हिमाली भेगका केही जिल्ला र अरू जिल्लामा एकैचोटि चुनाव नगर्न सरकारको प्रयत्न
प्रमुख तीन दल र निर्वाचन आयोगको संयुक्त बैठकले प्रदेश र संघीय सभाको निर्वाचन एकै पटक मंसिर ४ गते गर्न सहमत भएका छन्।
यो सहमति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहिबार साँझ बसेको नेपाली कांग्रेस र माओवादी तथा नेकपा एमाले र निर्वाचन आयोगको संयुक्त बैठकमा भएको हो।
हिमाली भेगका केही जिल्ला र अरू जिल्लामा एकैचोटि चुनाव गर्न नसकिने हो भन्नेमा निर्वाचन आयोगले निष्कर्ष दिन सकेको छैन। यसलाई एकै चरणमा गर्ने कि दुई चरणमा निर्वाचन गर्नेबारे सरकार र आयोगले आइतबार छलफल गरी चुनावको अन्तिम मितिबारे निर्णय लिने सहमति भएको छ।
यसका साथै मंसिरमा दुवैसभाको चुनाव गर्न आयोगले भदौ ५ गतेसम्म निर्वाचन सम्बन्धी ऐन संशोधन गरिसक्नुपर्ने र १५ गतेसम्म क्षेत्रनिर्धारण भई छिटै सरकारले चुनावको मिति घोषणा गर्नुपर्ने भनेको छ।
बैठकले प्रदेश सभा र संघीय सभाका मतपत्रहरु २ वटा हुनेछन् । एउटा मतपत्र प्रदेशसभा र संघीय संसदका लागि प्रत्यक्षतर्फ पहिलो हुने निर्वाचित हुनेमा मतदानका लागि हुनेछ भने अर्को मतपत्र समानुपातिकतर्फ प्रदेशसभा र संघिय संसदका लागि मतदानका लागि हुनेछ।