चार प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका छुट्याइएको महिला कोटामा विजय निश्चित भएका पार्टीहरुले एकएक जना मात्र उम्मेद्वार खडा गरेपछि उनीहरुको जित सुनिश्चित भएको छ।
तर, मनोनयनको भोलीपल्ट नाम फिर्ता तथा दावी विरोध पेश गर्ने तालिका रहेकोले औपचारिकरुपमा उनीहरुलाई विजयी घोषित नगरिएको सम्बन्धीत प्रदेश निर्वाचन कार्यालयहरुले जनाएका छन्। जित सुनिश्चित भएकाहरुको सूची यस्तो छ।
प्रदेश १ | नैनकला ओझा ( एमाले ) विना पोखरेल (माओवादी) सरिता प्रसाईं ( कांग्रेस) |
प्रदेश २ | शशीकला दाहाल (माओवादी) मुक्ताकुमारी यादव (कांग्रेस ) प्रमिला कुमारी (फोरम ) |
प्रदेश ५ | कोमल वली (एमाले ) मीना बुढा (माओवादी) अनिता देवकोटा (कांग्रेस) |
प्रदेश–७ | तारादेवी जोशी (कांग्रेस ) कमला ओली (एमाले ) इन्दु कडरिया (माओवादी ) |
Discussion about this post