Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च

by पत्रपत्रिकाबाट
May 16, 2018
- समाचार
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च
Share on FacebookShare on TwitterEmail

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा बिताएका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयले तयार पारेको खर्च विवरणअनुसार मोदीको स्वागत, मञ्च निर्माण, सरसफाइ, जनपरिचालन, सुरक्षा र प्रचारप्रसारमा ७ करोड २० लाख खर्च भएको छ ।

मुख्यमन्त्रीको कार्यालयले मोदीको सत्कारमा भएको खर्च व्यहोर्न प्रदेश सरकारसँग बजेट अभाव रहेकाले ७ करोड २० लाख स्वीकृत गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव गरेको छ ।

मञ्च निर्माणमा मात्रै २ करोड खर्च
मुख्यमन्त्रीको कार्यालयले भारतीय दूतावास र सुरक्षाकर्मीको निर्देशनमा भारतीय व्यवसायीबाटै मञ्च निर्माण भएको जनाएको छ । भारतीय सुरक्षाकर्मीको निर्देशनमा बाह्रबिघाको ठूलो मैदानमा पन्डाल निर्माण गर्नुपरेको र यो बनाउने जिम्मा पनि भारतीय व्यवसायीलाई नै दिएको बताइएको छ । मुख्यमन्त्रीको कार्यालयले मञ्च निर्माणका लागि मात्र दुई करोड खर्च भएको दाबी गरेको छ । तर, भ्रमण व्यवस्थापनमा साढे ७ करोड खर्च भएको पुष्टि हुने बिल भने पेस गरेको छैन ।

‘बाह्रबिघाको ठूलो क्षेत्रफलमा भारतीय राजदूतावास तथा सुरक्षाकर्मीको सुझाबका आधारमा विशेष किसिमको पन्डालसहितको मञ्च तयार गर्नुपरेको प्रधानमन्त्री कार्यालयमा पेस गरिएको पत्रमा उल्लेख छ ।

सरसफाइमा साढे २ करोड
मोदीको भ्रमणलाई लक्षित गरी भएको सरसफाइ, स्वागत तथा भौतिक संरचना मर्मत–सुधारमा २ करोड ५० लाख खर्च भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । ‘भमणअघि जनकपुर निकै फोहोर रहेकाले सरसफाइ गर्नुपरेको र भत्किएका भवन मर्मतसम्भार तथा सडकका खाल्डाखुल्डी पुर्दा २ करोड ५० लाख खर्च भएको छ,’ प्रधानमन्त्री कार्यालयमा पेस गरेको डकुमेन्टमा उल्लेख छ ।

जनपरिचालनमा १ करोड
मोदीको भ्रमणसँग सम्बन्धित कार्यक्रममा जनपरिचालनमा मात्रै एक करोड खर्च भएको मुख्यमन्त्रीको कार्यालयको दाबी छ । भ्रमणका क्रममा मोदीका लागि गरिएको नागरिक अभिनन्दन तथा उनको स्वागतका लागि प्रदेशअन्तर्गतका आठ जिल्लाबाट सर्वसाधारण ल्याइएको र उनीहरूका लागि यातायात, खाजा, खानाजस्ता व्यवस्थापनमा एक करोड खर्च भएको जनाइएको छ ।

सुरक्षामा ६० लाख
प्रदेश सरकारले सुरक्षाकर्मीको खानापानी तथा अन्य लजिस्टिक सपोर्टका लागि ५० लाख खर्च भएको जनाएको छ । यस्तै लजिस्टिक सपोर्टकै अर्को शीर्षकमा थप १० लाख खर्च भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रचारप्रसारमा १ करोड १० लाख
मोदीको जनकपुर भ्रमणको प्रचारप्रसार, तुल–ब्यानर, दुवै देशको प्रधानमन्त्रीको फोटो र झन्डा छपाइलगायतमा १ करोड १० लाख खर्च गरेको दाबी पेस गरिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

4 years ago
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.