छेडेदह गाउँपालिका १ का राजेन्द्रबहादुर सिंहले आफ्नो भैंसीको गोठ छोएको भन्दै सोही ठाउँका प्रेमबहादुर विकलाई २ हजार जरिवाना गराएका छन् ।
शुक्रबार दिउँसो विकसहितको समूह चुनाव प्रचारका क्रममा सिंहको गोठ छेउको बाटो गएको थियो । त्यसपछि सिंहले गालीगलौज गरेर दुई हजार जरिवाना तिराएको स्थानीय अगुवा वीरबहादुर रावलले बताए ।
दलितले गोठ छोएकाले ‘देउता बिग्रने’ भन्दै पूजा गरेर देउता सपार्न जरिवाना राख्नुपर्ने धम्की सिंहले दिएपछि विकका तर्फबाट रावलले दुई हजार नगद दिएका थिए ।
‘प्रेमबहादुरलाई अप्ठ्यारो परेपछि उनका तर्फबाट मैले तिरिदिएको हुँ,’ रावलले भने, ‘उनीसँग पैसा थिएन ।’ जरिवाना तिरिसकेपछि विकले आफू अन्यायमा परेको भन्दै दलित विकास मञ्चमा न्यायका लागि पहल गरिदिन निवेदन दिएका छन् । ‘निवेदन आइसकेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिसकेका छौं,’ मञ्चका सचिव शंकर चदाराले भने । प्रजिअ देवेन्द्र लामिछानेले घटनाको स्थलगत अध्ययन गरी दोषीलाई कारबाही गरिने बताए । कान्तिपुरमा समाचार छ ।
Discussion about this post