Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतलाई गाली गरेरमात्रै हुँदैनः ईश्वर पोखरेल

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १२, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा हामीले अनेक प्रकारका प्राकृतिक प्रकोपहरु झेलेका छौं । हामीले भुइँचालो झेल्यौं । वर्षैपिच्छे बाढीको समस्या झेलिरहेका छौं । यसका पछाडि दुई/तीनवटा कारणहरु छन्ः

    हाम्रो दक्षिणतिर खुल्ला सीमाना छ । दुभाग्य भन्नुपर्छ, हाम्रो छिमेकीले सीमाक्षेत्रमा जुन किसिमले बाँधहरु निर्माण गरेको छ, त्यो बाँधका कारणले पनि यो स्थिति पैदा भएको हो ।

    अर्को, योभन्दा पनि महत्पपूर्ण कुरा के हो भने हामीले यो प्राकृतिक विपत्तिबाट बच्नका लागि राज्यको तर्फबाट व्यवस्थित रणनीति बनाउने काम गर्न सकेका छैनौं । हाम्रो अव्यवस्थित बसोबास छ । भू-उपयोग नीति ठीक ढंगले नहुनेवित्तिकै अव्यवस्थित बसोबास यत्रतत्र छ । त्यो अव्यवस्थित बसोबास यदि रहिरहने हो भने यो प्राकृतिक विपत्तिले निम्त्याउने क्षति चाहिँ झनै डरलाग्दो हुन्छ ।

    जहाँसम्म छिमेकीले बाँधेका बाँधका कारण ओभर फ्लो हुने र त्यसले नोक्सान पुर्‍याउने हरेक वर्ष भइरहेको छ । वास्तवमा हामीले हाम्रा छिमेकीसित गरेका सन्धी सम्झौताहरुको एउटा पुनरावलोकन गर्न जरुरी छ । भारतसित भएको १९५० को सन्धीको पुनरावलोकन गरिनुपर्छ । त्यसलाई अध्ययन गरिनुपर्छ भन्ने एउटा राजनीतिक विषय हामीले औपचारिक ढंगले उठाएका छौं ।

    मधेसका नेपाली जनता देशभक्त छन्

    भारतले जुन बेथिति गरेको छ, यो चिजलाई औपचारिक फोरममा उठाउनुपर्ने हुन्छ, गाली गरेरमात्रै हुँदैन हामी एमालेहरु हौं । अरु कोही होइन, हामी एमालेहरु हौं, ०५१ सालमा पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला पहिलोपटक भारतसित १९५० सन्धीको रिभ्यु गरिनुपर्छ, त्यसलाई अपडेट गरिनुपर्छ भनेर औपचारिक प्रस्ताव राख्ने हामी हौं ।

    तर, त्यसपछि राजनीतिक अस्थिरताको एउटा दुश्चक्र जारी भयो र हामी ठीक ढंगबाट अगाडि बढ्न सकेनौं । पछि केपी ओली प्रधानमन्त्री हुँदा प्रवुद्ध समूह बनाएर यो समूहले भारत नेपालको सम्बन्धलाई के-के कुरामा रिभ्यु गर्नुपर्छ भनेर औपचारिक रुपमा प्रस्ताव राखेका हौं र भारतले पनि यसलाई मान्यो । र, भारत-नेपालवीचको सम्बन्धका साथै धेरै विषयहरुलाई आजको परिवर्तित सन्दर्भका कसरी अध्ययन गर्ने भनेर विषयमा केन्दि्रत अध्ययन सुरु भएको छ ।

    भारतले जुन बेथिति गरेको छ, यो चिजलाई औपचारिक फोरममा उठाउनु पर्ने हुन्छ, गाली गरेरमात्रै हुँदैन । हाम्रो छिमेकीको नाताले जस्तो व्यवहार उसले गर्नुपर्थ्यो, त्योचाहिँ भइरहेको छैन भन्ने हामीलाई लागेको छ । यो चिज त हामी ‘आइ टु आइ’ हाम्रो छिमेकीसित कुरा गर्न सक्छौं भन्ने हामीलाई लागेको हो ।

    सम्झौता हिजो के-के गरियो ? क-कसका पालामा सम्झौता भए ? पूर्वदेखि पश्चिमसम्म बाँधिएका २२ वटा बाँधहरु क-कसका पालामा निर्माण भए ? र, ती बाँधहरु बनाइरहँदा हाम्रो हात तल पार्ने हिसाबले के-के कामहरु भए ? यो फर्केर हेर्न जरुरी छ ।

    कसैले पनि संविधानमा सर्वस्वीकार्यताको कुरा गर्छ भने त्यो पाखण्डी कुरा हो । संविधानमा सर्वस्वीकार्यता हुँदैन । लोकतान्त्रिक प्रक्रियाबाट संविधान बन्छ । शक्ति सन्तुलन र सम्झौताबाट संविधान बन्छ । त्यसैले संविधानको सर्वस्वीकार्यता भनेको पाखण्डीपन हो। अमेरिकामा, अफि्रकामा कति प्रतिशतले स्वीकार गरेर संविधान बन्यो ? हामी ९० प्रतिशत सांसदहरुले लाइनमा लागेर संविधानमा हस्ताक्षर गरेका हौं ।

    तर, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सन्दर्भमा एउटा सार्वभौम देशको प्रधानमन्त्री विदेशमा जाँदा सार्वजनिक वक्तव्यमा हामी यसो गर्छौं भने आज्ञाकारी विद्यार्थीले गुरुलाई पाठ बुझाएको जस्तो गरिएको हो भने यसमा म खेद व्यक्त गर्दछु ।

    राजपालाई स्वागत छ

    राजपा भन्ने पार्टी जहिले बनेको होस्, त्यो राजपा भन्ने पार्टीले निर्वाचनमा भाग लिन्छु भनेर औपचारिक ढंगले बोलेको छ, यो स्वागतयोग्य कुरा हो । बेला-बेलामा भाग लिने रे भनेको सुन्थ्यौं, फेरि नलिने भयो रे भनेको सुन्थ्यौं । तर, पछिल्लो पटक भाग लिने भनेर बोलेको छ, बोलेको अनुसार नै भाग लेओस् । त्यसकारण म राजपाको निर्णयलाई सम्मान र स्वागत गर्न चाहन्छु ।

    जहाँसम्म संविधान संशोधनको कुरा छ, नेकपा एमाले संविधानलाई जड दस्तावेज मान्दैन । यो गतिशील दस्तावेज हो । संशोधनीय दस्तावेज हो । संविधान संशोधनीय भए पनि त्यसो संशोधन औचित्यपूर्ण हुनुपर्‍यो भन्ने हाम्रो कुरा हो ।

    भरतपुर प्रकरणमा सर्वोच्चले विचार पुर्‍याएन

    हामीले के बुझिरहेका छैनौं भने कुनै पनि फैसला या निर्णयले भोलि के नजिर कायम गर्छ भन्ने कुरालाई सर्वोच्चले कति ख्याल गर्‍यो ? यो आफैं पनि एउटा गम्भीर विवेचनाको विषय छ ।

    मतपत्र कति च्यातिए, कसले च्यात्यो, त्यो पनि ठेगान छ । पुलिसले औपचारिक मुद्दा हालेको छ । मान्छेहरु तारेख खेप्दैछन् । बाँकी भएका मतहरु सुरक्षित छन् । त्यसरी च्यातिएकै आधारमा पुनः मतदान गर्ने हो भने भोलि कस्तो नजिर बस्छ ? यो सम्मानित सर्वोच्च अदालतजस्तो संस्थाले यसमा विचार पुर्‍याउनुपथ्र्यो, यसमा विचार पुर्‍याइएन ।

    यदि यस्तैखालका वितण्डतापूर्ण कुराहरु भइरहने र त्यसले कानूनी मान्यता पाउँदै जाने हो भने के हुन्छ ?

    मधेसका जनता देशभक्त छन्

    प्रदेश नं दुईको निर्वाचनमा पनि एमाले पहिलो बन्छ । यसमा म विश्वस्त छु । एमालेलाई मधेसविरोधी भन्नु कुनै नयाँ कुरा होइन । हामीले तराईमा विभिन्न कार्यक्रमहरु गरिरहेका छौं ।

    मधेसका असली नेपाली जनता देशभक्त छन् । जब हामीले भाषा लगायतका कुराहरु बताउँछौं, उनीहरुले एमालेमाथि लगाइएका आरोपहरु गलत रहेछन् भनेर थाहा पाउने छन् । एमाले महासचिव पोखरेलसँग अनलाइनखबरले गरेको कुराकानीको सारसंक्षेप

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.