भाग १ परिचय

१.१ विषय प्रवेश
बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त, समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो । यसरी नै नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो । प्रत्येक वर्ग, क्षेत्र र समुदायका मान्यता र सोचका कारण समाजका अनेक क्रिया÷प्रतिक्रियाहरु हुन्छन् । सामाजिक परिवेशको यस्तो जटिलताका साथै नेपालको भू–बनोट र अवस्थिति पनि संवेदनशील रही आएको छ । यी जटिल र संवेदनशील पक्षलाई राष्ट्रिय सुरक्षा नीतिले विशेष रुपमा संम्बोधन गर्न आवश्यक छ ।
१.२. सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिको अर्थ
१.२.१ सुरक्षा आफैमा बहु–आयामिक विषय हो । यसले मुलुकको भुगोल, सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सास्कृतिक र मानव पक्षको सुरक्षाको विषयलाई मात्र जोड दिदैन, अपितु वातावरण, सुशासन, विकास र मानव अधिकारको पक्षलाई समेत समेट्दछ । सुरक्षा अन्तर्गत सार्वजनिक र निजी मूल्य मान्यताहरु, व्यक्तिगत र सामूहिक पहिचानहरु, राष्ट्रिय सम्मान र गौरव, जिउधन एंव सामाजिक–सांस्कृितक मूल्यको जगेर्ना र संरक्षण गर्न सकिन्छ । सुरक्षा यस्तो अवस्था हो, जहां उपरोक्त क्षेत्रमा उत्पन्न हुने संकट र जोखिमलाई न्यूनतम र सीमित गर्न सकिन्छ । यस अवस्थामा आम जनताले आफू निश्चिन्त भएर व्यक्ति, समुदाय र राष्ट्रको सर्वोपरी हितका लागि कार्य गर्ने वातावरणको अनुभूति गर्दछन । सुरक्षाको अर्थ अस्तित्व हो समग्रमा सुरक्षा राष्ट्र«को अति महत्वपूर्ण राष्ट्रिय हितहरुको रक्षा हो ।
१.२.२ राष्ट्रिय सुरक्षा भन्नाले मुलुकको भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको पूर्ण सुरक्षालाई बुझाउंछ । हरेक राष्ट्रले आपm्ना आधारभूत मूल्य र मान्यतामा आधारित राष्ट्रिय आकांक्षा र अति महत्वपूर्ण राष्ट्रिय हितका विषयहरुको पहिचान गरेको हुन्छ । यस्ता राष्ट्रिय आकांक्षा र राष्ट्रिय हितका विषयहरुलाई बाह्य वा आन्तरिक दवाव र चुनौतीहरुबाट सुरक्षित गर्दै सम्बद्र्धन र प्रबद्र्धन गर्नु नै राष्ट्रिय सुरक्षा हो र त्यसरी नै राष्ट्रिय सुरक्षा नीति राज्य र यसका नागरिकका लागि राज्यले कसरी सुरक्षा उपलब्ध गराउछ भन्ने कुराको संरचना र एकीकृत स्वरुप पनि हो ।
१.२.३ राष्ट्रिय सुरक्षा नीतिको वर्तमान र भविष्य दुबैसंग घनिष्टतम् सम्बन्ध रहन्छ यसले राज्य हित र चासोलाई सम्बोधन गर्दै विद्यमान खतरा एवं अवसर दुबैलाई ध्यानमा राखी बढ्न दिशानिर्देश गर्दछ । राष्ट्रिय सुरक्षा नीति राज्यको सुरक्षा सम्बन्धी मूल नीति हो, जसले रक्षा नीति र आन्तरिक सुरक्षा नीति जस्ता सहायक नीतिहरुलाई पनि निर्देशन गर्दछ ।
समग्रमा राष्ट्रिय सुरक्षा नीति त्यस्तो उपाय र कदमहरुको संयोजन हो, जसले आन्तरिक एवं बाह्य खतरालाई समयमै आकँलन गर्दछ, रोक्दछ र निर्मूल गर्दछ । पराष्ट्र नीति, रक्षा नीति, अर्थ नीति,आन्तरिक सुरक्षा तथा सार्वजनिक सुचना नीतिका माध्यमबाट राष्ट्रिय सुरक्षा नीतिको कार्यन्वयन हुन्छ । नेपालको सुरक्षाको मौलिक सिद्धांत भनेको व्यक्तिको सुरक्षा, व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, राज्यको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय हितको रक्षा गर्नु नै हो नेपालको राष्ट्रिय सुरक्षा नीति राष्ट्रिय शक्तिका साधनहरु राजनीतिक शक्ति साधन, आर्थिक शक्ति साधन, कुटनीतिक शक्ति साधन, सूचना सम्बन्धी शक्ति साधन र सुरक्षा शक्ति साधनको समायोजित स्वरुप हो र यही राष्ट्रिय सुरक्षाको बृहत्तर आयाम पनि हो ।
१.३ राष्ट्रिय सुरक्षा नीतिको आवश्यकता
१.३.१ राज्यले सबै प्रकृतिका खतरा र जोखिमलाई सम्बोधन गर्दछ भन्ने कुरामा विश्वास तुल्याउन,
१.३.२ सुरक्षा क्षेत्रमा कार्यरत सबैको सक्रियता र योगदानमा अभिवृद्धि गर्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन,
१.३.३ राज्यद्धारा प्रतिपादित नीतिहरुको कार्यान्वयनलाई निर्देशित गर्न,
१.३.४ सबै वर्ग, समुदाय, क्षेत्र र पक्षबीच आन्तरिक सहमति निर्माण गर्न,
१.३.५ क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विश्वास र सहयोग अभिवृद्धि गर्न,
१.३.६ नेपालमा बसोबास गर्ने सबै साँस्कृतिक, भाषिक, धार्मिक तथा भौगोलिक समुदायका बीचमा सह अस्तित्व, सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्न,
१.३.७ वृहत सुरक्षा अवधारणा मार्फत बदलिंदो अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरण, भूराजनीतिक अवस्था, चुनौती तथा संभावनालाई सम्बोधन गरी महत्वपूर्ण राष्ट्रिय हितहरुको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्दै राष्ट्रिय उद्देश्य र लक्ष्य हासिल गर्न,

१.४ राष्ट्रिय सुरक्षा नीति निर्माणमा मननयोग्य विषयहरु
१.४.१ राज्यले अवलम्बन गरेको खुलापन र गोपनियता बीचको सन्तुलन,
१.४.२ स्वतन्त्रताको संरक्षण र नागरिकले पालना गर्नुपर्ने कर्तव्य बीचको सन्तुलन,
१.४.३ राष्ट्रिय सुरक्षा नीति र यसको कार्यान्वयनका लागि आवश्यक साधन श्रोत बीचको सन्तुलन,
१.४.४ सार्वजनिक बहस र विज्ञको परामर्शबीचको सन्तुलन,
१.४.५ राष्ट्रिय अखण्डता र स्वायत्तता बीचको सन्तुलन,

१.५ राष्ट्रिय सुरक्षा नीतिका सीमाहरु
१.५.१ देशको भौगोलिक अवस्थिति, बहुजातिय, बहुभाषिक, बहुधार्मिक एव्ां बहुसाँस्कृतिक विशेषतायुक्त जनसांख्यिक बनावट,
१.५.२ सामाजिक, आर्थिक, बैदेशिक, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, सुचना प्रविधि, वातावरण संरक्षण, उद्योग वाणिज्य लगायत अन्य सबै नीतिसँग सुरक्षा नीतिको अन्योन्याश्रित र परिपुरक सम्बन्ध,
१.५.३ अन्तर्राष्ट्रियसन्धी, महासन्धी घोषणापत्र प्रतिको नेपालको प्रतिबद्धता र यसको पालना गर्नुपर्ने राष्ट्रिय दायित्व,
१.५.४ सीमित साधन र स्रोत

१.६ राष्ट्रिय सुरक्षा नीतिलाई मार्गदशर््ान गर्ने आधारहरु
१.६.१ राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको संरक्षण र सम्बद्र्धन,
१.६.२ शान्ति र स्थिरता,
१.६.३ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको संरक्षण र राजनितिक स्थायित्व,
१.६.४ नेपाल र नेपालीको रक्षा,
१.६.५ संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त र मूलनीतिहरु, जसले मूलतः निम्न विषयलाई आपनो उद्देश्य र नीतिका रुपमा अबलम्ब गर्दछ ः
१. समानता र स्वतन्त्रताको प्रत्याभुति,
२. लोककल्याणकारी र न्यायपुर्ण व्यवस्था,
३. शान्ति, सुव्यवस्था र मानव अधिकारको संरक्षण तथा सम्बद्र्धन, शान्ति , सुव्यवस्था र मानव अधिकारको संरक्षण तथा सम्बद्र्धन,
४. शासनमा जनताको अधिकतम सहभागिता ,
५. लोकतन्त्रको संस्थागत विकास,
६. सामाजिक न्याय र उपलब्धिको न्यायोचित वितरण,
७. सुदृढ र स्थीर राष्ट्रिय अर्थतन्त्र,
८. राष्ट्रिय सम्मानको अभिबृद्धि,
९. सामाजिक सद्भाव र सामाञ्जस्यता,
१०. असंलग्न परराष्ट्र नीति,
१.६.६ कानुनी शासन, पारदर्शिता र जवाफदेहिता,
१.६.७ सुरक्षा व्यवस्थापनमा प्रभावकारिता र गतिशिलता,
१.६.८ आर्थिक विकास,
१.६.९ सामाजिक सद्भाव, सहिष्णुता र सामञ्जस्यताको अभिवृद्धि,
१.६.१० मानव अधिकारको संरक्षण र सम्बद्र्धन,
१.६.११ राष्ट्रिय पहिचान, स्वाभिमान र गौरवको संरक्षण र सम्बद्र्धन,
१.६.१२ राष्ट्रिय स्वार्थ र अति महत्वपुर्ण राष्ट्रिय हित तथा महत्वपुर्ण राष्ट्रिय हितका विषयहरुको संरक्षण र सम्बद्र्धन ।
१.७ राष्ट्रिय हितका बिषयहरुको पहिचान
१.७.१ विशिष्ट महत्वका राष्ट्रिय हितमा विषयहरु
१ स्वतन्त्रता
२ भौगोलिक अखण्डता
३ सार्वभौमिसत्ता
४ राष्ट्रिय एकता
५ आर्थिक सम्पन्नता
६ सामाजिक सामञ्जस्यता
७ बहुदलीय प्रजातान्त्रिक व्यवस्था
१.७.२ महत्वपुर्ण राष्ट्रिय हितका बिषयहरु
१ राष्ट्रिय विकास
२ राष्ट्रिय स्वाभिमान
३ राजनीतिक स्थिरता
४ गरिबी उन्मुलन
५ शान्तिपूर्ण सह अस्तित्व
६ विश्व शान्तिको प्रबद्र्धन
७ वातावरणिय स्वच्छता
८ मानव अधिकारको संरक्षण
९ धार्मिक सहिष्णुता
१० राष्ट्रिय सम्पदा
११ मानवीय सुरक्षा ।

१.८ सुरक्षा सरोकारका विषयहरु
प्रकरण १.७ मा उल्लेखित राष्ट्रिय हितका विषयहरुको पहिचानका आधारमा देशका लागि सुरक्षा सरोकारका विषयहरु देहाय बमोजिम छन् ः
१.८.१ विशिष्ट सरोकारका विषयहरु
१ नेपालको सार्वभौमसत्ता, क्षेत्रिय भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको रक्षा,
२ राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान,
३ राष्ट्रिय पहिचान तथा अस्तित्वको रक्षा,
४ नेपाल तथा नेपाली नागरिकको सुरक्षा,
५ नेपाली भुमि कुनैपनि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन सक्दैन भन्ने विश्वसनीय स्थितिको निर्माण,
६ अन्तर्राष्ट्रिय क्षेत्रीय सुरक्षामा योगदानद्धारा विश्वशान्तिको प्रबद्र्धन,
७ मौलिक मानव अधिकार र जनताको स्वतन्त्रताको रक्षा,
८ कानुनी शासनको अवलम्बन र संरक्षण,
९ राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको प्रतिरक्षा,
१० शान्तिपुर्ण सह अस्तित्व,
११ दिगो शान्ति र राजनीतिक स्थिरता,

१.८.२ रणनीतिक सरोकारका विषयहरु
ज्ञ। विशिष्ट सरोकारका विषयहरुको रक्षाका लागि उपयुक्त रणनीतिको अवलम्बन,
द्द। सामाजिक विकास, समृद्धि र सामञ्जस्यता,
घ। सुरक्षा र स्थायित्व,
द्ध। अन्तर्राष्ट्रिय आतंकवादको नियन्त्रण,
छ। हतियार र विष्फोटक पदार्थको अवैध आप्रवासनको नियन्त्रण,
ट। संगठित अपराध र अवैध आप्रवासनको नियन्त्रण,
ठ। क्षेत्रीय सहयोगको अभिवृद्धि,
ड। आर्थिक समृद्धिको रक्षा,
ढ। धार्मिक सहिष्णुता,
१.८.३ अन्य सरोकारका विषयहरुको प्राप्ति,
१. विशिष्ट र रणनीतिक सरोकारका विषयहरुको प्राप्ति,
२. नागरिकको जीवनस्तरमा अभिवृद्धि,
३. सार्वजनिक प्रशासनको प्रभावकारिता,
४. आर्थिक र सामाजिक असन्तुलनको न्युनीकरण,
५. वातावरण संरक्षण र दिगो विकास,
६. मानव बेचबिखन, भ्रष्ट्राचार र अपराध नियन्त्रण,
७. उग्रवाद नियन्त्रण र बहुसाँस्कृतिक तथा सहिष्णु नागरिक समाजको निर्माण,
८. राज्यका संस्था तथा न्यायपालिकाको प्रभावकारिता र पेशा निष्ठामा अभिबृद्धि
९. वैज्ञानिक तथा प्रविधि विकासमा टेवा ,
१०. प्राकृतिक तथा वातावरणिय विपद् एवं औधोगिक दुर्घटनाको रोकथाम एवं न्युनिकरण,
११. नदीनाला र प्राकृतिक स्रोतको सुरक्षा,
१२. सशस्त्र विद्रोहको नियन्त्रण ।

१.९ राष्ट्रिय सुरक्षामा असर पार्ने तत्वहरु
१.९.१ धार्मिक, भौगोलिक तथा जातिय विषयहरु
१.९.२ तत्कालीन, अल्पकालीन, दीर्घकालीन तथा स्थायी प्रकृतिका राष्ट्रिय हितका विषयहरु,
१.९.३ खतरा चुनौतीका सम्भाव्य र वास्तविक विषयहरु ,
१.९.४ विश्वव्यापी, क्षेत्रिय तथा उप क्षेत्रीय विषयहरु,
१.९.५ राष्ट्रिय, क्षेत्रीय, स्थानीय, स्तरका आन्तरिक विषयहरु,
१.९.६ छिमेकी तथा अन्य राष्ट्रहरुसँगको सम्बन्ध ।
१.१० राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्ने श्रोत तथा उपायहरु
१.१०.१ राष्ट्रियसुरक्षालाई सुनिश्चित गर्ने श्रोत ः
१. नेपाली जनता र नेपाल, नेपालको राष्ट्रियसुरक्षाको सुनिश्चितताको श्रोत ।
१.१०.२ राष्ट्रियसुरक्षालाई सुनिश्चित गर्ने उपायहरु ः
१. राजनितिक, आर्थिक, सामाजिक कुटनीतिक, न्यायिक, सञ्चार तथा सैनिक सुरक्षा उपायको अवलम्बनद्धारा आफैंले या अन्तर्राष्ट्रियसहयोगबाट समेत सुरक्षाको प्रत्याभूति,
२. विश्वासनीय सुचनाको सही मुल्यानकन र निरुपणको आधारमा घटनाको पुर्व जानकारि हँँसिल प्रतिकारात्मक उपायको विकास,
३. अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रत्याभुतिका लागि राजनितिक, न्यायिक, आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक आधारहर सुदृढ पार्ने र एकपक्षीय, द्धिपक्ष्ीाय उपायहरुको संयोजन र अवलम्बन ।

१.११ राष्ट्रिय सुरक्षाका चुनौती र खतरा
१.११.१ अपराध सम्बद्ध चुनौती र खतरा
क. कानुनको शासन सँस्कृतिकको विकासमा अवरोध,
ख. हिंसा र सशस्त्र अपराधमा वृद्धि,
ग. संगठिन अपराधमा वृद्धि,
घ. लागू पदार्थको अवैध ओसार,
ङ हतियार र विष्फोटक पदार्थको अवैध पैठारी,
च. समुदायमा बढ्दो भ्रष्ट्राचार,
छ. लुटपाट, अपहरण, सफेदपोश अपराध र साईबर अपराध,
ज. बढ्दो भ्रष्ट्राचार,
झ. मानव वेचविखन,
ञ. संकीर्ण साम्प्रदायिकता र क्षेत्रियता ।

१.११.२ आतंकवाद सम्बद्ध चुनौती र खतरा
क. असुरक्षा आतंक र अन्योल फैलाउँदै समाजमा त्रासको सिर्जना,
ख. अवैध हातहतियार, विष्फोटक पदार्थ र लागू पदार्थको ओसार पसारमा आतङ्कवादीको प्रयोग,
ग. पर्यटक, लगानी र वैदेशिक मुद्रा आर्जनको क्षेत्रको विस्तारको क्रममा गरिने अवाञ्छित क्रियाकलाप,
घ. बाह्य घुसपैठ र बढ्दो चलखेल,
ङ. अन्तरदेशीय, अन्तरसीमा अपराध,
१.११.३ सामाजिक–आर्थिक चुनौती र खतरा
क. बाह्य आर्थिक संकट र विकृतिको प्रभाव,
ख. आर्थिक अपराध र राजश्व चुहावट,
ग. लगानी प्रभाव पार्ने असुरक्षित वातावरण,
घ. वैदेशिक उत्पादन माथिको बढ्दो निर्भरता,
ङ. अशिक्षाका कारण सामाजिक र नैतिक मूल्यप्रतिको उदासिनता,
च. बढ्दो बेरोजगारी र गरिबी,
छ. संवेदनशील तथा असहाय समूहमा पुग्नु पर्ने सहयोगको न्यूनता,
ज. नागरिक अधिकारको दुरुपयोग,
झ. अव्यवस्था,
ञ. औद्योगिक अशान्ति,
ट. एच.आई.भी. एड्स र अन्य संक्रामक रोगहरु,
ठ. विभिन्न वर्ग, क्षेत्र, जाति र समुदायबीच बढ्दो द्वन्द र विथोलिंदो सामाजिक सद्भाव,
ड. आर्थिक असमानता,
ढ. जातीयता तथा क्षेत्रीयता,
ण. राष्ट्रिय श्रोत र साधनको बाँडफाँड तथा उपभोग,
त. जनसंख्या वृद्धि तथा बसाईसराई,
थ. धार्मिक अतिवाद ।
१.११.४ विपद् र प्राकृतिक साधन श्रोतको क्षति सम्बद्ध चुनौती र खतरा
क. मानव निर्मित विपद्,
ख. प्राकृतिक विपद्,
ग. साधन श्रोतको अति दोहन र ह्रास,
घ. पर्यावरणीय ह्रास,
१.११.५ अन्य चुनौती र खतरा
क. अन्तर्राष्ट्रिय सुरक्षा वतावरण (राष्ट्रिय हितहरुके समायोजन, हित वा स्वार्थहरुबीचको अन्तरसंघर्ष र सामाजिक प्रतिस्पर्धा)
ख. क्षेत्रीय सुरक्षा वातावरण,
ग. आन्तरिक सुरक्षा वतावरण,
घ. राजनीतिक अस्थीरता,
ङ. उर्जा संकट,
च. खुला अन्तर्राष्ट्रिय सिमाना,
छ. बाह्य हस्तक्षेप,
ज. सीमा अतिक्रमण
उपर्युक्त चुनौती र खतरालाई सम्बोधन गर्ने गरी राज्यका संयन्त्रको क्षमता अभिवृद्धि गर्नु पर्छ । यस अन्तर्गत निम्न लिखित कार्यहरु पर्छन् ः–
क. नेपालभित्र प्रवेश र नेपाल बाहिर प्रस्थान नियमन,
ख. नेपालको हवाई र स्थल क्षेत्रको नियन्त्रण, अनुगमन र नियमन,
ग. न्यायपूर्ण प्रशासन प्रणालीको स्थापना,
घ. अपराध रोकथाम र नियन्त्रण,
ङ. भ्रष्ट्राचार नियन्त्रण,
च. संगठित अपराध सञ्जालको नियन्त्रण,
छ. सूचनामा पहुँच तथा सूचना संकलन, विश्लेषण र उपयोगमा प्रभावकारिता,
ज. विपदीय जोखिमको सम्बोधन र त्यसबाट उत्पन्न संवेदनशीलताको न्यूनिकरण,
झ. सुदृढ र स्वस्थ अर्थतन्त्रको निर्माण,
ञ. अपारधीकरण विरुद्ध जुझ्न सक्ने समुदायको सामथ्र्य,
माथि उल्लेखित सबै पृष्ठभूमि र यथार्थताको जगमा नेपाल र नेपालीको सुरक्षालाई केन्द्रविन्दुमा राखेर राष्ट्रिय सुरक्षा नीतिका उद्देश्य, लक्ष्य, प्राथमिकता, नीति, रणनीति र कार्यनीतिको निर्धारण गरिएको छ ।

भाग –२
राष्ट्रिय सुरक्षा नीति
२.१ राष्ट्रिय सुरक्षा नीतिको दीर्घकालीन सोच
“लोकतान्त्रिक, स्वाधीन, स्वतन्त्र, अखण्ड, सबल, समृद्ध, शान्त, आत्मनिर्भर र सुरक्षित नेपाल”
२.२ राष्ट्रिय सुरक्षा नीतिका मूलभूत उद्देश्यहरु
२.२.१ नेपालको सार्वभौमिकता, अखण्डता, स्वाधीनता, राष्ट्रिय पहिचान, राष्ट्रिय हित, राष्ट्रिय स्वाथृ र स्वाभिमानको रक्षा गर्ने,
२.२.२ नेपाली जनता, नेपालको सीमा, भूमि, जल, अर्थतन्त्र, प्राकृतिक स्रोत र संरचनाको रक्षा गर्ने,
२.२.३ सुरक्षा व्यवस्थापनमा प्रभावकारिता र गतिशिलता ल्याई जनतालाई सुरक्षाको प्रत्याभूति दिने,
२.२.४ विश्व शान्ति स्थापनामा प्रभावकारी रुपमा योगदान गर्ने,
२.२.५ सुरक्षा सरोकारका सम्पूर्ण विषयहरुमा प्रतिवद्धता जनाउने र त्यसको कार्यान्वयन गर्ने,
२.२.६ प्रभावकारी सुरक्षा व्यवस्थाको माध्यमबाट मानव अधिकारको संरक्षण गर्ने ।
२.३ राष्ट्रिय सुरक्षा नीतिको मूल लक्ष्य
नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा नेपालको विशिष्ट महत्वका राष्ट्रिय हितहरुको संरक्षण र सम्बवद्र्धन गर्दै शान्तिपूर्ण र सुस्थीर वतावरणमा संविधानद्वारा प्रत्याभूत अवसर र स्वतन्त्रताको स्वाभिमानपूर्वक उपभोग गर्नसक्ने वातावरणको निर्माण गर्नु राष्ट्रिय सुरक्षा नीतिको मूल लक्ष्य हुनेछ ।
२.४ राष्ट्रिय सुरक्षा नीतिका प्राथमिकताहरु
२.४.१ नेपाल राष्ट्रको अस्तित्वको सुरक्षा
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता तथा राष्ट्रिय सीमाको अनातिक्रमण जस्ता विषयलाई सुनिश्चित गर्ने ।
२.४.२ नागरिकहरुको हक तथा स्वतन्त्रताको सुरक्षा
देशको प्रत्येक नागरिकले आफ्नो शारीरिक तथा मानसिक क्षमता प्रयोग गरेर आफ्नो, समाजको र मुलुकको हितका लागि तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न समेत सक्षम गरी स्वतन्त्रतापूर्वक मौलिक अधिकार र कर्तव्यको प्रयोग गर्न सक्ने वतावरण सुनिश्चित गर्ने ।
२.४.३ आर्थिक सुरक्षा
नागरिकको आधारभुत आवश्यकता परिपूर्ति तथा आर्थिक स्वतन्त्रताको रक्षा गर्दै देशको आर्थिक अवस्थालाई क्रमिक सुधारतर्फ उन्मुख गराई श्रोतहरुको दिगो दिगो परिचालनद्वारा उच्च आर्थिक वद्धिदर र आर्थिक उपलब्धिको न्यायोचित वितरणलाई सुनिश्चित गर्ने ।
२.४.४ राज्य व्यवस्थाको सुरक्षा
नेपाल राज्य तथा यसको सामाजिक–आर्थिक संरचना, राज्यको क्रियाकलापको आधारभूत सिद्धान्त र संविधान प्रदत्त मौलिक हक, मानव अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्ने ।
२.४.५ विज्ञान तथा प्रविधिको सुरक्षा
देशको पर्यावरणीय अवस्था अनुकूल भौतिक विकास गर्ने उद्देश्यले राष्ट्रको वैज्ञानिक सम्भाव्यता तथा बौद्धिक प्रतिस्पर्धात्मक क्षमतालाई बढाउन प्रविधि, सूचना तथा अनुसन्धान आदिको उपयोग गर्ने वातावरणलाई सुनिश्चित गर्ने ।
२.४.६ सूचना सुरक्षा
देशको आन्तरिक र बाह्य परिस्थितिबारे वस्तुपरक ढङ्गबाट विश्लेषण गर्न, निर्णय प्रक्रिया प्रभावकारी बनाउन र सूच्नामा पहुँच जस्ता विषयलाई सुनिश्चित गर्ने ।
२.४.७ संस्कृति तथा जीवनपद्धतिको सुरक्षा
नेपाल राष्ट्र तथा राज्यस्थिति ९क्तबतभजययम० को अस्तित्व तथा विकास, भाषा, ऐतिहासिक सम्पदा, गौरव, संस्कृति, चालचलन तथा रीतिरिवाजको संरक्षण हुने अवस्थालाई सुनिश्चित गर्दै राष्ट्रिय गौरव अभिवृद्धि गर्ने ।
२.४.८ जनताको सुरक्षा
जनताको स्वास्थ्य तथा तिनका भावी पुस्ताको परिपोषण, संरक्षण र तिनको दिगो वृद्धिको अवस्थालाई सुनिश्चित गर्ने ।
२.४.९ राष्ट्रिय श्रोत तथा पर्यावरणीय सुरक्षा
पर्यावरणीय तथा मौसमी परिवर्तन र प्राकृतिक श्रोतको जथाभावी प्रयोग तथा अपर्याप्त संरक्षणका कारण मानव परिवेश तथा अर्थतन्त्रमा नै नकारात्मक असर पर्नबाट बचाउन वा रोक्न सकिने अवस्थालाई सुनिश्चित गर्ने ।
२.५ नीतिहरु
राष्ट्रिय सुरक्षा नीतिका मूलभूत उद्देश्यहरु र लक्ष्यको प्राप्तिका निमित्त मूलतः देहायका नीतहिरु अवलम्बन गरिनेछन्
२.५.१ नेपालको सार्वभौमसत्ता र स्वाधीनताको संरक्षण गर्ने,
२.५.२ नेपालको सुरक्षा र अखण्डतालाई कायम गर्ने,
२.५.३ नेपालको सामरिक सम्पत्तिको बचाउन गर्ने,
२.५.४ अर्थतन्त्रको विकास र लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि योगदान गर्ने,
२.५.५ हिंसात्मक सशस्त्र गतिविधि र कुनै पनि प्रकारको आतंकवादलाई निस्तेज गर्ने,
२.५.६ पृथकतावादको वीजारोपण हुन नदिने वातावरण निर्माण गर्ने,
२.५.७ आपसी वैमनस्यतालाई समाप्त पार्दै राष्ट्रिय सद्भाव र सहिष्णुता अभिवृद्धिमा योगदान गर्ने,
२.५.८ शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्दै न्यायमा सरल र शीघ्र पहुँच स्थापित गर्ने,
२.५.९ संघीय स्वरुपको राज्य व्यवस्थाको माध्यमबाट स्थानीय तहसम्म शक्तिको विकेन्द्रीकरण गर्ने,
२.५.१० जवाफदेहितामा अभिवृद्धि गर्ने,
२.५.११ लागु पदार्थ ओसारपासर, मानव बेचविखन तथा अवैध आप्रवासनलाई नियनत्रण गर्ने,
२.५.१२ राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै राष्ट्रिय हितमा उपयोग गर्ने,
२.५.१३ गरिबी न्यूनीकरणका उपायहरुको अवलम्बन गर्ने,
२.५.१४ भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि जवाफदेहिता अभिवृद्धि गर्ने,
२.५.१५ अवैध हातहतियार नियन्त्रण गर्ने,
२.५.१६ धार्मिक, साँस्कृतिक, भाषिक, जातीय र साम्प्रदायिक सद्भाव कायाम राख्न वातावरण निर्माण गर्दै राष्ट्रिय पहिचानलाई स्थापित गर्ने,
२.५.१७ कानूनी राज्यको स्थापनामा टेवा पु¥याउने,
२.५.१८ विश्वशान्ति प्रयासका लागि साझेदारीमा अभिवृद्धि गर्ने,
२.५.१९ सुरक्षा व्यवस्थापनमा जनताको साझेदारी अभिवृद्धि गर्ने,
२.५.२० विपद् व्यवस्थापन कार्यलाई समन्वयात्मक रुपमा प्रभावकारी र सुदृढ बनाउने,
२.५.२१ राष्ट्रिय सुरक्षा संस्कारको विकास गर्ने,
२.५.२२ राष्ट्रिय सुरक्षा नीतिको अवधारणा अनुसार वैदेशिक मामिला सम्बन्धी कार्यहरु गर्ने,
२.५.२३ अन्तर्राष्ट्रिय अन्तरनिर्भरताको सन्दर्भमा अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय प्रोटोकल, सन्धि सम्झौता र कानूनी प्रावधानहरुका माध्यमबाट मुलुकको राष्ट्रिय हित र स्वार्थको संरक्षण र सम्वद्र्धन गर्ने,
२.५.२४ सामाजिक पद्धति र राज्य व्यवस्थाको रक्षा गर्ने,
२.५.२५ नागरिक हक तथा स्वतन्त्रताको रक्षा गर्ने,
२.५.२६ विज्ञान तथा प्रविधिको रक्षा गर्ने,
२.५.२७ नेपाली सँस्कृति तथा जीवनपद्धतिको रक्षा गर्ने,
२.५.२८ उद्योग व्यवसायको सुरक्षा गर्ने,
२.५.२९ सशस्त्र विद्रोह नियन्त्रण गर्ने ।

२.६ रणनीतिहरु
राष्ट्रिय सुरक्षा नीतिका उद्देश्यहरु, मूल लक्ष्य र नीतिहरुको कार्यान्वयनका लागि देहायका रणनीति अवलम्बन गरिनेछ ।
२.६.१ अवधारणागत रणनीति
२.६.१.१ राष्ट्रिय सुरक्षालाई केन्द्रविन्दुमा राखेर नागरिकहरुको मानसिकता र व्यवहारमा तद्नुरुप रुपान्तरण गर्ने,
क) राष्ट्रिय सुरक्षालाई हरेक नागरिकको सरोकारको विषय÷व्यवसाय बनाउने,
ख) राष्ट्रिय र मानवीय सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने,
ग) अव्यवस्था, असुरक्षा, भ्रष्टाचार तथा आपराधिक व्यवहारप्रति शुन्य सहनशीलता संस्कृतिको प्रवद्र्धन गर्ने ।
२.६.१.२ सुरक्षालाई केन्द्रविन्दुमा राखेर प्रक्रियामा रुपान्तरण गर्ने
क) राज्यको सुरक्षा प्रयास तथा सुरक्षा नीतिको कार्यान्वयनमा स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहबाट समन्वय, सहयोग र साझेदारी प्राप्त हुने गरी संयन्त्रको विकास गर्ने ।
२.६.१.३ सुरक्षालाई केन्द्रविन्दुमा राखेर अभ्यासमा रुपान्तरण गर्ने
क) सुरक्षा नीतिको कार्यान्वयनका सन्दर्भमा आवश्यकताका सबै क्षेत्रका प्रभावकारिता र कार्यकुशलतामा अभिवृद्धि गर्ने ।
२.६.२ मूल रणनीति
२.६.२.१ दिगो शान्ति कायम गर्ने
“पहिलो आन्तरिक, त्यसपछि बाह्य सुरक्षा” भन्ने अवधारणा अनुसार मुलुक भित्रका क्रियाकलापलाई प्राथमिकता दिने,
१. उपयुक्त विश्लेषणका आधारमा खतरा÷जोखिमलाई न्यून गर्ने,
२. खतरा÷जोखिम बढाउने संवेदनशील पक्ष÷क्षेत्रलाई घटाउने,
३. विश्वसनीय सुरक्षा क्षमताको निर्माण गर्नेः
क) खतरा÷जोखिम मूल्याङ्कनका आधारमा क्षमता निर्माण गर्ने,
ख) मानव संशाधन विकासलाई प्राथमिकता दिई क्षमता अभिवृद्धि गर्ने,
४. कार्यान्वयन क्षमता सुदृढ रुपमा निर्माण गर्ने र विकसित गर्दै लाने,
क) राष्ट्रिय सहमति निर्माण गर्ने,
ख) पेशागत विशिष्टता अभिवृद्धि गर्ने,
ग) कार्यान्वयनमा सरोकारवालाहरुलाई जिम्मेवारी दिई संलग्न गराउने र समन्वय गर्ने ।
५. आतङ्कवाद नियन्त्रणलाई बहुपक्षीय सरोकारको विषय बनाई सामुहिक क्रियाशीलता बढाउने,
६. क्षेत्रीय, वर्गीय, जातीय संघर्ष÷द्वन्द्वलाई निस्तेज पार्ने र सो कार्यमा जनमत तयार पार्ने,
७. आम संहारकारी हतियारबाट उत्पन्न हुने चुनौतीलाई रोक्ने,
८. भावी चुनौती र अवसर वहन गर्न सक्ने गरी सुरक्षा संयन्त्रलाई रुपान्तरण गर्ने र सोका लागि सुरक्षाकर्मीको क्षमता अभिवृद्धि गर्ने ।
२.६.२.२ शान्तिको सिर्जना गर्ने
१. खुला बजार र व्यापार प्रणालीका माध्यमबाट वृहत् आर्थिक वृद्धिको वातावरण सिर्जना गर्ने,
२. लोकतान्त्रिक संरचना निर्माण गर्ने,
३. सरोकारका सबै पक्षहरुसँग सहयोग, सहमति र समन्वय स्थापित गर्ने ।
२.६.२.३ शान्तिको विस्तार गर्दै यसमा जनताको स्वामित्व स्थापित गर्ने
१. सुरक्षा व्यवस्थापन र विस्तारमा जनता तथा समुदायको साझेदारी प्राप्त गर्ने,
२. मानवीय प्रतिष्ठा र स्वाभिमान अभिवृद्धिका लागि अभियान सञ्चालन गर्ने,
३. शान्तिको संस्थागत विस्तार गर्ने अभियानमा जनताको सहभागिता वृद्धि गर्दै जाने,
४. शान्ति स्थापना कार्यमा जनताको संलग्नता स्थापित गर्दै सुरक्षा संयन्त्रलाई जनताको सहयोगका रुपमा रुपान्तरण गर्ने ।

२.७ राष्ट्रिय सुरक्षा नीतिका रणनीतिक लक्ष्यहरु
राष्ट्रिय सुरक्षा नीतिको उद्देश्य, मूलभूत लक्ष्य र नीतिको कार्यान्वयनका लागि दफा २.५ मा उल्लिखत रणनीतिका अधीनमा रहि अवलम्बन गरिने रणनीतिक लक्ष्य देहाय बमोजिम हुनेछन् ः
२.७.१ नेपाली जनता र नेपालको स्वाधीनता तथा सार्वभौम सत्ता एवं राष्ट्रिय अखण्डताको रक्षा गर्दै अग्रगामी सबल नेपालको निर्माण गर्ने,
२.७.२ हिंसात्मक अपराधको न्यूनिकरण तथा संगठित अपराधको सञ्जाल भत्काउने,
२.७.३ कानूनको शासन प्रति सम्मान प्रवद्र्धन तथा न्यायपूर्ण शासकीय प्रणालीको विकास गर्ने,
२.७.४ आतङ्कवादको समस्याबाट नेपाललाई मुक्त गरी सुरक्षाको प्रत्याभूति दिने,
२.७.५ नेपालको स्थल, जल तथा हवाई क्षेत्रको रक्षा गर्ने,
२.७.६ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारका गुणहरुको पक्षपोषण गर्ने संस्थाहरुको गरिमा र अस्तित्व प्रवद्र्धन गर्ने,
२.७.७ क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा स्थापनामा नेपालको योगदानमा अभिवृद्धि गर्दै जाने,
२.७.८ सुदृढ अर्थतन्त्रको विकास र सामाजिक सेवाको प्रभावकारी प्रवाहका लागि वातावरण निर्माण गर्ने र आर्थिक सुरक्षाको प्रत्याभूति दिने,
२.७.९ विपद् र जोखिम न्यूनिकरण तथा प्राकृतिक श्रोत साधनको संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम गर्ने,
२.७.१० सूचना सञ्जाल स्थापना र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालनका लागि क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने र सूचना सुरक्षाको प्रत्याभूति दिने,
२.७.११ सुरक्षा व्यवस्थापनमा जन साझेदारी अभिवृद्धि गर्ने,
२.७.१२ राष्ट्रिय सुरक्षा र सरोकारका विषयमा राष्ट्रिय सहमति निर्माणलाई सुरक्षा संस्कारका रुपमा विकास र प्रवद्र्धन गर्दै जाने,
२.७.१३ अधिकारको विकेन्द्रीकरण र जवाफदेहिताको विकास गर्ने तथा शासकीय सुधारको अवधारणा अनुरुप सुरक्षा संयन्त्रको कार्य सम्पादन प्रणालीलाई रुपान्तरण र व्यवस्थित गर्ने,
२.७.१४ नेपाल राज्य तथा यसको सामाजिक आर्थिक संरचना, राज्यको क्रियाकलापका आधारभूत सिद्धान्तहरुको सुनिश्चितताका साथै सामाजिक पद्धति र राज्य व्यवस्थाको रक्षा गर्ने,
२.७.१५ नागरिक हक तथा स्वतन्त्रताको रक्षा गर्ने,
२.७.१६ राष्ट्रको वैज्ञानिक सम्भाव्यता तथा बौद्धिक प्रतिस्पर्धात्मक क्षमतालाई बढाउन प्रविधि, सूचना तथा अनुसन्धान आदिको उपयोग गर्नका लागि उपयुक्त वातावरण निर्माण गर्ने र विज्ञान तथा प्रविधिको रक्षा गर्ने,
२.७.१७ नेपालराष्ट्र तथा राज्यस्थितिको अस्तित्व तथा विकास, नेपाली जनताको संस्कृति तथा जीवनपद्धतिको संरक्षण गर्ने,
२.७.१८ ननेपाली जनताको स्वास्थ्य तथा तिनका भावी पुस्ताको परिपोषण र संरक्षण सुनिश्चित गर्दै नेपाली जनता तथा तिनका भावी पुस्तको रक्षा गर्ने,
२.७.१९ सशस्त्र विद्रोहलाई निस्तेज तुल्याउने ।

२.८ राष्ट्रिय सुरक्षा नीतिका कार्यनीतिहरु
२.८.१ रणनीतिक लक्ष्य
नेपाली जनता र नेपालको स्वाधीनता तथा सार्वभौमसत्ता एवं राष्ट्रिय अखण्डताको रक्षा गर्दै सबल अग्रगामी सबल नेपालको निर्माण गर्ने,
२.८.१.१ कार्यनीतिहरु
१. सुरक्षा संयन्त्रको स्थापना, विस्तार र परिचालनद्वारा नेपाली जनता र नेपालको सीमाको रक्षा गर्ने,
२. नेपालको सीमाभित्र हुन सक्ने आतङ्कवाद तथा संगठित अपराध नियन्त्रण र निस्तेज गर्ने,
३. विखण्डनवादी प्रवृत्तिलाई निरुत्साहित र नियन्त्रण गर्दै सार्वभौमिकता र अखण्डताको रक्षा गर्ने,
४. सामाजिक, सांस्कृतिक, धार्मिक, जातीय, क्षेत्रीय र वर्गीय सदवलाई विथोलिन नदिई सह–अस्तित्व र सामञ्जस्यताको अवलम्बन गर्ने प्रवृत्तिलाई प्रोत्साहित गर्ने ।
५. सबल नेपाल निर्माणको अभियानलाई एकीकृत र समन्वयात्मक रुपमा अघि बढाउने,
६. कुनै पनि देश÷राष्ट्रसँग सर्वमान्य अन्तर्राष्ट्रिय कानून र सिद्धान्त बमोजिम सम्बन्ध कायम गर्ने र अरुबाट पनि सोही अनुसार भए गरेको एकीन गरी व्यवहारमा समयसापेक्ष परिमार्जन गर्ने,
७. क्षेत्रीय रुपमा सामरिक स्थायित्व कायम गर्ने तथा आस गरी दक्षिण एशियाली क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउने तथा नीति अवलम्बन गर्ने कार्यमा योगदान गर्ने,
८. नेपालको भूमि अन्य मुलुक विरुद्ध प्रयोग हुन नदिने,
९. अन्तर्राष्ट्रिय समस्यालाई गुण र अवगुणका आधारमा विश्लेषण गर्ने र नेपालसँग सम्बन्धित सबै अन्तर्राष्ट्रिय विषयहरुमा सैद्धान्तिक दृढताका साथ आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने,
१०. नेपाललाई बाह्य आक्रमण वा आन्तरिक विद्रोहबाट सुरक्षित राख्न विभिन्न मित्रराष्ट्र, उपयुक्त अन्तर्राष्ट्रिय संघ संस्था र संयुक्त राष्ट्र संघसँग सुरक्षा सम्बन्धी विषयका सन्दर्भमा सहयोगी सम्बन्ध कायम गर्ने
११. नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सीमाको सुरक्षा, राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतालाई जोगाउन सक्ने वा सुरक्षित राख्न सक्ने क्षमता भएको संयन्त्रका रुपमा राष्ट्रिय सेना तथा अन्य सुरक्षा निकायहरुको विकास गर्ने र उपयुक्त प्रतिरक्षा व्यवस्थाको तर्जुमा गर्ने ।
१२. जनताको सुरक्षालाई केन्द्रविन्दुमा राखेर मानवीय सुरक्षालाई प्राथमिकता दिने र नेपाली जनतालाई त्राश र अभावबाट मुक्तिको प्रत्याभूनि दिने ।
२.८.२ कार्यनीतिहरु
१. सुधार र आधुनिकीकरणका माध्यमबाट सामुदायिक प्रहरी सेवाको अवधारणालाई विस्तार गर्ने र प्रभावकारी प्रहरी शक्तिको निर्माण गर्ने ।
२. रणनीतिक दुरदृष्टि र साधनयुक्त, समन्वयात्मक, कार्यकुशल तथा प्रभावकारी सूचना प्रणाली स्थापना गर्ने,
३. विकासका लागि उत्सुक र अग्रसर हुने गरी समुदायमा शान्तिपूर्ण सहअस्तित्व, नागरिक उत्तरदायित्व वोध र सामाजिक रुपान्तरणको प्रवद्र्धन हुने क्षमताको विकास गर्ने,
४. सुरक्षा संयन्त्रका सबै तहमा भ्रष्टाचार नियनत्रण र अनुगमनको दिगो प्रणाली विकास गर्ने,
५. हतियार तथा विष्फोटक पदार्थको व्यापार तथा उपयोग नियन्त्रणका उपाय अवलम्बन गर्न सीमा नियमन प्रणालीलाई प्रभावकारी र सुदृढ बनाउने,
६. निजी क्षेत्रका सुरक्षा कम्पनीको नियम तर्जुम, नियमन र अनुगमन गर्ने,
७. समुदायमा सार्वजनिक सुव्यवस्था प्रोत्साहित गर्न र सामुदायिक सुरक्षा प्रवद्र्धन गर्न सार्वजनिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने,
८. अपहरण, लुटपाट र मानव बेचविखन नियन्त्रणका लागि उपयुक्त संयन्त्रको स्थापना, विकास र सुदृढीकरण गर्ने,
९. शान्ति प्रतिवद्धता र सुरक्षा प्रत्याभूतिको समव्वयात्मक व्यवस्थापनमा जनताको साझेदारी अभिवृद्धि गर्ने,
१०. राष्ट्रिय संरचना, राष्ट्रिय सम्पदा, राष्ट्रिय तथ्याङ्क र अभिलेख, वातावरण, व्यक्ति, व्यवसाय र सम्पत्तिको रक्षा गर्ने ।
२.८.३ रणनीतिक लक्ष्य
कानूनको शासन प्रति सम्मान प्रवद्र्धन तथा न्यायपूर्ण शासकिय प्रणालीको विकास गर्ने ।
२.८.३.१ कार्यनीतिहरु
१. कानूनको शासन र सार्वजनिक सुव्यवस्थाका लागि कानून कार्यान्वयन निकाय पूर्ण प्रतिवद्ध र सक्रिय रहने अवधारणालाई अङ्गीकार, विकास र कार्यान्वयन गर्ने,
२. गैरथुना दण्डप्रणालीको उपयोगलाई प्रोत्साहित गर्दै न्याय प्रणालीलाई तदनुरुप सक्षम, सुदृढ बनाउने गरी यस सम्बन्धी प्रक्रिया स्थापित गर्दै जाने,
३. कानूनको शासनको प्रभावकारिता अभिवृद्ध हुने गरी कानूनी प्रावधानहरुमा समय सापेक्ष परिवर्तन र सुधार गर्ने,
४. जन विश्वासमा अभिवृद्धि हुने गरी प्रभावकारी, एकीकृत र कार्यकुशल न्याय प्रणालीको विकास गर्ने,
५. युवाहरुलाई अपराध कार्यमा प्रवृत्त हुनबाट रोक्न विविध कार्यक्रमहरु सञ्चालन गर्ने,
६. जोखिममा रहेका युवाहरुको पुनः एकीकरण र पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउन नीति तथा कार्यक्रमहरुको तर्जुम र कार्यान्वयन गर्दै जाने,
७. विदेशी अपराधीहरुको निष्काशन प्रक्रिया र यस सम्बन्धी संयन्त्रलाई सुदृढ बनाउने,
८. मुद्दाहरुको अनुसनधान तथा अभियोजन प्रणालीलाई सुदृढ र वैज्ञानिक बनाउने,
९. पीडितलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधामा परिमार्जन, साक्षीको सुरक्षा र गुणस्तरीय कानूनी सहायता कार्यक्रम संचालन गर्दै जाने,
१०. हिंसाको प्रयोगलाई न्यून गर्न विवाद समाधानका वैकल्पिक उपायहरुको पहिचान, स्थापना र परिमार्जन गर्दै जाने,
११. प्रहरीको बन्दी कक्ष तथा सुधार गृहहरुलाई मानवीय सेवा सुविधाहरु युक्त बनाउदै जाने र बन्दी गृहको व्यवस्थापनका लागि न्यायिक प्रहरीको अवधारणा विकास र कार्यान्वयन गर्दै जाने,
१२. सेवा क्षेत्रका प्रक्रिया र न्याय प्रणाली तथा सूचनामा पहुँच स्थापनाका लागि नागरिकहरुको अधिकार र दायित्व बारे बोध गराउन जनचेतना अभियान र शैक्ष्ँिक जागरण अभियान सत्तचालन गर्ने,
१३. शासकीय प्रणालीका सबै क्षेत्रमा भ्रष्टाचार नियनत्रणका उपायहरुलाई प्रभावकारी रुपमा अवलम्बन गनेृ,
१४. मानव अधिकारको संरक्षण, सम्बद्र्धन र पालनाका लागि प्रशिक्षण, पैरवी आदिका माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने र यसका प्रभावकारी रुपमा निरन्तर अनुगमन गर्ने ।
२.८.४ रणनीतिक लक्ष्य
आतङ्कवादको समस्याबाट नेपाललाई मुक्त गरी सुरक्षाको प्रत्याभूति दिने ।
२.८.४.१ कार्यनीतिहरु
१. आतङ्कवादी क्रियाकलापको अप्रत्यक्ष प्रभाव निराकरण गर्न सार्वजनिक सूचना कार्यक्रमहरु सञ्चालन गर्ने,
२. सीमा तथा अध्यागमनको प्रभावकारी नियमन, व्यवस्थापन र नियन्त्रण गर्ने तथा यस सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने,
३. आतङ्कवादी क्रियाकलापलाई सम्बोधन हुने गरी योजना तथा कार्यक्रमहरु तर्जुम तथा कार्यान्वयन गर्ने,
४. आतङ्कवादी क्रियाकलाप रोकथाम गर्न वा हुनै नदिन सूचना तथा सुरक्षा संयन्त्रको क्षमता अभिवृद्धि गर्ने,
५. राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता परिपूर्ति हुने गरी आतङ्कवाद नियनत्रणका पक्षमा विद्यमान कानूनहरुमा समयसापेक्ष सुधार र परिमार्जन गर्ने,
६. नेपाली भूमिलाई मित्र राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिनका लागि सूचना र सुरक्षा सञ्जाल बढाउदै अवाञ्छित गतिविधिहरु नियनत्रण र निस्तेज गर्ने,
७. आतङ्कवाद, लागू पदार्थ, सीमा क्षेत्र अपराध तथा सीमापार अपराध जस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चुनौतीहरुलाई निराकरण गर्न साझा परिभाषा सहितको व्यवस्था मिलाउने ।
२.८.५ रणनीतिक लक्ष्य
नेपालको स्थल, जल तथा हवाइ क्षेत्रको रक्षा गर्ने
२.८.५.१ कार्यनीतिहरु
१. नेपालको स्थल, जल तथा हवाइ क्षेत्रको उपयोग तथा अनुगमनसँग सम्बन्धित संयन्त्रको क्षमतामा अभिवृद्धि गर्ने र कानूनको कार्यान्वयन पक्षलाई भरपर्दो र दिगो बनाउने,
२. सम्झौता, सन्धी र समझदारी गर्दा नेपालको सुरक्षा चासो÷सरोकारलाई पहिलो प्राथमिकतामा राख्ने र सोही अनुरुप सहयोग र समन्वय स्थापित गर्ने,
३. कुनै पनि सैन्य खतराको निराकरण र सामना गर्न सक्ने गरी नेपालको सैन्य क्षमतामा सामयिक रुपमा अभिवृद्धि गर्दै जाने,
४. विद्रोह, अवैधानिक क्रियाकलाप हुन नपाउने गरी सूचना संयन्त्र प्रभावकारी बनाउने, सूचनाकाृ सञ्जाल निर्मँण गर्ने र कार्यान्वयन पक्षको मनोवल बढाउने विविध कार्यहरु एकीकृत र समन्वयात्मक रुपमा सम्पदान गर्ने,
५. सम्बन्धित निकायहरुबीच समन्वय र सहयोग बारे विश्वसनियता अभिवृद्धि गर्ने,
६. नेपाल बाहिर जाने प्रस्थान विन्दु र नेपालभित्र प्रवेश ुहेन प्रवेश विन्दुहरुको नियमन, नियन्त्रण र व्यवस्थापन क्षमतालाई अभिवृद्धि गरी प्रभावकारी र विश्वसनीय बनाउने,
७. सुरक्षा सरोकारका व्यक्तिहरु, निष्काशन गर्नुपर्ने व्यक्तिहरु अपराधीहरु र आप्रवासीहरुको गतिविधिको अनुगमन गर्ने क्षमताको विकास गर्ने,
८. आप्रवासी, शरणार्थी र शरणार्थी हुने चाहनेहरुको गतिविधि नियमन, नियन्त्रण र व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्ने,
९. राष्ट्रिय सुरक्षामा आउने आपतकालीन स्थितिको व्यवस्थापन गर्न पूर्व तयारी योजना तर्जुमा र कार्यान्वयन गर्ने ।
२.८.६ रणनीतिक लक्ष्य
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारका गुणहरुको पक्षपोषण गर्ने संस्थाहरुको गरिमा र प्रवद्र्धन गर्ने ।
२.८.६.१ कार्यनीतिहरु
१. जनता माझ सेवालाई केन्द्रित गर्ने,
२. निजामती तथा सुरक्षा सेवाका सबै तहलाई जनताले पेशागत रुपमा विशिष्ट, शिष्टाचारयुक्त, जवाफदेही र जनता केन्द्रित रहेको स्वीकार्ने गरी प्रशिक्षित गर्ने र तदनुरुप वृत्ति विकास गर्ने,
३. संवैधानिक प्रतिपक्ष, स्वतन्त्र प्रेस, शक्तिको दुरुपयोगबाट नागरिकको सुरक्षा लगायत लोकतान्त्रिक संस्थाका मान्यताहरुलाई प्रभावकारी रुपमा अवलम्बन गर्ने,
४. जनविशवास अभिवृद्धि गर्न एवं पारदर्शी र न्यायपूर्ण कार्यसम्पादनका लागि एने, नियम, कार्यविधिमा समय सापेक्ष परिवर्तन र सुधार गर्ने र आचारसंहिता निर्माण तथा कार्यान्वयन गर्ने,
५. पारदर्शी र निष्पक्ष रुपमा सेवा प्रवाहका लागि समुदाय तहमा समेत स्थानीय शासकीय तहको संरचना निर्माण र क्षमता अभिवृद्धि गर्ने ।
२.८.७ रणनीतिक लक्ष्य
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा स्थापनामा नेपालको योगदानमा अभिवृद्धि गर्दै जाने ।
२.८.७.१ कार्यनीतिहरु
१. संयुक्त राष्ट्र संघको माध्यमबाट विश्व शान्ति अभियानमा सहभागी भई योगदान गर्ने,
२. नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप अघि बढ्न कानूनी व्यवस्था गर्ने वा भएका व्यवस्थामा समयसापेक्ष सुधार गर्दै जाने,
३. शान्ति र सुरक्षा सम्बन्धी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नीतहिरुको निर्माण तथा विकासमा योगदान गर्न क्षमता अभिवृद्धि गर्ने,
४. क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा सहयोग अभिवृद्धि गर्दै जाने,
५. क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा सूचना समन्वय र साझेदारी अभिवृद्धि संयन्त्र निर्माण गर्ने,
६. क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा घटनाहरुलाई सम्बोधन गर्न सक्ने, अनुगमन र नियमन गर्न सक्ने गरी संयन्त्रहरुको क्षमता अभिवृद्धि गर्ने र कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै जाने,
७. क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा सहयोगको महत्व बोध हुने गरी जनचेतना अभिवृद्धि गराउन प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने,
८. क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा द्वन्द रोकथाम, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा मानवीय सहयोगका कार्यहरुमा योगदान गर्ने र तदनुरुप क्षमता अभिवृद्धि गर्ने ।
२.८.८ रणनीतिक लक्ष्य
सुदृढ अर्थतन्त्रको विकास र सामाजिक सेवाको प्रभावकारी प्रवाहका लागि वातावरण निर्माण गर्ने र सुरक्षाको प्रत्याभूति दिने ।
२.८.८.१ कार्यनीतिहरु
१. अर्थतन्त्र निर्भर रहने महत्वपूर्ण आर्थिक साधन र दायितवहरुलाई दिगो र सुरक्षित बनाउन प्रभावकारी सुरक्षा संयन्त्र निर्माण गर्ने,
२. सामाजिक–आर्थिक क्षेत्रका समस्यालाई सम्बोधन हुने गरी संगठन तथा कार्यक्रममा समन्वय स्थापित गर्न एकीकृत र वहुपक्षीय संयन्त्र निर्माण गर्ने,
३. राजश्व चुहावट, भ्रष्टाचार र आर्थिक अपराध नियन्त्रण गर्न, आर्थिक संकटको जोखिम न्यून गर्न तथा आर्थिक क्षेत्रको प्रवद्र्धन गर्न अनुगमन, नियमन तथा सुपरिवेक्षणको नीति निर्मँाण गर्ने र तदनुरुप कानूनी व्यवस्था गर्ने,
४. विद्युतीय वित्तीय संरचनाको रक्षा र संरक्षणका लागि साइवर सञ्जाल निर्माण गर्ने,
५. सार्वजनिक तथा नीजि सम्पत्ति र संरचनाको संरक्षण हुने गरी औद्योगिक द्वन्द्व न्यूनिकरण गर्ने र द्वन्द्व व्यवस्थापन संयन्त्रको विकास गर्ने,
६. लागू औषध दुरुपयोगको समस्यालाई प्रभावकारी रुपमा सम्बोधन गर्न, रोकथाम, माग व्यवस्थापन नीत िर कार्यक्रममा अभिवृद्धि गर्न सक्ने गरी क्षमता अभिवृद्धि गर्ने,
७. सामाजिक सेवा प्रवाहलाई दिगो बनाउन तथा वातावरण सुरक्षित गर्न सुरक्षा सेवा क्षमतामा अभिवृद्धि गर्ने,
८. आर्थिक श्रोत र साधनलाई सीमित व्यक्तिमा केन्द्रित हुन नदिई सामाजिक न्यायको सिद्धान्त तथा आर्थिक उपलब्धिको न्यायोचित वितरण सिद्धान्तको अवलम्बनद्वारा आर्थिक सुरक्षाको प्रत्याभूति दिने,
९. आर्थिक संरचनात्म्क परिवर्तन, वैदेशिक आर्थिक सम्बन्ध, बजेट तथा मौद्रिक नीति जस्ता क्षेत्रमा एकै किसिमको सरकारी नीत िअवलम्बन गर्ने,
१०. आर्थिक सुरक्षा प्रदान गर्न सक्ने गरी आर्थिक विषयका विभिन्न उत्पादनमूलक क्षेत्रहरुलाई सामरिक महत्वको क्षेत्रका रुपमा मान्यता प्रदान गर्ने,
११. वैदेशिक लगानीका क्षेत्रहरुको निर्धारण र प्राथमिकीकरण गरी लगानी नीतिलाई प्रोत्साहत गर्ने,
१२. विभिन्न मुलुकहरुसँग आर्थिक तथा व्यापारिक सम्बन्ध विकास गर्दा निम्न अवस्थाबाट सुरक्षित रहने ः
क. देशको अर्थतन्त्र र खास गरी यसको सामरिक महत्वका क्षेत्रहरु कुनै एक देशबाट वा विभिन्न देशको समूहको प्रभाव र दवावमा रहने अवस्था,
ख. देश नै विदेशीहरुका लागि कच्चा पदार्थको श्रोत स्थल बन्ने अवस्था ।
१३. विदेशबाट आयात गर्नु पर्ने सामरिक महत्वका कच्चा पदार्थ तथा उपकरणहरुको परिमाण र कुनै पनि देशबाट ल्याउनु पर्ने विशेषज्ञ तथा कामदारहरु नेपालको सुरक्षाका विाष्यमा दखल दिन नसक्ने संख्यामा मात्र सीमित गर्ने,
१४. देशको मुख्य सामाजिक, आर्थिक शक्तिको रुपमा रहेको श्रमशक्तिलाई स्वदेशी वा विदेशी रोजगारका लागि मानव साधनको विकास गर्ने । नेपालबाट विदेशमा रोजगारीमा जाँदा सम्बन्धित व्यक्तिले पाउने आर्थिक लाभ निश्चि गर्ने र आर्जित विदेशी मुद्रा नेपालमा स्थानान्तरण प्रक्रिया सुलभ गराउने,
१५. नेपालमा आर्थिक अपराध तथा मुद्रा अपचलन जस्ता कार्यहरु रोक्न पर्याप्त कानूनी व्यवस्था सहित आर्थिक गुप्तचरी संस्था तथा अनुसन्धान सशक्त बनाउने,
१६. नेपालको सामाजिक तथा आर्थिक विकासका निम्ति आर्थिक कूटनीति अवलम्बन गर्ने,
१७. स्थान विशेषको सापेक्षिक हिसाबले अनाश्रित तथा एकीकृत ढङ्गले विकास गर्न उपयुक्त वतावरण प्रद्यान गर्न सक्ने आर्थिक क्षेत्रहरुको स्थापना गर्ने,
१८. विदेशी लगानीकर्ताहरुको आर्थिक लाभ वा स्वार्थको संरक्षण गर्दा तिनीहरुलाई प्रदान गरिने प्रोत्साहन तथा छुट स्वदेशी लगानीकर्ता तथा उत्पादनकर्ताहरुले प्राप्त गर्ने छुट तथा आर्थिक अनुदानभन्दा बढी हुने परिस्थिती आउन नदिने र यस्तो व्यवस्थाको पालना भए नभएको नियमन तथा निगरानी गर्ने,
१९. जनशक्ति, जलश्रोत र पर्यटनलाई देशको आर्थिक मेरुदण्डका रुपमा प्राथमिकताका साथ विकास गर्ने,
२०. भूपरिवेष्ठित मुलुकका हैसियतले समुन्द्री मार्गको उपयोग तथा सामुद्रिक प्राकृतिक स्रोतको प्रयोग सम्बन्धी अधिकार र दायित्वको सुनिश्चितताका लागि कार्य गर्ने ।
२.८.९ रणनीतिक लक्ष्य
विपद् र जोखिम न्यूनिकरणतथा प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने र पर्यावरणीय सन्तुलन कायम गर्ने ।
२.८.९.१ कार्यनीतिहरु
१. विपद् व्यवस्थापनका सबै चरणका लागि तयारी गर्न र विपद् व्यवस्थापन बारे चेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने र क्षमता विकास गर्ने,
२. नेपालको भूमि, जल तथा हवाई क्षेत्रको उपयोगको अनुगमन तथा निगरानी व्यवस्था प्रभावकारी बनाउने तथा तदनुरुप क्षमता अभिवृद्धि गर्ने,
३. विशेषता संवेदनशील क्षेत्रमा अन्य क्षत्रेका विकास योजना प्रक्रियामा समेत नीति निर्देशन गर्ने । विपद् रोकथाम गर्न कानूनी व्यवस्था गर्ने र तदनुरुप क्षमता विकास गर्दै जाने,
४. नेपालको प्राकृतिक स्रँेत माथिको अतिक्रमण र अत्यधिक शोषण रोक्न, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित र दण्डित गर्न नीति र कानूनको तर्जुम गरी प्रभावकारी कार्यान्वयन गर्ने तथा तद्नुरुप क्षमताको विकास गर्ने,
५. कानूनको कार्यान्वयन तथा योजना प्रक्रियामा जनसहभागिता जुटाउन शिक्षा तथा जनचेतना कार्यक्रम वृद्धि गर्ने,
६. विपद् पूर्व, विपद् अवधी र विपद् पश्चातका लागि समेत विपद् रोकथामका उपायहरुको प्रवद्र्धन, उद्धार, राहत, पुनस्र्थावनाका लागि आकस्मिक राहत सहयोग परिचालन गर्ने एवं विपद् व्यवस्थापन स्थापना र विकास गर्दै जाने,
७. विपद्लाई प्रभावकारी रुपमा सम्बोधन गर्ने गरी आकस्मिक व्यवस्थापन संयन्त्रको स्थापनार क्षमता अभिवृद्धि गर्ने,
८. पर्यावरण एवं मौसम परिवर्तन र प्राकृतिक श्रोतको जथाभावी प्रयोग तथा अपर्याप्त संरक्षणका कारण मानव परिवेश तथा अर्थतन्त्रमा नै नकारात्मक असर पर्नबाट बचाउन सकिने उपायहरुको अवलम्बन गर्ने,
९. मानिसका आधारभूत आवश्यकता, नवीकरण गर्न सकिने प्राकृतिक श्रोत÷उर्जाको सीमाभित्र रहि पूर्ति गर्ने नीति लिने,
१०. दिगो विकासका लागि वायुमण्डल संरक्षण, ओजोन तहको संरक्षण, हावा प्रदुषण नियन्त्रण र अनुगमन प्रणालीको विकास गर्ने,
११. नदी नालाहरुलाई प्रदुषण रहित बनाउन औद्योगिक निकाश र जैविक निकाश प्रशोधन गरेर मात्र फाल्न पाउने व्यवस्था मिलाउने,
१२. नेपालको विशिष्ट पर्यावरणीय भागलाई अन्तर्राष्ट्रिय स्तरमै संरक्षित पर्यावरणीय क्षेत्रभित्र समायोजन गर्ने नीति लिने,
१३. भौगोलिक विविधता र विभिन्न क्षेत्रको वातावरण, हावापानी तगा माटोको गुण अनुरुप हुने भू–उपयोग नीत िअवलम्बन गर्दै तदनुरुप कार्यक्रमहरु सञ्चालन गर्ने ।
२.८.१० रणनीतिक लक्ष्य
सूचना सञ्जाल र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालनका लागि क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने र सूचना सुरक्षाको प्रत्याभूति दिने ।
२.८.१०.१ कार्यनीतिहरु
१. चुनौती र जोखिमको विश्लेषण र व्यवस्थापन गर्ने गरी सुरक्षा निकायको अनुसनधन क्षमतामा अभिवृद्धि गर्दै आवश्यकता अनुसार रुपान्तरण गर्ने,
२. सुरक्षाको प्रभावकारी व्यवस्थापन र व्यावसायिक कुशलता अभिवृद्धिका लागि प्रतिस्पर्धी क्षमताको विकास गर्ने र सो प्रयोजनका लागि कार्यक्रमहरु कार्यान्वयन गर्ने,
३. सुरक्षा संयन्त्रलाई सक्षम, लचकदार, परिवर्तनमुखी, परिचालनयोग्य, दिगो र कार्यकुशल तुल्याउने,
३.१ पुनर्निमार्णका लागि संयन्त्रको क्षमतामा अभिवृद्धि गर्ने,
३.२ रुपान्तरणका लागिः
क. अनुसनधान र विकासमा लगानी वृद्धि गर्ने,
ख. सम्भावित खतराका बारेमा नयाँ विचार सिर्जना गर्ने वातावरण निर्माण गर्ने,
ग. सूचना संकलन र विश्लेषणका लागि नयाँ प्रविधिको उपयोग गर्ने,
घ. नयाँ सम्भावनाहरुको खोजी र विस्तार गर्ने ।
४. राष्ट्रिय सुरक्षा, सामरिक स्थिति, राष्ट्रिय हित र स्वार्थ अनुरुप गोप्य राखिनु पर्ने सूचनाहरुको गोपनीयता कायम गर्ने,
५. सुरक्षा संयन्त्रको परिचालन, नीति विकास र निर्देशनका लागि रणनीतिक सूचनाको संकलन, विश्लेषण र उपयोग गर्ने,
६. राष्ट्रिय अन्तर निकाय सहयोग र सूचना समन्वयका लागि संयन्त्रगत व्यवस्था गर्ने,
७. सूचना संकलन र सहयोगका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय संयन्त्रको उपयोग गर्ने,
८. आतङ्कवादी, उच्च खतरा जोखिम÷भएका व्यक्तिहरु, शंकास्पद व्यक्तिहरु, निष्काशित अपराधीहरुको पहिचान र अनुगमन गर्ने क्षमताको विकास गर्ने,
९. सीमा अनुगमन र नियमन क्षमतामा अभिवृद्धि,
१०. सीमा क्रियाकलाप, आर्थिक प्रवाह नियमन र अनुगमन क्षमताको विकास गर्ने,
११. सम्भाव्य द्वन्द्वकर्ता र द्वन्द्वको अनुगमन गर्ने तथा द्वन्द्व व्यवस्थापन क्षमताको विकास गर्ने,
१२. तथ्याङ्क संकलन, विश्लेषण÷प्रशोधन तथा उपयोग क्षमतामा अभिवृद्धि गर्ने,
१३. देशको आन्तरिक तथा देश बाहिरको परिस्थिती बारे बुश्रोत सूचनाको तथ्याङ्क राख्ने र सूचना बैंक निर्माण गरी सम्बद्ध निकायहरुबीच सूचनामा पहुँच र उपयोगका लागि सञ्जाल तयार गर्ने,
१४. आमसञ्चार संस्था र साधनलाई विदेशी नागरिक वा संगठनको अधीनमा पर्नबाट रोकने वा सुरक्षित राख्ने,
१५. कम्प्यूटर मा राखिएका सूचनाहरुको सुरक्षार्थ कानूनी सुरक्षाका रुपमा राष्ट्रिय संरचना निर्माण गर्ने,
१६. नेपाललाई अन्तर्राष्ट्रिय सूचना सञ्जालम आवद्ध गर्ने र नेपाल सम्बन्धी सत्य वस्तुपरक सूचनाहरु प्रवाह गर्ने,
१७. नेपालको स्वतन्त्रता, सँस्कृति तथा जीवन पद्धतिमा, नकारात्मक प्रभाव पर्ने सूचना र घुसपैठबाट देशलाई जोगाउने,
१८. आकाशवाणी र रेडियो प्रकृतिका यन्त्रहरुको फ्रिक्वेन्सीको नियनत्रण, नियमन, अनुगमन तथा व्यवस्थापन गर्ने,
१९. राष्ट्रिय गुप्तचर संगठनलाई सक्षम बनाई प्रतिगुप्तचर क्षमतामा वृद्धि गर्ने । यसको कार्य क्षेत्रमा उद्योग, विकास योजना, सीमा क्षेत्रलाई समेत समावेश गर्ने ।
२.८.११ रणनीतिक लक्ष्य
सुरक्षा व्यवस्थापनमा जान साझेदारी अभिवृद्धि गर्ने ।
२.८.११.१ कार्यनीतिहरु
१. “सुरक्षा व्यवस्थापनमा योगदानः हरेक नागरिकले पहिलो व्यवसाय” अवधारणालाई आत्मसात् गराउन र मूर्तरुप दिन जनचेतना अभियान सञ्चालन गर्ने,
२. सामुदायिक प्रहरीको अवधारणालाई स्थापित र विस्तार गर्न जन साझेदारीमा अभिवेद्धि गर्ने,
३. साना तिान विावद र समस्याहरुको समाधान र मध्यस्थताका लागि नागरिक समाज र जनताको नेतृत्वदायी भूमिका स्थापित गर्दै जाने,
४. सुरक्षा व्यवस्थापनमा टोल, समुदाय, स्थानीय निकायहरुलाई सहयोगीका रुपमा स्थापित गर्दै संस्थागत क्षमताका रुपमा विकास गर्दै जाने,
५. धार्मिक, क्षेत्रीय, वर्गीय, जातीय तथा लैङ्गिक सामञ्जस्यता र सामाजिक सद्भाव कायम गर्न नागरिक समाजलाई अभिमुख गराउने र यो कार्यम योगदान गर्ने,
६. सुरक्षा व्यवस्थामा पूर्व सेना, पूर्व प्रहरी र पूर्व निजामती कर्मचारीहरुको अनुभव, सीप र क्षमताको उपायोग गर्दै जाने,
२.८.१२ रणनीतिक लक्ष्य
राष्ट्रिय सुरक्षा र सरोकारका विषयमा राष्ट्रिय सहमति निर्माणलाई सुरक्षा सँस्कृतिका रुपमा विकास र प्रवद्र्धन गर्दै जाने ।
२.८.१२.१ कार्यनीतिहरु
१. राष्ट्रिय सुरक्षा र राष्ट्रिय सरोकारका विषयमा देशमो एउटै आवाज र एउटै सोच प्रदर्शित हुने वातावरण निर्माण गर्ने,
२. सुरक्षा संस्कृतिको विकासमा लागि जनताको मानसिकतामा रुपान्तरण गर्न पैरवी समेतका माध्यमबाट जनचेतना अभियान चलाउने,
३. सुरक्षा संयन्त्रलाई जनताको सहयोगीका रुपमा स्थापित गर्न सुरक्षा संयन्त्र र जनताबीचको सम्बन्धलाई बलियो र निकट तुल्याउने,
४. सुरक्षा सँस्कृतिको विकासका लागि शैक्ष्ँिक पाठ्यक्रममा यो विषय समावेश गर्ने,
५. सहमति, कर्तव्यपालना, सद्भाव र समन्वयको अवधारणालाई सुरक्षा सँस्कृतिको अभिन्न अङ्ग बनाउने ।
२.८.१३ रणनीतिक लक्ष्य
अधिकारको विकेन्द्रिकरण र जवाफदेहिताको विकास गर्ने तथा शासकीय सुधारको अवधारणा अनुरुप सुरक्षा संयन्त्रको कार्य सम्पदान प्रणालीलाई रुपान्तरण र व्यवस्थित गर्ने,
२.८.१३.१ कार्यनीतिहरु
१. सुरक्षा व्यवस्थापनका सन्दर्भमा अधिकारको विकेन्द्रिकरण गर्ने र सो प्रयोजनका लागि प्रयोगकर्तालाई जवाफदेही बनाउने,
२. जवाफदेहिता र पारदर्शितालाई प्रणालीका रुपमा स्थापित गर्दै पुरस्कार र दण्ड प्रक्रियालाई प्रभावकारी बनाउने,
३. शासकीय सुरधाको अवधारणालाई मूर्त रुप दिन आवश्यक ऐन, नियम, कार्यविधि निर्मँण तथा परिमार्जन गर्दै जाने,
४. सुरक्षा संयन्त्रका हरेक तहको कार्य विवरण तथा कार्य सम्पादन सूचक निर्माण गरी सूचकलाई मूल्याङ्कन प्रणालीको आधार बनाउने,
५. सुरक्षा संयन्त्रलाई कार्य सम्पादनमा प्रभावकारिताका लागि कुनै पन िप्रकारका दवाव तथा हस्तक्षेपबाट मुक्त राख्ने,
६. सुरक्षा संयन्त्रको स्थानीय तहको संस्थागत विकास गर्दैै स्थानीय तहमा नै नेतृत्व विकास गर्दै जाने ।
२.८.१४ रणनीतिक लक्ष्य
नेपाल राज्य तथा यसको सामाजिक आर्थिक संरचना, राज्यको क्रियाकलापका आधारभूत सिद्धान्तहरुको सुनिश्चितताका साथै सामाजिक पद्धति र राज्य व्यवस्थाको रक्षा गर्ने ।
२.८.१४.१ कार्यनीतिहरु
१. संविधानको मर्म, सिद्धान्त तथा व्यवस्थासँगत हुने गरी ऐन, कानून बनाउने र सो लागू भएको निश्चित गर्ने,
२. राष्ट्र सेवाको उच्चतम मान्यता र आदर्शले प्रेरित, योग्यता र व्यावसायिक कुशलताका आधारमा निजामती तथा अन्य सेवालाई कानूनी व्यवस्थाद्वारा सञ्चालन गर्ने,
३. सबै नेपाली जनताको राष्ट्रिय पहिचान हुने पद्धतिको स्थापना र विकास गर्ने,
४. धार्मिक सद्भाव र सहिष्णुताको विकास गर्ने,
५. सबै वर्ग, क्षेत्र, समुदायका व्यक्ति र नेतृत्वलाई रारष्ट्रिय हित विपरीतका प्रवृत्ति र प्रभावबाट जोगाउन÷बचाउनका लागि आवश्यक वतावरणको सिर्जना गर्ने र उपयुक्त रोकथाम तथा सुरक्षात्मक उपायहरु अवलम्बन गर्ने,
६. मुलुकको राजनीतिक वास्तविकता अनुरुप असंलग्नता र पञ्चशीलका सिद्धान्तलाई परराष्ट्र नीति÷सम्बन्धको आधार बनाउने,
७. सहमति, सद्भाव, समानता र सह–अस्तित्वलाई व्यवस्था सञ्चालनको मूल आधार बनाउने ।
२.८.१५ रणनीतिक लक्ष्य
नागरिक हक तथा स्वतन्त्रताको रक्षा गर्ने ।
२.८.१५.१ कार्यनीतिहरु
१. संविधान प्रदत्त नागरिक हक तथा स्वतन्त्रताको प्रत्याभूतिका लागि कानूनी व्यवस्था गर्ने,
२. कुनै पनि प्रकृतिका दमन तथा उत्पीडनको पहिचान गरी त्यसको मूल कारण पत्ता लगाउने, उत्पीडितलाई पुनस्र्थापना गर्ने, दमन उत्पीडनको पुनरावृत्ति हुन नदिने कानूनी व्यवस्था गर्ने र न्यायिक उपचारको प्रत्याभूति दिने,
३. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाका क्रियाकलापलाई जनमुखी, जनता केन्द्रित र पारदर्शी बनाउन समन्वय, अनुगमन, नियमन र नियन्त्रण गर्ने,
४. नागरिकलाई दायित्व निर्वाहमा क्रिायशील गराउन, सद्भाव र सहिष्णुता विकास गर्न जनचेतना अभियान सञ्चालन गर्ने,
५. हकको प्रचलन र कर्तव्यको पालना दुशै पक्षको समानान्तर रुपमा रुपमा विकास गर्ने ।
२.८.१६ रणनीतिक लक्ष्य
राष्ट्रको वैज्ञानिक सम्भाव्यता तथा बौद्धिक प्रतिस्पर्धात्मक क्षमतालाई बढाउन प्रविधि, सूचना तथा अनुसन्धान आदिको उपयोग गर्नका लागि उपयुक्त वातावरण निर्माण गर्ने र विज्ञान तथा प्रविधिको रक्षा गर्ने ।
२.८.१६.१ कार्यनीतिहरु
१. अनुसन्धानात्मक कार्यमा प्रोत्साहन दिने, वैज्ञानिक आविष्कार तथा बौद्धिक उत्पादनहरुलाई सुरक्षित राख्ने र नेपालको परिप्रेक्ष्यमा अपनाउन मिल्ने विदेशी प्रविधिको प्रवेशलाई वैधानिक सुनिश्चितता प्रदान गर्ने,
२. नेपालको प्राकृतिक श्रोत, खाद्य तथा कृषिजन्य कच्चा पदार्थहरुलाई प्रयोगमा ल्याउनका लागि नेपालको परिप्रक्ष्यमा उपयुक्त हुने किसिमको प्रविधिको विकास तथा उपयोग गर्ने,
३. एकीकृत राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक सूचना सञ्जाल एवं सूचना तथ्याङ्क आधार स्थापना र विकास गर्ने,
४. विज्ञान तथा प्रविधि विकासको कार्यमा निजी क्षेत्रलाई संलग्न गराई विज्ञान तथा प्रविधिको प्रतिस्पर्धात्मक क्षमता तथा यसको विकासलाई सुदृढ र दिगो बनाउने,
५. अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक सहयोगका क्षेत्रको विकास गर्ने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा देशको स्थान सुरक्षित राख्ने,
६. राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक परम्परा र तरिकालाई जोगाउन स्थानीय ज्ञानलाई स्तरीकरण गर्ने तथा क्षमता बढाउने र आधुनिक परिवेश अनुकूल हुने गरी स्तरमा सुधार गर्दै जाने,
७. सूचना प्रविधिको विकास र विस्तार गर्ने ।
२.८.१७.१ रणनीतिक लक्ष्य
नेपाल राष्ट्र तथा राज्यस्थितिको अस्तित्व तथा विकास, नेपाली जनताको सँस्कृति तथा जीवनपद्धतिको संरक्षण गर्ने ।
२.८.१७.१ कार्यनीतिहरु
१. नेपाली मौलिक सभ्यता तथा सँस्कृतिको रक्षा गर्न नीति तर्जुमा र कार्यान्वयन गर्ने । नेपाली सभ्यता र सँस्कृतिलाई नेपालको आर्थिक, राज्यस्थिति, भौतिक तथा बौद्धिक जीवनमा संरक्षण गरी तिनलाई विश्व सभ्यताको मूल्यसँग मिल्दो हुने गरी तिनलाई विश्व सभ्यताको मूल्यसँग मिल्दो हुने गरी प्रोत्साहन र विकास गर्ने,
२. नेपालको राष्ट्रिय बौद्धिक क्षमतालाई संरक्षण तथा विकास गर्ने,
३. नेपाली परु्राचीन कला, सँस्कृति सम्बन्धी स्मारकहरुको संरक्षण र पुनस्र्थापना कार्यलाई प्रोत्साहित गर्ने,
४. नेपाली परम्परागत अनुभव तथा सीपको सम्वद्र्धन र प्रवद्र्धन गर्ने,
५. नेपालीहरुके प्रकेतिसँग मिलेर बस्न र बाँच्न सक्ने अन्तरर्निहित क्षमता, तिनीहरुको राष्ट्र र जनताप्रतिको आस्था तथा कर्तव्य निर्वाह गर्ने दायित्व बोध तथा सामाजिक÷ धार्मिक सद्भाव जस्ता कुराको संरक्षण र सम्वद्र्धन गर्ने ।
२.८.१८ रणनीतिक लक्ष्य
नेपाली जनताको स्वास्थ्य तथा तिनका भावी पुस्ताको परिपोषण र संरक्षण सुनिश्चित गर्दै नेपाली जनता तथा तिनका भावी पुस्ताको रक्षा गर्ने ।
२.८.१८.१ कार्यनीतिहरु
१. स्वास्थ्य रक्षाका लागि रोग निरोधक उपाय अवलम्बन गर्ने विषयलाई नीति तथा कार्यक्रमको आधार बनाउने,
२. लागू पदार्थ सेवन तथा एड्स जस्ता रोगहरुबारे जनचेतना जगाउने र यी रोगहरु फैलिने कारक तत्वहरुलाई निरुत्साहित गर्नका साथै कडा प्रतिरोधात्मक र प्रतिकारात्मक कार्य गर्ने,
३. रेडियो धर्मीता, रासायनिक प्रदुषण तथा जैविक संक्रमणका साथै तिनबाट उत्पन्न हुने रोग तथा महामारीबाट बँच्नका लागि सशक्त निगरानी संयन्त्र स्थापना गरी कार्यक्रम कार्यान्वयन गर्ने,
४. जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने सामाजिक, जैविक तथा वातावरणीय कारक तत्वहरुको नियन्त्रण, नियमन गर्ने नीति निर्मँण र कार्यान्वयन गर्ने,
५. स्वास्थ्य सेवालाई नेपाली जनताको आधारभूत आवश्यकता र राज्यको दायित्वका रुपमा रहेन गरी संरचना, स्तर र क्षमताको विकास गर्ने,
६. समय सापेक्ष जनसंख्या नीति अवलम्बन गरी जन्मदर तथा मृत्युदर घटाउने ।
२.८.१९ रणनीतिक लक्ष्य
सशस्त्र विद्रोहलाई निस्तेज गर्ने ।
२.८.१९.१ कार्यनीतिहरु
१. सशस्त्र विद्रोहका कारण र कारकहरुको पहचिान गरी तदनुकूल रणनीति तर्जुमा र कार्यान्वयन गर्ने ।
२. सशस्त्र विद्रोहको परिस्थिति सिर्जना हुन नपनउने गरि आर्थिक, सामाजिक, साँस्कृतिक र सामुदायिक कार्यक्रमहरु सञ्चालन गर्ने ।
३. सशस्त्र विद्रोह र यसमा संलग्न पक्षबारे सूचना संकलन तथा विश्लेषण गरी एकीकृत र समन्वयात्मक रुपमा सुरक्षा संयन्त्र परिचालन गर्ने र सशस्त्र विद्राहलाई निस्तेज गर्ने,
४. सशस्त्र विद्रोहलाई निष्कृय र प्रभावहीन बनाउन जनतालाई राजनीतिक एवं सामाजिक रुपमा समेत प्रशिक्षित र क्रियाशील बनाउने,
५. सशस्त्र विद्रोहलाई निस्तेज पार्न आवश्यक कानूनको तर्जुम वा विद्यमान कानूनमा परिमार्जन गरि प्रभावकारी कार्यान्वयन गर्ने ।

भाग –३
विविध
३.१ राष्ट्रिय सुरक्षा नीति ः निर्देशन नीति
३.१.१ राष्ट्रिय सुरक्षा नीति निर्देशक नीतकिा रुपमा रहनेछ ।
३.१.२ राज्य सञ्चालनका सन्दर्भमा निर्माण हुने विभिन्न षेत्रगत नीतिहरुको राष्ट्रिय सुरक्षा नीतिसंग आबद्धता रहनेछ र सबै नीतिहरु बीच परिपूरक सम्बन्ध रहनेछ ।
३.१.३ सुरक्षा व्यवस्थापन सम्बन्धमा सरकारले गर्ने निर्णयहरु, निर्माण हुने नीति नियमहरु, कार्यक्रम तथा कार्ययोजनालाई राष्ट्रिय सुरक्षा नीतिमा अन्तरनीहित प्राथमिकता, उद्देश्य, नीति, रणनीति र कार्यनीतलिे मार्ग दर्शकका रुपमा निर्देशित गर्नेछन् र ती सबै विषयहरु राष्ट्रिय सुरक्षा नीतिका अभिन्न अंग हुनेछन् ।
३.१.४ राष्ट्रिय सुरक्षा नीति अन्तर्गत रक्षा नीति तथा आन्तरिक सुरक्षा नीतिहरु तर्जुम तथा सुरक्षा निकाय बीचको अन्तरसम्बन्ध, परिचालन विधि समेत परिभाषित गरी कार्यान्वयन गरिनेछन् । यसरी तर्जुमा गरिने नीतिहरुको राष्ट्रिय सुरक्षा नीति निर्माणका मननयोग्य विषयहरु, सुरक्षा सरोकारका विषयहरु, राष्ट्रिय सुरक्षाका चुनौतीहरु, राष्ट्रिय सुरक्षा नीतिका सीमाहरु तथा नीतिलाई मार्गदर्शन गर्ने आधारहरुलाई समेत सम्बोधन गर्नेछन् ।

३.२ सुरक्षा समन्वय तथा संस्थागत व्यवस्था
३.२.१ राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, सुरक्षा संयन्त्र परिचालन र निर्देशनका लागि देहाय बमोजिमको संस्थागत व्यवस्था रहनेछ ः–
३.२.१.२ नेपाल सरकार मनित्रपरिषद्,
३.२.१.३ राष्ट्रिय सुरक्षा परिषद्,
३.२.१.४ रक्षा मन्त्रालय,
३.२.१.५ गृह मन्त्रालय र अन्तर्गतका सुरक्षा सम्बन्धी कार्य गर्न प्रशासनिक निकायहरु,
३.२.१.६ नेपाली सेना,
३.२.१.७ नेपाल प्रहरी,
३.२.१.८ सशस्त्र प्रहरी बल,
३.२.१.९ राष्ट्रिय अनुसन्धान विभाग
३.२.२ राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, परिचालन, सूचना प्रवाह, निर्देशन तथा अनुगमन आदि विषयमा समन्वय गर्न र एकीकृत रुपमा संयोजन गर्न देहाय बमोजिमका निकायहरु क्रियाशील रहनेछन्
३.२.२.१ राष्ट्रिय सुरक्षा परिषद्,
३.२.२.२ केन्द्रीय सुरक्षा समिति,
३.२.२.३ क्षेत्रीय तथा जिल्लास्तरका सुरक्षा समितिहरु ।

३.३ कार्यक्षेत्र निर्धारण
३.३.१ राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य तथा जिम्मेवारी
१. नेपाली सेनाको सञ्चालन, परिचालन र प्रयोग सम्बन्धमा मन्त्रिपरिषद्लाई सिफारिस गर्ने,
२. राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना विश्लेषण गरी आन्तरिक र बाह्य नीतहिरु बारे मार्ग दर्शन तर्जुम गर्ने,
३. प्रतिरषा रणनीति तथा राष्ट्रिय सुरक्षा निर्देशनहरु तजुर्मा गर्ने,
४. राष्ट्रिय सुरक्षासँग सम्बन्धित सरोकारका निकायहरु बीच समन्वय गर्ने ।
५. आन्तरीक र बाह्य खतराको मूल्याङ्कन गर्ने,
६. विशेषज्ञको कार्यदल गठन गरी सुरक्षा योजना तर्जुम गर्ने ।

३.३.२ केन्द्रीय सुरक्षा समिति
१. शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न नीति र कार्ययोजना निर्धारण गर्ने,
२. सुरक्षा व्यवस्था कायम गर्न ान्ति सुरक्षा स्थितिको विश्लेषण गर्ने,
३. मुलुकको कुनै पनि स्थानमा शान्ति सुरक्षा अमन चयनमा प्रतिकुल असर पर्न गएमा स्थितीको मूल्याङ्कन गरी निर्देशन दिने तथा समन्वय कायम गर्ने,
४. मुलुकमा आन्तिरक शान्ति सुरक्षा कायम गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन दीर्घकालिन योजना बनाई कार्यान्वयन गर्दै लैजाने,
५. शानित सुरक्षा अमन चयन कायम गर्न प्रहरी प्रशासनको काबु भन्दा बाहिर गर्ए सेना परिचालन गर्नु पर्ने परिस्थिति सिर्जना भएमा सोही बमोजिमको राय सुझाव रा.सु.प.÷मन्त्रिपरिषद्लाई दिने ।

३.३.३ नेपाली सेना
जिम्मेवारीहरु ः नेपाली सेनाले निम्न बमोजिम जिम्मेवारी बहन गर्ने छ ः–
१. नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतालाई बाह्य आक्रमणबाट सुरक्षा गर्ने,
२. युद्ध बाहेकका परिचालन हुनुपर्ने परिस्थितिमाः
क. प्रहरीको नियन्त्रणभन्दा बाहिरको परिस्थिति उत्पन्न भएमा आन्तरिक सुरक्षा कायम गर्न सहयोग गर्ने,
ख. विध्वंसात्मक कार्यहरु हुन नदिने,
ग. राष्ट्रिय हित विपरीतका कार्यहरु हुन नदिने,
घ. आतंककारी कार्यहरु हुन नदिने,
ङ. विद्रोह निस्तेज गर्ने,
च. विभिन्न मन्त्रालय र सरकारी निकायहरुलाई आवश्यक सुरक्षा सहयोग गर्ने,
छ. महत्वपूर्ण र संवेदनशील स्थानहरुको सुरक्षा गर्ने,
ज. प्राकृतिक तथा मानव सृजित प्रकोपमा उद्धार कार्य गर्ने,
झ. वातावरण तथा राष्ट्रिय सम्पदाको संरक्षण कार्यमा सहयोग गर्ने,
ञ. विश्व शान्ति स्थापनार्थ नेपाल सरकारको निर्णय अनुरुप परिचालन हुने,
ट. विकास निर्माणका कार्यहरुमा सहयोग पु¥याउने,
ठ. आम जनतामा सुरक्षा चेतना अभिवृद्धि गर्ने,
ड. जनता–सरकार–सेना बीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ बनाउने,
ढ. मित्रराष्ट्रहरु बीचको सैन्य सम्बन्धलाई सुदृढ र विकसित गर्न सहयोग पु¥याउने,

३.३.४ सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बलले देहायको जिम्मेवारी बहन गर्ने छ
(१ं ) नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष, विद्रोह वा पृथकवादी गतिविधि, आतडकारी गतिविधि र दंगा नियन्त्रण गर्न नेपाल प्रहरीलाई मद्दत गर्ने ।
(२) नेपालको कुनै भागमा भएको वा हुन सक्ने प्राकृतिक प्रकोप, महामारीबाट पीडितको उद्धार गर्ने ।
(३) अपहरण, लुटपाट, संगठित अपराध तथा अन्य कुनै किसिमको जघन्य तथा गम्भीर अपराध घटेमा वा गम्भीर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा नियन्त्रण गर्ने सिलसिलामा नेपाल प्रहरीलाई मद्दत गर्ने ।
(४) नेपालको सीमा सुरक्षा गर्ने ।
(५) बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने ।
(६) नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्ने ।
(७) नेपाल सरकारले सुरक्षा दिनुपर्ने ठह¥याएका व्यक्ति र तोकेका संस्था आदिको सुरक्षा गर्ने
(८ं) नेपालको संविधान तथा प्रचलित कानून बमोजिम नेपाल सरकारले तोकेका अन्उ कार्यहरु गर्ने ।
(९) नेपाल राज्यको कुनै भागमा शान्ति र सुव्यवस्था कायम गर्ने प्रयोजनको लागि नेपाली सेना परिचालन भएको अवस्था सरकारको निर्णय अनुरुप नेपाली सेना संचालन भएको अवधिभर सम्बसन्धित ठाउँमा नेपाली सेनाको नियन्त्रणमा रही कार्य गर्ने ।

३.३.५ नेपाल प्रहरी
नेपाल प्रहरीले देहायको जिम्मेवारी बहन गर्ने छ स्
(१) देशमा आन्तरिक शान्ति सुव्यवस्था कायम गर्न अगुवा अंगको रुपमा कार्य गर्ने ।
(२) सर्वसाधारण जनतालाई सुरक्षालाई सुरक्षाको प्रथ्याभूति दिई तिनीहरुबाट सहयोग र सहानुभूति प्राप्त गर्ने नीति अपनाउने
(३) सबै प्रकारका आपराधिक क्रियाकलापको नियन्त्रण, रोकथाम र अपराध अनुसन्धान गर्ने ।
(४) मुलुकभित्र सामाजिक, राजनीतिक, आर्थिक र विकास सम्बन्धी उद्देश्यहरु हसिल गर्न सकिने गरी देशमा अमनचयन कायम राख्न क्रियाशील रहने ।
(५) छिमेकी राष्ट्रहरुका प्रहरी संगठनहरुसंग सम्बन्ध विस्तार गरी सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न क्रियाशील रहने ।
(६) ईन्टरपोल लगायत अन्य सरकारी तथा गैरसरकारी सुरक्षा एजेन्सीसंग सम्बन्ध विस्तार अन्तर्राष्ट्रिय आपराधिक तथा आतंककारी गतिविधि नियन्त्रण गर्न क्रियाशील रहने ।
(७) आफ्नो गतिशिलता बढाउने, आवश्यक गर्ने संचार तथा प्रविधिका सुविधा र व्यवस्था कायम
(८ं) तोकिएका अरु कर्तव्य पूरा गर्नुका साथै खास गरी घनाबस्ती भएको ठाउहरुमा हुन सक्ने उपद्र वा विध्वंसलाई निष्क्रिय गर्न सक्ने क्षमताको विकास गर्ने ।
(९) राष्ट्रिय हितका सबै प्रत्यनहरुलाई नैतिक, भौतिक र शारीरिक समर्थन दिने ।
(१०) सुरक्षा व्यवस्था कायम गर्ने नागरिकहरुलाई विभिन्न माध्यमबाट सुरक्षा सम्बन्धी समयानुकुल सूचना तथा समाचार प्रवाह गरी सुसूचित गर्ने ।
(११) शान्ति सुव्यवस्था सम्बन्धी सूचन संकलन, विश्लेषण र प्रवाह गर्ने ।
(१२) अति विशिष्ट एवं विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था मिलाउने ।
(१३) प्राकृतिक प्रकोप तथा मानवीय प्रकोपबाट हुने जनधनको क्ष्तिलाई न्यून गर्न रोकथाम, उद्धार राहतको कार्य गर्ने ।
(१४) जनतालाई दुर्घटना वा खतराबाट बचाउन प्रयासरत रहने् ।
(१५) सवारी साधनहरु सुचारु रुपले सच्चालन गर्न अनुगमन, नियन्त्रण तथा व्यवस्थापनको कार्य गर्ने ।
(१६) आन्तरिक शान्ति सुरक्षा कायम गरी जनतालाई सुरक्षाको प्रत्याभति दिन विश्वासिलो तथा सक्षम संगठनको रुपमा विकास गर्न दीर्घकालीन योजना बनाई चरणबद्ध रुपमा कार्यान्वयन गर्दै लैजाने ।
(१७) नेपालको संविधान तथा प्रचलित कानून बमोजिम नेपाल सरकारले तोकेका अन्य कार्यहरु गर्ने ।

३.३.६ राष्ट्रिय अनुसन्धान विभाग
(१) आन्तरिक र बाह्य रुपमा राज्यका विरुद्धमा हुने क्रियाकलाप बारे सूचना संकलन र विश्लेषण सम्बन्धित निकायलाई जानकारी गराउने ।
(२) राष्ट्रिय हित विपरीत राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक साम्प्रदायिक र कुटनीतिक गतिविधी बारे सूचना संकलन, विश्लेषण गरी सम्बन्धित निकाय वा अधिकारीलाई जानकारी गराउने ।
(३) राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्ने कार्यमा सघाउ पुग्न सक्ने आवश्यक सूचनहरु उपलब्ध गराउने ।
(४) देशभित्र तथा बाहिर, स्वदेशी तथा विदेशी नागरिकहरुबाट राष्ट्र विरुद्ध गरिने जासूसी एवं प्रति जासूसी कार्य सम्बन्धी सूचना संकलन, विश्लेषण गरी सम्बनिधत निकाय वा अधिकारीलाई जानकारी गराउने ।
(५) देशभित्र तथा बाहिर नेपाल र नेपाली विरुद्ध हुने अवन्छित क्रियाकलाप रोक्न गोप्य रुपमा संगठित गतिविधि संचालन गर्ने ।
(६) सबै क्षेत्रमा ऐन कानून विपरीत हुने क्रियाकलापको सूचन संकलन गर्ने ।
(७) दीर्घकालीन रुपमा देखा पर्न सक्ने धार्मिक, साम्प्रदायिक, जातीय, क्षेत्रिय आदि विद्रोह तथा आर्थिक क्रियकलाप बारे सूचना संकलन र विश्लेषण गर्ने ।
(८) परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र गैरप्रजातान्त्रिक क्रियाकलाप गर्ने संघ–संस्था, संगठन एवं व्यक्तिका गतिविधिहरु बारे सूचना संकलन र विश्लेषण गर्ने ।
(९) भ्रष्टाचार, आर्थिक अनियमितता, राजश्व चुहावट लगायत अर्थतन्त्रलाई नकारात्मक असर पु¥याउने गतिविधिहरु बारे सूचना संकलन र विश्लेषण गर्ने ।
१० अन्तर्राष्ट्रिय अपराधी तथा आतंकवादको जालो र त्यसबाट मुलुकलाई पुग्न सक्ने खतराको सूचना संकलन र विश्लेषण गर्ने ।
(११) राष्ट्रमा आईपर्ने कुनै पनि चुनौतीहरुलाई सामना गर्न आवश्यक सूचना र्सकलन तथा विश्लेषण गर्न सक्ने भरपर्दो तथा सक्षम संगठनको रुपमा विकास गर्न दीर्घकालीन योजना बनाई चरणबद्ध रुपमा कार्यान्वयन गर्दै लैजाने ।
(१२) नेपालको संविधान तथा प्रचलित कानून बमोजिम नेपाल सरकारले तोकेका अन्य कार्यहरु गर्ने ।

३.४ राष्ट्रिय सुरक्षा नीतिको समीक्षा र परिमार्जन सम्बन्धी व्यवस्था
३.४.१ राष्ट्रिय सुरक्षा नीतिको समीक्षा वार्षिक रुपमा राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिबाट गरिने छ ।
३.४.१ सुरक्षा नीतिमा समय सापेक्ष परिमार्जन गर्ने कार्य नेपाल सरकारले गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
nepal_readers
नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।