मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

0
2

सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको छ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको हो। सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको हो।

यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि उनीहरुसँगको सम्झौता खारेज भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here