउँछन्। मलाई थाहा छ, लामो समयदेखिको रुढी र परम्पराबादी सिमेन्टेड पर्खाललाई चर्काउन र भत्काउन त्यति सजिलो छैन।

    तर, ‘लड्न सजिलो छैन, त्यसैले म भाग्छु’ भन्ने कुरा सही होइन। बरु निरन्तर प्रयास गर्ने हो। र, मृत्युमात्रै नभएर अन्य संस्कारहरूलाई पनि समयोचित बदल्नेतर्फ लाग्ने हो। संस्कृतिलाई अझै वैज्ञानिक र मानवीय बनाउने हो। मेरो सोचको कुरा गर्दा बितेका आफन्तको सम्झनामा बढीमा पाँच दिनसम्म पुरोहित बिनै परिवारका सबैबीच भेटघाट गर्ने, एक ठाउँमा जुट्ने र बितेका व्यक्तिका बारेमा चर्चा गर्ने कुरा स्वभाविक पनि हुन्छ। र, भेटघाट गर्दा त्यसलाई सम्भव भएसम्म कम खर्चिलो बनाउन प्रयत्न गर्ने। त्यसैगरी वर्षमा एक दिन कुनै स्मरण दिवस बनाउने र यदि दिवंगत परिवार आर्थिक रूपमा सक्षम छ भने कोही उत्पीडित र गरीब विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने।

    अन्त्यमा, फेरि पनि जोड दिएर भनौँ- जीवन प्रमुख हो। त्यसो हुँदा जीवनलाई न्यायपूर्ण, दयापूर्ण र अर्थपूर्ण बनाऔँ। बाँचुन्जेलसम्म वृद्धवृद्धा, अशक्त, बालबालिका र कमजोरहरूलाई प्राथमिकता दिऔँ। सुखदुःखमा सहभागी बनौँ। शब्दले मात्रै होइन, आर्थिक रूपमा पनि सहयोग गरौँ। अप्ठ्यारा अवस्थामा पनि सञ्चो बिसञ्चो, हेलो हाय र सोधखोज गर्न कन्जुस्याइँ नगरौं। एक अर्काका सीमा बाध्यतालाई बुझ्दै आत्मीयता साटौँ। मीठो बोलौँ, भरसक अरुलाइ बिझ्ने गरि दिल नदुखाऔँ। कर्तव्यप्रति सचेत बनौँ। मृत्युपश्चात् मृत्युबाट प्रभावितलाई ढाडस दिऔँ, बाँचेकाहरूको जीवनलाई सहज बनाउनेतर्फ काम गरौँ।

    तर पीडामा रहेकालाई थप मानसिक तनाब, थप शारीरिक सास्ती र थप आर्थिक व्ययभार गराउने संस्कारलाई हटाउनेतर्फ सोचौँ। बरु यस्ता अवसरहरूमा आफू उदाहरणीय बनेर देखाउने चेष्टा गरौँ। मैले बुझेअनुसार र जानेअनुसार गर्न खोजेको हुँ र अत्यन्त चुनौतीपूर्ण यो क्षणमा मलाई साथ दिने सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। अन्त्यमा, आदरणीय मित्र जेपी शर्मा अपारजी भन्नुहुन्छ, ‘हामी संख्यामा होईन, सच्चाइमा विस्वास गर्छौँ। त्यसको विकास र विस्तारमा लागि पर्छौँ।’ उहाँले ठीकै भन्नुभयो, छिटो व्युँझनेहरू बाटोमा अघि लाग्नुपर्दछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रामबहादुर जिसी

      रामबहादुर जिसी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.